Archives
now browsing by author
एमाले समर्थित आदिवासी जनजाति नेताहरुको माग तर कोइँचबन्न नसेका सुनुवार एमाले नेता भने मौन
वर्तमान परिस्थितिका सम्वन्धमा हाम्रो मत
१. विषय प्रवेश
छ दशक लामो जन संघर्ष एवम् ०६२/०६३ सालको शान्तिपूर्ण जनक्रान्तिका माध्यमबाट देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अहिले देश सामन्तवादवाट पूँजीवादतर्फ, एकात्मक राज्यवाट संघात्मक राज्यतर्फ संक्रमण गरिरहेको छ भने संविधानसभाको प्रथम वैठकले देशमा गणतन्त्र संस्थागत गरिसकेको छ । यस युगान्तकारी परिवर्तनको ऐतिहासिक मोडमा हामीले पार्टीको आठौै राष्ट्रिय महाधिवेशन आयोजना गरी पार्टीको नयाँ कार्यदिशा, नीति र सिद्धान्तहरू अगाडि सारेका थियौं । यस महाधिवेशनले जनताको बहुदलीय जनवादले अघि सारेको राज्य प्रणालीलाई एकात्मकबाट सङ्घीय प्रारूपमा ढाल्नुका साथै परम्परागत लोकतन्त्रको सट्टा समावेशी लोकतन्त्र र समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई पनि जनताको बहुदलीय जनवादको अभिन्न अंग बनाएको थियो । चालु जनक्रान्तिका तीन मुख्य उपलब्धीहरू ः सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्दै जनक्रान्तिलाई पूर्णतामा लानु पर्दछ र यस व्यवस्थालाई समाजवादतर्फ उन्मुख गराउनु पर्दछ भन्ने कुरामा हाम्रो निरन्तर प्रतिबद्धता थियो । त्यसको लागि मुलुकको सामाजिक–आर्थिक रूपान्तरण सहित राज्यको समग्र पुनर्संरचना हुनु पर्दछ भन्ने हाम्रो दुष्टिकोण रही आएको छ । तर मुलुक शान्तिपूर्ण जनक्रान्तिको ऐतिहासिक संक्रमणको अन्तिम चरणमा प्रवेश गरेको वखत हाम्रो पार्टीले आठौं महाधिवेशन र केन्द्रीय कमिटीका पटक पटकका निर्णयहरू विपरीत राज्यको पुनर्संरचनाको सन्र्दभमा उल्टो दिशा पक्रन पुग्यो । हाम्रो पार्टीले आठौैं महाधिवेशनका सही निर्णयहरू र संविधानसभा निर्वाचन घोषणापत्रमा जनता सामु गरिएका प्रतिबद्धताहरूको आधारमा नयाँँ संविधानका अन्तरवस्तुहरूको ठोस प्रस्ताव अगाडि नसारेको मात्र होइन, त्यसको ठीक विपरीत अडान राख्न पुग्यो । पार्टीको यस्तो नीतिले संविधानसभाको माध्यमवाट नयाँ संविधान जारी गर्ने हाम्रो बारम्बारको प्रतिबद्धतालाई निरर्थक वनाएको मात्र छैन, नेपाली जनताको छ दशक लामो संघर्षवाट प्राप्त संविधानसभालाई नै विघटन गराएको छ । Read More
संविधान सभालाई कसले मार्यो – प्रष्ट हुनु पर्ने कुरा
-कोइँचबु काःतिच
नेपाली जनताको लागि बहुप्रतिक्षित जनचासोको विषय थियो, नयाँ संविधान । त्यो प्रतिक्षा पुरा नभई गर्भमै तुहियो । तुहिनु त तुहियो नै सँगसँगै देशलाई अन्यौलग्रस्त भडखालोमा होमी दियो वेजिम्मेवार नेपाली राजनीतिक पार्टी । किन यसो गरे त जनताको सेवा गर्छु भन्ने राजनीतिक पार्टीले ? धेरै सोचीरहनु पर्दैन । कुरा प्रष्ट छ राजनीतिक पार्टीहरु जनताको भन्दा व्यक्तिगत स्वार्थमा लिप्त थिए, छन् र भोलि पनि हुने छन्- जब नेपाली नागरिकले राजनीतिक पार्टी नेता र तिनका आसेपासे, गाउँका एजेण्टहरुलाई गम्भीर कारवाहीको प्रक्रिया अगाडि बढाउँदैनन् वा अझै पनि उनीहरु राजनीतिबाट तर्सिन्छन् वा मलाई राजनीति भने पछि मनै पर्दैन, राजनीति भनेको फोहरी खेल भनिरहन्छन् । Read More
सुनुवार सेवा समाज वाषिर्क साधारण सभा सम्पन्न
चुप्लु दामलोच
२४ जेठ, यालाखोम । सुनुवार सेवा समाजको २४ औं वाषिर्क साधारण सभा विभिन्न भावि नीति तथा कार्यक्रम पारित गर्दै भव्यरुपमा सम्पन्न भयो । सिन्धुली, झापा, सुनसरी, र्सलाही, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, ओखलढुँगा, रामेछाप जिल्लाबाट ८१ भन्दा बढी प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा दालकुमारी सुनुवारले आफु विमारी भएकोले आदिवासी सभासद सभा -ककस) ले तीन पार्टर्ीीई दिने भनिएको ज्ञापन-पत्रमा सही गर्न नसकेको स्पष्टीकरण दिएका थिए । तर उनलाई पार्टर्ीी हृवीप जारी गरेको हुँदा उक्त ज्ञापन पत्रमा सही नगरेको धारण कतिपयको छ । Read More
सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क
चुप्लु दामलोच
२१ जेठ, यालाखोम । आज अहिले कोइँच लगायत आदिवासी जनजातिहरुले मंगलबाजार पाटन दरबारक्षेत्रमा जनसभा तथा झाँकी प्रस्तुत गर्दै छ । नेपालको राजनीतिमा सरकार तथा संविधान सभा तीन दलका नेताहरुको प्रा.लि. बनाएको तर्क आदिवासी जनजातिको रहेको छ । यही कुराको पर्दाफास गर्न अहिले आदिवासी जनजाति नेताहरुले स्थानीयस्तरमा कार्यक्रम गर्ने भएको छन् । Read More
पर्ूव आदिवासी जनजाति सभासद्सभा (ककस) को प्रेस विज्ञप्ती
र्सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अभिमतबाट गठन भएको विश्वमा नै नमूना मानिएको समावेशी र समानुपातिक प्रतिनिधित्व भएको संविधानसभा नेपालका तीन राजनीतिक दल र मधेशी मोर्चाका नेताहरुको अकर्मण्यता र प्रतिगामी अडानका कारण मृत घोषित भएको छ । Read More
वल्लो किरात स्वायत्त प्रदेशले संविधान सभा घेराउ
१२ जेठ, यालाखोम । सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, सुनुवार महिला समाज र अन्य आदिवासी जनजाति संस्थाहरुलगायत वल्लो किरात स्वायत्त प्रदेशको लागि संघर्षरत वल्लो किरात संघीय राज्य परिषदले संविधान सभा घेराउ कार्य शुरु गरेको छ । संविधान सभा नयाँ वानेश्वरको शंखमूल जाने सडकमा धर्ना कार्यकारम आयोजना गरिएको छ । भोलि पनि सोही स्थानमा धर्ना कार्यकाराम हुने छ । यसको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले संविधान सभा घेराउको लागि भोलि पनि उपस्थित हुन हार्दिक अनुरोग गरेका छन् । Read More
आदिवासी जनजातिको आमसभा बसन्तपुर डबलीमा : धेरै जनसंख्या भएका आदिवासी जनजातिले बेलैमा सचिनु पर्ने
चुप्लु दाम्लोच
१० जेठ, यालाखोम । हिजो बेलुकी ९ बुँदे सहमति भए पछि आज वसन्तपुर डबलीमा आदिवासी जनजातिहरु आफ्नो झाँकीसहित शहर परिक्रम गर्दै आमसभामा परिणत भएको छ । तर वल्लो किरात संघीय राज्य परिषदलाई न त आशन ग्रहण गराइयो न त सुनुवार सेवा समाजलाई नै । Read More

