All about Sunuwar

Archives

now browsing by author

 

गाउँ गाउँमा कोइँच भाषा र भेषभूषाको जागरण

चुप्लु दाम्लोच । २६ पुस, काठमाडौं । जगवीर कोरमोच (८०) सुनुवारको बाउले लगाउने यो क्लातोलीलाई उनका नाती थिरबहादुर कोरमोच सुनुवार -रुकमान) ले सङ्कलन गरीरहेका छन् । पात्ले गाउँ जेसेका उनी अहिले गाउँमा कोइँच भाषा र संस्कृतिको जागरण आएको बताउँछन् । अहिले पोकलीबाट ढोल लगेर शाँदार नााच नाच्न प्रशिक्षण भईरहेको छ । भाषिक जागरण आइरहेको छ । पात्लेको छेरमादिङमा नाच समेत देखाएका थिए । Read More

हार्दिक अनुरोध तथा निमन्त्रणा

ओभर थाटी (+30) को कोइँच (सुनुवार) फुटवल खेलाडी तथा आदिवासी सामाजिक कार्यकर्ता खेलाडीहरु वीच यही आउँदो शनिवार दिनको ठीक तीन बजे जावलाखेल मैदानमा मैत्री प्रतियोगिता हुन गइरहेको हुँदा सबै खेलप्रेमी कोइँच दाजुभाई दिदीबहिनीहरुलाई प्रतियोगिता हेन आउन हार्दिक अनुरोध गरिन्छ । फुटवल टीम क्याप्टनमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार, टिम म्यानेजर सामुयल सुनुवार ।

-चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम, अखवर नेपाल, सुनुवार सेवा समाज ।

नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा कविता सम्बन्धी अत्यन्त जरुरी सूचना

अन्तराष्टिरिय मातृभाषा दिवस (२१ फेब्रुअरी २०१३) को उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले मिति २०६९ फागुन १० गते मातृभाषा कविता महोत्सवको आयोजना गर्न लागेको बेहोरा सहर्षजानकारी गराउँदै इच्छुक मातृभाषी कविहरुले नेपाली अनुवादसहित बढीमा १२० शब्दसम्मको कविता मिति २०६९ माघ २० गतेभित्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुग्ने गरी पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ । fax ४२२११७५ email : office@nepalacademy.org.np, if u want to send through www.sunuwar.org,  or Naya nepal Koits page email : kaatich@gmail.com b4 20 magh.

सूचना

रापाचहरु पनि चाँडै संगठित हुँदै छन् । राजकुमार रापचा ककनी,  कटुञ्जे ४ ओखलढुंगालाई  ९८१३५३६२९७ र इन वारची कोइँचबुलाई ९७४१२८०६४४ मा सर्म्पर्क गर्ुन होला ।

पहिचानको लागि शुशुच कोइँचहरु संगठित

चुप्लु दाम्लोच । २२ पौष, काठमाडौं । मोलङ खोला पानीढलो पुर्ख्यौली थलो भएका कोइँच (सुनुवार) का एक थरी शुशुच कोइँच आज विधिवतरुपमा संगठित भएका छन् । हिजो एक भाषा, एक भेष हाम्रो राजा हाम्रो देश भन्ने नाराले मात्र होइन बहुदलीय प्रजातन्त्र आए पछि पनि हिन्दू तन्त्रका कारण आफ्नो भाषा कला संस्कृति र पहिचान विस्तारै गुमाउँदै गएको कोइँचका शुशुच थरीहरु आफ्नो पहिचानका लागि जुर्मुराएको बताउँछन् संगठिन गर्ने क्रममा नवगठित शुशुच संस्थाका अध्यक्ष यमतचन्द्र सुनुवार (आशिष) । शुशुच वंशवली निर्माण, भाषा, धर्म, संस्कार संस्कृति, परम्परागत कला -साहित्य, न्याय प्रणाली, शुशुचको लिखित अलिखित इतिहास, सामाजिक चालचलन, जीवन पद्धतिको संरक्षण सम्बर्रर््द्धन, प्रवर्रर््द्धन तथा आर्थिक उन्नतिको लागि काठमाडौ बौद्ध महाँकालमा शुशुच तथा शुशुचका थारिकुतिको एक भेलाले शुशुच कोइँच चुप्लु (शुशुच समाज) नामक संस्था गठन गरेको छ । आशिष सुनुवार (वाइ सि) को अध्यक्षतामा गठित सो संसथामा क्रमशः उपाध्यक्ष, सचिव, सहसचिव , कोषाध्यक्ष र सदस्यहरु निम्नानुसार रहेका छन् : केवलमान सुनुवार, प्राप्चा, मानबहादुर सुनुवार, पात्ले, सहसचिव सविना सुनुवार पात्ले, हेमबहादुर सुनुवार पात्ले, सविना सुनुवार खिजीकाती, ज्ञानबहादुर सुुनुवार पात्ले ओखलढुङ्गा ।
अब शुशुचहरुको एकता तथा कोइँच ऐक्यवद्धता तथा पहिचानको राजनीतिको लागि विभिन्न युवामैत्री कार्यक्रम सञ्चालनमा ल्याउने बताउँदै नवगठित समाजका अध्यक्ष आशिष सुनुवार वाइ सि ले पहिचानको स्रोत सर्न्दर्भ तथा अनुसन्धान सल्लाहकारमा उत्तमकुमार काःतिच सुनुवार, खिजी काती तथा थारिकुति सल्लाकारमा घनश्याम सुनुवार (तोँकुच) लिस्पु ओखलढुङ्गालाई मनोनयन गरेको र थप सल्लाहकारहरु क्रमश: थप्दै जाने पनि बताउनु भयो ।
विश्वभरि छरिएर रहेका शुशुचहरुलाई गोलबद्ध गरी शुशुचको पहिचानको लागि युवाहरुलाई सक्रिय पा्र्न युवामैत्री नीति तथा विधान मस्यौध तयार पार्न उत्तमकुमार सुनुवारको संयोजकत्वमा आशिष तथा हेमबहादुर सुनुवारको एक विधान मस्यौध तयारी समिति समेत गठन गरिएको छ ।

सुनुवार समाज सहकारीको प्रारम्भिक साधारण सभा सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता ।
२१ गते पौष, काठमाडौं । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले एक महिनामा १३ लाखको कारोवार गरेको छ । सुनुवार सेवा समाजका सदस्यहरुले मिलेर २०६९ असोज २९ गते कानुनीरुपमा विधिवत् दर्ता गरी स्थापित सहकारी संस्थाको प्रारम्भिक साधारण सभामा कोषाध्यक्ष छविलाल सुनुवारले प्रस्तुत् गरेको आर्थिक प्रतिवेदनमा उक्ता कारोवार वारे उल्लेख गरिएको छ ।
डा. बलबहादुर मुखियाले शुभकामना मन्तव्यको क्रममा सुनुवार समाज वचत तथा सहकारी संस्था लि. ले शिक्षा क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् भने प्रमुख अतिथि सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारले यस सहकारी संस्थाले सुनुवारको समग्र आर्थिक उन्नतिको समग्र प्याकेज कार्यक्रम ल्याउनु पर्ने प्रस्ताव राख्नु भएको छ । सो साधारण सभाबाट विश्वकिरण सुनुवारको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समितिको पनि निर्वाचन गरेको छ । उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सदस्यहरुमा क्रमशः छविलाल सुनुवार, समिर सुनुवार, इन्द्रकुमार सुनुवार, शोभादेवी सुनुवार, रणवीर सुनुवार, तारादेवी सुनुवार, चन्द्रप्रकाश सुनुवार हुनु हुन्छ भने बृहस्पति सुनुवारको संयोजकत्वमा समीर मुखिया सुनुवार, यामकुमारी सुनुवार सहितको तीन सदस्यीय लेखा समितिको पनि गठन गरिएको छ ।
अन्य समिति गठन गर्न सञ्चालक समितिलाई जिम्मा दिइएको छ भने आउँदो एक वर्षा सम्पर्ूण्ा सुनुवारहरु विच सहकारी संस्था सम्बन्धि जानकारी गराउने समेत प्रतिवद्धता जाहेर गरिएको थियो ।

सुनुवार सेवा समाज काठमाडौं जिल्ला कार्य समितिको अपिल

किराती कोइँच (सुनुवार) को महान चाड शाँदार पिदारको उपलक्ष्यमा भोली २०६९ पौष २१ गते शनिवारको दिन बिहान १०:०० बजे टुडीखेल, शहिदगेट काठमाडौंमा आफ्नो आदिवासी कोइँच भेषभूषासहित शाँदार सिल -नाच) मा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु । साथै कोइँचको खाजा पनि लिएर आउन अनुरोध छ ।
गोपाल बहादुर सुनुवार
(अध्यक्ष)
सुनुवार सेवा समाज
जिल्ला कार्य समिति
काठमाडौं