All about Sunuwar

Archives

now browsing by author

 

सुनुवार सेवा समाजको अत्यन्त जरुरी सूचना

सुनुवार सेवा समाज विगत २०४५ सालदेखि सम्पूर्ण सुनुवारहरुको भाषा, धर्म, संस्कृति तथा कोइँच (सुनुवार) हरुको उत्थानका लागि खोलिएको सामाजिक तथा अधिकारवादी संस्था भएको सर्वविदितै छ । प्रधानमन्त्री अध्यक्ष रहेको नेपाल सरकार स्थानीय विकास मन्त्रालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य, नेपाल आदिवासी जनजाति महासंघको सदस्य संगठन, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूची १ मा उल्लेखित नेपाल सरकारबाट सूचिकृत मान्यता प्राप्त सम्पूर्ण कोइँच (सुनुवार) को प्रतिनिधिमूलक एक मात्र साझा संस्था हो । यस अन्तर्गत नेपाल अधिराज्यभर जिल्ला, क्षेत्र र गाउँ समितिसमेत रहेको  अवगत गराउन चाहन्छौं ।

जसमा सम्पूर्ण कोइँच (सुनुवार) विद्यार्थीको प्रतिनिधिमूलक संस्था सुनुवार विद्यार्थी समाज, कलाकारको संस्था सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज र महिलाको सुनुवार महिला समाज रहेको पनि अवगत गराउँदछौं ।
विगत केही समयदेखि विभिन्न जिल्ला तथा गाउँहरुमा अन्य संघ संस्थाका सम्बन्धन प्राप्त राजनीतिक दलका भातृ संगठनहरुले स्वघोषित रुपमा हामी नै सुनुवारहरुको आधिकारिक संस्था हौ भन्दै विभिन्न गतिविधिहरु सञ्चालन गरेको विभिन्न निकायहरुबाट जानकारी प्राप्त हुन आएकोले त्यसबाट सम्पूर्ण कोइँच (सुनुवार) हरुलाई सुनुवार सेवा समाज एक मात्र सम्पूर्ण सुनुवारहरुको छाता संगठन भएकोमा द्विविधा नहुन सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।

मनप्रसाद सुनुवार
अध्यक्ष
सुनुवार सेवा समाज
केन्द्रीय समिति, काठमाडौं

फोनः ०१४१५४०५०

हार्दिक आव्हानसहित निमन्त्रणा

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरले सदा भैंm यस वर्ष पनि शाँदार पिदारमा सुरो चोअतेक कार्यक्रम निरन्तर जारी राखेको हुँदा यही आउँदो २०७० जेठ ११ गते शनिवार किरात माङहिम हात्तीवनमा शाँदार पिदारको लागि आफ्नो परम्परागत कोइँच भेषभूषामा उपस्थित भई नखिपोट खेल मैदानमा मनोरञ्जन गर्दै दिउँसो ४ बजे ललितपुर जिल्लाका कोइँचको घर घरमा सुरो चोअचा कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।

सुनुवार सेवा समाज जिल्ला समिति ललितपुर
ज्ञानचोक, ललितपुर उपमहानगरपालिका १४

कोइँच (सुनुवार) को महान चाड किरात चाड शाँदार पिदार मनाइँदै

सुनुवार डट ओआरजि समाचारदाता
५ जेठ, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय समितिले सुनुवार सेवा समाज जिल्ला समिति, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप लगायत सबै मातहतका समितिलाई यही आउँदो २०७० जेठ ११ गते भव्यरुपमा आदिवासी जनजाति कोइँचको महान चाड शाँदार पिदार मनाउन निर्देशन दिएको छ । अध्यक्ष मनप्रसाद सुनुवारद्वारा हस्ताक्षरित उक्त निर्देशन पत्रमा सबै कोइँच बन्धुहरुलाई आ–आफ्ना शाँदार मन्दिर नजिकमा गई सहभागी हुन पनि अनुरोध गरिएको छ । यस वर्ष पूर्व इलामदेखि पस्चिम काठमाडौंसम्म शाँदार पिदार गरिँदै छ भने हङकङ, बेलायत, कतारमा समेत यस दिन शाँदार पिदार गर्ने गरिन्छ ।

अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै

चुप-लु दाम-लोच
३० वैशाख, यालाखोम । नेपाल अदिवासी जनजाति महासंघ जर्मनीका अध्यक्ष शेखराज सुनुवारको सहयोगमा अनलाइन कोइँच भाषा प्रशिक्षण सुचारु हुँदै छ । चुप-लु समाज र सुनुवार डट ओआरजिले कोइँच मातृभाषा नजान्ने विश्वभरि छरिएर रहेका कोइँचहरुलाई आफ्नो मातृभाषा सिकाउन अनलाइन कोइँच मातृभाषा प्रशिक्षण अभियान थालेको भए पनि आर्थिक अभावको कारण वीचमा स्थागित गरेको थियो । तर सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजका महासचिव शिव याअता मुखियाको विशेष पहलमा अनलाइन कोइँच मातृभाषा सिकौं कार्यक्रम छिट्टै सुनुवार डट ओआरजि तथा विभिन्न सामाजिक सञ्जालबाट प्रशिक्षण सञ्चालन हुने भएको छ । यो अनलाइन कोइँच मातृभाषा प्रशिक्षण सुचारु भएपछि विश्वभरि छरिएर रहेका कोइँचहरुले त आफ्नो मातृभाषा सिक्ने अवसर पाउने नै भए । त्यति मात्र होइन यस अनलाइन मातृभाषा प्रशिक्षणबाट अमिरीकन आदिवासीहरुले चलाएको अनलाइन मातृभाषा संरक्षण अभियानका एक सदस्य बनेर मातृभाषा अभिलेखन कार्य पनि सँग सँगै हुने छ । घरमै बसी विभिन्न भाषा शास्त्री तथा भाषाप्रेमी मानवअधिकारकर्मीहरुलाई समेत सुविधा प्रदान हुने छ ।

राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको दिमाग भुट्ने काम गरेको छ

silver imageसुनुवार डट ओआरजि समाचारदाता ।
२५ वैशाख, यालाखोम । सुनुवार सेवा समाजको पच्चीसौं वर्षगाँठमा आज विशेष कार्यक्रम गरी सम्पन्न भएको छ ।
‘एउटा खच्चड खेद्दै जाँदा खच्चड खेद्ने मान्छे बास बस्ने ठाउँमा पुगेछ । बास बस्ने ठाउँमा पुगेपछि उसको खच्चड नौ वटा रहेछ । नौ वटा खच्चडलाई बाँध्दै जाँदाखेरि आठवटा खच्चडलाई बाँध्ने चाहिँ रस्सी रहेछ । एउटा खच्चडलाई बाँध्ने रस्सी हराएछ । अनि त्यसपछि हराएपछि आठ वटा खच्चडलाई बाँध्दै बाँध्दै गयो । नौ खच्चडलाई बाँध्ने रस्सी छैन । अनि उल्ले सोच्यो अब मैले खच्चड कसरी नियन्त्रण गर्ने ? भने पछि उसले के सोच्यो भनेदेखि सधै बाँध्ने बेला यसको खुट्टा समात्थेँ । अब मैले यसको दिमाग भुट्नु पर्छ । अब यसको खुट्टा दारो गरी समातेँ भने मलाई बाँधेको छ भन्ने बुझ्छ । जसले गर्दा यो बसी राख्ला भन्ने उसले अनुमान लगायो र त्यसै गरी उ सुत्यो । रात भरि उसलाई निद्रा लागेन । कसैको बालीनाली खायो कि भोलि अर्मोल तिर्नु पर्ने पो हो कि ? अलिक एक घन्टा अगाडि पुगेर हेर्दा नौ वटै खच्चड रहेछ । अनि आठ वटा खच्चडलाई फुकाउँदै जाँदा सबै गए र नवौं खच्चडलाई त बाँधेको छैन त्यसैले त्यसै धपायो हिड्दैन । लट्ठी हान्छ जाँदैन । अनि पछि खच्चड खेद्ने मान्छेले हिजोको कुरा सम्झ्यो र खच्चडको खुटटा छोइ दियो । खच्चड बुर्कुसी मारेर उफ्रीए कुलेलाम ठोक्यो । त्यसले गर्दा त्यस्तै नै खच्चडलाई जस्तै हामी आदिवासी जनजातिलाई खुट्टा छोइ दिएको छ । दिमाग छोइ दिएको छ । जस्ले गर्दा कुनै कुनै मान्छेलाई झलनाथ जीले फुकाइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई सुशिल कोइराला जीले छोइ दिनु पर्छ । कुनै कुनै मान्छेलाई प्रचण्ड जीले फुकाइदिनु पर्छ । त्यसैले गर्दा हाम्रो एकता भाँजिएको छ । हाम्रो एकता विग्रीएको छ । तसर्थ म यहाँहर के भन्न चहान्छु भने हाम्रो दिमागलाई भुट्ने काम गरिएको छ । विचारका आधारमा एमाले हुन सकिन्छ, काङ्ग्रेस हुन सकिन्छ, माओवादी हुन सकिन्छ । तर हाम्रो विषयमा, हाम्रो साझा सवालमा, हाम्रो अधिकारको विषयमा हामी केन्द्रीत हुने कि नहुने ? यसैले सनुवार समुदायका साथीहरुले आदिवासी जनजातिको मानव अधिकारको लागि सबै एक जुट हुनु पर्दछ न कि एमाले, काङ्ग्रेस भएर ।’ नासालमा दियोमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई प्रमुख अतिथि झकबहादुर थापाले वर्तमान परिवेशमा आदिवासी जनजातिहरुले आफ्नो खुट्टामा आपैंmले बञ्चरो हान्न नहुने बताउनु भयो ।
आदिवासी जनजातिको आन्दोलन वहुसंख्याकले हाँक्न सक्दैन न त अल्प संख्याकले । सबैको अधिकार बराबार हुनु पर्छ । ओल्लो किरातको लागि नगेन्द्र कुमाल लडीरहने छ – आदिवासी जनजातिले पहिचान र समानताको लागि लडीरहनु पर्ने नेपाल कुमाल समाजका अध्यक्ष नगेन्द्र कुमालले बताउनु भयो । Read More

कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन

चुप्लु दामलोच
२० वैशाख, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्री उत्पादन गर्ने भएको छ । सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपालबहादुर सुनुवारले भन्नु भयो – यस कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीमा कोइँच गाउँवस्तीको ठेट लबजमा नाटकीय शैलीमा प्रशिक्षण गरिएको हुनेछ । साथमा रमाइला चुट्किला, मिथक र लोकगीतहरु संकलित हुनेछन् । यस सामाग्रीमा आदिवासीवाद र चौथो विश्वको आन्दोलनलाई उठाइएको हुने छ । कोइँच भाषामा आदिवासी ज्ञान तथा कोइँच संस्कृतिको पर््रवर्द्धन गर्न मिथकीय विम्बहरु समेटिएका छन् । उद्घोषकले शव्दार्थ बताउने छ र अभ्यासको लागि सँगसँगै बोल्न पनि लगाइने छ । बोल्ने तौरतरिका बताइने छ । र, सजिलोको लागि अन्तमा नाटक प्रस्तुत गरिने छ ।
सुनुवार सेवा समाज केन्द्रीय समितिका कोषाध्यक्ष तथा मातृभाषा सेवी, पत्रकार तथा कोइँच पाठ्यपुस्तक लेखक उत्तमकुमार सुनुवारले कोइँच लोः शेँसाइ श्रव्य मातृभाषा शिक्षण सामाग्रीको महत्व तथा औचित्य वारे प्रकाश पार्नु भयो –     लोपोन्मुख कोइँच भाषाको यो श्रव्य भाषा प्रशिक्षण सामाग्री तयार हुनु आपै+mमा पनि महत्वपर्ूण्ा विषय हो । नेपालको लागि यो नौलो सोँच हुनसक्छ लोपोन्मुख मातृभाषाको संरक्षणको लागि । किनकि यस श्रव्य संग्रहले भाषालाई बचाइराख्ने र कोइँच पहिचानलाई पर््रवर्द्धन गर्ने काम गर्ने छ । हुन त यो कार्यक्रम महँगो कार्यक्रम पनि हो । तर उपलब्धीको हिसावले हर्ेदा यो कार्यक्रक बढी फाइदाजनक छ । यसरी श्रव्य सामाग्रीहरु प्रकाशन तथा उत्पादन गरिँदा बहिस्करणमा पारिएका भाषाको बोलाई लवज तथा साहित्य सिर्जना गर्ने हौसला नयाँ पुस्ताहरुलाई मिल्ने छ । जसले गर्दा आदिवासी कोइँचको मौलिक पहिचान दिने सर्न्दर्भ स्रोत बन्ने छ । साथै आफ्नै विशिष्ट सोँचको विकास भएर जाने छ । अहिले खस, हिन्दी तथा अङ्ग्रेजी भाषिक साम्राज्यवादले आदिवासी जनजाति मातृभाषा पीँधमा परेको अवस्थामा उनीहरुको बोलाई लबज र बोल्ने तरिकासहितको अभिलेखन हुन नितान्त आवश्यक भएको हुँदा यो कार्यक्रमको महत्व र औचित्य आपै+mमा विशिष्ट रहेको छ ।
Read More

सुचना सुचना सुचना

प्रायोजक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आयोजक सुनुवार विद्यार्थी समाजको सकृयतामा हुन लागेको “राष्ट्रिय सञ्चारमा आदिवासी जनजाति कोइँच (सुनुवार) को पहुँच, सहभागिता र समावेशीकरण कार्यशाला – गोष्ठि” मा सम्पूर्ण सुनुवार बिद्यार्थी साथीहरु तथा सुनुवार पत्रकारहरुलाई निम्न बमोजिमको समय तथा स्थानमा उपस्थितीका लागि जानकारी गराइन्छ :
मिति :– २०७० बैशाख २१ गते
समय :- बिहान १० बजे देखी ३ बजे सम्म
स्थान :– सु.से. स., केन्द्रीय भवन, कोटेश्वर
सुनुवार बिद्यार्थी समाज