All about Sunuwar

Archives

now browsing by author

 

सैपूमा वृहद सुनुवार भाषागोष्ठी एवं तीन महिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम संचालन हुने

नेपाल सरकार, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, जावलाखेल, ललितपुरको आर्थिक सहयोग एवं सुनुवार सेवा समाज, गाउँ कमिटि सैपू, रामेछाप को आयोजनामा यही मिति २०६८ चैत १८ गतेका दिन रामेछाप जिल्लाको सैपू गा.वि.स.मा वृहत सुनुवार भाषा गोष्ठी एवं सुनुवार भाषा प्रशिक्षण कार्यक्रमको भव्यरुपमा उदघाटन हुनगइरहेको जानकारी कमिटिका सह–सचिव श्री प्रकाश सुनुवार ले गराउनु भएको छ । उक्त कार्यक्रममा सैपूबाट काठमाडौआई विभिन्न पेशा व्यावसायमा संलग्न रहेका सैपूले सुनुवारहरुको सघनरुपमा उपस्थिति रहने समेत उहाँले वताउनु भयो । कार्यक्रममा सुनुवार भाषा प्रशिक्षकका रुपमा सुनुवार सेवा समाजका भुपू सल्लाहकार, सुनुवार संस्कृति एवं भाषाविद श्री लोकप्रिय सुनुवारलाई निमन्त्रणा गरिसकिएको र कार्यक्रमका प्रमुख अतिथिका रुपमा सुनुवार सेवा समाज, केन्द्रीय समितिका भुपू सल्लाहकार श्री गुञ्जबहादुर सुनुवार, भुपू अध्यक्ष श्री टंकराम सुनुवार लगाएतको उपस्थित रहनेछ । Read More

Sunuwar bhasa Radio 2068-12-01

[audio:http://www.sunuwar.org/radio/sunuwar_2068-12-01.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

सलफैँदा थुँ

सलफैँदा थुँ थुङुनु
इन नमला अँ थुँ मि चुङुनु,
मिचिमि गेरशेा पेलेकु देामलि लेक देमत,
सलफैँदा थुँ चेार पेलेमत ।।१।। Read More

खुशी मिसिएको पिडा : हार्दिक समावेदना

चुप्लु दामलोच
२० फागुन, यालाखोम । कतै विश्वकै सहासी, कतै विश्वकै रोमञ्चक यात्री भनेर दर्ुइ नेपालीको विश्वव्यापी खुशीको समाचारसँगै पीडा पनि मिसिना पुगेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत जेठ सुनुवार सेवा समाजको झण्डा फहराउँदै बंगालखाडीसम्म यात्रा गरेका दर्ुइ नेपाली मध्ये सानोवाबु सुनुवारको बुबाको १८ फागुनमा असमायिक मृत्यु भएको छ । सहासी कोइँच युवा सानोवाबुलाई परेको यो दुःखद घडीमा सम्पूण् शोकसन्तप्ता परिवारलाई विभिन्न संघसंस्था तथा शुभचिन्तकहरु (चुप्लु समाज, दर्ुद डट कम, सुनुवार डट ओआरजि, सुनुवार सेवा समाज, सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, सुनुवार विद्यार्थी समाज, क्युइँतबु कल्याण कोष, कोइँच बु काःतिच, पाम सुनुवार, समीर मुखिया सुनुवार, नारायण सोङना सुनुवार, रणवीर सुनुवार, अतित मुखिया, खडोस सुनुवार, मनप्रसाद सुनुवार) ले परमपरमेश्वर इँगिहोपोले धर्ैयता तथा दुःख सहन गर्ने शक्ति प्रदान गरुन भन्ने हार्दिक समावेदना प्रकट गरेका छन् ।
यस धर्तीबाट विदा भएका पवित्र आत्मले चिर शान्ति पाओस् । केर लाँ मलाचा लाल लाँ लाचा । लाल लाँ मालाचा बुइशशि लाँ लाचा ।

रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलनका झलकहरु

रामेछाप जिल्ला समिति सुनुवार सेवा समाजको प्रथम जिल्ला सम्मेलनका र्‍याली, सम्मेलनमा गठीत पधाकारीहरु र वल्लो किरात संघीय राज्य परिषद जिल्ला तदर्थ समितिहरुका केही झलकहरु see more photos

Sunuwar bhasa Radio 2068-11-10

[audio:http://www.sunuwar.org/radio/sunuwar program 2068-11-10.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Sunuwar bhasa Radio 2068-11-03

[audio:http://www.sunuwar.org/radio/sunuwar_radio_2068-11-03.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio