All about Sunuwar

Archives

now browsing by author

 

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहयात्री मित्र, सुनुवार सेवा समाज धनुषा जिल्लाको अध्यक्ष गमबहादुर सुनुवारको पुजनीय पिताको असामायिक स्वर्गारोहण भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना (बुइश-शि लाँ खोदल।) गर्दै शोक सन्तप्ता सम्पूर्ण परिवारमा देयिलिकि, इँगि, शाँदार देयिले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक समावेदना प्रकट गर्दा छौं ।
-सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार सेवा समाज जिल्ला समिति धनुषा, सुनुवार डट ओआरजि, चुप्लु समाज, दुर्दा डट कम, क्युइँतबु कल्याण कोष ।
(थप जानकारी : सुनुवार सेवा समाज जिल्ला समिति धनुषाको चैत्र १ गते हुने भनिएको जिल्ला सम्मेलन अध्यक्षको बुबाको स्वर्गारोहणको कारण स्थगित भएको जानकारी पनि जिल्ला समितिको सचिव शिव सुनुवारजे बताउनु भएको सबै कोइँच बन्धुहरुमा जानकारी गराउँदाछौं ।)

पाँचथर र झापाका कोइँचहरु जागे

-कोइँचबु काःतिच
पाँचथरका कोइँच (सुनुवार) हरु फिदीमको नाम्दुखोलामा जम्मा भएर कोइँचको मानव अधिकार संरक्षणको लागि जुटेका छन् । सुनुवार सेवा समाज केन्द्रीय सदस्य, संस्कृति तथा अनुसन्धान विभाग प्रमुख अमृत सुनुवारको प्रमुख आतिथ्यतामा सुनुवार सेवा समाज, पाँचथर जिल्ला समितिको आज सातौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले फिदीमका शान्तबहादुर सुनुवारको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति समेत गठन गरेको छ । उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष र सदस्यहरुमा क्रमशः रामबहादुर सुनुवार (जयकृष्ण)-ओलने, हरिकृष्ण सुनुवार-रानीटार, गोपाल सुनुवार-फिदीम, रत्नबहादुर सुनुवार-रबी, कमला सुनुवार-आरुबोटे, कुमारी सुनुवार-आरुबोटे, असिम सुनुवार-नागी, उदय सुनुवार-इम्बुङ, जंगबहादुर सुनुवार-सिवा, तारावती सुनुवार-फिदीम रहेका छन् । जिल्ला सम्मेलनका अध्यक्षता शेरबहादुर सुनुवारले गर्नुभएको थियो ।
झापा जिल्लाका कोइँचहरुले पनि आज जिल्ला सम्मेलन सम्पन्न गरेका छन् । सुनुवार सेवा समाज इलाम जिल्ला अध्यक्ष -नेपाल आदिवासी जनजाति महासंघ इलाम जिल्ला समन्वय परिषदका पूव अध्यक्ष) किरण सुनुवारले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको छ । (आदरणीय पाठक वर्ग, कार्य समितिको नामवली प्राप्त हुने वितिक्कै प्रेसित गर्ने छ ।)

कसी

-कोइँचबु काःतिच
यसो आफ्नै जिन्दगीलाई
स्वस्थ परिक्षणको क्रममा
एमआरआइ गरेर हेरेको त
के भनौं,
लाजै मर्दो रिपोर्ट पो देखा पर्‍यो, गाँठे !
कतै डाँडाकाँडा
कतै खोल्साखोल्सी
कतै खाल्डाखुल्टी
कतै ढिस्काढिस्की
ग्राबेलै ग्राबेल
धुलैधुलै कच्ची सडक जस्तो
के नमिलेको के नपुगेको
रिङ्ने,
यस्तो पनि के जिन्दगी ! Read More

समयको महत्व

१.बाह्रवर्षो महत्व थाहा पाउन – मकरमेला भर्ने प्रतिक्षा तर्ीथयात्रीहरुलाई सोध्नु ।
२. पाँच वर्षो महत्व थाहा पाउन – आम निर्वाचनमा पराजित नेताहरुलाई सोध्नु ।
३. एक वर्षो महत्व थाहा पाउन – अन्तिम परिक्षामा सफल हुने विद्यार्थीहरुलाई सोध्नु ।
४. एक महिनाको महत्व थाहा पाउन – महिना नपुग्दै पैसा सकिने कर्मचारीहरुलाई सोध्नु ।
५. एक हप्ताको महत्व थाहा पाउन – पत्रिकाको सम्पादकहरुलाई सोध्नु ।
६. एक दिनको महत्व थाहा पाउन – एक दर्जन वच्चा जन्माइ पाल्ने ज्यामीहरुलाई सोध्नु ।
७. एक घण्टाको महत्व थाहा पाउन – आपसमा भेट्न पर्खी बसेका विशेष व्यक्तिहरुलाई सोध्नु ।
८. एक मिनेटको महत्व थाहा पाउन – रेल, बस, जहाजको यात्रा छुटाउने यात्रुहरुलाई सोध्नु ।
९. एक सेकेण्डको महत्व थाहा पाउन – दर्ुघटनामा परी बाँच्न सफल यात्रुहरुलाई सोध्नु ।
१०. एक निमेसको महत्व थाहा पाउन – रजत पदक पाउने खेलाडीहरुलाई सोध्नु ।
– संकलक ः केवलमान शुशुच सुनुवार, भक्तपुर । हाल धापासी, काठमाडौं ।

निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै

20140312_122723[1]सुनुवार डट ओआरजि समाचारदाता ।
२८ फागुन, सुनुवार सेवा समाज भवन कोटेश्वर । आज विहान १० बजेदेखि सुनुवार सेवा समाज भवन कोटेश्वरमा निःशूल्क आँखा तथा नाक, कान, घाँटी परिक्षण हुँदै छ । सुनुवार सेवा समाज केन्द्रीय समिति कोटेश्वर र बाल नाक, कान आस्पताल र पुनःस्थापना सेवाको संयुक्त रुपमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धि स्वस्थ परिक्षण शिविर आयोजना गरिएको हो । अहिले २ बजेसम्म उक्त शिविर सञ्चालन हुने छ ।

म कोइँच -सुनुवार) को शिर झुकाउने काम गर्ने छुइन ः सभासद यज्ञराजको वचनवद्धता

swsसुनुवार डट ओआरजि समाचारदाता
२४ फागुन, बज्र बाराही । सुनुवार सेवा समाजको २५ औं वर्षगाँठ, रजत वर्षो उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम बज्रबाराही मन्दिर परिसर, ललितपुरमा विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमसहित सम्पन्न भयो ।
काठमाडौं उपत्यकामा रहेका नेपालभरिका कोइँच सम्मेलित वनभोज कार्यक्रममा वल्लो किरात भूमि रामेछाप र ओखलढुंगाबाट निर्वाचित सभासद् यज्ञराज सुनुवार र आङ टावा शर्ेपालाई वधाई ज्ञापन गर्दै आदिवासी जनजाति कोइँचको मानव अधिकार सुनिस्चित हुने गरी संविधान लेख्न सक्नुस् भनि कलम र डाइरी हस्तान्तरण गर्दै र्सवमान्य संविधान लेखनको लागि सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले शुभ-कामना अर्पण गर्नु भएको थियो ।
कार्यक्रममा सभासद आङ टावा शेर्पाले कोइँच र शेर्पामा कुनै अन्तर नभएको वताउँदै आदिवासी जनजाति कोइँचले सडकमा उठाएको कुरा सभासद् यज्ञराज सुनुवारसँग मिलेर संविधान सभामा उठाउने प्रतिवद्धता जाहेर गर्नुभयो । सभासद यज्ञराज सुनुवारले भने यो देश खसबाहुन एकल जातिको पेवा भएको जिकीर गर्दै बहुपहिचानसहितको संघीयता आवश्यभएको बताउनु भयो । उहाँले आदिवासी जनजातिले घर बसेर गाली गर्ने चलनलाई त्याग्नु पर्ने बताउँदै आम आदिवासी जनजाति कोइँच र सुनुवार सेवा समाजले उठाएको कुरालाई अक्षरस संविधानसभामा उठाउने प्रतिवद्धता जाहेर गर्दै भन्नुभयो, – म आदिवासी जनजाति कोइँचको शिर ढल्ने खालको काम गर्ने छैन । मेरो राजनीतिको कखरा मेरो आमाबुबा घर परिवार मात्र नभएर सबै कोइँचको योगदान रहेको हुँदा पनि मैले त्यो पुरानो ऋण तिर्नु छ । सुनुवार सेवा समाजले संविधानसभामा उठाउनु पर्ने कुरालाई निर्ण्र्ाागरेर दिओस् । त्यो मुद्दालाई संविधान सभामा यज्ञराज सुनुवार एक्लो कोइँच भए पनि आदिवासी जनजाति कोइँच मानव अधिकार सुनिस्चितताको लागि लडीरहने छ भन्ने विश्वास दिलाउन चहन्छु ।
काठमाठौं, भक्तपुर र ललितपुरबाट तीन वस कोइँचहरुको वनभोजस्थलमा पुगेका थिए भने धेरै कोइँचहरु व्यक्तिगतरुपमा निजी यातायातबाट कार्यक्रमस्थल पुगेका थिए । आदिवासी जनजाति कोइँचको ऐतिहासिक थलो सोलु, दोलखा, ओखलढुंगा, सिन्धुली, उदयपुरलाई वल्लो किरात स्वायत्त प्रदेश घोषणा गर्दै २०६३ सालदेखि सुनुवार सेवा समाजले सदन र सडकमा निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

आदिवासी जनजाति विद्वानको स्वीकारोक्ति : हामी यो युगको नपुंशक।

-कोइँचबु काःतिच
अष्टे्रलियामा बसोवास गर्दै आएका नेपाली आदिवासी जनजातिको, नेपालका आदिवासी जनजाति राजनीतिकर्मी र राजनीतिक पार्टी एक ठाउँमा उभिवुन भन्ने चाहनाको प्रतिनिधित्व गर्दै आएका निमाग्याल्जेन लामाको उपस्थितिमि आदिवासी जनजाति कार्यकर्ता र विद्वानहरु वीच आज ललितपुरको एकान्तकुनामा विशेष छलफल भयो । पहिचान पक्षधर विभिन्न राजनीति पार्टी आवद्ध तथा आदिवासी जनजातिको मानव अधिकारकर्मी र आदिवासी विद्वान, पेशाकर्मीहरु वीच भएको वहसमा प्रायः सबैको आ-आफ्नै तर्क र व्यक्तिगत धारणाहरु मात्र प्रस्तुत भएका थिए । नेपाल बाहिर बसोबास गर्दै आएका आदिवासी जनजातिहरु नेपालका आदिवासी जनजातिहरु आफ्नो हक अधिकारप्रति एकजुट हावुन् भन्ने धारणा रहेको बताइए तथा महशूस गरिए ता पनि वैचारिकरुपमा त्यो एकताको सुत्र के हो भन्ने कुरामा एक दुइ जना भन्दा बढी बक्तालेे छलफलको विषय बनाएनन् ।
ती धेरै वक्ताहरुको व्यक्तिवादी पण्डित्याइँ सुनेपछि भान्ते मगरले सबैले म भन्ने अहम् भावना छाडेर हामी भन्न सिक्न अनुरोध गरेका थिए ।
नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) का सचिव शंकर लिम्बूले संविधान सभा र नेपाल सरकार विरुद्ध आदिवासी जनजातिको मानव अधिकार उल्लंघन गरेको भनी सर्वोच्चमा रिट हाल्ने तयारी भएको जानकारी गराएनु भएको थियो । र, कानुनी उपचारको लडाइँ वारे सबैलाई जानकारी गराउँदै सो अभियानमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अनुरोध पनि गर्नु भएको थियो । Read More