Archives
now browsing by author
किराँति सुनुवारहरुको महान चाड उभौली ष्याँदर सम्पन्न
सुनुवार डट् ओआरजी,
ललितपुर, यलाखोम्,
३ जेष्ठ, २०६८ ।
किराँतिहरुको महान चाड ष्यांदर, साकेला, चासोक (उभौली) आज प्राकृतिक देवी-देवता तथा कुलपितृहरुको पुजा-आजा गरेर भव्य रूपमा मनाइदै छ । यसै अवसरमा किराँत सुनुवारहरुले ललितपुरको हात्तिवन स्थित ष्यांदर थान गई सुनुवारी रिती-थिती र परम्परा ( कोइँच् मुल्केम ) अनुसार पुजा-आजा गरी हर्षोल्लासका साथ ष्यांदर मनाइरहेका छन् ।
किराँति कोइँचहरु विहान सवेरै सोलि, लिंगा, ढोल, झ्याम्टा र विभिन्न पुजा सामग्रीका साथ ष्यांदर थान पुगेका थिए । मध्यान्ह १२:३० पश्चात पुजा सकेर ललितपुरको नखिपोट स्थित
खेलकुद मैदानमा आइ ढोल झ्याम्टाका साथ विभिन्न लय र तालमा नाचगान गरियो ।
सुनुवार महिलाहरुका अगुवा व्यक्तित्व मध्यका एक सभासद् दाल कुमारी सुनुवारका अनुसार, विभिन्न कारणले आफ्नो पुर्खौली किपट थात-थलोमा मनाउने ष्यांदर र ललितपुरमा मनाइने ष्यांदरमा केहि भिन्नता भएता पनि ष्यांदरको औचित्य र सारमा केहि भिन्नाता छैन ।
अपरान्ह ५:०० वाट ललितपुरको नखिपोट स्थित सुनुवार टोलमा “सुरो चोतेक्” कार्यको थालनि गरियो । गत सालको उभौली देखि ललितपुरमा आरम्भ गरिएको, “सुरो चोतेक्” कार्य भन्नाले ढोल झ्याम्टाका साथ घर-घरमा गई
न्हा:सोले रितिअनुसार पिदार गरेर लक्षिण हुलि आशिर्वाद तथा कामना गर्ने कार्य हो भन्ने स्पष्ट पार्दै सु से स जिल्ला समितिका अधक्ष्य याम वहादुर सुनुवारले भन्नुभयो – “सुरो चोतेक् कार्यलाइ अझ हामि परिस्कृत र नियमित गर्दै लैजाने छौं ।” साथै, सुरो चोतेक् कार्य तीन दिन सम्म जारि रहने जानकारि पनि दिनुभयो ।
ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो
सुनुवार डट ओआरजि,
ललितपुर, २ जेष्ठ, २०६८ ।
किराँत सुनुवारको महान चाड उभौलीको पुर्व सन्ध्यामा, सु. से. स. ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो ।
कार्यविधी वारे स्पष्ट पार्दै सु. से .स. केन्द्रीय समितिका सल्लाहकार श्री अतित सुनुवारज्युले भन्नुभयो- “‘बुल्फे: थुल्तेक’ किराँत सुनुवार जातिले ष्याँदारको अघिल्लो साँझ आफ्ना सम्पुर्ण प्रकृतिक देवी देवता तथा कुलपितृ (मुली) लाई सुचना दिने कार्य हो ।”
आफ्नो थाँत थलो र गाउं-ठाउँमा नियमित गरिने “बुल्फे: थुल्तेक्” कार्य यहाँ गत साल देखि शुरुवात गरेको जानकारि दिदै सु. से. स. गिल्ला समिति ललितपुरका अधक्ष्य श्री याम वहादुर सुनुवार ज्युले भन्नुभयो – ” गाउं-ठाउँमा पौराणिक र
प्राकृतिक रुपमा गरिने यो कार्य महत्वपुर्ण भएकोले यहाँ पनि नियमित र परिष्कृत गर्दै लैजाने छौं ।”
lalitapura, 2 jeShTha, २०६8 । kiraa**ta sunuwaarako mahaana chaaDa ubhauleeko purwa sandhyaamaa, su se sa lalitapuramaa “bulfe: thulteka” kaarya sampanna gariyo.
kaaryabidhee baare spaShTa paardai su se sa kindreeya samitikaa sallahakaara shree atita sunuwaarajyule bhannubhayo “bulfe: thulteka” kiraa**ta jaatile Shyaa**daarako aghillo saa**jha aafnaa sampurNa prakritika dewi dewataa tathaa kulapitri(mulee)laaii suchanaa dine kaarya ho.
aafno thaa**ta thalo ra gaau*-Thaau**maa niyamita garine “bulfe: thultek” kaarya yahaa** gata saala dekhi shuruwaata gareko jaanakaari didai su se sa gillaa samiti lalitapurakaa adhakshya shree yaama wahaadura sunuwaara jyule bhannubhayo – ” gaau*-Thaau**maa pauraaNika ra praakritika rupamaa garine yo kaarya mahatwapurNa bhaekole yahaa** pani
कोइँच पहिचान र कोइँच हुन नसकेको सुनुवारको छरपष्ट मानासिकता
–कोइँचबु काःतिच
हामी कोइँच हुनुको मूल लक्ष्य वा सोँच वा परिकल्पना वा सपना के हो ? कुनै पनि कोइँचलाई चासोको विषय रहेन र छैन पनि । हुन त यो चासो कोइँचको प्रतिनिधि संस्था सुनुवार सेवा समाजलाई हुनु पर्ने थियो । तर भएन (न अव हुन्छ कि ?)। अहिलेसम्म कुनै पनि कोइँचले कोइँच लोःमा केही लेख्ने जमर्कोसम्म गरेका छैनन्– साहित्य, समाचार, दैनिकी अन्य लेख रचना र बोल्ने पनि । छन् त व्यक्तिगत लहड मात्र वा अहमता हो मुस्किलले एका दुई व्यक्तिहरु । हुन त केही कोइँचले क, ख, ग फार्ने काम गरेका नै छैनन् भन्ने हिम्मत कसैमा छैन । के गर्नु ती सबै प्रयासहरु खास– बामान (खस–बाहुन जनाउँदाको खाँटी कोइँच बोली) गिदीले गर्लाम् गुर्लुम्मा सेतीको खोँचमा विलीन भए । उनन्तीस–तीस सालतिर चेतमा कुर्कुरे वैंश चढ्दाको एक जना पूर्वेली कोइँच र तीस–चौतिस सालमा कोइँच भाषाको लोकगीत संकलन, लेखन गरेर निःशूल्क बाँड्ने एक मुठी जङ चलेको माउ भाषाप्रेमी कोइँचलाई जे जस्तो भावनाले गिद्दे दृष्टि हुन्थ्यो कोइँच हुन नसकेका खाँटी सुनुवार (कसै कसैले गाउँघरमा सुँदार, सुन्वार भनेर पनि उच्चारण गर्छन) को अहिले पनि चेतनास्तर त्यस्तै छ । दृष्टिकोणमा कतै कसी लागेको छैन । कोइँचको बुद्धि धारिलो त छ तर त्यो बुद्धिले कोइँचको लागि अहिलेसम्म केही गर्न सकेन । मात्र खुट्टा तान्ने काम वा टाउको उठाउन नसकिने गरी दलदलमा थिच्ने, घचेट्ने प्रयास भन्दा अरु काम देखिएन । युवाहरुलाई त अग्रज कोइँचले रौं जति पनि मान्ने गरेको पाइँदैन न युवाहरुले मै हुँ भन्ने अग्रजको नाडी छाम्ने प्रयास नै गरेको पाइयो ।
यसो हुनुमा हामीले हाम्रै वारे घोत्लिँदा अलिकति कुराको चुरो निस्किने थियो कि ।
यस्ता एउटा ब्राण्डका सुनुवार विद्वन हुनुहुन्छ– ‘म नै सर्वेसर्वा जान्ने भविश्यवेत्ता हुँ’ भन्ने ।, संस्था र समाजको माउ भएको दाबी गर्ने । अर्का ब्राण्डका विद्वान हुनुहुन्छ– ‘मैले संसारमा सुनुवारलाई चिनाएको छु, तल्लो लेबलदेखि माथिल्लो लेबलका मानिसहरुमाझ सुनुवारको बारेमा बहस चलाएको छु । पढ्न लेख्नु जान्ने म मात्र हुँ’ भन्ने । तर दुबै थरी विद्वनहरु कहिल्यै कोइँच बन्न भने सकेका छैनन् । न त अहिलेसम्म आफ्नो भाषामा सिर्जनात्मक र अनुसन्धानात्मक किताब लेखेका छन् । तर उनीहरु खोक्छन् संसारमा सुनुवारको नाममा जान्ने बुझ्ने उनीहरु मात्र हुन् । शायद उनीहरुको बारेमा थाहा नपाउनेहरुलाई यी कुरा पत्यार नै लाग्ला । तर … बुझि हाल्नु भयो । Read More
षाँदर पिदारको हार्दिक निमन्त्रणा !!!
यहि आउँदो २०६८।२।३ गतेका दिन किराँत सुनुवारहरुको महान पर्व उभौली “षाँदर पिदार” परेको हुदा उक्त पर्वमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुलाई ललितपुर अवस्थित सानो हातिवनमा र नखिपोटमा हार्दिक आमन्त्रण गर्दछौ ।
सुनुवार सेवा समाज
केन्द्रीय कार्यलय, काठमाण्डौं
कोइँच भेश भुशा र यसको बढ्दो बजार
[flv image=”http://www.sunuwar.org/video/doc/koich vesh bhusa.jpg”]http://www.sunuwar.org/video/doc/koich vesh bhusa.flv[/flv]
कोइँच भेश भुशा र यसको बढ्दो बजार
बाटो उस्तै अनि गाउहरु
बाटो उस्तै अनी गल्लीहरु
दाँया बाँया लद्बदिदै हिनेको म
यात्रा अबिरल अनी अनिस्चित
हुँदा हुँदै पनि Read More
तोरावोरा देखि अबोतावादसम्म
ओसामा
तिम्रो हत्यालाई विश्व शान्ति भनिंदैछ
तिम्रो हत्यालाई न्याय हो भनिंदैछ ।
गोप्य र अनौठो खाले एक प्रकारको
शान्ती पर्सिएको छ
र न्याय पस्किएको छ
ग्राउण्ड जीरोमा ह्वाइटहाउसले ।
यो भन्दा पनि अझ बढि
शान्ती र न्यायको लागि
तिमी फेरि फेरि किन नजन्मीने त
तिमीलाई मारेर फेरि फेरि अपराध किन नगर्ने त
शान्ती र न्यायको खातिर
तिमी बास्तबमै मर्यौ
अझै कति मर्दैछौ
कि त मरुभुमिको तेललाई थाहा छ
कि त ह्वाइटहाउसलाई थाहा छ
बिन लादेन
तिमीलाई अन्तिम श्रद्धान्जली
भर्जिनिया वाटरमा फूलेको
एक थुँगा लालिगुरांसको ।
(२ मे २०११, सोमवार)
– Prakash Sunuwar
