Archives
now browsing by author
वल्लो किरात स्वायत्त प्रदेशको माग गर्दै प्रदर्शनी : गाउँ गाउँबाट आन्दोलनको तयारी
कोइँचबु काःतिच
दोलखा सदरमुकाममा परम्परागत हातहतियार, विभिन्न घरेलु सामाग्री, परम्परागत आदिवासी जनजातिय भेषभूषामा सजिएर ढोल झयाम्टा बजाउँदै आदिवासी जनजाति कोइँचहरुले वल्लो किरात स्वायत्त प्रदेशको माग गरेका छन् । के वृद्ध, के बालबालिका, के विकलङ्गा सबै कोइँचहरु दोलखा जिल्ला सदरमुकाममा जम्मा भएर झाँकीसहित पर््रदर्शनीले बजार परिक्रम गर्दा चरिकोट सातदोबाटोमा अरनिको राजमार्गमा चल्ने यातायात, एक घण्टाभन्दा बढी समय बन्दा भएको थियो ।
गत साउनमा सुनुवार सेवा समाज दोलखा जिल्ला तदर्थ समिति गठन भएपछि दोलखा जिल्ला सदरमुकाममा पहिलो पटक कोइँचहरुले यसरी आफ्नो भूमि र हकअधिकारको लागि पर््रदर्शनी गरेको हुन् । इइँ आम लोः पाइ, इइँ आम ओलो, मुलकेम राइताइ, वल्लो किरात स्वायत्त प्रदेश सुनिस्चित गर, वल्लो किरात जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद, आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित गर, जस्ता विभिन्न नारा लेखिएको प्लेकार्ड प्रत्येक कोइँचको हात-हातमा थियो । विगतमा जस्तो लाज, धक र आत्मग्लानी कुनै पनि कोइँचको अनुहारमा देखिँदैन थ्यो । सबै हाँसीखुशी, ढोलझयाम्टाको तालमा गीत गाउँदै रमाइलो गरिरहेका थिए भने सडकपेटी वरपर, घरको छत, झयाल, ढोका, वार्दलीमा मानिसहरु लामवद्ध भएर रमिता हेरिरहेका थिए । प्रहरीले अगाडि पछाडि स्कर्टिङ गरिरहेको थियो । चरिकोट सातदोबाटोबाट जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालय जस्ता महत्वपर्ूण्ा कार्यालयतिर झाँकीसहितको र्यालीलाई जान दिइएन । Read More
भव्यरुपमा दोलखा सुनुवार सेवा समाजको प्रथम सम्मेलन हुँदै पहिचानको संकट
“हामीलाई कामी भनियो । डि.एस.पि, सि.डि.यो.अरुमा अनुरोध, हामीलाई कामी भन्नेलाई कारवाही गरियोस् ।”– ठूलो पाताल जिल्लाका अध्यक्ष लालबहादुर सुनुवारले आप्mनो पहिचान संकटमा परेको सन्दर्भमा आज सुनुवार सेवा समाज प्रथम जिल्ला अधिवेशनको अवसरमा प्रशासनलाई जानकारी गराउनु भयो । दोलखा जिल्लाका कोइँचहरु पहिलो पटक सुनुवार सेवा समाज, जिल्ला तदर्थ समिति गठन गरि प्रथम जिल्ला सम्मेलन आयोजना गरेको छ ।
भर्खरै प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवारले व्यानर अनवरण तथा नाअसो खुसबहादुर सुनुवार, ग्याँमि नरमाया सुनुवारहरुले जोर सागुन राखेर पिदार गरी कार्यक्रम उद्घाटन गर्नु भएको छ ।
अहिले दोलखाभरिका कोइँचहरु जिल्ला सदरमुकाम चरिकोट, चरिघेङको ए वान पार्टी प्यालेसमा जम्मा भएका छन् । यहाँ धुमधाम मलिन वातावरण छ । लोडसेडिङबाट यहाँ पनि अछुतो रहन सकेको छैन । पुरै चरिकोट कोइँचमय बनेको छ । ठूलो पातल तथा हाँवाबाट पाँच वस गाडीमा रिजार्भ सदरमुकाम आएर बजार परिक्रम गर्दा सडकको वरिपरि लामबद्ध भएर रमिता हेरेका थिए । अहिले नेपाल आदिवासी जनजाति महासंघ दोलखाका जिल्ला अध्यक्ष जंगबहादुर गुरुङ बोली रहनु भएको छ । उहाँले राजनीतिक पार्टीले अनुरोध गर्नु भयो, राजनीतिक पार्टीहरुले आदिवासी जनजातिको कार्यक्रमलाई जुहारी खेल्ने फोरम नगरी दिनुहोला ।
भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन्न : तर उठाउनु पर्ने पहिचानको मुद्दा ज्यूँका त्यूँ
काठमाडौं । साँस्कृतिक कार्यक्रम भनिए ता पनि आधा समय आशनग्रहण तथा मन्तव्यको औपचारिक र आधा गीत, संगीत, नृत्यको मनोरञ्जनात्मक कार्यक्रम सहित साँढे तीन घण्ट सुनुवार सेवा समाजको भवन कोटेश्वरमा उपस्थित कोइँच दर्शकलाई भर्पूर मनोरञ्जन दिँदै सुनुवार कलाकार तथा चलचित्रकर्मी समाजको दोस्रो विविध साँस्कृतिक कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रम उद्घाटनको क्रममा प्रमुख अतिति सभासद यज्ञराज सुनुवारले अबको संविधान सभामा कोइँचको संस्कार संस्कृतिका बारेका बोल्ने छु भन्ने प्रतिवद्धता जाहेर गरेका छन् । यसको लागि सुनुवार सेवा समाजले उहाँलाई निर्देश गर्नु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो । Read More
कुण्ठित मौन सङ्कल्प
-कोइँचबु काःतिच
देखावटी बाहिरी असिम प्रेमनगरीको गृहृय युद्धबाट
अङ्कुरित लहलहाउँदो भव्य सभ्य वाक युद्धले
झँगिएको अनिश्चितकालीन हराभरा शीत युद्धमा
एक जोडी वीर वीराङ्गनाले शहादत प्राप्त गरेपछि
एउटा सुन्दर सपना अनायसै उत्तेजित बनेर स्खलित भएको छ ।
पक्का मलाई विश्वास छ कि
त्रि्रो सुगठित बलिष्ठ शरीरसँग
त्रि्रो सबै प्रेमिकाको उत्तिकै आशक्ति छ भन्न सक्दिन ।
यो पनि थाहा छ कि
त्रि्रो बाहु बलले सधैं साथ दिन सक्ने छैन
एक दिन अवश्य अंगभंग हुने छ, जर्ीण्ा हुनेछ
हो, म त्यतिबेला त्रि्रो चर्तिकलाको एक्लो साँक्षी हुने छु ।
गर, जे जति गर्न सक्छौ
भन, जे जति भन्न सक्छौ
लेख, जे जति लेख्न सक्छौ
बङ्गाउ, जति बङ्गाउन सक्छौ
भ्रमको खेती गर, जति गर्न सक्छौ
सक्छौ ब्रहृम-विष्णु-शिव, जिसशको सेपमा राखा मलाई
सक्दैनौ बहुपहिचान, मिश्रति पहिचानको ओझेलमा पार मलाई
तर बुझ,
इतिहास तिमीले कहिल्यै मेट्न सक्ने छैनौ
इतिहास, इतिहास नै हो यो ध्रुव सत्य हो
हो, म त्यही इतिहासको साँक्षी बनेर बाँचेको छु
पक्क हो स्खलित सपनाहरु मृत्यु हुन्
चरु होम पोली सकेको वेवरिसे यज्ञ जस्तो
हिलो एक दिने फुलेर फुर्ति लगाउने कमल जस्तो ।
अब,
म जिउँदा सपनाहरुको खोजीमा छु
म त्यही जिउँदा सपनाहरुको उरुङभित्र
सत्य र न्यायको सुरुङभित्र बाँचीरहने छु
रक्त वीज बनेर मेरो चिनारीको युद्धमा उत्रिने छु
ओ यो सृष्टिको एक्लो व्याख्यता !
सक्छौ आऊ मेरो इतिहास नुनचुक दलेर मेटाऊ
स्वीकार, ए ब्रहृमज्ञानी सिद्ध स्वामी !
निक-बाकु, ठेङको फुरु लिँख पानी, आराकु सागुन शाँबु र्छर्केर
मृत्यशैय्याबाट व्यूँझेको मेरो जिउँदो सपनाहरु जन्माउने चुनौती ।
हुस्सु भन्छ रे साह्रै चुस्छु : सभासदहरुको नालीबेली प्रियासीलाई ।
मेरी प्रिय,
तिमीलाई अविरल मिम-सि ।
हिजोआज काठमाडौं, हरेक विहानी शीतमय अनौठो हुस्सुको घुम्टोले सजिएर आउँछे । र, एक झोक्का चिसो सिरेटो उपहार थमाउँदै बढो भद्रतासाथ बाटो लाग्छे । उसको भद्रतामा न मेरो कुनै दिलचस्पी छ न उसको आवश्यकताको महसुश । नामै हुस्सु । जातै हुस्सु ।
यसैले हुस्सुको कुनै प्रवाह नगरी एकाविहानै म एक जना कोइँच अग्रजको घरमा पाहुन लाग्न पुगेँ । बहाना थियो, फागुन १० र २४ मा हुने कार्यक्रमको निम्तो ।
कुराकानीको क्रममा उहाँले भन्नुभयो, ‘भाईले भनेको कुरा सही रहेछ ।’
म झसङ्ग भएँ । त्यस्तो कुरा त केही गरेको थिइँन । के पो भनि पठाएँ नि । किरातीको छोरा अँध्यारोमा हानेको घुयेँत्रोले ट्याक्र्याक्कै कसलाई पो लाग्यो नि ! – ‘के पो कुरा गरे पठाएँ नि दाग्यु -‘ Read More
प्रणय दिवसमा प्रेमिकासँग मनको कुरा
-कोइँचबु काःतिच
मेरी प्रिय,
यो प्रणय दिवसको औसरमा
अलिकति
बजारमा चलेको समावेशी, सहभागिता
र, असली सामुहिक अधिकारको कुरा गरौं है,
हुन्छ हैन त ?
१) प्रिय सोच त, पिजडाको सुगा र वनको सुगाको के अन्तर छ –
२) अब भन त, वनको सुगाले कस्तो अधिकार खोज्ला ? अनि पिजडाको सुगाले कस्तो अधिकार खोज्ला ?
३) विचार गर त, पिजडाको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ कि ? वा वनको सुगाले खोजेको हकअधिकारले सुगाको अस्तित्वको रक्षा हुन्छ ?
४) कल्पना गर त, मानिसले पिजडाको सुगाको अधिकारलाई सम्बोधन गर्ला कि वनको सुगाले खोजेको अधिकारलाई सम्बोधन गर्ला –
५) अनुमान लगाउ त, मानिसले कसलाई बढी मन पराउला वनको सुगा कि पिजडाको सुगा ?
६) प्रिय भन त, भावी सन्ततीको लागि पनि सोच्ने हो भने मानिसले कस्को अधिकारलाई स्थापित गर्न विचार गर्नु पर्ला ?
७) हजुर, यता सुन न मेरी प्रिय – हामी पनि प्रष्ट हुनु छ कि पिजडाको सुगाले सम्पूण् सुगाको व्यथा बुझन सक्दैन । उ मानिसको संगत, वस, मोहमा परेको छ । मानसिक, शारारीरिक विकलङ्ग भै सकेको हुँदा सुगामा हुनु पर्ने गुण हराइसकेको छ । उसलाई दुध भात प्यारो हुन्छ । मानिसले जे बोल्यो त्यही बोली प्यारो लाग्छ । उडेर जंगल पस्न मन लाग्दैन । र, मानिसकै चाकरी गर्छ । मानिसको खेेलौना र शौख बनेर बाँच्न बस्न मन पर्छ । उ माथि मानिसले गरेको ज्यादाती, अन्यय-अत्यचार कुनै पनि हालातमा महशुस हुँदैन । बरु वनका सुगालाई अभागी ठान्छ, काम नलाग्ने ठान्छ, र, मुर्ख भन्छ । पिजडाबाट मानिसले छाडी दिँदा पनि उ मानिसको आँगन छाडेर आफ्नो पुख्र्यौली थलो वन जङ्गल जाँदैन । उ आफ्नो पिजडालाई आधुनिक अन्य सुगाले बस्न र सोच्न पनि नसक्ने सुखसयल सम्पन्न महल ठान्छ । आफुलाई बन्दी भएको कुनै पनि हालातमा सोच्दैन । बरु सबैलाई पिजडामा कैद बन्न उक्साउँछ ।
अँ प्रिय महशुस गरेका छौ नि, हिजोआज जतासुकै आदिवासी जनजातिको समावेशी र सहभागिता भएको देखिन्छ । तर मानिसको बोलीको नक्कल गर्न सिकेका पिजडाका सुगा मैनालाई घरमा पालेर वन जङ्गलको चराको प्रतिनिधित्व छ, समावेशी र सहभागिता भएको छ भने जस्तै भएको छ । त्यस्तो प्रतिनिधित्वले उठाउने कुरा भनेको आफ्नो असली बोली र व्यवहार, थाँतथलो विर्सको सुगा मैनाले बाराम्बार बोल्ने उही “गोपीकृष्ण कहु” जस्तो मात्रै हो ।
यसैले प्रिय, हामी आदिवासी जनजातिले कहिल्यै विर्रर््सनु हुन्न कि “हाम्रो संस्थागत प्रतिनिधित्वको सुनिस्चितता हुनुपर्छ भन्न” । अनि मात्र हाम्रो सामुहिक अधिकारको सुनिस्चितता हुने छ । हाम्रो संस्कार-संस्कृति, भाषा, भेषभूषा, चालचलन, जीवनशैली, परम्परागत सीप ज्ञान र थाँतथलोको संरक्षण हुने छ ।
वनभोज कार्यक्रमसम्बन्धी अत्यन्त जरुरी सूचना !!!
सुनुवार सेवा समाजको २५औं रजत वर्षको उपलक्ष्यमा आयोजना गरिने विभिन्न कार्यक्रममध्ये यही आउँदो २०७० साल फागनु २४ गते शनिबारका दिन ललितपुरको बज्रबाराहीमा वनभोज कार्यक्रमको आयोजना गरिने भएकोले सम्पूर्ण सुनुवारहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा । विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना गरिने वनभोजमा यहाँहरुको पनि कुनै नयाँ नौलो प्रस्तुति भए कृपया सम्पर्क राखेर कार्यक्रम तय गर्न सहयोग पु¥याउन हार्दिक अनुरोध छ । यातायातको व्यवस्थासहित वनभोज कार्यक्रमको टिकट मूल्य रु. ६००।– (अक्षरेपि छ सय मात्र) तय गरिएको छ । उक्त टिकट अनिवार्य रुपमा कार्यक्रमस्थलसम्म ल्याउनहुन अनुरोध समेत गरिन्छ ।
टिकटको लागि :
मुना मुखिया सुनुवार, सुनुवार विद्यार्थी समाज, ९८१४९४६२३४
शोभा सुनुवार, सुसेस काठमाडौं जिल्ला समिति, ९८४११९८९१३
विवेक÷सुवास सुनुवार, सुसेस, केन्द्रिय सचिवालय, कोटेश्वर, ४१५४०५०, ९८४९०५२५९९, ९८४३५८५०५७
सिपि सुनुवार, सुसेस ललितपुर जिल्ला समिति, ९८४९१२४७०७
सुदीप सुनुवार, सुसेस भक्तपुर जिल्ला समिति, ९८१८८८९४८५, ९७४१००८७३०
सुनुवार सेवा समाज वनभोज आयोजक समिति २०७०
काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्तपुर जिल्ला समिति र सुनुवार विद्यार्थी समाज केन्द्रिय समिति


