Archives
now browsing by author
कतारमा किरातीहरुको महानचाड उभौली साकेला/शाँदार पिदार कार्यक्रम भव्यताका साथ सम्पन्न
–भानु सुनुवार
१८ मे, दोहा, कतार
कतारमा किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदारको उपलक्ष्यमा उभौली साकेला/शाँदार पिदार समारोह– येले सम्वत् ५०७२ संयुक्त कार्यक्रम– २०६९” सम्पन्न भएको छ । किरात राई यायोख्खा शाखा कतार, तथा प्रवासी सुनुवार सेवा समाज दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम १८ मे शुक्रवारका दिन कतारको दोहा शहर स्थित सिटी प्लाजा होटलमा भव्यताका साथ सम्पन्न भयो ।
एउटै किरात धर्म मान्ने भएरै पनि किरातीहरुमा बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले गर्यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात Read More
Sunuwar bhasa Radio 2069-2-03
Click on play icon to play koinch ( sunuwar ) radio
Sunuwar bhasa Radio 2069-1-20
Click on play icon to play koinch ( sunuwar ) radio
वल्लो किरात संघिय परिषदको अपिल
ऐतिहासिक वल्लो किरात वासी सम्पूर्ण किरात लगायत वहुल भाषीक संस्कृतिक पहिचानको आधारमा संघिय राज्य वल्लो किरातको माग अव वन्ने संविधानमा सुनिश्चित गराउन विभिन्न विरोध कार्यक्रम सञ्चालन गर्दै आएको व्यहोरा यहाहरुलाई विदितै छ आगामि जेठ ६ गते पनि कोणसभा गर्ने कार्यक्रम भएको हुदा यहाहरुको सकृय सहभागिका लागि हार्दिक अपिल गर्दछौं ।
स्थान :
सरस्वती मंदिर तीनकुने
समय : मध्यान्न १ वजे
कार्यक्रमको स्वरुप
झाकि सहित कोण सभा
सम्पर्क नं.
४१५४०५०
९८५१०७९९३३
प्लेतति शाँदार पिदारका केहि झलकहरु
२०६९ वैशाख २४ गतेका दिन प्लेततिमा कोइँचहरुले मनाएका शाँदार पिदारका केहि झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos
सहभागी हुन हार्दिक अनुरोध
जातिय पहिचान सहित प्रदेश घोषण गर्न दबाब दिनका लागि आदिवासी जनजाति संघसंस्थाहरुको विरोध कार्यक्रमहरु
* जेठ ३ गते सि.टी जुलुस समय २ बजे स्थान हनुमानथान अनामनगर
* जेठ ५ गते मोटरसाइकल ¥याली
* जेठ ६ गते आमसभा समय २ बजे नयाँ बनेश्वर, एभरेश्ट होटेल
आयोजक
आदिवासी जनजाति महासंघ र
संयूक्त संघर्ष समिति
अनुरोध
सुनुवार सेवा समाज
वल्लो किरात संघिय राज्य परिषद
सुचना !!! सुचना !!! सुचना !!!
वल्लो किरातका सम्पूण सुनुवार, सुरेल, जिरेल, वाहिङ, जेरो, थामी, कुलुङ, थुलुङ, वम्वुले, खालिङ किरातहरुले संवैधानिकरुपमै वल्लो किरात स्वायत्त प्रदेशको सुनिश्चित गरियोस भनि २०६६ सालबाटै सम्पूर्ण वल्लो किरातका किरात जातीय संस्थाको छाता संगठन वल्लो किरात संघीय राज्यपरिषद गठन गरि विभिन्न क्रिया कलाप गर्दै आईरहेको जानकारी गराउछौ अगामी दिनहरुमा अझ सशक्त आन्दोलन गर्नु पर्ने भएकोले संघर्ष गर्न अनुरोध गर्दै वल्लो किरात भूमि, वल्लो किरातका किरातहरुको सामूहिक पहिचान खुल्नेगरी वल्लो किरातको प्रादेशिक गान आवश्यक परेकोले याँहहरुमा हार्दिक अनुरोध गरीन्छ । उत्कृष्ट गीतको निम्ति रु ५,००० पुरस्कार प्रदान गरीने छ ।
वल्लो किरात संघिय राज्य परिषद
केन्द्रीय समिति, कोटेश्वर : ३५
काठमाण्डौं

