Archives
now browsing by author
उभौली शाँदारपिदारको उपलक्ष्यमा शुभकामना आदानप्रदान
सुनुवार डट ओआरजि समाचारदाता
१९ वैशाख, काठमाडौं । किरात येले सम्वत ५०७३ को उभौली शाँदारपिदारको उपलक्ष्यमा सुनुवार सेवा समाज केन्द्रीय समितिद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा विभिन्न किरातजन्य संस्थाका प्रतिनिधिलगायत अन्य संघसंस्थाबाट समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा सभासद मणि खम्बुले किरात समुदायको सुनुवारहरुमा प्रचलित शाँदार संस्कार पिदारको उठानले आपूmलाई निकै प्रभावित पारेको बताउँदै वास्तवमा जातीय संस्कार र संस्कृतिमा हामी निकै धनी रहेको बताउनुभयो । आसन्न संविधान निर्माणमा पनि हामीले जातीय पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने बारम्बार माग राख्दै आएको कुरा पनि उहाँले बताउनुभयो । Read More
वल्लो किरात प्राप्तिका निम्ति जनप्रशन
सुनुवार डट ओआरजि समाचारदाता
१४ वैशाख, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा आदिवासी जनजातिको अधिकार सुनिश्चित गरियोस् भनेर नेपाल आदिवासी जनजाति महासंघ र संयूक्त संघर्ष समितिको आयोजनमा गरीएको जनप्रदशन विभिन्न ठाँउहरुबाट नारा जुलुस गर्दै बसन्तपुरमा भेला भएका थिए । भेलामा वल्लो किरात प्राप्तिका निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रशन गर्दै शान्ति वाटिका, रत्नपार्कबाट बसन्तपुर पुगेको थियो र कार्यक्रममा उपस्थितहुने सम्पूर्ण वल्लो किरात वासिहरुलाई वल्लो किरात संघयि राज्य परिषद र सुनुवार सेवा समाजको तर्फबाट अध्यक्ष मन प्रशाद सुनुवारले धन्यवाद दिनु भयो ।
सैपू चण्डीमा सुनुवारहरुले दिलखोलेर कम्मर मर्काईमर्काई नाच्ने भए
नेपाल सरकार, संस्कृति मन्त्रालयको आर्थिक सहयोगमा लिखु सुसेली संरक्षण परिषद्द्धारा सैपू गा.वि.स.को जिर्णोदार चण्डीस्थान र मैदान निर्माण हुने भएको छ । उमेरले ६० को डाँडा काटेता पनि युवा जोसजाँगरका धनी अग्रज ईन्द्रशेन सुनुवारको विषेश पहलकदमिमा यसपाली सैपू चण्डीस्थानको मर्मत सम्भार हुने भएको हो । “आजहुने काम आजै गर्नु पर्दछ र समयको वहुत ख्याल गर्नु पर्दछ” भन्ने मान्यता वोक्नुहुने उहाँकै उत्प्रेरणाका कारण सैपूका युवाहरु, जोसजाँगरका साथ आफ्ना संस्कृति संस्कार र ग्रामिण क्षेत्रका विकासमा एकजुटभएर लागि परेकाछन् । विकासले विनास पनि सँगै ल्याउछ Read More
हार्दिक अनुरोध
* वैशाख ११ गते देश व्यापी मसाल जुलुस समय साँझ ५ वजे स्थान शान्ति वाटिका रत्नर्पाक
* वैशाख १३ गते मोटर साईकल ¥याली समय दिनको १ वजे स्थान भृकुटि मण्डप
* वैशाख १४ गते जनप्रदशन समय दिनको १ वजे स्थान वसन्तपुर काठमाण्डौं
उक्त कार्यक्रममा वल्लो किरात प्रदेश प्राप्तिको निम्ति व्यानर, झण्डा र प्लेकार्ड सहित जनप्रदशर्ण पनि गरिने हुनाले सम्पूर्ण वल्लो किरात प्रदेश वासी आम समुदयमा हार्दिक अनुरोध ।
आयोजक
आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति
सुनुवार भाषा गोष्ठी एवम् सुनुवार भाषा प्रशिक्षण कार्यक्रम
“सुनुवार जातिको पहिचानको एउटा महत्वपूर्ण पक्ष सुनुवार भाषा हो । भाषा र संस्कृति बिना जातिको अस्थित्व रहँदैन । यो अमूल्य नीधि र सम्पत्ति हो जसले हाम्रो पहिचानको लागि महत्वपूर्ण स्थान ओगटेको हुन्छ ।”
“भाषा नरहे संस्कृति पनि रहँदैन, संस्कृति र संस्कारनै नरहे हामी सुनुवारहरुको अस्तित्व पनि समाप्त हुन्छ ।” न यो किन्न नै सकिन्छ, न बेच्न नै, बरु यस्तो सम्पदा र संस्कृतिलाई एउटा पुस्ताबाट अर्काेमा हस्तान्तरण गर्न भने सकिन्छ ।
सुनुवार सेवा समाज सैपू गाउँ समिति र नेपाल सरकार आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको साझेदारी कार्यक्रम अन्गर्तत मिति २०६८/१२/१८ का दिन जिल्ला रामेछाप , गा.वि.स. सैपू, वडा नं. ६, सुविदार टोल, आहालडाँडामा नेपालका सीमान्तकृत समूहका आदिवासी जनजाती सुनुवारहरुको मातृभाषा संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले “सुनुवार भाषा गोष्ठी एवं प्रशिक्षण कार्यक्रम २०६८” उद्घाटन समारोहकासाथ सुचारु भएको छ । Read More

