All about Sunuwar

Archives

now browsing by author

 

कोइँच वस्तीमा शाँदार पिदार धुमधामसँग हुँदै ः तर ढोल झयाम्ट बोक्नेको अभाव

चुप्लु दाम्लोच

२५ वैशाख, सेब । अहिले भूमि, भूअधिनत्व तथा र्पाकृतिक स्रोत अध्यययन समितिका अध्ययन टोली सोलु जिल्लाको ग्लोलि गा.वि.स. सेबे शाँदार थान -१९०४ मी.) मा पुगेको छ । प्लेततिको रारादेलबाट प्लेतति शाँदार पिदार अवलोकन गर्दै काँस थेल, चाराम, कुँबु शाँदार थान अवलोकन तथा ढोल झुण्डाएको हेर्दै लुँखिच, जेसपुच, क्याःब, थाङराच, थुङगुच, दुरबिच, दासुच, लासपाचको भूमि र भूअधिनत्व अध्ययन गरेका छन् । प्लेतति शाँदार पिदार कोइँच गाउँको सबैभन्दा ठूलो चाड मानिन्छ । यो कोइँच -सुनुवारं) को महत्वपूर्ण तीर्थयात्रा हो । यस्तै गरी कुँबु शाँदार ख्योम्पत, कास्तेल लास्पाचको, चाराम दासुचको शाँदार हो । गाउँमा अहिले शाँदार पिदार गर्न गाउँ मात्र होइन बेलायतदेखि पनि दर्सानार्थि आएका भेटियो । शाँदार पुर्णिमको दिन रमिता हेर्नेहरुको भीड अत्याधिक देखिए ता पनि अहिले वैदेसिक रोजगार तथा बसाइसराइका कारण गाउँमा गाउँ घुम्न तथा पिदार गर्न ढोल बजाउने कोइँचहरुको भने अभाव देखियो ।

लोपोन्मुख गील गर्ने नाअसो पोइँबा नामथेलमा

चुप्लु दामलोच

२३ वैशाख, नामथेल । कोदोको पिठोको पिण्ड दिनु पर्ने -पूर्खप्रतिको आक्रोश नामथेलका ओख -नामाडे) याअÞताहरुको । धारापानीको ओख याअताका मुखियाहरुले पछिसम्म पनि तिलपुङ, खिमतिको तिरोभारो उठाउँदै आएका थिए । चलाख व्यक्तिहरुका अगाडि सोझा जिमीभूमिका मालिक किपटीय कोइँचहरु अहिले सिमान्तकृत भएर बार्ँच्नु परेको छ । पहिला खिम्ती बेँसी कोइँचहरुकै थियो । Read More

कोइँच भूमि बुजको अग्लो डाँडामा आज ।

चुप्लु दामलोच
२२ वैशाख, थाम डाँडा । आज पोलदिम पदमबहादुरको घर १७६६ मि. उचाइबाट विहान छ बजे हिडेर देवीथान, हुपिन डाँडा -१९६६मि.), रामजी थान-२२३३मि), कलोरानी मन्दिर -२२७९ मि.) हुँदै अग्लो डाँडा थाम डाँडा -२३२४ मि.) उचाइमा आइपुगेका छौं । जसको लागि चन्देश सुनुवार मुलिचले हामी -कोइँचबु काःतिच र रणवीर सुनुवार) लाई साथ दिनु भएको छ । अहिले आठ पाँच भएको छ । Read More

जिजिच र गरशि याअताको पूर्ख्यौली थलो / इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा ?

चुप्लु दाम्लोच
१६ वैशाख, नेपाने हाँवा । सुनुवार सेवा समाज अध्यक्ष खुशबहादुर सुनुवार र स्थानीय एक बजुको संवादले भने कोइँच गाउँ वस्तीको ठेट अनुभूति दिएको छ । सुनसान साँझ सात बजेको समय । रात पर्न लागेको छ । बाटो मुनि ती लाउरेनी बजु पानी थाप्दै छिन् । खुशबहादुर तन्की तन्की हर्ेछन् । पानीको धाराबाट कालो पोलिथिन पाइप जोडेर पानी थापिएको छ । जर्कीनमा पानी भरिनै लाग्छ बोल्छन् खुशबहादुर- जइमसि एँ बागे । बÞाकु दाइना दाइना बाअतिनि । ग्युशरा माबोअचा । गो बÞाकु ख्लाअÞताङ । प्रतिउत्तरमा लाउरेनि बाजु जुरुक्क उठ्छन् र भन्छिन्- इ तारलाङ तुरलुङ कुरशा ख्लाअतिनु गो ग्युशरा माबोअनुङा आँथे – गलाला हाँसोको फोहरा छुट्छा । मौलिक कोइँच गाउँको यो हाँसो ठाट्यौलिसँगै जिजिच तथा गर्शि याअताहरुको पूर्ख्यौली थलो ठूलो पातालको पुरानो गाउँबाट अध्ययन यात्रा शुरु गरेर हाँवा हुँदै झाँक्रे बसेरीमा अन्त भएको छ । Read More

कोइँच भू-अधिनत्व, भूमिको नाक्साङ्कन कार्य शुरु

चुप्लु दाम्लोच

वैशाख १५, थेब पोमदु । कोइँचहरुको पुर्ख्यौली थलोको नाक्साङ्कन कार्य आजबाट शुरु भएको छ । सुनुवार सेवा समाज भूमि तथा भू-अधिनत्व मामिला अध्ययन समितिले कोइँचको थाँत थलो, उनीहरुको साँस्कृतिक थलो, त्यससँग गाँसिएको इतिहास र कोइँच वृद्धहरुसँगको उहिलेको कुराकानी, कोइँचहरुसँग भएको ऐतिहासिक दस्तावेज, कोइँचका विभिन्न थरीको भूमि र उनीहरुको मुइलि, मुइग्यो, इतिहासको वारेमा अध्ययन तथा तथ्य संकलन गरिने छ । आज कोइँच र जिरेलको किपटको साँध पुरानो गाउँ (वि.सं.१८५४ को दस्तावेजानुसार) को अध्ययन भयो र सो गाउँमा अहिले क्षेत्री-बाहुनहरु बसोबास गरेको पाइयो । Read More

उपस्थितीका लागि हार्दिक अनुरोध

किराँतहरुको महान चाड येले सम्वत् ५०७२ को शांदार पिदार/ साकेला उभौली सुनुवार सेवा समाज दोहा, कतार र किराँत राई यायोख्खा दोहा, कतारको संयुक्त आयोजनामा सु-सम्पन्न हुने कुराको जानकारी गराउँदै तपशिलका मिती, स्थान र समयमा दोहाका श्रमजीवि किराँती तथा गैर किराँती नेपालीहरुमा हार्दिक उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौ !
आयोजक :- सुनुवार सेवा समाज दोहा, कतार तथा किराँत राई यायोख्खा दोहा, कतार !
मिती :- …१८ मे २०१२ स्थान :- दोहा सिटी प्लाजा होटल समय :- बिहान ११ बजे !
कार्यक्रमका बारेमा जानकारी चाहिएमा सम्पर्क :-
राम बहादुर सुनुवार- ६६३४१२०१, सोम सुनुवार- ३०२९८२३७, राजु मुखिया- ३३२५८०५२, केशर कुमार सुनुवार- ६६१२७६२७, भुवन सुनुवार- ३३२६९८६६, दशरथ वाहिङ्ग राई- ७७२४३४२६, चन्द्रशेर राई- ५५९२५२९०, दिपेन्द्र राई- ५५३७१५७९, तिर्थ संगम राई- ७७६३८२९१, र रबिन राई- ५५७६६३१८

थोरै संख्याका आदिवासी जनजातिहरु एक जुट : प्रचण्ड निवास घेराउ

सुनुवार डट ओआरजि समाचारदाता
७ वैशाख, काठमाडौं । थोरै संख्याका आदिवासी जनजाति सभासद तथा आदिवासीको प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको दुइ दिने भेलाको उद्घाटन आज नगरकोटमा आदिवासी सभासद ककसको अध्यक्ष पृथ्वीसुब्बा गुरुङले गरेका छन् भने आज विहान सुनुवार सेवा समाज लगायत नेपाल आदिवासी जनजाति महासंघले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निवास घेराउ गरेका छन् । संविधान सभाबाट संविधान जारी गर्ने समय नजिकीँदै जाँदा आदिवासी शसंकित हुँदै छन् भने प्रमुख राजनीतिक दलहरु निरङ्कुश राजतन्त्रको भूमिका निर्वाह गर्दै छन् । Read More