All about Sunuwar

Archives

now browsing by author

 

क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा

सुनुवार डट ओआरजि समाचारदाता ।
१७ भदौ । लगभग छ दर्जन विभिन्न कोइँचहरुमा क्युइँतिच थरीको सामाजिक तथा राजनीतिक संस्था क्युइँतबु कल्याण कोषको वार्षिक साधारण सभा यही भदौं २३ गते शनिवार सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सो सभामा क्युइँतिचहरुले वर्षभरि गरेको विभिन्न गतिविधिहरु सार्वजानिक गर्ने छन् । उनीहरुको नियामित प्रकाशन जातनामुइलि वर्ष ७, अंक ७ पनि सोही दिन सार्वजानिक गर्ने भएका छन् । विश्वभरि छरिएर रहेको क्युइँतिचहरुको आस्थाको केन्द्र क्युइँतबु कल्याण कोषले विभिन्न शुभ, अशुभ कार्यमा साथसहयोग गर्ने तथा पहिचानको लागि अध्ययन अनुसन्धान गर्ने काम मात्र होइन छिमेकी अन्य थरीहरुको इतिहासको खोजविन पनि गर्दै आएको छ । यस पटक मुलिच थरीहरु कसरी भए भन्ने वारे टिकाराम मुलिचको अनुसन्धानलाई जातनामुइलि मार्पmत सार्वजानिक गर्दै छन् ।
हुन त अन्य थरी ज्याँतिच, जेस्पुच कोइँचहरुको पनि संस्था खुलेको छ । जिजिचहरु पनि संगठित हुने हल्लासम्म चलेको हो । तर क्युइँतिचहरु जस्ता सक्रिय र सिर्जनात्मक काम भने गर्न सकेका छैनन् । क्युइँतबु कल्याण कोषले आप्mना विधानमा प्रष्टसँग उल्लेख गरेको छ कि सुनुवार सेवा समाजलाई पहिचानको लागि साथसहयोग गर्ने छ । यस्तै अन्य थरीका कोइँचहरु पनि सक्रिय हुन क्युइँतिचहरुलाई उदाहरण मान्ने कि ।

रिचमोण्ड नेपाली मेलामा किराँत सुनुवार सेवा समाज यूकेको सहभागिता ।

तमु धि एशोसियसन यूकेको आयोजनामा रिचमोण्ड एथलेटिक्स ग्राउण्ड, लण्डनमा २६ अगस्त २०१२को दिन हजारौ नेपालीहरुको सहभागितामा नेपाली मेला सम्पन्न भएको थियो । उक्त मेलामा किराँत सुनुवार सेवा समाज यूकेले आफनो भेष भूसामा ढोल, झ्याम्टा बजाउदै श्याँदर शिली प्रस्तुत गनेुका साथै कोइँच महिलाहरुले मार्चपास गरेका थिए । कार्यक्रममा जेनी सुनुवार र अभिशेक सुनुवारले नाच प्रतियोगीतामा भाग लिएका थिए । कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

निर्वाचित भक्तपुर जिल्ला समिति पदाधिकारी तथा सदस्याहरु

सुनुवार डट ओआरजि समाचारदाता
यालाखोम, भाद्र ८ । सुनुवार सेवा समाज, भक्तपुर कार्य समिति दोस्रो जिल्ला अधिवेशन समापन भएको छ । कार्यक्रमा प्रमुख अथिति मन प्रसाद सुनुवार, सभापति गंगा सुनुवार हुनुहुन्थ्यो भने अथितिमा टिकाराम मुलिचा, लोकप्रिय सुनुवार, रनबिर सुनुवार, भुपेन्द्र सुनुवार, गोपाल सुनुवार, चन्द्र प्रकाश सुनुवार (शाङखु), मनोज सुनुवार हुनुहुन्थ्यो ।  अधिवेशनबाट सर्वसम्मति निम्नानुसार पदाधिकारी तथा सदस्याहरु निर्वात भएका छन् ।
१. अध्यक्ष ः     गंगा बा. सुनुवार
२. उपाध्यक्ष ः    बीर बा. सुनुवार
३. सचिव ः    सुदिप सुनुवार
४. सहसचिव ः    दुर्गा माया सुनुवार
५. कोषाध्यक्ष ः    केवलमान सुनुवार
सदस्यहरु ः Read More

ओखलढुङ्गाका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु

ओखलढुङ्गाका आदिवासी जनजातिले मनाएका १८ औं बिश्व आदिवासी दिवस कार्यक्रमका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु

ओखलढुङ्गा जिल्ला समिति सुनुवार सेवा समाजको दोश्रो जिल्ला सम्मेलनका झलकहरु यहाँ समावेश गरिएका छन् । click here to see photos

Sunuwar bhasa Radio 2069-04-14

[audio:http://www.sunuwar.org/radio/3rd aniversary2069-04-14 final pro.MP3]

Click on play icon to play koinch ( sunuwar ) radio

Hajurko Radio (Ramechhap)

आदिवासी दिवसमा सेरेम फुको लाइभ सो

सुनुवार डट ओआरजि समाचारदाता दोमोका दारशो सेरेम फु कोइँच भाषाको गीति एल्बम भोलि नेपाल आदिवासी जनजाति महासंघ काठमाडौं जिल्ला सामन्वय परिषदद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा लाइभ सो हुने भएको छ । राष्ट्रिय सभागृह, प्रदर्शनी मार्गमा आयोजित सो कार्यक्रममा शिवा मुखिया र सन्ध्या सुनुवारले उक्त गीति एल्बमका गीत गाउने भएका छन् । चुप्लु समाज र सुनुवार डट ओआरजिले कोइँच युवा युवतिलाई लक्षित गरेर उत्पादन गरिएको कोइँच गीति एल्बममा नौ वटा गीत समावेश गरिएको छ । सो एल्बममा बर्थ डे गीत, बच्चा फकाउने गीत, बाल गीत, अहिले चलेको उत्तराधुनिक गीत, परम्परागत लोकगीत समेटिएको छ ।