Archives
now browsing by author
लिखु ४ जलविद्युत परियोजनामा एक बालकको मृत्यु दुइ घाइते
चुप्लु दामलोच
१७ असार, रागिन । लिखु ४ जलविद्युत परियोजनाको टेक्टरले किच्दा एक बालक घटनास्थलमै मृत्यु भएको छ भने दुइ बालक सक्त घाइते भएका छन् । घाइते बालकलाई ओम हस्पिटल चाबहिलमा उपचार गराइँदै छ । आदिवासी जनजाति कोइँचको संस्था सुनुवार सेवा समाजले लिखु ४ जलविद्युत परियोजनाका बारेमा त्यसको नकारात्मक तथा सकारात्मक पक्षको बारेमा विस्तृत अध्ययन गर्दै आदिवासी जनजातिको पूर्व सूसुचित जानकारी सहित परियोजनामा सहभागिता नभएको दाबी गर्दै असहमति जनाइ सकेको छ । अहिले रगनीमा बाटोमा लाश राखिएको छ । दाहसंस्कार गरिएको छैन । Read More
विस्तारै सुविधा सम्पन्न हुँदै कोइँच गाउँको विद्यालय
चुप्लु दामलोच
१६ आसार, खिँचि । ‘मेरो गाउँमा ३० वर्षअघि पनि एम ए पढ्ने कोही थिएन । अहिले पनि कोही छैन ।’ – तथ्याङ्कविद बालकृष्ण माबुहाङले पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको पाठ्यक्रम सुधार अन्तरक्रियामा बोलेका थिए । ठिक त्यस्तै अवस्था आम कोइँच गाउँ -लिकु-खिमकु-मोलुङ) को छ । खिँचि चण्डेश्वरी कोशपाला विद्यालयले पनि धेरै विद्यार्थीहरु जन्मायो । तर कहिल्यै त्यस विद्यालयलाई कसैले महत्वका साथ हेरेनन् । एक किसिमले सोँच्दा बाँसको ढुङ्ग्री पाङबुङ जस्तै भए कोइँच गाउँका विद्यालय । हुन त राज्यको शिक्षा नीति नै आदिवासी जनजातिलाई मूलवस्तीबाट बाहिर धपाउने किसिमको छ । हरेक वर्ष१५ देखि ३०-४० विद्यार्थी नयाा भर्ना हुन्छन् अनि त्यत्तिकै संख्यामा निस्किएर जान्छन् । Read More
हाम्रो अपिल
राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नु गल्ती होइन । जब हामीले राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिन सक्दैनौ वा दिनुपर्छ भन्ने आँट गर्दैनौं, हामी सधैं पछाडि परिरहने छौं । खस बाहुन भन्ने वित्तिकै सबै खस बाहुन आदिवासी जनजाति विरोधी होइनन् र हुँदैनन्, छैनन् । आदिवासी जनजाति भन्ने वित्तिकै सबै आदिवासी जनजाति (राइ, लिम्बु, सुनुवार, तामाङ, गुरुङ, मगर, थारु, थकाली, शेर्पा आदि) आदिवासी जनजातिका हितका लागि काम गरिरहेका छन् भन्ने सोच्नु महामुर्खता हुने छ । शेरधन राइ, यज्ञराज सुनुवार, पर्वत गुरुङ, परशुराम मेघी गुरुङ, गोपालमान श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, कुलबहादुर गुरुङ, भीमबहादुर तामाङ, प्रकाशमान सिङ, कमलप्रकाश सुनुवार, कृष्णगोपाल श्रेष्ठ जस्ता धेरै आदिवासी जनजातिहरु व्यक्तिगत स्वार्थमा आदिवासी जनजातिको कुम टेकेर उनीहरुको विरुद्धमा राजनीति गरिरहेका छन् । उनीहरु प्रति अब सबैले स्पष्ट धारण निर्माण गर्नु पर्दछ । हामी व्यक्तिका विरोधी होइनौं, प्रवृतिका विरोधी हौं । बाहुनवादी सोंचबाट मुक्त हुनु जरुरी छ यदि सबैलार्इ समान अधिकार भएको नेपालको परिकल्पना गर्छौं भने । आदिवासी जनजातिको हक अधिकार सुनिस्चित हुनुपर्छ भन्नु खस बाहुन धपाउ अभियान ठान्नु संकुचित मानसिकताको पराकाष्टा हो । शासकिय निरङ्कृशता त थियो थियो । हिजोआज सञ्चार तथा बौद्धिक निरङ्कुशताको अतिवाद बढीरहेको छ । बेलैमा सबै सचेत हुने हो कि !
—————–
आदिवासी जनजाति युवाहरु
यज्ञराज सुनुवारलाई आदिवासी जनजातिको कारवाही गर्न माग : सबैको आ–आफ्नो स्वर्थ
चुप्लु दाम्लोच ३ आसार, यालाखोम । आज बसेको राजनीतिक परिस्थिति वारे नेपाल आदिवासी जनजाति महासंघमा बसेको बैठकमा सबैले यज्ञराज सुनुवार आदिवासी जनजातिको पहिचान विपरीत कित्तामा उभिएको निस्कर्ष निकाल्दै सुनुवार सेवा समाजलाई कारवाही गर्न माग गरेका छन् । अरु त कारवाहीको माग गर्ने नै भए, यज्ञराज सुनुवार संस्थापक महासचिव रहेको नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका वर्तमान उपाध्यक्ष तथा महासंघ विदेशसचिव विमला सुनुवारले समेत सुनुवार सेवा समाजले कारवाही गर्नु पर्ने विचार व्यक्त गरेका थिए । विभिन्न पहिला एमालेका अन्धोभक्त आदिवासी जनजाति नेता भनौदाहरुले विगतमा आदिवासी जनजातिको प्रतिनिधिमूलक संस्थालाई एमालेकरण गर्न विभिन्न गुटबन्दी र छलकपट गरेको साथै सुनुवार सेवा समाजलाई त सिडिओ कार्यालयमा मुद्दा हाल्न लगाएर सर्वोच्च अदालतमा पुराएका थिए । तर अहिले तिनै एमालेहरु आदिवासी जनजातिको हकअधिकार र पहिचानको लागि लड्ने खाँटी नेता भएको देख्दा अचम्भित र छक्क पर्नेहरु छँदैछन् । Read More
अरुको सेवा गरेर हिड्ने योद्धा आपैंm अग्नीपिडीत : सहयोगको अपिल
चुपलु दामलोच
१ आसार, यालाखोम । चकमन्न, सुनसान अँध्यारो रात । प्रायः सबै निन्द्रादेयिमो मोहाजालमा अन्धो चरमसुखमा लिप्त । अचानक उज्यालोको आक्रमण । यो प्रत्येक रातमा हुने नियामित दैनिकी । हर्ष र अचम्भित कोलाहल जो जो जागा छन् । कोही युरो कपमा रमाउन थाल्छन त कोही विभिन्न टिभी च्यानलमा आउने टिभी सेरियलमा मस्तराम । कसैलाई कसैको मतलब छैन । सबैको आ–आफ्नै वैयाक्तिक रुची ।
तर ताल्छीखेल ज्ञानचोकमा त्यो चकमन्न अँध्यरो रात वीच झुल्केको उज्यालोले कहाली र दर्दनाक अवस्था पनि सँगसँगै लिएर आयो । सविसिवानी सेकुवा कर्नर सधै र्भैm उस्को ग्राहकलाई सेवा दिएर बास बसेको थियो । लोडसेडिङ पछि बौरेको उज्यालो बिजुलीले सेकुवा कर्नरलाई ओच्छेनमै सेकुवा बनायो जसलाई बचाउन कुनै कर्नरमा उसले केही सग्लो अबशेष नै राखी दिएन । हो, आज राती १.०० बजे सबिसिवानी सेकुवा कर्नरको मासु पसलमा विजुलीको तार सर्ट हुँदा लगभग १८ लाख भन्दा बढी धनमालको क्षति भएको छ । कुखुराको मासु पसल, सबिसिवानी सेकुवा कर्नर, धराने कालो बङ्गुरको मासु पसलमा भएको क्षतिको मात्र प्रहरी चौकी सात दोबाटोले उक्त मुल्याङ्कन गरेको हो । सँगैको घरमा भएको झ्यार्केको, आगोको रापले पाइप डढेको तथा सँगै रहेको राँगाको मासु पसलको क्षतिको मुल्याङ्कन भने गरिएको छैन । Read More
अग्रगामि परिवर्तन पक्षधरको भेला तर लोकतान्त्रिक सुनुवारहरु अनुपस्थित
चुपलु दामलोच
३२ जेठ, यालाखोम । अग्रगामि परिवर्तनका पक्षधर युवा विद्यार्थीहरुको भेलामा एमाले समर्थित सबै जातीय घटक संगठनको उपस्थिति भए पनि नेपाल लोकतान्त्रिक किरात सुनुवार संघका कोही पनि उपस्थित भएनन् । एमाले समर्थित कोइँच बन्न नसकेका नयाँ नेपाालका बाहुन सुनुवार ठान्ने अध्यक्ष उदयबहादुर सुनुवारले संघको मुखपत्र जेम्लाहासमा सुनुवार सेवा समाज भन्दा नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ सशक्त र राजनीतिक मुद्दा बोकेर सडकमा उत्रन सक्ने खातुक बेगरको खोकाइ खोके पनि व्यवहारमा भने आदिवासी जनजाति कोइँचको हक अधिकारलाई भन्दा व्यक्तिगत स्वर्थ भन्दा माथि उठ्न नसकेको आम परिवर्तनप्रेमीहरुको भनाइ छ । Read More
ओखलढुंगामा एमालेको संघीय विरोधी निन्दानीय कार्य
३१ जेठ, काठमाडौं । ओखलढुंगामा नेकपा एमालेले संघीय विरोधी निन्दानीय कार्य गरेको दाबी आदिवासी जनजाति युवा महासंघका अध्यक्ष पृथ्वीमान गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । आदिवासी जनजाति युवा महासंघ नेपाल का केन्द्रिय सदस्य तथा नेपाल आदिबासी जनजाति महासंघ ओखलढुंगाका जिल्ला सदस्य श्री नेत्रबहादुर नेम्वाङ लाई यहि मिति २०६९/२/२४ गते राति एमाले जिल्ला पार्टर्ीीार्यालय, ओखलढुङ्गामा पहिचानसहितको संघियता विषयमा बहस भईरहेको समयमा एमालेभित्रका पहिचानसहितको संघियता विरोधी एमाले जिल्ला कमिटी सदस्य मावर सुनुवार लगायतका पार्टर्ीीार्यकर्ताहरुले नियोजित एवं योजनाबद्ध ढंगले सांघातिक आक्रमण गरी सख्त घाइते बनाइएको घट्ना प्रति Read More
