Archives
now browsing by author
कोइँच भाषा कक्षाका सहभागीलाई एक जना ग्याँस सिलीण्डर दाताको खाँचो
सुनुवार डट ओआरजी समाचारदाता । कोही छ त्यस्तो सहासी व्यक्ति ? कोइँच लोः भाषा सिकौं कार्यक्रमका सहभागीहरुको सहासलाई सलाम, जसले सही निर्णय गरेको छ ।
यो जाडोको मौसम । विहानै भाषा कक्षामा थुरुरु काम्दै भाषा सिक्नु पर्ने । शरीर तताउनु त परेउ नै । कि त तातो पानी कि त चिया । तर के गर्ने सुनुवार सेवा समाजको भवनमा किचन व्यवस्था छैन । बाहिरबाट चिया माग्यो एक कपको रु. १५ । साह्रै चित्ता दुख्दो कुरा । संसार बदल्नु छ भने पहिला आफुबाटै सुरु गर भन्न भनाइलाई चरितार्थ गर्दै सुनुवार सेवा समाज काठमाडौंका कोषाध्यक्ष शोभा सुनुवार र भाषा कक्षा संयोजक देवराज सुनुवारको पहलमा सुनुवार सेवा समाजकै भवनमा चिया पकाउने व्यवास्था गर्ने कुरा भयो ।
र, सबैले आ आप्mनो तर्पmबाट सहयोग गर्ने कुराको टुँगो लाग्यो ।
जसमा
किचन रेक : लालबहादुर सुनुवार (एल बि) भक्तपुर सिर्जनानगर ।
चुलो तथा केट्ली, ग्याँस पाइप : शोभा सुनुवार, कपन ।
५ केजी चिनी र १ केजी चियापत्ती भाँडो सहित : देवराज सुनुवार ।
फोहर उठाउने डस्वीन : प्रेमकुमार सुनुवार, धपासी ।
दुइ दर्जन कप सेट : गोपाल बहादुर सुनुवार ।
मरिच, सुक्मेल : सागर सुनुवार, भिरपानी, रामेछाप ।
पानी तथा पानी राख्ने भाँडा : एसिड रावाच केर कोइँच ।
झाडु भवन सफा गर्ने : दिपक सुनुवार ।
डाडु पन्यू र चिया छान्ने : दुर्गा सुनुवार तुनिचा (धनुषा) ।
शौचालय सफा गर्ने सर सामान : लेखबहादुर सुनुवार, हाँवा ।
अब ग्याँस सिलीण्डार दान गर्ने व्यक्तिको खोजीमा रहेका छन् विहानी भाषा सिकौं कक्षाको सहभागीहरु । अब एक वटा ग्याँस सिलिण्डर दिने दाता पाए विहानी भाषा कक्षाका साथीहरु अति रमाउने थिए । साथै उनीहरुले अन्य सामुहिक कार्यमा पनि योगदान दिन सक्ने थिए ।
साथै प्रत्येक महिनाको दोश्रो हप्ता सुनुवार सेवा समाजको भवन सरसफाइ गर्ने उनीहरुको दैनान्दीनिमा परेको छ । र, सबै कोइँचहरुलाई यस कार्यमा सहकार्य र सहयोग गर्न पनि हार्दिक आव्हान गरिन्छ ।
हार्दिक श्रद्धाञ्जलि
हार्दिक श्रद्धाञ्जलि
स्व. पदमबहादुर सुनुवार
सुनुवार विद्यार्थी समाजका अध्यक्ष सुदीप सुनुवारका श्रद्धेय पिता श्री पदमबहादुर सुनुवारको मिति २०७० मंसिर २६ गते असामयिक निधन भएको आज १३औं दिनको पुण्य तिथिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सम्पूर्ण सुनुवार विद्यार्थी केन्द्रीय समितिको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
सुनुवार विद्यार्थी समाज
केन्द्रीय समिति
उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो
सुनुवार डट ओआरजी
काठमाडौं । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवार, राई, लिम्बू र याक्खले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।
उधौलीलाई सुनुवारले शाँदार पिदार, राईले साकेला, साकेन्वा, लिम्बूले चासोक ताङनाम, याक्खाले चोसोवा भनेर मनाउने गर्दछन् । त्यसैगरी किरात समुदायका अन्य थामी, हायु, सुरेल, जिरेल आदि जातिहरुले पनि यो चाड मनाउने गर्दछन् ।
किरात समुदाय रहेको विभिन्न स्थानहरुमा यो चाड भव्य रुपमा मनाइने गरिन्छ । सुनुवारहरुले हङकङ, बेलायत, सिक्किम, भुटान, बर्मा र अमेरिकालगायतका मुलुकहरुमा पनि मनाउने गर्दछन् । शाँदार सिल यही आउँदो पौष ६ गते टुँडिखेलमा आयोजना गरिनेछ ।
पूर्वाञ्चलको लुम्दे इलाममा भव्य रुपमा शाँदार पिदार मनाइँदै
सुनुवार डट ओआरजी ।
इलाम । सुनुवार सेवा समाज इलामस्थित लुम्दे गाउँ समिति संयुक्त शाँदार सेवा समितिको आयोजनामा भव्य रुपले उधौली शाँदार पिदार मनाइयो । कार्यक्रममा पूर्वाञ्चलका इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङलगायत जिल्ला कोइँच सुनुवारहरुले भाग लिएका छन् ।
कार्यक्रम आयोजक समितिका एक सदस्य दीर्घ बहादुर सुनुवारले यो उधौली शाँदार पिदार कार्यक्रम सम्पूर्ण पूर्वका सुनुवारहरुका पहिचानका लागि गरिएको तथा यसमा अझ रौनक थप्न शाँदार सिल प्रतियोगिता राखेको कुरा बताएका छन् । कार्यक्रमस्थल पाँचथर र इलामको सिमानास्थित लुम्दे वडा नं. ९ स्थित आयोजना गरिएको छ । कार्यक्रम पौष २ गतेदेखि ३ गतेसम्म चल्ने कार्यक्रम व्यवस्थापन समितिका एक सदस्यले बताए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले सम्पूर्ण कोइँच सुनुवारहरुको पहिचान तथा मुख्य चाड शाँदार पिदार भएकोले यसलाई विभिन्न क्षेत्रमा बसेका सुनुवारहरुले आ–आफनो क्षेत्रबाट भव्य रुपमा मनाउनुपर्ने बताए । सुुनुवारहरुले आफ्नो पुख्र्यौली भूमिलाई वल्लो किरात क्षेत्रका रुपमा स्थापित गराउनका लागि सम्पूर्ण सुनुवारहरु जागरुक हुनुपर्ने पनि बताए । कार्यक्रमा सुनुवार सेवा समाजका कोषाध्यक्ष उत्तमकुमार सुनुवार र संस्कृति विभागका संयोजक अमृत सुनुवारले आफनो मन्तव्य राखेका थिए ।
खाडीमा शाँदारको रौनक
कतार । सुनुवार सेवा समाज कतार शाखाले यस वर्षको शाँदार पिदार (उधौली) भव्य रुपमा सम्पन्न गर्ने भएको छ । यसको लागि सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी कतारस्थित रहेका किशोर र भानु सुनुवारले जानकारी दिनु भएको छ ।
“किरातिहरुको महान चाड तथा राष्ट्रिय पर्व रापवा शाँदर, चासोक तङ्नाम, साकेला उधौली- किरात येले थोचे/तङ्बे/दोङ्ग- ५०७३ को सुखद अवसरमा किरात तथा गैर-किरात सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ! सुनुवार सेवा समाज दोहा परीवार”
हार्दिक समवेदना
जन्म: २००२ असोज २ गते
हाम्रा ममतामयी माता प्रिती-५ रामेछाप निवासी श्रीमती खड्गमाया सुनुवारको मिति २०७० मंसिर १२ गतेका दिन असामयिक स्वर्गारोहण भइ अपुरणीय क्षति भएको दुःखद घडीमा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, साथीभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको आत्मको चीरशान्तिको कामना गर्दै जेस्पुच जिखीपुरगिसँग समहित भइ याब्ले लागामा बास होस् भनी इँगिसँग प्रार्थना गर्दै दिवंगत आत्माको चीर शान्तिका हार्दिक समवेदना प्रकट गर्दछौं ।
श्रीमानः सूर्यबहादुर जेस्पुचा
छोराहरुः रुद्र सुनुवार
अशोक सुनुवार/श्रीमती पुनम सुनुवार
छोरीज्वाइँ: सरस्वती सुनुवार/टिकाराम सुनुवार
नाति: विकल्पराज सुनुवार
छोरीहरुः पशुपति सुनुवार, सन्ध्या सुनुवार
रेडियो लिखु ९१.३ मेगाहर्जको भव्य समारोहका साथ उद्घाटन
सुनुवार डट ओआरजी समाचारदाता ।
‘पहिचानको लागि सञ्चार’ नारा लिएर स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जको आज एक भव्य कार्यक्रमका साथ प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा गुप्तेश्वर गाविसका स्थानीय बासिन्दालगायत आसपासका सुनुवार गाउँहरुबाट आफ्नो परम्परागत सुनुवार भेषभूषामा भव्य उपस्थिति थियो । उक्त अवसरमा सुनुवार परम्परा अनुसार नाःसो मानवीर सुनुवारले जोर सगुन राखेर पिदार गर्नुभएको थियो भने पोइँब सन्तबहादुर सुनुवार टावरको फेदमा पोइँब सिल गरी पिदार गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुप्तेश्वर गाविसका ज्येष्ठ नागरिकद्वय गंगाबहादुर सुनुवार र देवबहादुर सुनुवुारलाई दोसल्ला ओढाइ ज्येष्ठ नागरिकको शिर उठाएर सम्मान गरियो । नागरिक सम्मानका क्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले आज हाम्रो गाउँमा सूचनाको एउटा खुडकिलोका रुपमा यो रेडियो स्थापना गरिएको र उक्त कार्यक्रमलाई यहाँका स्थानीय तथा आसपासका छिमेकीहरुले निकै चासोका हेरिएकाले अब सूचना र सञ्चारका लागि यस क्षेत्रमा एउटा कोसे ढुंगा साबित हुने कुरा बताउँदै यसलाई हामीले अझ उत्कृष्ट बनाउन सबैको अझ सहयोग चाहिएको कुरा बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका सचिव श्री चन्द्रकुमार सुनुवारले अबको दिनमा आदिवासी जनजातिलगायत यस क्षेत्रका जनगुनासो तथा विकासका प्रत्येक खुडकिलाहरुलाई रेडियोको सहयोगमा अझ अगाडि बढाइने तथा यहाँ रहेका हरेक भाषाभाषीलाई रेडियोमार्फत प्रचारप्रसार गरेर भाषा र संस्कृतिको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
शुभकामनाकै क्रममा सुनुवार सेवा समाज प्रिती गाउँ समितिका अध्यक्ष श्री सञ्जितकुमार सुनुवारले वर्षौदेखि दबाएर राखिएको हाम्रो भाषा र संस्कृतिको यस रेडियोमार्फत प्रचारप्रसार गरेर पुनः जागृत गराउनुपर्ने कुरामा जोड दिनुभयो । हाम्रो संस्कृति, भाषालाई जिवन्त राख्न अझ रेडियो लिखुले पनि एउटा इँटा थपिदिएको कुरा बताउनुभयो ।
शुभकामना दिनेहरुमा स्थानीय संघ–संस्थाहरु, आमा समूह, गरिबी निवारण कोष, स्वास्थ्य स्वयंसेविका समूह, परिवार स्वास्थ्य कार्यक्रम परिवारहरुले आआफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारले भन्नुभयो– सदरमुकाम र नेताको आँखामा नपरेका विकट सुनुवारबस्तीमा आज आफ्नै प्रयासले सामुदायिक रेडियोको स्थापना गर्न पाएकोमा हर्षविभोर भएको र यसलाई अझ समुदायको बनाउन हरेक गाउँका बुद्धिजीवि, व्यापारी, शिक्षक, विद्यार्थी, युवायुवतीहरुको साथ चाहिएको कुरा पनि बताउनुभयो ।
कार्यक्रम सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारको सभापतित्व तथा सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

