Archives
now browsing by author
कोइँच कुल पुरोहित नाअ्सो पोइब राष्ट्रिय भेला सम्पन्न
सुनुवार डट ओआरजी सम्वाददाता ।
सिन्धुलीमाडी, चैत २४ । सुनुवार सेवा समाज केन्द्रिय समिति संस्कति तथा अनुसन्धान विभागको आयोजना तथा सुनुवार सेवा समाज सिन्धुली जिल्ला समितिको संयोजनमा प्रथम कोइँच (सुनुवार) कुल पुरोहित नाअ्सो पोइबको राष्ट्रिय भेला सिन्धुली सदरमुकामस्थित सिन्धुलमिाडीमा सम्पन्न भयो । उक्त सम्मेलनमा देशभरका बाह्र जिल्लाबाट ४९ जनाभन्दा बढी नाअ्सो पोइबको सहभागिता रहेको थियो ।
कार्यक्रममा सम्पूर्ण नाअ्सो पोइबले निकालेको निष्कर्षमा देश तथा विदेशमा रहेका कोइँच (सुनुवार) कुल पुरोहितहरुको संगठनका रुपमा नाअ्सो पोइब ग्यामी समाजको नामाकरण गरी सुनुवार सेवा समाज अन्तर्गत रहेर काम गर्ने निष्कर्ष निकालिएको छ । कार्यक्रममा होपो अलंकारिता पद सुनुवार सेवा समाजका अध्यक्ष मुलिच कार्यकारी प्रमुख संस्कृति विभाग ङावाच, गाउरोच आदि रहने समिति बनाउने घोषणा गरियो ।
उक्त भेलाका प्रमुख सुनुवार सेवा समाजका पूर्व अध्यक्ष ईश्वरकिरण सुनुवारले कोइँचको हरेक संस्कार र परम्परामा नाअ्सोको मुख्य भूमिका रहेको हुन्छ जसले हरेक संस्कार जन्म, मृत्यु, विवाह आदि कार्यमा प्रमुख भूमिका निर्वाह गर्छन् । त्यसैले आजको परिवेशमा हाम्रो समाजलाई पश्चिमा संस्कृतिको प्रकोपा गाँज्दै ल्याएको अवस्थामा नाअ्सोको भूमिका अपरिहार्य रहेको कुरा बताए ।
कार्यक्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले कोइँच सुनुवारहरुको आफ्नो मौलिक संस्कार र संस्कृतिलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने भएकोले आजको आवश्यकता भनेको नाअ्सो पोइबहरुको संगठनात्मक संरचनाको जरुरी रहेका कारण यो भेला आयोजना गरिएको बताए ।
सो भेला कार्यक्रमका सहजकर्ता सुनुवार सेवा समाजका कामु सचिव तथा कोषाध्यक्ष उत्तमकुमार सुनुवार तथा अतीत मुखिया रहेका थिए भने सुसेस केन्द्रय समितिका अध्यक्ष मनप्रसाद सुनुवारको सभापतित्वमा सम्पन्न भएको थियो ।
भव्यरुपमा प्रथम जिल्ला सम्मेलन सम्पन्न
चुप्लु दाम्लोच
सिन्धुली । वल्लो किरात चाहिन्छ, कोइँचभूमि फिर्ता ल्याइन्छ, हा हा हाँसाल हाँसाल । परम्परागत वाद्यवादनको साथमा गीत गाउँदै परम्परागत भेषभूषामा सजिएका सिन्धुलीवासी कोइँचहरुले जिल्ला सदरमुकाम माडी बजार परिक्रम गरे । लामवद्ध भएर रमितेहरु सडकको दर्ुइ किनार थिए । कोही मोबाइलमा फोटो खिचीरहेका थिए । कोही र्यालीमा पसेर नाच्दै थिए । शनिवारे हाटको दिन माडी बजार एक तमासले हर्षोल्लास मनाइरहेको थियो ।
आजभन्दा लगभग १५ वर्ष अगाडि सुनुवार सेवा समाज सिन्धुली गठन भए पनि यसरी जिल्लामा कार्यक्रम भएको थिएन । जिविस सभाहलको प्राङ्गणबाट शुरु भएको झाँकी परिक्रम पुनः सभाहलमै आएर सभामा परिवर्तन भएको थियो । विभिन्न राजनीतिक पार्टी आदिवासी जनजाति संघसंस्थाहरुको उपस्थितिमा सुनुवार सेवा समाज जिल्ला समिति, सिन्धुलीको प्रथम जिल्ला सम्मेलनले महेन्द्र बसुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा रामबहादुर सुनुवार सचिव र्सर्ूयवहादुर सुनुवार कोषाध्यक्षमा पवित्रा सुनुवार र लालबहादुर सुनुवार, छत्रबहादुर सुनुवार, रश्मिला सुनुवार सदस्य रहेका छन् ।
प्रथम जिल्ला सम्मेलन
सुनुवार डट ओआरजि समाचारदाता ।
सिन्धुली, १९ चैत्र । सुनुवार सेवा समाज जिल्ला समिति सिन्धुुलीको प्रथम जिल्ला सम्मेलन यही चैत्र २२ गते शनिवार कमलामाई नगरपालिका सिन्धुलीमाडीमा हुँदै छ भने सुनुवार सेवा समाज केन्द्रीय समितिले २३ गते आदिवासी जनजाति कोइँचको कुलपुरोहित नाअसोहरुको राष्ट्रिया भेला गर्ने भएको छ । सुनुवार सेवा समाजको इतिहासमा राष्ट्रियस्तरको कार्यक्रम मोफासलमा गरेको यो पहिलो हो ।
सूचना ! सूचना !! सूचना !!!
रक्तदान नै जिवन दान हो
सुनुवार सेवा समाज ले निम्न मिति, स्थान र समयमा रक्त तथा नेत्र दान कार्यक्रमको आयोजना गरेको हुदा ईच्छुक ब्यक्तिहरुले उक्त दिन रक्त तथा नेत्र दान गरि पुण्य आयर्न गर्न सूचना गरि रक्त तथा नेत्र दान नै जिवनदान ब्यहोरा सहर्ष जानकारी गर्दछ ।
मिति : २०७०÷१२÷२५गते मगलबार
समय : बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ३५, काठमाडौ
मनोद्वन्द्व : यो पनि कविता
-कोइँच बु काःतिच
के के न गरेँ जस्तो लाग्थ्यो, ‘देन ए सेरेम फु’ कोइँच भाषामा पहिलो पटक कविता सङ्ग्रह प्रकाशित हुँदा । तातो न छारो । लाजै पो लागेर आउँ बा, ङच्िचा दाँत देखाएर हाँस्न पनि ।
केही हुँदै नहुनु हो, कसैले वास्ता नगरेको कुरामा पहिलो हुनु भनेको । जहाँ केही नौलो गर्नका लागि केही नौलो हुँदै हुँदैन । कसैको आँखै नलाग्ने कुरामा आँखा लगाउँदा, कसैले लेख्दै नलेख्ने, पढ्दै नपढ्ने कुरामा पुस्तक लेख्नु, छाप्नु कुनै ठूलो र आनौठो कुरा पनि होइन । (मलाई एक जना खसभाषी बामान विद्वानले साहित्य नभएको भाषा, भाषा होइन । त्यस्तोलाई भाषा होइन कुरा भनिन्छ, भनेपछि भाषा बनाउन कोइँच भाषामा कविता संग्राह तयार पारेँ । जसलाई क्युइँतिच द्वय रणवीर सुनुवार र अतित मुखियाले प्रकाशन गरिदिनु भएको थियो चुप्लु समाजको व्यानरमा ।)
आजकाल सोच्छु, गम्छु- कोइँच-सुनुवारको बुद्धि पछि आउँछ भन्थे, हो रहेछ । अरु साथीहरु जस्तै पहिला खस भाषामा लेखेर, छापेर कोइँच भाषामा अनुवाद गरेको भए क्या राम्रो गरिस भनेर स्यावासी पनि पाइने रहेछ ! सबै हुने रहेछ- नाम, दाम, काम र ठूलो विद्वान पनि कहलिने रहेछ । कोइँच भाषामा मात्र लेख्नले पाखैमा बाँजो पल्टेर टक्सिए टुहुरा सिर्जनाहरु ।
‘लेख्न त लेखिस् कामै नलाग्ने ठाउँमा, कहाँ गइस् हराउने विलाउनेमा । कसले पढ्छ – कोइँचले पढ्छ – ल राख बाजी, तेरो कोइँच भनौदा सुनुवारहरुले त तेरो कोइँच भाषाको पुस्तक किनेर त परै जावोस् सित्तै दिँदा पनि पढ्दैनन् । के बाजी राख्छस् -‘ भनेर खसबाहुन मात्र होइन केही कोइँच साथीहरुले सुझाएको सम्भिmन्छु । सोच्छु, किन किन चित्तै बुझदैन । खसबामान साथीहरुको गिदी सापटी मागेर आफैंलाई धिक्कार्न मन लाग्छ- थुइय्या ! बुद्धि नभएको चितुवा, किर्वा । ल यो पनि बना कविता- ल्वाङ, मरिच, सुक्मेल हालेको मगमग वास आउने ।
हार्दिक समावेदना
हाम्रा परममित्र तथा नेपाली काँग्रेस ओखलढुंगा जिल्ला सभापति प्रदिपकुमार सुनुवारको पूजनीय बुबा पूव प्रधानपञ्च तथा जिल्ला विकास समिति सदस्य सन्तबहादुर सुनुवारको आज विहान उपचारको क्रममा ओम अस्पताल, चावहिलमा असमायिक स्वर्गारोहण हुनु भएको हुँदा उहाँको आत्मले बुइश-शि लाँ प्राप्त गरोस् भनी इँगिहोपोसँग पर््रार्थना गर्दै यस दुःखद घडीमा शोक सन्तप्त सम्पर्ूण्ा आफन्त तथा परिवारजनलाई परमप्रभू देयिलिकि, शाँदार देयि, इँगिहोपो, याब्लेगुब्लेले सहनशक्ति प्रदान गरुन् भन्ने कामनासहित हार्दिक समावेदना प्रकट गर्दछौं ।
-सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु समाज, क्युइँतबु कल्याण कोष परिवार ।
कोइँच मातृभाषाको पठनपाठनको लागि वहस पैरवी शुरु हुने
सुनुवार डट ओआरजि समाचारदाता ।
३ चैत्र, यालाखोम । प्रत्येक कोइँच गाउँमा कोइँच (सुनुवार) मातृभाषाको पठनपाठन गराउन सुनुवार सेवा समाज केन्द्रीय समितिले सबै गाउँ, जिल्ला समितिलाई निर्देशन गरेको छ । कोइँच भाषामा पाँच कक्षासम्म विद्यालय पाठ्यपुस्तक निर्माण गरेको सात वर्ष कटे पनि अहिलेसम्ममा पठनपाठन हुन सकेको छैन । तर कोइँच पाठ्यपुस्तक पढाउनका लागि रामेछाप, ओखलढुङ्गा, इलामा, पाँचथरमा शिक्षक प्रशिक्षण भने सम्पन्न भइसकेको छ । यसर्थ सरकारले आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने अधिकर सुनिस्चित गरे पनि कोइँचहरु आँपै+m कोइँच भाषामा पठनपाठन गर्न हच्किएको हुँदा गाउँ गाउँबाट मातृभाषामा शिक्षाको लागि जागरण ल्याउन सुनुवार सेवा समाजले मातहतको स्थानिय समितिलाई निर्देशन गरेको छ ।
मातृभाषा पठनपाठन गर्नको लागि विद्यालय व्यवस्थापन समितिले शैक्षिक सत्रको अन्तिममा आगामि वर्षो लागि बजेट तयार गरी जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने बैठकमा निर्णय गर्नु पर्ने हुन्छ । अहिले प्रत्येक विद्यालयमा अन्तिम विद्यालय व्यवस्थापन समितिको बजेट पारित वैठक बसीरहेको हुँदा कोइँच मातृभाषा पठनपाठनको लागि वहस पैरबी गर्न समाजले निर्देशन दिएको समाजका उपाध्यक्ष रणवीर सुनुवारले बताउनु भयो ।
