Archives
now browsing by author
किङलो चुप्लु बार्षिक उत्सव भब्यताका साथ सम्पन्न ।
सुनुवार डट ओआरजी, श्रावण १४ । सुनुवार भाषाको पहिलो रेडियो कार्यक्रम “किङलो चुप्लु” आज तिन बर्ष पुरा भएर चार बर्षमा टेकेको छ । किङलो चुप्लुको पहिलो प्रशारण रेडियो उपत्यका ८७.६ मेगाहर्ज श्रावण १४ गतेबाट शुरु भएको थियो । किङलो चुप्लु कार्यक्रम संचालन गर्नुमा जति कठिनाइहरु आए पनि स्रोताहरुको साथ सहयोगले गर्दा यसले तिन बर्ष पुरा गर्न सफल हुनुको साथै रेडियो उपत्यका ८७.६ मेगाहर्ज काठमाण्डौं, हजुरको रेडियो १०२.१ मेगाहर्ज रामेछाप र आजबाट तिफदी रेडिया ९९.१ मेगाहर्ज रामेछाप गरि तिन ठाँउबाट प्रशारण गर्न सफल भएको छ । Read More
Sunuwar bhasa Radio 2069-04-10
Click on play icon to play koinch ( sunuwar ) radio
Sunuwar bhasa Radio 2069-4-03 (अन्तरबार्ता सोनु मुखिया)
Click on play icon to play koinch ( sunuwar ) radio
Sunuwar bhasa Radio 2069-3-27 (अन्तरबार्ता आषिश सुनुवार)
Click on play icon to play koinch ( sunuwar ) radio
छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आजबाट समाप्त
सुनुवार डट ओआरजी
असार २८ बाट शुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव आज असार ३१ मा टुङगीएको छ । कोइँच (सुनुवार) द्वुरा निर्देशित क्योङ , भूमे , अ वल्र्ड लस्ट इन अ हेज अफ स्मोक र चुडामणी सुनुवार द्वुरा अभिनित सुम्निमा आज असार ३१ गते महोत्सवमा देखाइएको थियो भने सवि शिवानी सेकुवा कर्नरले कोइँच (सुनुवार)का खाना प्रदर्शन गरेको थियो। Read More
छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
सुनुवार डट ओआरजी
असार २८ बाट छैटौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
भएको छ । महोत्सव राष्ट्रिय सभाग्रिहमा र पर्यटन बोर्डमा चार दिन सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको सहभागीता रहेको छ । महोत्सवमा विभिन्न विषयमा गोष्ठी, हस्तकला, पुस्तक तथा खाना प्रदर्शन गरिएको छ ।
सुसेस वार्षिक साधारणसभाको बन्द सत्र शुरु
सुनुवार सेवा समाज केन्द्रीय समितिको वार्षिक साधारणसभाको दोस्रो सत्र भर्खरै शुरु भएको छ । यस क्रममा विभिन्न जिल्लाबाट आउनुभएका प्रतिनिधिहरुको आसनग्रहणको क्रम जारी रहेको छ ।
केही समयपश्चात बन्दसत्रको औपचारिक कार्यक्रम शुरुहुँदै छ ।

