All about Sunuwar

Archives

now browsing by author

 

दास मनोवृत्ति र संकुचित मपाइँवादी सोँच : कोइँचको लागि घातक सावित

कोइँचबु काःतिच (उत्तम)
३७ सिं र ७२ सिं कोइँच बन्न नसकेका सुनुवार साथीहरुलाई लाग्न सक्छ आदिवासी जनजाति कोइँच (सुनुवार) पछाडि पर्नुमा उनीहरुकै आफ्नो बानीव्यहोराको ठूलो हात रहेको छ । ३७ सिं मित्रले त कोइँचलाई अपव्याख्य नै गरे । ७२ सिं मित्रले सार्वजानिक थलोमा बोलेकै हुन् ‘कोइँचको पहिचान भन्दै हिड्यौं भने कोइँच पछि परिन्छ खास–बाहुनसँग मिलेर जानु पर्छ । कोइँचवान, वल्लो किरात प्रदेश होइन, लिख–खिम्ती कि सुनकोशी प्रदेश हुनु पर्छ ।’ र, यो भाषा बल्खु दरबारको हो भन्ने पनि सबैलाई ज्ञात भएको कुरा हो ।
यस बर्ष (२०६८ को जनगणना भए पनि २०६९ मा सार्वजानिक भएको हुँदा) कोइँचको जनसंख्या लगभग ४३ प्रतिशतले घट्यो । Read More

सुनुवार फुटबल टोलीलाई सहयोग

सनुवार डट ओआरजि समाचारदाता । १३ माघ, काठमाडौं । सुनुवार सेवा समाजले नेतृत्व गरेको फुटबल टिमलाई फुटबल र जर्सी सहयोग प्राप्त भएको छ । सुनुवार सेवा समाजलाई श्याम सुनुवारले दुई वटा फुटबल, रामबहादुर सुनुवार र हितबहादुर सुनुवारले १५ वटा रातो जर्सी प्रदान गरेका छन् । जर्सी र फुटबल हस्तान्तरण गर्ने सहयोगकर्तालाई सुनुवार सेवा समाजले एक कार्यक्रम गरी प्रशंशा पत्र प्रदान गरेको छ । विशेष अतिथि किरात सुनुवार सेवा समाजको सल्लाहार तथा नेपाल आदिवासी जनजाति महासंघ युके का कोषाध्यक्ष होम दासुचले सहयोगकर्तालाई खादा ओढाएर सम्मान गरेको थिए भने पूर्व सभासद दालकुमारी सुनुवारले प्रशंसापत्र प्रदान गर्नु भएको थियो । प्रशंसा पत्र प्रदान गर्दै प्रमुख अतिथि दालकुमारी सुनुवारले सुनुवारको यस जोसप्रति सहयोग गर्ने बचन वद्धता सहित उहिले गाउँमा फुटकाल थिएन । हामी हालि खेल्थ्यौं । हालि खेलको विकास गरी कोइँच एकताको लागि युवाहरुलाई एक गर्नु पर्ने बताउनु भयो भने विशेष अतिथि होम दसुचले कोइँचहरुमा साँस्कृतिक विचलन आएको हुँदा कोइँचको आफ्नै संस्कार संस्कृतिलाई लिपिवद्ध गर्नु अनुरोध गर्नु भयो । साथै धनुषवाण खेललाई पनि विकास गर्न सुझाव दिनु भयो । सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार युवाहरु अन्य कार्यक्रममा उपस्थित हुन अनिच्छुक भएको हुँदा खेलकुदको सहारामा उनीहरुलाई पहिचानको लागि जागरुक गर्न यो अभियान अगाडि बढाइएको जानकारी गराउँदै राज्यले युवाहरुलाई प्रदान गर्ने विभिन्न सुविधामा कोइँच युवाको पहुँच पुग्न नसकेको हुँदा खेल मार्पmत त्यस्ता राज्यले प्रदान गर्ने सुविधामा पहुँच पुराउन पनि यस किसिमको अभियान अगाडि बढाइएको बताउनु भयो । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले दिनु भएको थियो भने उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीलाईसुनुवार फुटबल टिमका संयोजक सामुयल सुनुवारले धन्यवाद दिनुभयो । अभैm पनि सुनुवार फुटबल टिमलाई जाली र सेतो जर्सी आवश्यक भएको संयोजक सुनुवारले बताउँदै आजको मैत्रीपूर्ण खेल खेलकुद पत्रकार मञ्चको समयाभावको कारण रद्द भएको जनाउनु भयो । अर्को खेल आउँदो सनिवार लिम्बुहरुसँग हुने पनि जानकारी गराउनु भयो । तर खेल मैदान टुँगो नभएको बताउनु भयो ।

फेरि सुसेस भर्सेस खेप मञ्चको फ्रेण्डसिप फुटबल गेम हुने

चुप्लु दाम–लोच ।

७ माघ, काठमाडौं ।

प्रज्वल शाक्यको नेतृत्वमा खेलकुद पत्रकार मञ्च (खेप मञ्च) र सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा यही आउँदो शनिवार जावलाखेल खेल मैदानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । यस मैत्रीपूर्ण फुटबल खेलमा आम खेलप्रेमी कोइँचहरुलाई यही आउँदो शनिवार माघ १३ गते शनिवार दिनको ३ बजे जावलाखेल खेलकुद मैदानमा उपस्थित भई कोइँच खेलाडीहरुलाई हौसला प्रदान गर्न सुनुवार सेवा समाजले हार्दिक अब्हान तथा अनुरोध गरेको छ । यसभन्दा अगाडि सुनुवार सेवा समाज भर्सेस आदिवासी जनजाति आन्दोलनकर्मीहरु वीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो ।
आदिवासी जनजातिविज्ञ तथा आन्दोलनकर्मी डा. कृष्णबहादुर भट्टाचनको नेतृत्वमा शुरु भएको यो खेल अभियानले विस्तारै मूर्तरुप लिँदै छ । शुरुमा आदिवासी जनजाति खेलाडीहरु उपस्थित हुन हम्मे हम्मे थियो । सबैलाई अनुरोध गर्दै खेलको शुरुआत किर्तीपुर युनिभर्सिटी खेल मैदानबाट शुरु गरिएको थियो । डा. भट्टाचनको यस अभियानले विस्तारै आदिवासी जनजातिमा नयाँ रौनक थपेको छ ।

मैत्रीपूर्ण खेल आयोजना गर्नुको उद्देश्य तथा सामुयल सुनुवारको आगमन
आदिवासी जनजातिहरु वीच मैत्रीपूर्ण फुटबल खेलको शुरुआत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र आदिवासी जनजाति संघसंस्थाहरु वीच किर्तीपुर खेल मैदानबाट शुरु भएको थियो । ‘आदिवासी जनजातिहरुले राजनीतिलाई अभैm प्रष्टसँग बुझ्न नसकेको हुँदा फुटबल खेलको रणनीति र प्रतिस्पर्धासँग दाँजेर आदिवासी जनजातिले नेपालको वर्तमान समयमा बुझ्नु गर्नु पर्ने राजनीति वारे सम्झाउने बुझाउने र सबैलाई चेतना भर्ने माध्यमको रुपमा मैत्रीपूर्ण पूmटबल खेललाई माध्यमको रुपमा लिइएको छ । यसरी खेलकुद गर्दा युवा वर्गहरुको चासो विस्तारै बढ्दै गएको हामीले पाएको छौं ।’ सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताउँदै अगाडि थप्नु भयो– ‘यस अभियानलाई शुरु गर्दा म एक्लै थिएँ कोइँचको तर्पmबाट । सुनुवार सेवा समाज महासचिव, कोषाध्यक्षलाई जबर्जस्ती खेलको दर्शक बनाउन पुराइयो । युवा पत्रकार पाम सुनुवार (सुरज) ले अभियानको तेस्रो श्रृङ्खलाबाट साथ दिएका थिए । मलाई त्यतिबेला यति चाँडै यसरी Read More

जीवित संग्रहालयमा परम्परागत कोइँच खिँ निर्माणको क्रममा

चुप्लु दाम्लोच । ३ माघ, काठमाडौं । जीवित संग्रहालयमा परम्परागत कोइँचखिँ निर्माणको अन्तिम चरणको कार्य हुँदै छ । आजभन्दा १० वर्ष अगाडि नेपाल जातिय संग्राहायले शुरुमा १२ जातिको खानपान जीवनशैलीलाई नेपाल पर्यटन बोर्डमा संग्रहालय स्थापना गरेको थियो । अहिलो सोही संग्रहालयले दक्षिणकाली जाने बाटो नजिकै हात्तिवनमा २०० रोपनी क्षेत्रफलको सरकारी जग्गामा नेपालको आकारमा नेपालमा बसोबास गर्ने सबै जातजातिको घर निर्माण गरी सोही घरमा एक परिवार राखी हुबहु त्यही जातिको सामाजिक चालचलन र जीवनशैली स्वदेशी तथा विदेशी पाहुनाहरुलाई देखाउन जीवित संग्राहलय बन्ने क्रममा छ । शुरुमा संग्राहालय संस्थापक १२ जाति (कोइँच, शेर्पा, रार्इ, लिम्बु, तामाङ, बाहुन, गुरुङ, चेपाङ, थकाली, मगर, थारु, नेवार) हरुको घर निर्माण गरी अन्य जातिहरुको घर क्रमशः प्रथामिकीकरणको आधारमा थप्दै जाने योजना रहेको संस्थाका अध्यक्ष बमकुमारी बुढा बताउँछिन् । यी १२ जातिको घरको स्थलगत अध्ययन तथा नक्साङ्कन कार्य अन्तिम चरणमा पुगेको छ । कोइँचको परम्परागत घरको नमून माथिल्लो बुज (गुप्तेसोर) परशुराम सुनुवार (हरिलाल सुनुवारको बुबा) को घरलाई आधार बनाइएको छ । सुनुवार सेवा समाज पनि नेपाल राष्ट्रिय जातिय संग्रहालयको संस्थापक सदस्य हो । यसरी शुरुमै कोइँचको घर संग्रहालयमा समावेश हुनुमा नेपाली कांग्रेस ओखलढुंगाका नेता तथा पर्ूव जिल्ला सभापति महेशकुमार कोरमोचाको ठूलो हात रहेको छ । कोइँचको संग्रहालय निर्माणमा रणवीर सुनुवार (रगनी ओखलढुंगा), तोरणबहादुर सुनुवार (भूजी, रामेछाप), राधादेवी सुनुवार (गुप्तेश्वर, रामेछाप), पर्ूवसभासद दालकुमारी सुनुवार तथा ले. मानबहादुर सुनुवार (गुप्तेश्वर, रामेछाप) सहयोग रहेको छ । उत्तमकुमार सुनुवारले संग्रहालय ढाँचा तयार गर्नु भएको नेपाल पर्यटन बोर्डको कोइँच संग्रहालय निर्माणमा सुनुवार सेवा समाजको तत्कालीन अध्यक्ष लोकप्रिय सुनुवार व्यवस्थापन संयोजन गर्नु भएको थियो ।
अहिले सरकारले यस संग्रहालयका लागि केही टोकन मनीको रुपमा लगानी गर्न शुरु गरेको छ । विभिन्न १२ जातिको स्थलगत अध्ययन तथा नक्सा तयार पार्न संस्कृति मन्त्रालयले पुरातत्व विभागको निगारानीमा लगानी गरेको छ । पहिलो चरणको परम्परागत कोइँच खिँको नमूना नक्सामाथि पुरातत्व विभाग सिंहदरबारमा छलफल भईसकेको छ अन्तिम छलफलको क्रममा रहेको जानकारी संग्रहालयका उपाध्यक्ष दालकुमारी सुनुवारले दिएका छन् ।
Read More

खोइ त पहिचान वारे चेतना ? सामि पिदार र येले थोचेको हार्दिक शुभकामना

कुनै जातिको पहिचान नास गर्नु छ भने उनीहरुको भाषा-संस्कृति र धर्मलाई नाश गर भन्ने विस्तारवादीहरुको सिद्धान्तलाई फिरङ्गी खस बाहुनले अबलम्बन गरे पनि भौतिकरुपमा कोइँचको संस्कार संस्कृति, लिखित अलिखित इतिहास, सामाजिक चालचलन नास गरे पनि मानसिकरुपमा कोइँच संस्कार संस्कृतिलाई अझै मास्न नसकेको प्रमाण आम कोइँचले मान्दै आएको ङारिच महिनामा मनाइँदै आएको सामि पिदार तथा येले थोचेलाई मान्न सकिन्छ । ‘कुनै पनि घटनाको सही इतिहास पचास वर्ष पछि मात्र लेखिन्छ ।’ इतिहासविद्हरुको दाबी रहेको छ । हो पहुँचमा भएकाहरुले वर्तमानमा सत्य तथ्य बङ्ग्याउने गर्दछन् । तर इतिहास इतिहास नै हो । समय वित्दै जाँदा सत्यता कसैले लुकाउन सक्दैन । सत्य उजागार हुन्छ । अहिले त्यस्तै भएको छ । १८८२ साल पछि खेत किपट तत्कालीन गोर्खा राज्यलाई जिम्मा दिएर हिन्दू धर्म अँगाले पछि कोइँच (सुनुवार/मुखिया) हरुले आफ्नो मौलिक धर्म विस्तारै विर्सन गए । माघमा पर्ने सामि पिदार र येले थोचेलाई माघे संक्रान्ति भनेर मान्न थाले । तर पनि विहानै उठेर मुख धोइ बनतरुल खाने, धाराको माथि फापारको बटुक, फलफुल, काँचो बनतरुल चढाएर दुब-लु होपो -पानीको देवता) को पुजा गर्ने चलन भने छाड्न सकेनन् । न त टपरीमा चामाल, मास, फलफुल, बटुक बनतरुल राखेर सेतो टिका लगाएर दक्षिण दिई सामि पिदार -चेलीबेटी पुज्ने चाड) गर्न छाडे ।
हुन त आफुलाई विद्वान भन्दै गफिने कतिपय कोइँच बन्न नसकेका बाहुनवादी कोइँचहरु, जसले समाजलाई विखण्डनका बाटोतिर धकेलीरहेका छन्, का लागि सामि पिदार तथा येले थोचे पनि गफगाफ मात्र हुनसक्छ । अर्थात् सामि पिदार र येले थोचे काउसो जस्तै भएको छ । उनीहरु माघे सक्राति भनि टोपल्छन् । माघे सक्राति कसरी नामाकरण भयो भन्ने समेत ज्ञान नभएका छद्म नामबाट लेखरचना लेखी टोपल्ने ती अनुहार लुकाउने विद्वानहरुलाई इतिहासले गम्भिर मुल्याङ्कन गर्ने नै छ । Read More

कोइँचको जित : कोइँच तथा आदिवासी जनजाति मैत्री फुटबलब प्रतियोगितामा

चुप्लु दामलोच । २८ पुस, काठमाडौं ।
सुनुवार सेवा समाजको आयोजनामा खेलिएको ओभर थर्टी कोइँच-आदिवासी जनजाति मैत्री फुटबल प्रतियोगितामा कोइँचले १ को विरुद्ध दर्ुइ गोलले जितेको छ । आज दिउँसो ३ बजे जावलखेल युथ क्लबको मैदानमा खेलिएको मैत्री खेलको पहिलो हाफमा कुनै पनि पक्षबाट गोल हुन सकेन भने दोस्रो हाफमा रविन सुनुवार र प्रशान्त सुनुवारले सुनुवार सेवा समाजको तर्फबाट गोल गरे भने विपक्षी आदिवासी जनजातिले एक गोल गरेका थिए । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले टिपमो क्याप्टन हुनु भएको कोइँच फुटवल टिममा सामुयल सुनुवार र समीर मुखियाले टिमको व्यवस्थापन सम्हालेका थिए ।
शुरुमा खशी बाजी खेल्ने भने पनि खशी बाजी क्यानसिल भएको थियो । दर्ुव तर्फबाट पन्ध्र पन्ध्र सय उठाएर खेल मैदानको भाडा मात्र तिरियो । विपक्षी फुटबल टिम तमु ल्होसारमा गुरुङ भर्सर्ेेआदिवासी जनजाति मैत्रीपर्ूण्ा खेलमा खशी विजेता टिम थियो । चलचित्रकर्मी सञ्जोग लाफा मगर, गायक तथा संगीतकार शान्तिराम र्राई, त्रिविविका प्राध्यपक डा. कृष्ण भट्टाचन, आजउराप्रका सूचना अधिकृत राम मादेन, चलचित्रकर्मी तथा पत्रकार दिपेन्द्र लामा, आइफाको उपाध्यक्ष पदम सुब्बा जस्ता आदिवासी जनजाति कार्याकर्ताहरुसँग सुनुवार सेवा समाजको टिमले चर्को प्रतिस्पर्धामा खेल सम्पन्न भएको थियो ।

Read More

नेपालको वर्तमान स्थिति

-सिर्जना (ङावाच) सुनुवार

ककनी, कटुञ्जे ४, चुप्लु (ओखलढुङ्गा)

 

वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति

गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति

दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति

जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।।

 

जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन्

जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्

राजनीतिज्ञ नेताहरु एकापसमा छलफल गर्छन्

सहमति कहिल्यै हुन्नन् जनताहरु द्वुविधामा पर्छन् ।।२।।

 

भाषाण सधैं गर्ने गर्छन् महिलाको छ ३३ प्रतिशत अधिकार

झनै बढी वृद्धि भा’छ महिला हिंसा अनि बलात्कार

तोकिए जति अधिकार पाउने महिलाको नि गरौं असल काम

लैंगिक विभेद होइन नेपाल नारी पुरुष समान ।।३।।

 

जलविद्युतको दोस्रो धनी देश नेपाल २४ घण्टा लोडसेडिङ

पा’का छैनन् नेपालीले स्वच्छा पिउने पानी

फोहोर फाल्ने खाडुल बन्यो काठमाडौंको वाग्मती

आशा गरौं कहिले हुन्छ यो देशमा विकासको गति

यस्तै छ खै नेपालको वर्तमान स्थिति, यस्तै छ खै नेपालको वर्तमान स्थिति ।।४।।

-सैपाल एकेडेमी, धुमवराही पिपलबोट, काठमाडौं, सेक्सन ए व्यवस्थापन

(चुप्लु (ओखलढुङ्गा) ककनी कटुञ्जेकी प्लस टु अध्ययनरत यी कोइँच (सुनुवार) चेली सिर्जना ङावाच सुनुवारले वर्तमान नेपालको ब्रि्रँदो स्थिति वारे जे जस्तो अनुभव गरिन् शायद यो अनुभूति सबैलाई भएको हुनसक्छ । आम र्सवसाधारण नेपालीले वर्तमान नेपाललाई कसरी हर्ेछन र मुल्याङ्कन गर्छन् भन्ने उदाहरण हो यो । अहिलेको जमाना चुपचाप संस्कृतिको जमना होइन । केही लेख्नुस्, केही बोल्नुस्, केही भन्नुहोस् । आदरणीय कोइँच दाजुभाई दिदीबहिनीहरु तपाईँहरुको मनमा पनि यस्तै उकुशमुकुशहरु हुन सक्छ । विना हिच्किचाहट हामीलाई तपाईको सिर्जना पर्ठाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध छ । – चुप्लु समाज, सुनुवार डट ओआरजि, दर्ुदा डट कम, नयाँ नेपाल गोरखापत्र कोइँच भाषा पृष्ठ ।)