Archives
now browsing by author
फागुन १0 र २४ का लागि कोइँच युवाहरु जोसिँदै छन्
हिजोअस्तिको भन्दा कम चिसो तर धुम्म छ मौसम आज विहनको । ट्याँ ट्याँ टुँ टुँ चर्को हर्नसहित गाडी आफ्नै गतिमा हुइँकीरहेको छ । सुनिको काममा हिडेका र स्कूल, कलेज जानेहरुको भीडमा जुत्ताको टक टक धुन एकापसमा बढो प्रतिस्पर्धी रुपमा जुवारी खेलीरहेका छन् । म त्यो जुवारीको साँक्षी बनेर हिड्दै छु मनमा नानाथरी कुराहरु उमार्दै । मेरो एकाहोरिएको मौन व्याँडमा फापिदुपि मडारिएर ह्वा.त्त छिर्छ, “सेउ, गोम–रो, दोत–थि ? वोनान गाअÞचा दुम–मे ?” हँ, कस्तो सधैं नजीकबाट अनुभूत गरेको उच्छ्वास । झस्किएर हेर्छु एक हुल हिजो कोटेश्वरमा सँगै नाचेका वार–चिहरुको हुल–मा पो – जीवन, सागर, लेखबहादुर, मिलन, देवराज, दुर्ग, रवि, विक्रम, मुना, मलाई नाच्ने सिकाउने हरिमाया र अरु धेरै ।
“मामे एँ, ते गाअÞचा दुम–मे ?” – मैले सबैलाई साझा शब्द गुच्छा ओकलेँ ।
“ए, गोम–रो यो, था छैन र ? पर्सि फागुन १0 गते कोइँच साँस्कृतिक कार्यक्रम हुँदै छ नि कोटेश्वरमा सुनुवार कलाकार समाजले गर्ने । हो, त्यसको लागि नाच रिहर्सल गर्न कोटेश्वर हिडेको ।”
देवराजको बोली रोकिना नपाउँदै हाँसिला फर्सिला जीवनले जोसिएर थपी गए,– “फागुन २४ गाते सुसेस काथ–मान–दु, विद्यार्थी नु युवापुकि गार–शा पिकनिक यो लानालान निकि । मेकोके तिकात योअÞथि यो गाअÞशो ।” Read More
नसुध्रिएको आदिवासी जनजाति चरित्र
-कोइँचबु काःतिच
पस्चिमा सोचाइ, तौरतरिकाको लगातर प्रयोगलाई हामीले हाम्रो बुझाइ, सोचाइबाट अलग गर्नु पर्छ । यदि हामीले हाम्रो खोज तलासमा, हामी आदिवासी जनजातिको आफ्नो विशिष्ट भिन्न छाप, चिन्ह वा पन मौजुद राख्न सकेनौ भने हाम्रो जीवन भोगाइमा बाहिरी ज्ञान एकिकृत हुनु भन्दा हाम्रो सोचाइशैली उल्टो बाहिरीया भै दिन्छ । – आदिवासी लाकोटा समुदायका विद्वान चेरिल क्रेजी बुलले भने जस्तै हिजोआज नेपालका आदिवासी जनजातिको सोचाइ शैलीको उल्टो दिशामा कुदीरकेको छ ।(जन पोर्सर्ाार) साँच्चीकै हाम्रा नेपालका आदिवासी जनजातिको सोच्ने तौरतरिका कि त हिन्दु दर्शनमा आधारित छ कि त क्रिस्चियन । खोइ त हामी आदिवासी जनजाति कोइँच, रादु, याक्थुङ, तमु, मगर, तामाङ, थारु, शर्ेपापानको सोचाइ ?
फेरि पनि आदिवासी जनजातिको नाममा खसबाहुन र उत्पीडक समुदायको पर््रवर्द्धन । भन्नेबेला आदिवासी जनजातिको सामुहिक अधिकार खोक्ने गर्ने र भन्ने बेला उही खसीकरण र वाहुनवाद । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को वैठकमा त्यस्ता केही घटनाहरु देखा परे । केही संघीय परिषद सदस्यले आदिवासी जनजातिको परम्परागत वा प्रतिनिधिमूलक संस्थाको प्रतिनिधित्वलाई लात मारेर महिला र ठूलो जनसंख्या भएकाहरुलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्था महासंघमा गर्नु पर्ने जिकिर गरे । Read More
ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ : कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क
ल हेर्नुहोस्, तपाईँ कहाँ हुनुहुन्छ ः कोइँच सम्बन्धि मिथ्याङ्कट्ट विभागको तथ्याङ्क
हिजो मैले पोस्ट गरेको वाल पोस्टमा कोइँचको उपस्थिति ५५ भनेको थेँ तर आज त ५३ पो देखि पठाएँ । कि के हो सिकारीको छोरा गुलिलीले सिस् राम्ररी ताक्न सकेना कि । आँफै पनि हेर्नु होला ।
२०५८ २०५८ २०६८
जिल्ला जनसंख्या भाषा जनसंख्या पुरुष महिला
पर्ूवाञ्चल
ताप्लेजुङ १३०३ ७९५ १३८२ ६२० ७६२
संखुवासभा ११२ ४ ५५ २६ २९
सोलुखुम्बु २६२ १६३ ३२३ १४५ १७८
पाँचथर १९८५ १४९१ १९२७ ९७२ १०१५
इलाम ३६०४ २२१५ ३८७३ १८६९ २००४
धनकुटा ७८ १ ९२ ४९ ४३
तेह्रथुम ९७ ४३ १०३ ४३ ६०
भोजपुर १६१ ५० २२९ १०७ १२२
ओखलढुंगा ५५९८ ४०४६ ४४१४ २०७६ २६६२
खोटाङ ६२७ ६९२ ५४२ २५३ २८९
उदयपुर २२३० ४१२ २७९५ १३३४ १४६१
झापा १९०० ८५५ २३९० ११५५ १२३५
मोरङ १०१९ २१९ २०११ १०४१ ९७०
सुनसरी १४२६ ५५८ १२८८ ६२७ ६६१
सप्तरी १७०६ ३ १५८३ ७५८ ८२५
सिरहा २७०६ ८७ १५०७ ७३८ ७६९
Read More
आदिवासी जनजातिले यूएन स्पेशल रेपोर्टरलाई नेपाल डाक्ने ।
माघ १२, १३, १४ गते बसेको नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद वैठकले कथित संविधानसभा २ मा पनि सर्वोच्चा अदालतको निर्देशात्मक आदेशलाई लत्ताएर आदिवासी जनजातिको संस्थागत प्रतिनिधित्वबाट वञ्चित गराएको सम्बन्धमा यूएन विशेष समाधिक्षकलाई नेपालमा आदिवासी जनजातिको मानव अधिकार हनन् सम्बन्धि विशेष मामिला अध्ययनको लागि आउन विशेष अनुरोध गर्ने निर्णय गरेको छ । यसको लागि आदिवासी जनजातिको वकिलहरुको संस्था लाहुर्निपसँग सहकार्य गरिने भएको छ ।
साथै संविधान सभामा आदिवासी जनजातिको अर्थपूर्ण संस्थागत प्रतिनिधित्व नभएको भन्दै चरणवद्ध आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।
साँस्कृतिक वृत्तचित्र निर्माण गर्न सहयोगको हार्दिक अनुरोध
कोइँच लोःको चलचित्र क्योङ बनाएर अन्तराष्ट्रियस्तरमा कोइँचको पहिचान पर््रवर्द्धन गर्न सफल क्योङ चलचित्र निर्माण टीमले पुनः अर्को चलचित्र निर्माण गरीरहेको जानकारी गराउन चाहन्छ । यसका साथसाथै यही निर्माण टीमले चलचित्र मात्र होइन कोइँचको हराउँदै गएका विभिन्न संस्कार संस्कृतिहरुको पनि श्रव्यदृश्य अभिलेखन गरीरहेको छ ।
अहिले यस टीमले कोइँचहरुको महान पितृ संस्कार ‘ख्योँगु, कास, र शाँदार पिदार’ वृत्तचित्रको थप सुटिङ तथा एडिटिङ गरीरहेको छ । यस महान कार्यमा साथसहयोग गर्न क्योङ चलचित्र निर्माता टीम सबै कोइँच तथा अन्य साँस्कृतिक विविधताप्रेमी शुभचिन्तकहरुलाई साथसहयोग गर्न हार्दिक अनुरोध गर्दछ ।
चलचित्र निर्माता कम्पनी : इन्डिजिनिअस फिल्म फाउण्डेशन
ठेगना : का.म.न.पा ७, चावहिल काठमाडौं
सर्म्पर्क : ९८४१४०५९८६
इमेल : director_as7@yahoo.com
वैंक खाता : किस्ट बैंक, ००६०००००९८०५
बैंकको स्विफ्ट कोड :
(SWIFT : KISTNPKA)
for GBP :
IBAN : GB75 SCBL 6091 04126553 57
for EURO :
IBAN : DE3751230 50000 18274904
निर्माणाधन वृत्तचित्रहरु : क) ख्येँ(छेँ)गु, ख) कास, ग) शाँदार पिदार (प्लेत-ति) ।
चलचित्र छायाँङ्कन स्थाल : प्रिती ४, ५, ८, रामेछाप ।
निर्देशक : आशिष (वाई सि) सुनुवार ।
आलेखन तथा अनुसन्धान : कोइँचबु काःतिच ।
अनुसन्धान सल्लाहार : डा. वि. वि. मुखिया, डा.लाल रापचार्,र् इश्वरकिरण सुनुवार ।
निर्माण व्यवस्थापन : अशोककुमार सुनुवार, प्रशान्त सुनुवार, सन्ध्या सुनुवार, रिना शाह सुनुवार ।
विशेषगरी अहिले यो चलचित्र निर्माण टीमलाई चलचित्रको गुणस्तर वृद्धिको लागि विभिन्न उपकरणहरुको खाँचो महशूश भएको हुँदा सो उपकरण (ग्राफिक कार्ड सकितको कम्प्यूटर, क्यामरा, साउण्ड रर्ेकर्डरं लगायत अन्य धेरै सामाग्री) हरु खरिद गर्न वा खरिद गरी उपकरण नै उपलब्ध गराइ सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ । सहयोग गर्ने सहयोगदाताको नाम चलचित्रको श्रेयासूचिमा समावेश गर्नुका साथै चलचित्र पनि उपलब्ध गराउने व्यवस्था गरिने छ ।
जहाँ इच्छा त्यहाँ उपय : कोइँच भाषा कक्षाका सहभागीहरुको हौसला बढाउने प्रति हार्दिक साधुवाद (अगामी कार्यक्रम सामुहिक सामी पिदार र किरात येले थोचे ५०७४ को शुभकामना आदनप्रदान ।)
सुनुवार डट ओआरजि समाचारदाता । पुस, येलाखोम । इतिहासमा पहिलो पटक कोइँच रुम्देलबुम्देल (सुनुवार सेवा समाज) का सदस्य, जो कोइँच लोः सिकौं का सहभागीहरुले हामी कोइँचहरुको साझा घर सुनुवार सेवा समाजको भवन र त्यसको वरपर सरसफाइ गरे । यो कार्यबाट हौसिएर सो अभियानको लागि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्षले ती कोइँच लोः सिक्ने सहभागीलाई रु. पाँच हजार र ललितपुर सुनुवार सेवा समाजका कोषाध्यक्षले रु. दुइ हजार नगद व्यक्तिगत सहयोग पनि गर्नु भयो ।
हालसम्म स्वइच्छाले सहयोग गर्नुहुने सहयोगी दाताहरु वेलायतबाट सुनुवार सेवा समाजका निबर्तमान अध्यक्ष जंग सुनुवार तथा भावना परिस्कृत, मलेसियाबाट जोन सुनुवारले क्रमशः रु. १०,००० र ४,३५० कोइँच लोः सिक्ने सहभागीहरुलाई नगद सहयोगी गरी हौसल प्रदान गर्नु भएको छ । त्यस्तै गरी केवलकुमारी सुनुवार, खिजीकाती ओखलढुंगाले ग्याँस चुल्हा, पाइप, रेगुलेटर, आशिष सुनुवारले भट्टे ग्याँस चुल्हा, अतीत मुखियाले चिया पकाउने केट्ली, लालबहादुर सुनुवार सिन्धुलीले किचन रेक, शोभा सुनुवार भुजी रामेछापले डेक्ची र पन्यु, गोपाल बहादुर सुनुवार भुजी रामेछापले चिया कप दुई दर्जन सरसामान किनीदिनु भएको छ भने कुवेतबाट खड्क बहादुर, नेपाल धापसीबाट प्रेम सुनुवार, नेपाल ललितपुरबाट सुनिल मुखिया, ललितपुरबाटै सुसेस चन्द्रप्रकाश सुनुवारले पनि थप सहयोग गर्ने वचन दिनु भएको छ ।
सुनुवार सेवा समाज स्थापना भएको रजत वर्षको उपलक्ष्यमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं कार्यक्रम सञ्चालन गरेको ६ महिना नाघेको छ । शुरुमा नेपाल सरकार अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरबाट प्रकाशित इयिँ लाँ अनौपचारिक पाठ्यपुस्तकमा आधारित भएर कोइँचबु काःतिचले कक्षा सञ्चालन गर्दै आउनु भएको थियो भने हाल अतीत मुखियाले सो कक्षा प्रत्येक शनिवार विहान ८ बजे देखि नौ बजेसम्म सञ्चालन गर्दै आउनु भएको छ । Read More
कोइँच भाषाका विद्यार्थीको सरसफाइ अभियान
सुनुवार डट ओआरजी संवाददाता
काठमाडौं २० पुस । काठमाडौं जिल्ला समितिद्वारा सञ्चालित कोइँच लोः सिकौं अभियानका विद्यार्थीहरुले सुनुवार सेवा समाज भवनमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइ अभियानमा संस्थाका घर वरिपरि, कार्यालय कोठा, हल तथा कौसीमा रहेका फोहरहरु व्यवस्थापन गरिएको थियो ।
यो सरसफाइ अभियान हरेक शनिबार गरिने कुरा कोइँच भाषा कक्षाका संयोजकले बताए । उक्त कार्यक्रमका निम्ति देश विदेशबाट विभिन्न व्यक्तिबाट सरसफाइ अभियानका लागि चाहिने सामग्रीहरुको सहयोग गरेका थिए ।
कार्यक्रममा बोल्दै सुनुवार सेवा समाजका केन्द्रिय अध्यक्ष श्री मनप्रसाद सुनुवारले एउटै टाउकोको सोचभन्दा धेरै टाउकाको सोच उत्कृष्ट हुन्छ । त्यसैले हामीले समाजका विभिन्न कार्यमा सबैको सोचलाई समेटेर प्रगति मार्गमा अघि बढ्न सकिने पनि बताए । विगतमा सरसफाइका निम्ति संस्थाका पदाधिकारीहरुले पनि सोच्न नसकेको र अन्य सुुनवारहरुबाट पनि यस्तो सोच नराखेकोले आज यस कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुले यसलाई व्यवहारमा उतारिदिएकोमा धन्यवादसमेत दिए ।
केही वर्ष पहिले यो संस्थामा आउँदा स्वयं केन्द्रीय अध्यक्षज्यूले आफै सरसफाइ गरिरहेको देख्दा आफूलाई कताकता आत्मग्लानिको महसुस भएको र यस्तो कार्यलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सोच बनाउदा बनाउँदै कोइँच लोः सिकौं अभियानका भाइबहिनीहरुलाई यसलाई व्यवहार उतारेर एउटा गतिलो उदाहरण पेश गरेको कुरा सुनुवार विद्यार्थी समाजका सहसचिव मुना मुखिया सुनुवारले बताए ।
सरसफाइ अभियान तथा चिया खाजा व्यवस्था अभियान अन्तर्गत विभिन्न व्यक्तिबाट चिया पकाउन चाहिने विभिन्न सामग्री सहयोग गरेका थिए । अभियानका क्रममा चिया पकाएर प्रथमपटक सम्पूर्ण कोइँच लोः सिकौं अभियानका विद्यार्थी तथा आमन्त्रितहरुलाई खुवाएका थिए । Read More
