All about Sunuwar

Archives

now browsing by author

 

सात प्रदेश विरुद्ध आदिवासी जनजाति

चुपलु दामलोच
6 बैशाख, यालाखोम । आदिवासी जनजातिहरुको पहिचानको आधारमा प्रस्तावित प्रदेशहरुको संख्या घटाउन पाइँदैन, सात प्रदेश आदिवासी जनजातिहरुलाई स्वीकार्य हुने छैन । जेठ १४ गते भित्र आदिवासी जनजातिको अधिकार सुनिस्चित भएको संविधान जारी गर । स्वशासन र आत्मनिर्ण्र्ााो अधिकार सुनिस्चित गर । अपुरो, अधुरो र संक्षिपत संविधान जारी गर्न पाइँदैन । नयाँ संविधानमा सिमान्तकृत र अल्पसंख्याकहरुको अधिकार सुनिस्चित भएको संविधान जारी गर लगायत पाँच बुँदे मागसहित आज नेपाल आदिवासी जनजाति महासंघले तीन प्रमुख दललाई ज्ञापन पत्र बुझाएको छ । सुनुवार सेवा समाज लगायत आम आदिवासी जनजाति संस्था, आदिवासी सभासद् ककसले राज्य पुनसंरचना तथा राज्य शक्ति वाँडफाँड समितिले सिफारिस गरेको १४ प्रदेश नै हुनु पर्ने र सुनकोशी प्रदेशलाई वल्लो किरात हुनु पर्ने अडान राखेको थियो । Read More

शान्ति, सुस्वास्थ, समृति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना

हामी कोइँचको नयाँ वर्षनभए ता पनि राष्ट्रले स्वीकार गरी नयाँ वर्षघोषणा गरी र्सार्वजानिक विदा दिएको हुँदा हिन्दू धर्मशास्त्रानुसार मानिने नयाँ वर्ष२०६९ को सुखद उपलक्ष्यमा आम नेपाली किकि-पिपि, मामा-पापो, दाजुभाई दिदीवहिनीहरुमा शान्ति, सुस्वास्थ, समृति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना । तर ज्योतिषशास्त्रानुसार यो वर्षपछि २४ दिन ढिलो गरी मनाइएको छ । तर राष्ट्रिय पञ्चाङ्ग निर्ण्र्ा समितिले भने हिन्दुहरुको चार्डपर्वमा दक्खल पर्ने जिकिर गर्दै नयाँ वर्षघोषणा ढिलाई गरेको हो ।

सुनुवार सेवा समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाज सम्पूण् परिवार ।

खिँचि हवाई मैदान उद्घाटन

सुनुवार डट ओआरजि समाचारदाता
चैत्र २९, दोवास । चुप्लु खिँची दोबास हवाईमैदान खार्ने कामको शुरुआत पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले उद्घाटन गर्नु भयो । ओखलढुंगा जिल्लाको यो दोस्रो हवाइमैदान बन्ने छ । सुनुवार वस्तीमा बन्न लागेको यस विमानस्थलको उपभोक्ता समितिमा भने सोलुकी गोमा के.सी (हाल बरुणेश्वर गा.वि.स ढुस्के विवाह गरेकी) अध्यक्ष रहेकी छिन् । Read More

युकेबासी कोइँच (सुनुवार) को सहयोग वल्लो किरात प्राप्तिको लागि

वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि संर्घष्ा जारी गर्न युके निवासी कोइँच -सुनुवार) को तर्फबाट किरात सुनुवार सेवा समाज युकेका अध्यक्ष जंगबहादुर सुनुवारले सुनुवार सेवा समाज केन्द्रीय कार्यालयमा रु. पन्ध्र हजार नगद सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारलाई हस्तान्तरण गर्दै

कोइँचबु काःतिच
चैत्र २८, यालाखोम । ‘हाम्रो भौतिक शरीर मात्र युकेमा हो । हाम्रो मन मस्तिष्क र हाम्रो पूर्ख्यौली थाँतथालो नेपाल नै हो । नेपालको पनि वल्लो किरात प्रदेश हो । हामी कोइँचको पहिचान वल्लो किरातसँग गाँसिएको छ । चीन, भारतको उन्नति भनेकै बाहिर बसेका उनीहरुको जनर्ताबाट भएको हो । र, अहिले चिनीया तथा भारतीय मूलका युवायुवतीहरु आफ्नो क्यारियरको लागि स्वदेश फर्किने गरेका छन् । भोलि नेपालीको स्थिति पनि त्यस्तै हुन सक्ने छ । यसैले बाँच्नको लागि युके बसे पनि सधै सधै बाँच्नको लागि युके पर्याप्त हो भन्नेमा कोइँचहरु कहिलै बिश्वास गर्ने छैनन् । यसैले वल्लो किरात युकेबासी कोइँचको पनि चाहना Read More

कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी

अब बजारमा आउँदै गरेको कोइँच गीति एल्बमका रचनाहरु र अन्य जानकारी : कोइँच युवायुवतिहरुको लागि समर्पित “दोमोका दारशो सेरेमफु”

(स्पष्टीकरण : यो दोमोका दारशो गीति एल्बमबाट उठेको रकमले अर्को मौलिक लोकबाजाको साथ लोकगीत रेकर्डिङ गरिने छ जुन तत्काल उत्पादनको लागि दुइ वटा गीति एल्बम तयारीमा छ । यो अभियान कोइँच भाषा तथा संस्कृति प्रवर्द्धनको लागि हो ।)

१. गीतको बोल : एयि, होमाचिरि 

भाका : साङ दुपि साङासो लोकभाका

रचना तथा संगीत : कोइँचबु काःतिच

स्वर : महेश सुनुवार (क्याःब)

एयि, होमाचिरि होपो’मा, सुनि जिकरिस नोलेङा

ङामजिम गोइ आँकेन, हेमशो ग्लुमसि काःलेङा

(दाः ब्लोइँचि फुइलिकालि) ४ Read More

गत चैत्र १४ गते शनिवार चुप्लुमि कोइँच शारिरेँशो कार्यक्रममा वाचित सिर्जनाहरु :

इन्द्रसेन सुनुवारको गजल
…………………….
मौसम त्रि्रो जिन्दगीको अदलबदल भयो
अस्तिसम्म झोपडि थियो, आज महल भयो र्।
सविधानले निस्चित गर्छ भन्थ्यौ हाम्रो हक पनि
त्रि्रो जवाफ चाहिएको छ के के पहल भयो –
कामकुरा विर्सर्ीीतमी कुम्लो बोकि हिड्दा ठिमी
निरंकुशता फर्की आउने सम्भावना प्रबल भयो ।
इमान जमान बिर्सर्ीी संविधान सभा पनि
जनता झुक्याई आशा मात्रै बेच्ने पसल भयो ।
न त डाक्टर न ओखति न त कुनै शल्याक्रिया
रोगीलाई पो आफ्नो आयु आफैं थप्न सरल भयो ।
========
कोइँच तासलाहामसो (साङखु बुजिच)को कोइँच कबिता ब्लोइँचि
…………………….
ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो –
खेखे शेमशेम फुइलि ब्लिःशो गारिला
ख्योेपलोङ ख्युपलुङ, क्युपशा लाअशो बाकु खोदेँशो ।

शाँबु थिमचा सेलिन लोपशो
चिरसि, चेरबि, लिच, लिँकुमि ङामशो खोदेँशो
बुकुकु जेशो, जिःजः ङास खोदेँशो, एको आँ ब्लोइँचि
गारिमि ग्युत ग्युत नेअसिशा चोअशो शाँबु खोदँेशो ।
Read More

जिरेलहरु जागे वल्लो किरात स्वायत्त प्रदेशको लागि

ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङ, वल्लो किरात स्वायत्त प्रदेश दोलखा सम्मेलन उद्घाटन गर्दै

चुपलु दामलोच
२२ चैत, जिरी । जिरीका आदिवासी जिरेलहरु आफ्नो पुख्र्यौली थलोको पहिचानसहितको संघीय नेपालको पुनसंरचना नभए हतियार पनि बोक्न तयार हुने घोषणा गर्दै वल्लो किरात स्वायत्त प्रदेशको लागि एक जुट भएका छन् । प्रमुख अतिथि आदिवासी जनजाति सभासद ककसका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले वल्लो किरात स्वायत्त प्रदेश प्राप्तिको लागि सुनुवार सेवा समाज, जिरेल संघ नेपाल, किरात हायु समाज, सुरेल उत्थान समिति, नेपाल थामी समाज, किरात जेरो रादु समाज, किरात बाहिङ मुलुखिमहरु ऐक्यवद्ध भइ आन्दोलित भएको अवस्थालाई मनन् गदैं ककसको अवधारणपत्रमा सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्नेर् भनि संविधान सभामा पेश गरेको बताउँदै आदिवासी जनजाति पहिचानसहितको जातिय स्वायत्त राज्य घोषणा नभए सडक आन्दोलनमा उत्रन आम आदिवासी जनजाति तयार हुन आब्हान पनि गर्नु भयो । उहाँले अगाडि थप्नु भयो, ‘आदिवासी जनजातिको कुम टेकेर राजनीति गर्न खोज्ने कुनै पनि त्यस्तो व्यक्तिगत स्वार्थको लागि राजनीति गर्नेहरुले आदिवासी जनजातिहरुले सामाजिक वहिस्कार गर्नु पर्छ । Read More