All about Sunuwar

Archives

now browsing by author

 

खुशीको खबर कोइँच भाषाप्रेमीहरुको लागि

सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौले कोइँच -सुनुवार) भाषा बोल्न नआउने कोइँचको लागि अडियो कोइँच लोः शेँसाइ श्रव्य सामाग्री उत्पादन गरीरहेको छ । तपाईँ पनि कोइँच भाषा जान्नु हुन्न तर सिक्ने तीव्र इच्छा छ भने www.sunuwar.org मा log in गरेर download गरी आफ्नो मोबाइलमा राखेर जहाँसुकै जुनसुकै बेला पनि सुनेर आफ्नो मातृभाषा सिक्न सक्नु हुने छ । तर कोइँच मातृभाषा मृत देख्न चाहने कोइँच बन्न नसकेकाका लागि यो कार्य महाकाउसो पनि लाग्न सक्छ ।

प्रेस विज्ञप्ती ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आज मिति ०७० साल अषाढ १५ गते वसेको विस्तारीत वैठकले निम्न निर्णयहरु गरेको छ ।
ड्ड ०६४ सालको निर्वाचन ऐनलाई यथावत कायम गर्नु पर्ने ।

ड्ड ०६९ जेठ ९ गते आदिवासी जनजातिहरु सँग भएको सहमति अनुसार निर्वाचनमा समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नु पर्ने ।

ड्ड ०६४ श्रावण २२ गते नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकार विच भएको २० वुँदे सहमति अनुसार दुवै निर्वाचन प्रक्रियावाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायको न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने ।

ड्ड लक्षित वर्गको निम्ति छुट्टयाईएको ३५% प्रतिशत वजेट कटौती तत्काल खारेज गरी जिल्लामा रहेका आदिवासी जनजाति लगायतका सरोकारवालाहरुको अधिकारीक संगठनहरुको प्रतिनिधित्वमा पुन संयन्त्र निर्माण गर्नु पर्ने ।
ड्ड पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गर्ने ।

ड्ड आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार सरकार र लोकसेवा आयोगले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफरीसलाई मान्यता दिनुपर्ने ।

ड्ड सरकारले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघको घोषणा पत्र अनुसार देशव्यापी रुपमा स्वतन्त पूर्व सुसूचित मञ्जुरी (ँएक्ष्ऋ) को संयन्त्र निमार्ण गर्ने ।

ड्ड सुर्खेत जिल्ला स्थित लाटीकोईली गा. वि. स. स्थित कांक्रे वुद्ध विहारमा वुद्धको प्रतिमालाई तत्काल प्रतिस्थापन गर्नु पर्ने ।

आन्दोलनका कार्यक्रमहरु

ड्ड माथी उल्लेखीत मागहरुलाई पुरा गराउनको लागी पहिलो चरणमा सरकार र सवै राजनितिक दलहरुमा ज्ञापन–पत्र वुझाउने र सुनवाई नभए तत्काल दोश्रो चरणवाट दवावमुलक शसक्त चरणवद्ध आन्दोलनका थप कार्यक्रमहरु निरन्तर अगाडी वढाउने ।

ड्ड महासंघका सवै सदस्य जातिय संगठनहरु र जिल्ला संगठनहरु सँग आन्दोलन तयारी वैठक वस्ने ।

ड्ड पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गरी निर्णयक आन्दोलन गर्ने ।

नगेन्द्र कुमार कुमाल
अध्यक्ष

मितिः ०७० अषाढ १५ गते

राज्य पुनःसंरचनामा कोइँचको पूख्र्यौली थाँतथलो

कोइँचबु काःतिच
ऐतिहासिक जनआन्दोलन २०६२/६३ पछि बनेको नेपाल सरकारले पाएको सबैभन्दा ठूलो जिम्मेवारी संविधानसभाको निर्वाचन सम्पन्न गरी नेपालमा लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना गर्नु थियोे । राज्यका सम्पर्ूण्ा वर्गीय, क्षेत्रीय, जातिय, भाषिक तथा साँस्कृतिक समूहहरूले पनि संविधानसभा मार्फत् आफ्नो आवाज मुखरित गर्न पाउनु लोकतन्त्रमा कानूनी शासन र न्यूनतम आधारभूत मानव अधिकारका विषयवस्तुहरू हुन् । यसैले राजनीतिक, आर्थिक, साँस्कृतिक, सामाजिक, जातीय, भाषिक, धार्मिक तथा क्षेत्रीय आधारमा ऐतिहासिक रूपले बहिस्करणमा पारिएका महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित समुदायका आवाजलाई राज्यपुनःसंरचना सहित संविधान सभा मार्फत संविधानमा सम्बोधन गर्नु, गराउनु थियो । जसको कारण उनीहरूको सरोकारका कुराहरू जस्तैः संघीय राज्यको स्वरूप र सही पहिचान संविधानसभाद्वारा मात्रै सम्बोधन गर्न सकिने विश्वासको साथ निर्वाचन प्रणाली अनुसार संविधान सभाको गठन गर्नमा कुनै पनि कसुर रखेनन् आदिवासी जनजातिहरुले । तर नेपालमा रहेका वर्ग, क्षेत्र, भाषा, धर्म तथा संकृतिका आधारमा वहिस्करणमा पारिएका भिन्न पहिचान बोकेका सानाभन्दा साना आदिवासी जनजातिहरुको संविधान सभामा प्रतिनिधित्व गर्ने प्रक्रियालाई भने आदिवासी जनजातिको विशेषज्ञ वार्ता टोलीको २० बुँदे सम्झौताले राजनीतिक पार्टर्ीीे पोल्टोमा सुम्पी दियो । जसका कारण अहिले संविधान सभामा आदिवासी जनजातिको विरुद्धमा संविधान निर्माण हुनसक्ने आशंका पैदा भएको छ । जे होस संविधान सभा मार्फत बनिने भनिएको संविधान र राज्यको पर्ुनर्संरचना तथा समावेशीकरणको केन्द्रीय भाव भनेको आदिवासी जनजातिको सवालमा ऐतिहासिक थाँतथलोको आधारमा पहिचानसहित स्वायत्त, स्वशासन तथा सम्पर्ूण्ा तहमा अर्थपर्ूण्ा समानुपातिक प्रतिनिधित्व हो । Read More

हर्षोल्लास सहित समापन भयो नेपाल खाल्डोमा शाँदार पिदार

-कोइँचबु काःतिच
मर्छु कि बाँच्छु म हाँस्छु
यसपाली शाँदार म नाच्छु
हा हा हाँसाल हाँसाल, हा हा हाँसाल हाँसाल
हेर हेर नाचेको
बारुली कम्बर भाँचेको
हा हा हाँसाल हाँसाल, हा हा हाँसाल हाँसाल
थारी कुति जाताका
सुरो गासो चाताका
बाकेन बाकेन बाकेन
बाकेन हाइ बाकेन ।
थारिकुति जम्मा भएर सुरो गाअसो भित्राउने महौला । आकाशमा हल्का बादल । शितल शितल मौसम । टुँडीखेलको घाँसे मैदान । सुनुवार सेवा समाज र वल्लो किरात प्रदेशको ध्वजा बोकेर ढोल झयाम्टाको ब्लु ब्लु ब्लुकुम ब्लुकुम चर्को तर कर्णप्रिय आवाजमा रणभूमिमा वैरी माथि जाइलागेका सेना जस्तै इन्द्रेनीमय रंगीबिरंगी मानिसहरुको हुल । झुण्डा झुण्डा मानिस । हर्सोल्लासमय वातावरण । के युवा, के बालबालिका, के वृद्धा । सबैले आ-आफ्नै भावभंगी । मन्द मन्द शितल वतास । थुम थुमका कोइँचको साँस्कृतिक भेला । आ-आफ्नै लवज, आ-आफ्नै शान । जेठ १८ को मदहोस शनिवार, उपत्यकामा मनाइने शाँदार पिदारको अन्तिम दिन ।
हो, यस वर्षको महान् राष्ट्रिय चाड शाँदार पिदारको समापनका दिन नेपाल खाल्डोमा देशभरिका कोइँचहरुलाई नजिकबाट सुम्सुम्याउन पाइयो । Read More

हार्दिक निमन्त्रणा

किरात कोइँचहरुको महान् चाड शाँदार पिदारको उपलक्ष्यमा काठमाडौं टुँडीखेलमा हुन गाइ रहेको शाँदार पिदार हाँसालताम-साल कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध छ ।
समय : ११.०० बजे ।
मिति : २०७० जेठ १८ शनिवार
स्थान : टुँडीखेल, शहिदगेटसँगै ।
आयोजक
सुनुवार सेवा समाज
जिल्ला समिति, काठमाडौं ।

ललितपुरमा शाँदार बुल्फे सम्पन्न

DSC0 2222चुप्लु दमलोच । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले आज साँझ सुनुवारहरुको परम्परागत शाँदारपिदारको बुल्फे कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा ललितपुर, भक्तपुर तथा काठमाडौंमा बसोबास गर्ने सुनुवारहरुको उपस्थिति रहेको थियो । साँझ ६ः१५ बजे नाःसो कान्छाराम सिकारीले शाङ पिदार गरी शुरु गरिएको पिदारमा पुख्र्यौली थलोको प्लेत्ति (प्रिती) मा गर्ने गरिएको बुल्फे विगत केही वर्षदेखि सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले पनि सुरु गरेको थियो । भोलि ८ः३० बजे हात्तिवन शाँदारग्योरमा पुगेर पूजाआजा गरी ११ः३० बजे नखिपोट खेल मैदानमा नाच्ने कार्यक्रम रहेको नखिपोटमा सम्पन्न भएपश्चात आउने शनिबार टुँडिखेलमा नाचिने कुरा जिल्ला समितिका सचिवले बताउनुभयो ।
यस वर्षको शाँदार पिदार देशका विभिन्न ठाउँ इलाम, झापा, पाँचथर, सुनसरी, सर्लाही, सिन्धुली, काठमाडौं, काठमाडौंकै लप्सीफेदी, ओखलढुंगाको खिँचि चण्डेश्वरी र रामेछापको प्लेत्ति (प्रिती), भुजी र बेतालीमा धेरै वर्षपछि शाँदार गरिने जानकारी प्राप्त भएको छ । यसैगरी विदेशमा युके, कतार र हङकङमा भव्य रुपले मनाउने जानकारी प्राप्त भएको छ ।

सुनुवार सेवा समाज सिरहा सम्मेलन सम्पन्न

चुप-लु दाम-लोच
जेठ, सिरहा । सिरहाली कोइँच (सुनुवार) को इतिहासमा सुनुवार सेवा समाजको तेस्रो जिल्ला सम्मेलन – २०७० सम्पन्न भएको छ । २०३९ सालमै सिरहाका कोइँचहरु संगठित भएका भए पनि कोइँच हक अधिकारको लागि चेतनाको विकास भने त्यति पुरानो भएको देखिँदैन । भर्खरै सम्पन्न सुनुवार सेवा समाज जिल्ला सम्मेलनले १) कोइँच पहिचानको लागि कोइँच भेषभूषा सम्बन्धी शिप विकास तथा प्रयोगमा जागरुकता, २) आधारभूत कोइँच मातृभाषा प्रशिक्षण, ३) जनचेतना अभिवृद्धि कार्यक्रम, ४) आर्थिक अभिवृद्धि कार्यक्रम, ५) कोइँचको मानव अधिकार सम्बन्धि जनवकालता कार्यक्रम साथै केन्द्रीय सुनुवार सेवा समाज र अन्य जातीय संगठनसँग समन्वय गर्ने प्रस्ताव पारित गर्दै पृथ्वीराज सुनुवारको अध्यक्षतामा एघार सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेका छन् । डम्बरबहादुर सुनुवारको संयोजकत्वमा हिराबहादुर सुनुवार र कमलबहादुर सुनुवार सदस्य रहेको निर्वाचन समितिले उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमशः नरबहादुर सुनुवार, सन्तोषकुमार सुनुवार, कौशिल्य सुनुवार, नयन सुनुवार, सुमन सुनुवार, हिरामाया सुनुवार, कौशिल्या सुनुवार, केशव सुनुवार, दिलबहादुर सुनुवार र आशाकुमारी सुनुवार जिल्ला कार्य समितिमा रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले हाम्रा केही कोइँच नेताहरुलाई पार्टीले टाउको खुट्टा छोइदिए पछि मात्र चेतना आउने भएको हुँदा कोइँचको मानव अधिकारका लागि निर्वाचित नयाँ कार्य समितिले त्यस्तो भ्रमलाई चिर्ने कार्य अगाडि बढाउँदै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न अब आउने निर्वाचनमा जुन पार्टीले कोइँचको हक अधिकारको सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँछ त्यो पार्टीलाई सहयोग गर्न तथा वल्लो किरातको लागि आवज उठाउन पनि निर्देशन गर्नु भयो । Read More