Archives
now browsing by author
तेन्जे रेउको शक्ति
कोइँचबु काःतिच
जेउ, हिजो अस्तिको थार-शिमा आज विहान नितान्त भिन्न अनुभुत भइरहेको छ । हो, वास्तावमै हिजो अस्तिको भन्दा आज विहान फरक देखिन्छ नेपाल खाल्डोको वातावरण ।
धुलो धुँवा । घाइँघाइँ घुइँघुइँ । काठमाडौंको कोलाहाल प्रदुषित वातावरण । उराठलाग्दो भयवह यो खाल्डोले पानीको अनुहार कस्तो हुन्छ मनैदेखि छामेर लाक दुशो महशुस गर्न सकेको थिएन । नासोरदेखि फट्टाफुट्टा परेको आज विहानको तेन्जे झरीले सम्भबता शितलताको महशूस गराइरहेको छ । पक्कै पनि यो मुसलधारे वर्ष होइन । Read More
प्रेमानुभूति
आज एका विहानै हावाको एक झवाक्काले मेरो कानको जरीमै बलियो र अनौठो उच्द्ध्वास दिएर गयो । मेरो आङ नै जिरिरि गर्यो । कस्तो कस्तो नौलो । कता कता काउकुति लगाउँदा पेट संकुचित भए जस्तो । मनमा तुलबुल तुलबुल । अनौठो चुम्बन, भित्री मनदेखि त्यसलार्इ कहिल्यै नविर्सीने गरी अनुभूत गरेँ । मन मनै कुरा खेल्न थाल्यो । जा है ! आज विहान किन यस्तो भर्इ रहेको छ ? दिनहरु सधैंका जस्ता छन् । हिउँदाको समय । काठमाडौंको यो चीसो, कठिङ्ग्रीने जाडो मौसम । विहानहरु साधैं आउँथे जान्थे । उस्तै लाग्थ्यो । हुस्सुले ढाक्यो अलि तातो । खुला भयो चीसो तुषारो । मलार्इ कहिल्यै फरक अनुभूति हुँदैन थियो । किन आज त्यस्तो भयो । मन मनै अनेक प्रश्न खेलीरहृयो र प्रश्नको जवाफ खोजीरहेँ । मनभित्र अनेक तर्क-वितर्कहरुको अपासमा घमासन युद्ध भयो । दस बर्से जनयुद्धाको जस्तै छापामार शैलीमा । मेरा गोर्खाली दाजुभाईले अफ्गानिस्तान, इराक, मलेसिया र फोकल्याण्ड टापुमा युद्धा गरे जस्तै ।
जिन्दगीमा कहिल्यै प्रेम गरेको अनुभूति थिएन न युद्ध नै । अरुले भनेकोसम्म सुनेको थिएँ ‘प्रेम अन्धो हुन्छ’ । शायद हो रहेछ क्यार । थाहै नपार्इ मेरो कसैसँग मायापिरती बसीसकेको रहेछ । हिजो मात्र मेरो कपाललार्इ काटेको थिएछु । साला, यति सम्भिmनु पनि कति समय लाग्यो । कानको जरी न्यानो राख्न मैले कपालसँग पो प्रेम गरेको रहेछु ।
शून्यका विरुद्ध चार गोलले मगर विजयी
आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भएको मैत्रीपूर्ण फुटबल खेलमा शून्यको विरुद्ध चार गोलले मगरले विजय प्राप्त गरेको छ । कोइँचको तर्फबाट सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा खेल मैदानमा सुनुवार खेलाडी उत्रिएको थियो भने मगरको तर्फबाट सञ्जोग लाफा मगरले टिमको नेतृत्व गर्नु भएको थियो ।
खेल शुरु भएको १५ मिनेटमै मगरको तर्फबाट डा. कृष्ण भट्टाचनले गोल गरेपछि मगर खेलाडीहरु उत्साहित भएका थिए । दोस्रो हाफमा संगम मगरले दुर्इ गोल गरेका थिए भने अर्को गोल दोस्रो हाफको अन्ततिर एक गोल गरेपछि मगरले शुन्यको विरुद्ध चार गोलले विजय भएको थियो ।
कोइँच खेलाडीहरुले इञ्जुरी समयमा अत्याधिक दबाबमा राखे पनि गोल भने गर्न सकेनन् । अन्तमा पिर्तीका सानु जेस्पुच सुनुवारले खेललार्इ रौनकता प्रदान गरेका थिए ।
खेलको अन्तमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले खेललार्इ हार्नुको कारण वारे खेल मैदानमा खेलाडीलार्इ विस्तृत व्याख्या गरेर देखाउँदै पहिचानको राजनीति पनि यस्तै हो । फुटबल खेल खेल्न जे जसरी बुद्धि र ताकनिक प्रयोग दर्छौं त्यसरी नै जानु पर्दछ । फुटबल र राजनीति एकापसमा मिल्दु जुल्दो छ । जसरी फुटबल खेल्नु टीम स्पिरिट चाहिन्छ हाम्रो पहिचान र संघीयताको राजनीतिमा पनि कोइँच र कोइँच युवाहरुको स्पीरिट उस्तै हुनुपर्दछ । जसरी गोल गर्न टिममा सहकार्य चाहिन्छ त्यसरी नै हामी कोइँचले जुनसुकै विचार र राजनीति, व्यवसायमा लागे पनि संघीयताको पक्षमा बोल्दा वल्लो किरात कोइँचवानको पक्षमा एक जुट हुनु आवश्यक छ भन्नु भयो । डा. भट्टाचनले आदिवासीले फुटबलमा जित्ने जालझेल बुझे भने राजनीति पनि राम्ररी गर्न सकिने तर्क राखे ।
वास्ताबमा फुटबल खेल्ने विधिविधान छ तर त्यस भित्र पनि विधिविधानभित्रे बसेर जालझेल हुन्छ । राजनीति र देश चलाउने विधान र संविधान, ऐन कानुन हुन्छ । त्यसभित्र पनि जालझेल हुन्छ । नीति नियमघित्रै बसेर जालझेल गर्न जबसम्म कोइँचले जान्दैनन् त्यतिबेलासम्म अरुको घोडा बनेर आदिवासी जनजाति कोइँचको प्रतिनिधिमूलक संस्थालार्इ एन जि ओ हो । राजनीतिक पार्टी ठूलो हो । भनेर संस्थालार्इ अपमान गरी रहने छन् । र, बोलार्इ र व्यवहारमा एक गराइमा अर्को गर्ने छैनन् ।
भोलि कोइँच र मगर वीच मैत्री फुटबल खेल हुने
चुप्लु दामलोच । १९ गते माघ । आदिवासी जनजाति कोइँच (सुनुवार) र मगर वीच भोलि शनिवार दर्ुइ बजे जावलाखेल खेल मैदानमा मैत्री फुटबल खेल हुने भएको छ । गएको हप्ता कोइँच र खेलकुद पत्रकार मञ्च वीच हुने खेल जावलाखेल खेल मैदान बुक भएको हुँदा अन्य खेल मैदानमा पत्रकार मञ्चले नखेल्ने भएको हुँदा खेल स्थगित भएको थियो भने यस हप्ता पनि लिम्बुसँग कोइँचको खेल हुने पक्का पक्की भए पनि अन्तिममा लिम्बुहरुले खेल स्थगित गरेका छन् ।
भोलि हुने भनेको मैत्री फुटबल खेलमा मगरको तर्फबाट साहित्यकार, पत्रकार तथा चलचित्रकर्मी सञ्जोग लाफा मगर नेतृत्व गर्ने छन् भने कोइँचको तर्फबाट मनप्रसाद सुनुवारले । त्यस्तै गरी सुनुवार टिमको संयोजन सामुयल सुनुवार गरेका छन् भने टिम व्यवस्थापनमा समीर मुखिया सुनुवारले जिम्मेवारी सम्हालेका छन् ।
कोइँच र मगरको वीच हुन लागेको ऐतिहासिक मैत्रीपूर्ण खेलमा सबै खेलप्रेमी कोइँच दाजुभाई दिदीबहिनीहरुलाई जावलाखेल मैदानमा उपस्थित भइ हौसला प्रदान गर्न सुनुवार खेलकुद समूहका सूचना तथा सञ्चार संयोजक उत्तमकुमार सुनुवारले अनुरोध गरेका छन् । साथै फुटबल खेलप्रेमी तथा खेलाडीले तत्काल सुनुवार सेवा समाजको कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
सुनुवार फुटबल टिमलाई रामबहादुर सुनुवार, हितबहादुर सुनुवारले रातो जर्सी र श्याम सुनुवार रिल्माले दुर्इवटा फुटबल सौजन्य गरेका छन् । इच्छुक खेलप्रेमीहरुलाई थप सहयोगको लागि पनि अनुरोध गरिन्छ ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले यो मैत्रीपूर्ण खेलले आदिवासी जनजातिको पहिचानसहितको संघियतामा सहयोग पुग्ने बताउँदै कोइँचको पहिचानको लागि यसले थप सहयोग पुराउने बताउनु भयो ।
हार्दिक समावेदना सहित अन्तिम श्रद्धाञ्जली जानकारी
ओखलढुङ्गा खिजी फलाटे वढा नं. ४ निभारे, मूल माइति घर भई जनकपुरमा बसोबास गर्दै पिर्ती लुँखीगाउँको टीकाजङ्ग सुनुवारसँग लुँखिच कुलमा विवाह भएकी हाल ललितपुर महालक्ष्मीथानमा स्थाइ बसोबास गर्दै आएकी क्युइँतिच चेली पुस्पा सुनुवारको हङकङमा उपचारको क्रममा असामयिक निधन भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ता परिवार प्रति पर्न गएको पीर वेदनामा पारमोसिरी आनिलासिरी देयिलिकी इँगीले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनी पिदारनामदा गर्दछौं । साथै सम्पूर्ण आफन्तजन, शुभचिन्तकहरुलाई उहाँको अन्तिम श्रद्धाञ्जलीको लागि पशुपति आर्यघाटमा उपस्थित हुन जानकारी गराउँदछौं ।
मिति : माघ १९ गते शुक्रवार, समय : विहान ७ देखि ८ बजे
-चुप्लु समाज, क्युइँतबु कल्याण कोष, सुनुवार डट ओआरजि, र दुरदा डट कम
समयको सत्ता
-आँकाला
खै ! गर्भमा कष्ट प्रद
कुर्दा कुर्दा
ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन
अरुको शाहारामा जीवन जिउने क्रम
अनायासै थोपरी दिएर
कहिले सक्षम स्वावलम्बी बन्ने ?
सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न
बाल मुस्कान टक्र्याए
सौर मण्डल तिब्र गतिमा दौडाउन
ताथैया बामे सारें
अहँ ! कान बन्द गरेर बसे झैं भान भो !
नाकका सिंगान जाडोमा
कलिलो हत्केला
पोटिलो गालामा लत्पतिंदा
हिउँदे सिरेटोमा
अलिकति धुलो मिश्रण
चरचरी फुटेर रगत तप्प खसे / Read More
