All about Sunuwar

Archives

now browsing by author

 

दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो।

चरिकोट, दोलखा जीवन सुनुवार किरात ।
दोलखाबासी सुनुवारहरुले आफ्नो जातीय संस्थाको महत्त्वो बुझी ढिलै भए पनि दोलखामा सुनुवार सेवा समाज तदर्थ समिति गठन गरियो। सुनुवार सेवा समाज किन्द्रिय समितिको बिधान अनुरुप सुनुवार बस्ति रहेको नेपालका विभिन्न जिल्लाहरुमा जिल्ला समिति गठन भएता पनि सुनुवारहरुको प्रमुख किपटिया बस्ति रहेको दोलखा जिल्लामा सुनुवारहरु सामाजिक, आर्थिक, राजनैतिक, बौधिक, भाषिक, धार्मिक, कला-सस्कृति आदि क्षेत्रहरुमा राम्रो दखल भएता पनि २०७० साल सम्म आइपुग्दा केन्द्रिय सस्थाले रजत महोत्सब बर्ष मनाई रहदा दोलखा जिल्लामा भने केन्द्रको बिधान अनुरुप विधिवत रुपमा समिति गठन हुन सकेको थिएन । चरिकोट निवासी श्री भुवानी बहादुर सुनुवारको घरमा मिति २०७० श्रावन ४ गतेका दिन उहाकै संयोजकोत्वमा विभिन्न गाबिसका सुनुवारहरुको भेला बोलाई सो भेलाले तदर्थ समिति गठन गरियो । समितिमा सर्बसम्मत् रुपमा अध्यक्ष : श्री भुवानी बहादुर सुनुवार उपाध्यक्ष : श्री भुपेन्द्र राज सुनुवार, सचिब : श्री टंक बहादुर सुनुवार, सह: सचिब : श्री उमा सुनुवार, कोषाध्क्ष : श्री गोपाल बहादुर सुनुवार, सदस्यहरु :श्री खुस बहादुर सुनुवार श्री सबिना सुनुवार श्री केदार सुनुवार श्री गीता सुनुवार श्री भिम बहादुर सुनुवार श्री कमल माया सुनुवार पदाधिकारीहरु चयन हुनु भएको छ । धेरै लामो समयको प्रयास पश्चात विधिवत रुपमा समिति गठन हुनसक्नु सकारात्मक र खुशीको कुरा भएको भेलामा उपस्थितहरुले बताउनु भयो ।अब चाडै नै भब्य रुपमा जिल्ला सम्मेलनद्वारा जिल्ला समिति गठन गरि सस्थालाई सक्रिय दिने उपस्थित सबैको प्रतिबद्धता सहित सो दिनको कार्यक्रमको समापन भएको थियो ।

कोइँच साँस्कृतिक कार्यक्रम २०७०को झलकहरु ।

[youtube]http://www.youtube.com/watch?v=if3WKynrQww&list=UUeedcktYM8i8ucP3sO1lnmg[/youtube]

 

प्लेतति, भाषा संस्कृति बचाऔं अभियान सहित सम्पन्न प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमको झलकहरु ।

कोइँच लोः शेँसाइ रेडियो भाषा प्रशिक्षण कार्यक्रम

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा सुनुवार सेवा समाज जिल्ला समिति काठमाडौंद्वारा उत्पादित कोइँच लोः शेँसाइ रेडियो भाषा प्रशिक्षण कार्यक्रम

[audio:http://www.sunuwar.org/radio/episode final03.mp3]

Click on play icon to play koinch ( sunuwar ) प्रशिक्षण कार्यक्रम

किराँत सुनुवार सेवा समाज युकेद्वारा उभौली ष्याँदर सम्पन्न

ukshyandarपैयू फुल्दा मंसिरे पूर्णिमा उधौली मान्ने र गुराँस फुल्दा वैशाखे पूर्णिमा उभौली मान्ने बेलायतबासी किराँत सुनुवारहरूले जुन २३ तारीख, २०१३ आइतबारको दिन उभौली पर्व ष्याँदर पिदारलाई बडा धुमधामले मनाएका छन् । तिथि मिति अनुसार बुद्ध पूर्णीमाको दिन किराँत धर्म र सुनुवार संस्कृति अनुसार मानिने उक्त ष्याँदर पिदार उभौलीलाई महिनौँ दिनसम्म ढोले समूह घरघरमा घुमी सलाक गाउँदै, ढोल झ्याम्टाको साथमा नाची सुरु चोतेक (लक्षण÷शह भिœयाउने) चलन विधिविधान गरेर गाउँघरमा मनाउने चलन छ । यसरी शह हुल्न आउने ढोले समूहलाई घरबेटीले नयाँ अन्नबाट बनेका सुनुवारी परिकारहरू ऐरी, हौ खमे, खट्टे, पोक्चे, सोप्ले, स्याँबु आदि खान दिएर सत्कार गर्ने परम्परा छ ।

तर प्रवासी जीवन बिताइ रहेका कोइँच सुनुवारहरूले भने आफ्नो जातीय महान पर्वलाई, धर्म र संस्कृतिलाई नमूनाको रूपमा, सम्झनाको रूपमा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले मनाउने क्रममा सही तिथि मितिको दिन मनाउन असमर्थ छन् कतिपय अवस्थामा । आफ्नो थाँतथलोमा जस्तो खाँटी तरिकाले विधिविधानसहित मनाउन सम्भव नभए पनि महिनाको अन्ततिर प्रतिकको रूपमा किराँत सुनुवार सेवा समाज बेलायतले सम्पन्न गरेको उक्त कार्यक्रममा आदिवासी जनजाति महासंघ बेलायतका महासचिव नरेश कामनाङ राई प्रमुख अतिथि रहेका थिए । यसै गरी आदिबासी जनजाति महिला महासंघ कि अध्यक्ष कमला थापा विशेष अतिथि रहेकी थिइन् । त्यस्तै भातृ संघ संस्थाहरूबाट अध्यक्ष पदम राई (किराँत राई योयाख्खा), अध्यक्ष नगेन्द्र नेमवाङ (किराँत याकथुम चुमलुङ फार्नबोरो शाखा) बाट आतिथ्य जनाएका थिए । यसै क्रममा तमुधी संस्था बेलायतबाट उपाध्यक्ष सूर्य गुरुङ, तामाङ संस्था बेलायतबाट अध्यक्ष कविराज घिसिङ, बुद्धिस्ट एशोसिएशनबाट अध्यक्ष काजी शेर्पा, शेर्पा एशोसिएशनबाट अध्यक्ष शेर्पा, मोना युकेबाट अध्यक्ष उमेश राणा, फेडेरेशन अफ नेपलीज जोर्नलिष्ट एशोसिएशन युके तथा कान्तिपुर दैनिक युकेका करेस्पोण्डेन्ट अध्यक्ष नविन पोखरेल, युरोपका लागि नेपाली टेलिभिजनबाट विसन गुरुङ, राई यायोखाबाट रत्न राई लगायत अन्य देशी विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो । Read More

किरातीहरुको महान चाड उभौली कतारमा भव्यताका साथ सम्पन्न ।

doha–भानु सुनुवार

७ जून, दोहा, कतार
किरातीहरुको महानचाड “उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नामको उपलक्ष्यमा उभौली साकेला÷शाँदार पिदार÷यक्वा तङ्नाम समारोह– येले सम्वत् ५०७३ संयुक्त कार्यक्रम– २०७०” कतारमा हिजो सम्पन्न भएको छ । किरात राई यायोक्खा शाखा कतार, सुनुवार सेवा समाज दोहा, कतार तथा किरात याक्थुम चुम्लुङ दोहा, कतारद्धारा आयोजित संयुक्त कार्यक्रम ७ जून शुक्रवारका दिन कतारको दोहा शहर स्थित ब्रुस्ली होटलमा भव्यताका साथ सम्पन्न भयो ।

बिविध भाषा÷भाषी हुनु–ले केही फरक संस्कार भए पनि एउटै किरात धर्म मान्ने किरातीहरुमा एउटै संस्कृति छ भन्ने प्रतिनिधित्त्र उक्त कार्यक्रमले ग¥यो । नेपालका किरातहरुलाई बिविध समुदायमा बिभक्त एउटै सम्प्रदाय भनेर बुझाउने तथा सम्पूर्ण किरात समुदायमा एकता हुनुपर्छ भन्ने उद्देश्यले आयोजित संयुक्त कार्यक्रमका सभापतित्व किरात राई यायोक्खा शाखा कतारका— अध्यक्ष धिरज चाम्लिङ्ग राई र प्रमुख आतिथ्य नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहा कतारका— उपाध्यक्ष प्रकाश आले मगरले गरेका थिए भने बिशेष अतिथिहरुमा गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषदका— सचिव टि. बि. कार्की, गैर आवासिय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व— गल्फ संयोजक नरेन्द्र भाट, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका—अध्यक्ष अमृत गरुङ, नेपाल प्रवासी मुस्लीम समाज कतारका— महासचिव अजिज अलि, किरात याक्थुम चुम्लुङ दोहा, कतारका— प्रमुख सल्लाहकार दिल किरण खजुम, किरात राई यायोक्खा शाखा कतारका— सल्लाहकार रकम ध्वज राई, गायक नविन राई तथा सुनुवार सेवा समाज दोहा, कतारका— सल्लाहकार भानु सुनुवार रहेका थिए । अतिथिहरुमा तमु समाज कतारका— अध्यक्ष बिमल गुरुङ्ग, नेपाल प्रवासी मगर संघ दोहा कतारका— अध्यक्ष भीम तरामु मगर, थारु कल्याणकारिणी सभा कतार च्याप्टरका— का. वा. अध्यक्ष सियाराम चौधरी, नेपाल प्रवासी तामाङ्ग सेवा समाज दोहा कतार कतारका— महासचिव दिल दोर्जे तमाङ्ग, नेपाल प्रवासी मुस्लीम सेवा समाज कतारका— अध्यक्ष मक्सुद आलम व्यवशायी, समाजसेवी तथा बुद्धिजिबीहरु बद्रि प्रसाद पाण्डे, कमल मणि गुरागाई, बिल गुरुङ्ग, रामहरि गैरे तथा राजेश दर्शन अर्याल रहेका थिए । Read More

रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर जडान सम्पन्न ।

Radio_likhuसुनुवार सेवा समाजको अभियान अन्र्तगत संचालन गरिन लागेको रेडियो लिखुखिम्कु एफएम ९१.३ को टावर गुप्तेश्वर, ३ रामेछापमा जडान गर्ने काम २०७० साल जेठ १८ गते सम्पन्न भयो । कोइँचसमुदायले कोइँचसमुदायहरुकै लागि चलाउन लागिएको यो रेडियो २०७० भदौ अगावै संचालनमा ल्याउन लागिएको छ ।
कोइँचसमुदायको छातासंस्था सुनुवार सेवा समाजले हामी कोइँच सुनुवारहरुकै किपट क्षेत्रमा एफएम रेडियो संचालन गरी सञ्चारमाध्यममा कोइँचसमुदायको पहुँच पुराउने कोइँचसमुदायका केही युवा जमातलाई केही हदसम्म रोजगार प्रदान गरी हामी कोइँचहरुकै भाषा संस्किृति, शिक्षा आदि क्षेत्रमा योगदानका लागि प्रेरित गर्दै उनीहरुलाई आवश्यक शिप तथा तालिम प्रदान गर्नै र मुलधारमै प्रतिस्पर्धी बनाउने यो अभियानको मुख्य उदेस्य हो ।
रेडियो संचालक समितिको तर्फबाट सुनुवार सेवा समाजका केन्द्रीय कार्यसमिति तथा चुप्लु फाउन्डेसनका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजको यो ठुलो अभियानलाई सफल पार्न आवश्यक आर्थिक सहयोग प्रदान गरी रेडियोको संस्थापक सल्लाहाकार, संरक्षक, आजिवन सदस्य वनी दिन देश विदेशमा रहनुहुने कोइँच सुनुवार दाजुभाई तथा दिदीवहिनीहरु आम्हान गर्नु भएको छ ।
रेडियो लिखु मुनाफा रहित सामुदयिक रेडियो हुनेछ । यो रेडियो पुर्णरुपमा कोइँचसमुदायको हितको लागि समर्पित, कोइँच समुदायबाट संचालित रेडियो हुनेछ । रेडियोको पहुँच पुग्ने जिल्ला (जस्तै रामेछाप, ओखलढुङ्गा, सिन्धुली, आदि) र गाविसहरु ((जस्तै भुजि प्रिती, कुभुँ काँस्थली, खिजी, फलाटे सिन्धुली आदि) मा वसोबास गदैै आएका कोइँचसुनुवार आदिवासीहरुको लागि मुख्यत र अन्य जातजातिका लागि रेडियो लिखु सुचना, शिक्षा, चेतना र मनोरञ्जनको भरपर्दो स्रोत र माध्यम हुने मात्र होईन, स्थानीय विकास निमार्ण, शिक्षा, स्वास्थ्य, पयर्टन पर्वद्धनको साझेदार (Partner) हुनुका साथै हामी कोइँचसुनुवाहरुको भाषा, संस्किृति परम्परा बचाईराख्ने सक्रिया माध्यम हुनेछ । रामेछाप, दोलखा, ओखलढुङ्गा, सोलुखुम्वु, सिन्धुली र दोलखा र त्यस आसपासका जिल्ला र गाविसहरुमा रेडियो लिखुको पहुँच पुग्ने छ । त्यसकारण ति क्षेत्र र वरपर बसोबास गर्नेहरु यो रेडियोको नियमित तथा आंशिक श्रोता हुनेछन् । Read More

Sunuwar bhasa Radio 2070-02-05

[audio:http://www.sunuwar.org/radio/shander bisesh sunuwar s pro 05-02-2070.mp3]

Click on play icon to play koinch ( sunuwar ) radio

Radio Tiphadi  (Ramechhap)