Archives
now browsing by author
Sunuwar bhasa Radio 2068-09-06
Click on play icon to play koinch ( sunuwar ) radio
टुडिखेल शाँदार पिदारका केहि झलकहरु
२०६८ पुस २ गतेका दिन टुडिखेलमा सुनुवारहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
हर्सोल्लाशका साथ सम्पन्न शाँदार पिदार
सुनुवार डट ओआरजि समाचारदाता ।
काठमाडौ, पुस २ । किराँतहरुको महान पर्वको उपलक्ष्यमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुले हर्सोल्लाशका साथ शाँदार पिदार टुडिखेलमा सम्पन्न गरे ।
शिकारीहरुको गाउँमा धुमधाम शाँदार पिदार
सुनुवार डट ओआरजि समाचारदाता । १ पुस, याला (ललितपुपर) । नाम मात्रको राजधानीको जिल्ला । साँस्कृतिक, राजनीतिक, आर्थिकरुपले सम्पन्न काठमाडौं उपत्यका । तर यही सुविधा सम्पन्न जिल्लाको अधिकांश भाग वा गाउँहरु दुर्गम गाउँहरुसँग कुर्नै पनि किसिमले फरक छैन भन्दा पत्यार नलाग्न सक्छ । हो, राजधानीको ललितपुर जिल्लाको ठूलो दुर्लुङ गाउँ विकास समिति पुग्दा जोसुकैले खास भाषाको यो उखानलाई एक पटक होइन पटक पटक याद गर्ने छन्, नजीकको देउता हेला । यही नजीकका देउताहरु मध्येका एक जमनाको कहलिएका जागिरे शिकारी अर्थात् कोइँचहरुको अवश्थालाई अनुभूत गरियो भने साह्रै कहली लाग्छ । कुनै जमनामा ठूलो दुर्लुङको गुमराङबासी कोइँच सुनुवार सरकारलाई जीउँदै शिकार बुझाएर दक्षप्रद शिकारी कहलिएका थिए तर हिजोआज ती दक्ष शिकारीहरु सात घरमा सीमित हुन पुगेका छन् । पुरै गाउँ जैसीहरुको पेवा हुँदै छ । Read More
हार्दिक निमन्त्रणा !!!
किराँतहरुको महान पर्वको उपलक्ष्यमा सपुर्ण सुनुवार दाजु भाई तथा दिदी बहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।
स्थान: टुडिखेल समयः ११ AM
शाँदार पिदारका केहि झलकहरु
२०६८ मंसीर २४ गतेका दिन हात्तीवन र नखिपोटमा, काठमाडौं उपत्यका सुनुवारहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
दिमागको तार चुँडिएकाहरुको तर सोल्डरिङ कार्य ः आदिवासी जनजातिको अभियान
सुनुवार डट ओआरजि समाचारदाता । २६ मङ्सीर । ‘स्रष्टाहरुका मातृभाषामा रचनाहरु सुन्यौं । आफ्ना रचना सुनाउँदा सुनाउँदै एक जना साथीले साहित्यकारलाई एक खालको उपमा नै दिनु भयो दिमागको तार चुँडिए पछि मात्र साहित्यकार भइन्छ भन्ने। तर हामीले खोजको भूमिका भने के हो भने तार चुँडाएर होइन त्यही चुडिएको तार जोडेर आफ्नो पहिचान, दर्शन, विचारसहितको भूमिका स्थान खोजेको हो । हामीले त्यही विशिष्ट पहिचानको आन्दोलन अगाडि बढाएको हौं, सिर्जनशील अराजकतालाई अगाडि बढाएको हौंे । त्यसका एक सदस्य कुलदीप सुनुवार पनि हुन् । उनी सुनुवार सेवा समाजमा बसेर भाषा, कला-संस्कृति, धर्म, सामाजिक चालचलनप्रति समर्पित हुन खोज्नु नै आफ्नो छुट्टै पहिचानको खोजी गर्नु हो । यस कार्यमा साथसहयोग पुर्याउन अहिले कुलदिप सुनुवार स्मृति कोष समितिले कुलदीप सुनुवार जहाँ पढे त्यहाँका स-साना चार बालबालिकाका लागि छत्रवृत्ति घोषाणा गरेर जुन सिर्जनाशील कार्य गरियो त्यससम्बन्धमा उनको पहिचानको अभियान हामी पनि समाहित भएर सदा सम्झीरहेका छौं । र, सम्झीरहनु पर्दछ ।’ प्रमुख अतिथि सिर्जनशील अराजक समूहका एक सदस्य साहित्यकार राजन मुकारुङले कुलदीप सुनुवार स्मृति कोष समितिद्वारा आयोजित ‘साहित्यिक गोष्ठी तथा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति-२०६८’ कार्यक्रमलाई सम्बोधन गर्नु भयो । सो कार्यक्रममा कुलदीप सुनुवार स्मृति छात्रवृत्ति नियमावली प्रस्तुतीसहित कुलदिप सुनुवारले शिक्षार्जन गरेको पाठशाला कुण्डली माविका चार विद्यार्थीहरुलाई रु. पचीससय एक मुष्ट छात्रवृत्ति दिएको घोषणा समितिका सचिव नितेश सुनुवारले गर्नु भएको थियो भने संरक्षक सदस्य नरेश तथा श्यामकर्ण सुनुवारले तत्काल कोषको श्री वृद्धिको लागि रु. एक-एक लाख अक्षय कोष प्रदान गर्नु भएको थियो । Read More

