Archives
now browsing by author
बारी थुँ इन बानाबोसीङा
सुनुवार सेवा समाजको पच्चिसौं स्थापना दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम तथा रजत वर्ष २०७० को घोषणा सभामा बारी थुँ इन बानाबोसीङा कोइँच भाषाको गीतमा नृत्य प्रस्तुत ।
[youtube]http://www.youtube.com/watch?v=2KH-EoZ-T5E[/youtube]
किराँत सुनुवार महिला (किसुम) समाज बेलायतको तदर्थ समिति गठन
¬–भावना परिष्कृत सुनुवार
संयोजकः– किसुम समाज बेलायत
बेलायतमा छरिएर रहेका किराँत सुनुवार महिलाहरूलाई गोलबद्ध रूपमा सङ्गठित गराई सामाजिक रूपमा सक्रिय गराउने उद्देश्यले २७ अप्रिल २०१३ शनिबारको दिन अल्डरसट स्थित भेटघाट रेष्टुरेन्टमा किसुम समाजको तदर्थ समिति गठन गरिएको थियो । किराँत सुनुवार महिला समाजको संयोजक भावना परिष्कृत सुनुवारको संयोजकत्वमा गठन गरिएको उक्त सुनुवार महिला समाज बेलायतको पदाधिकारीहरू निम्नानुसार रहेका छन्ः
१. अध्यक्ष प्रतिमा सुनुवार
२. उपाध्यक्ष विष्णु सुनुवार
३. सचिव शुभद्रा सुनुवार
४. सह–सचिव पुष्पा सुनुवार
५. कोषाध्यक्ष सान्दिरा सुनुवार
६. सह–कोषाध्यक्ष सुनिता सुनुवार
१. सदस्य मञ्जु सुनुवार
२. चुनादेवी सुनुवार
३. सावित्री सुनुवार
४. पार्वती सुनुवार
५. विष्णु सुनुवार Read More
श्याँदर पिदार
– अमरदिप क्युँइतिचा
कोँइच आन सङ्स्यो
कोँइच आँइके नेँस
आँइके सिनातङा रागीनु
बुँखि फुः बोइस्शो खोइपा
थुः थुः मि आँइकल माल्श्या बाःब श्याँदर । Read More
परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।
श्री ……………………..
…………………………..
विषय : परियोजना प्रस्ताव लेखन तालिम सम्वन्धमा ।
उपर्युक्त विषयका सम्वन्धमा सुनुवार सेवा समाज, केन्द्रीय समिति अन्तर्गतको सामाजिक परोपकार तथा सशक्तिकरण विभागको तत्वाधानमा निम्न मिति, समय र स्थानमा दुई दिवसीय “परियोजना प्रस्ताव पत्र लेखन सीप विकास तालिम” सन्चालन हुन गैरहेकोले यहाँको अमूल्य उपस्थितिको लागि अनुरोध गरिन्छ ।
मिति : २०६९।१२।३ र ४ गते
समयः १०:०० वजे
स्थानः सुनुवार सेवा समाज, केन्द्रीय कार्यालय भवन ।
……………………. …………………………..
( अमरदीप सुनुवार ) ( मनप्रसाद सुनुवार )
संयोजक अध्यक्ष
सामाजिक परोपकार तथा सशक्तिकरण विभाग सुनुवार सेवा समाज
केन्द्रीय समिति केन्द्रीय समिति
पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।
सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।
पुँइलाते
– रणवीर क्युँतिचा
साइ पुइँलातेपुकि पुइँनापुइन
कोँइचके एको राःगिमि जाअतेमे
कोँइच इपशो राःगि मुखे थारशा थाअतेमे
काः देरपा जाअशो पुइँलातेपुकि
मुलात सिनातिआवास नेल जाअशा शोमतेमे
मार देँचाङा कोइँच इँयिकालि
काः दुमचा मगेथु प्लोलतेमे Read More
चिमरु बुजिचलाई दालमान साहित्य पुरस्कार
यस वर्षको दालमान साहित्य पुरस्कार २०६९ कोइँच कवि चिमरु बुजिचलाई प्रदान गरिएको छ । यसै गरी दालमान अक्षय कोष विद्वत सम्मान २०६९ साहित्यकार अतीत मुखियालाई प्रदान गरिएको छ ।
कार्यक्रमलाई प्रकाश पार्दै अक्षय कोषका पूर्व अध्यक्ष सेनानी राजेन्द्र सुनुवारले रु. दुईलाखबाट स्थापना गरिएको कोष हाल चारलाख पुगेको कुरा पनि बताउनुभयो । पुरस्कृत कृतिलाई उद्धृत गर्दै सेनानी राजेन्द्र सुनुवारले भन्नुभयो– साम्राज्यवादी संसारको अतिक्रमण तथा अन्य विभिन्न छिमेकी भाषा तथा राज्यको कोल्टे व्यवहारको जाँतो पिसाइमा पिधिँएको कोइँच भाषा भर्खर भर्खर ताते सर्दैछ । यही ताते गराइमा उसको मुखबाट फुस्केको संघर्षका चित्कारको आवाज हो चिलाबुँबु । Read More
