Archives
now browsing by author
जीवन संघर्षमा पैसाको लागि कला सिर्जना गर्दै जाँदा…
‘पैसाको लागि काम गर्दा गर्दै यस स्थितिमा आइपुगियो । अहिले मात्र थाहा भयो मेरो पूर्खाको कलालाई व्यवसायिक बनाउने काम गरेको रहेछु ।’ बुबाआमा र प्रेमिकाले माया गरेर बोलाउने नाम नारान हो । साथीहरुले कसैले नारायण र कसैले भुन्टे भन्छन् । उनलाई गाउँलेहरुले जेठा भन्छन् । नागरिकतामा भएको नाम नारायण सुनुवार (आप्mनै मातृभाषामा सुरोहामसो बगाले सोङना नाम राख्दा पनि हुने उनको मन छ उल्था गरेर तर उनलाई गुनासो छ आप्mनो मातृभाषा नै जान्दैनन् ।), पेशाले एन्टिक सोभिनियर व्यवसायी हुन् । तर उनको लगाव कोइँच (सुनुवार) को कला संस्कृति संरक्षणतिर छ । आपैंmले राँबो र बसिलाले कुँदेका काठका खेलौना सामानहरु काठमाडौं खाल्डाको झोँछे, ठमेलमा बेच्दा बेच्दै एन्टिक आर्ट कलेक्टर हुँदै बिट्सका होलसेल व्यवसायी भएका उनी अहिले कोइँच (सुनुवार) को हरेक कार्यक्रममा भेटिन्छन् । दुमादुले (ढोल) बजाएर शाँदारमा कम्मर मर्काइ मर्काइ नाच्छन् । उनको पुख्र्यौली गाउँ चुप्लु (ओखलढुङ्गा) जिल्लाको पश्चिम दक्षिणी सुनकोशीको तीर चुप्लु पला पुँमा पर्छ । तर पछिल्लो समय सिन्धुली सिर्थौलीतिर बसाइसराइ गरेका छन् । अहिले उनी ठमेलको आप्mनै क्युरियो पसलमा भेटिन्छन् ।
कोइँचहरुले व्यापार गर्ने कुरा मुश्किलैले कल्पना गर्न सकिन्छ । कोइँचमा जन्मिनु अगाडि नै लाहुरे सपना वीजारोपण भएको हुन्छ भन्दा अत्युक्ति नहोला । तर नारायण सुनुवारको मन मस्तिष्कमा कहिल्यै विदेश भासिने सपना पलाएन । र त, उनी क्युरिओ साहु जी भएका छन् । अहिले उनी बिट्स (माला) उत्पादक तथा अधिकृत विक्रेता हुन् । उनीको उत्पादन चीन, ताइवान, भारत र जर्मनमा बढी जान्छन् । Read More
कोश्य
अ्वाकले लङगा ग्लुङानु
आाकालि मातुइथुन मुरकाःम ग्याइताअ्यि,
आँकालि ग्याइशा लाइशा
खोइल रोपशा पोँपिल पाइताअ्यि,
मेकले अ्वालैपा कुरशा लाइति ।
गो सापपान गाइताअ्यि,
आ खिँऽ चादिशशा आँकालि
खापाम लेक रापताअ्यि,
मुनु सापपा नापशो अ्वाकुम
लाइशा नुपताअ्यि ।
Read More
के गर्दै छन् पहिलो कोइँच लोःका गीतकार ?
उनी लेख्छन् : तर कोइँचहरु पढ्दैनन् ।
उनी दिन्छन् : तर कोइँचहरु लिँदैनन् ।
एक कोइँच श्रष्टाको सिर्जना जिजिविषा (उनको भाषामा इरादा) कोइँचले नै मारिदिए ।
तीसको दशकमा जुन जोस र जाँगार बोकेर आफ्नै गोजीको खर्चले वनारस पुगेर पुस्तक छपाई गाउँ गाउँमा निःशूल्क बाँढे । तर कोइँचले उनको पुस्तकलाई महत्वहीन वस्तु ठाने । कसैले पढी दिएनन् । उनले सोचेँ, जनइच्छा विपरीत कुनै काम गर्नुृ मूर्खता हो । र, लेख्नै छाडे । उनले कोइँच भाषाको ठाडो भाकामा तीनवटा गीत लेखेको पनि पैतीस वर्ष नाघेउ । हो, अहिले पनि कोइँच भाषामा साहित्य सिर्जना र कोइँचको जनचासो त्यस्तै छ । कोइँच बन्न नसकेका सुनुवारहरु अभैm पनि कोइँच भाषामा बोल्ने, लेख्नेलाई पाखेको संज्ञा दिन्छन् र आफु शहरिया विकासित समाजको भेडो सम्झिन्छन् । खोइ कुन्नी कुन मुहुर्तमा उनले यस कामको थालनी गरे । पहिलो गाँसमै ढुंगा परेछ । उनले अर्को कृति लेख्ने जोशजाँगर नै चलाएनन् वा कोइँचहरुले चलाइदिएनन् । बेपत्तासित हराइ दिए – साहित्यिक फाँटबाटै । यसो भेट्नेहरुलाई पनि थाहा छैन उनी कोइँच भाषामा गीत लेख्ने पहिलो व्यक्ति हुन् । के गर्दै छन् त ती कोइँच श्रष्टा हिजोआज ? सबैलाई चासो जाग्नु स्वभाविक हो । आउँदो श्रष्टा स्तम्भमा उनीसँग तपाईको भेटघाट गराउने छौं । सुनुवार डट ओआरजि log on गर्दै रहनुहोस् …
क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा–२०६७ : कोइँचखिँमा सञ्चालन भयो
भाषा, साहित्य, कला–संस्कृति हाम्रो पहिचान : जातिय स्वायत्त राज्यले मात्र गर्छ संरक्षण ।
यालाखोम, १९ भदौ । आज क्युइँतबु कल्याण कोषको पाँचौं साधारण सभा समापन भयो। प्रमुख अतिथिमा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार अतिथिहरुमा टिकाराम मुलिचा, मनप्रसाद सुनुवार, वाइ वि सुनुवार, चम्पक सुनुवार, गोपाल सुनुवार, गुञ्जबहादुर सुनुवार, ले. मानबहादुर सुनुवारहरु हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता रणवीर सुनुवारले गर्नुभएको थियो र उत्कृष्ट सुनुवार विद्यार्थी प्रोत्सहन पुरस्कार–२०६७ खिँजी काती गाविस वडा नं ४ का भुवान सुनुवारको छोरा विक्की सुनुवारले ८८.८ प्रतिशत अंक प्राप्त गरी यस वर्षको उत्कृष्ट विद्यार्थी पुरस्कार प्राप्त गर्नु भयो ।
नेपाली मेलामा कि. सुनुवारको सहभागिता
अगष्ट २८ तारीख लण्डन स्थित रिचमण्ड एथेलेतटिक्स मैदानमा नेपालीमेला २०१० भब्यरुपमा सु. सम्पन्न भयो। सम्पूर्ण नेपालीहरुको जाती, भाषा, धर्म संस्कृतिबारे विश्वसामु पहिचान गराउने र बेलायतमा बसोबासगरी रहेका नेपालीहरु बिच मैत्री सदभावको अभिबृद्धि गराउने उद्देश्यले तमु धी. यु. के.ले आयोजना गरेको उक्त मेलामा, किरात सुनुवार सेवा समाज यु.के.ले पनि आफनो सहभागिता जनाएको थियो।
सैयो फुलका थुंगालाई एउटै मालामा समेटे जस्तै, सैयैं भाषा र संक्रतिका बहु जाति नेपालीहरुलाई एउटै भावनामा समेट्ना आयोजक तमु धी. यु. के. सफल भएको थियो। उक्त मेलामा बिभिन्न जातिहरुको आ-आफनै मौलिक संकृति झल्कने झाँकी प्रतियोगिता प्रदशन हुदा, फरक फरक रंग र फरक फरक जातिका पुष्पगुच्छाहरु एउटै धागोमा उनिएको शुदंर पुष्पहार झै देखिन्थ्यो। अयोजक तमु धी. यु.के.ले सियो धागो बनि उनेको त्यो मालारुपी मेलामा, किरात सुनुवार सेवा समाजले आफ्नो बिशुद्द नेपाली संकृति झल्किने ष्याँन्दर पिदारमा आधारित झाँकी प्रस्तुत गरेको थियो। यसै गरि नेपाली कला र संक्रति झल्किने आकार्षक लोक नृत्यलाई सुनुवारी भेषभुषामा, कलाकार सरगम सुनुवार र जेनी सुनुवारले प्रस्तुत गरेका थिए।
किँरात सुनुवार सेवा समाजले उक्त कार्यक्रम संथाका उप अध्यक्ष, श्री जंग बा. सुनुवार ज्यूको संयोजकतामा तयार पारेको थियो। झाँकीमा सुनुवार भाषा तथा संकृति बिद श्री लोकप्रीय सुनुवारज्यूको पनि उपस्थिती रहेको थियो।
सथमा कोष अध्यक्ष तथा टोली नेता पुर्ण कु. सुनुवारले सो मेलामा कि.सु.से. समाजबाट ६५ जनाको सहभागिता रहेको कुरा बताए। कि.सु.से. कार्यक्रम आयोजक तमु धी. यु.के. प्रति बधाई तथा हारदिक कृतज्ञाता ज्ञापन गर्दछ।
भावना परिष्कृत सुनुवार
Sunuwar bhasa Radio 2067-5-16 (अन्तरबार्ता शिव मुखिया)
Click on play icon to play koinch ( sunuwar ) radio
Donor List: “For Treatment of Navin Bahadur Sunuwar”
Thank you very much to all the valuable donors for your support and assistance. We are still receiving many many supports and positive responses from the well-wisher of the victim Mr. Navin Bahadur Sunuwar. If you are facing any problem regarding this; then please feel free to contact us at:
info@sunuwar.org or call us at: +977-9841207695/9841289835
Thanking you!
::: sunuwar.org :::
Donor List: “For Treatment of Navin Bahadur Sunuwar”
| SN | Name | Permanent Address | Local Address | Amount Rs. |
| 01. | SWS, Lalitpur | Lalitpur | Lalitpur | 1500.00 |
| 02. | M.P. Sunuwar | Lalitpur | Lalitpur | 1200.00 |
| 03. | Gunja Bdr Sunuwar | Saipu, Ramechhap | Kaushaltar, Bhaktapur | 1000.00 |
| 04. | Bhagat Sunuwar | Saipu, Ramechhap | Kathmandu | 550.00 |
| 05. | Shyam Sunuwar | Ramechhap | Nakhipot | 500.00 |
| 06. | Narayan Sunuwar | Sindhuli- 9, Sindhuli | Thamel, Kathmandu | 500.00 |
| 07. | U. B. Sunuwar | Ramechhap | Boudha, Kathmandu | 500.00 |
| 08. | Dr. Lal Rapacha | Katunje, Okhaldhunga | Lalitpur | 500.00 |
| 09. | Man/Dal Kumari Sunuwar | Ramechhap | Kathmandu | 500.00 |
| 10. | Rana Bir Sunuwar | Ragani, Okhaldhunga | Bhaktapur | 500.00 |
| 11. | Ishowr Kiran Sunuwar | Ragani, Okhaldhunga | Kathmandu | 500.00 |
| 12. | Jhapat Bdr Sunuwar | Ragani, Okhaldhunga | Kathmandu | 500.00 |
| 13. | Prakash Kumar Sunuwar | Ragani, Okhaldhunga | Kathmandu | 500.00 |
| 14. | Som Bdr Sunuwar | Ragani, Okhaldhunga | Kathmandu | 500.00 |
| 15. | Prem Kumar Sunuwar | Rasnalu, Ramechhap | Dhapasi, Kathmandu | 320.00 |
| 16. | Y.B. Sunuwar | Ramechhap | Nakhipot, Lalitpur | 200.00 |
| 17. | Urmila Sunuwar | Dolakha | Kathmandu | 200.00 |
| 18. | Manoj Sunuwar | Bhuji, Ramechhap | Kathmandu | 100.00 |
| 19. | Bhim Prakash Sunuwar | Rasnalu, Ramechhap | Baneswor, Kathmandu | 100.00 |
| 20. | Uday Sunuwar | Sindhuli | Kathmandu | 100.00 |
| 21. | Lalit Sunuwar | Sindhuli | Kathmandu | 100.00 |
| 22. | Som B. Sunuwar | Sindhuli | Kathmandu | 100.00 |
| 23. | Man Bdr Sunuwar | Terhathum | Kathmandu | 50.00 |
| 24. | Prem Kumar Sunuwar | Ramechhap | Kathmandu | 50.00 |
| Total | 10,570.00 | |||

