All about Sunuwar

Archives

now browsing by author

 

किराँत सुनुवार सेवा समाज युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

गत ५ जनवरी २०१३ शनिबारको दिन किराँत सुनुवार सेवा समाज (किसुसेस) युकेको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भयो । संस्थाका अध्यक्ष जंग सुनुवारको सभापतित्वमा बसेको उक्त सभा हेरो लण्डन फुटवल क्लबको हलमा सम्पन्न भएको थियो । अध्यक्ष र महासचिव छत्र सुनुवारले सभालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
वर्षभरि संस्थाले गर्दै आएको गतिविधि तथा प्रगति प्रतिवेदनलाई महासचिव छत्र सुनुवारले पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्णकुमार सुनुवारले आय–व्यय विवरण तथा आर्थिक प्रतिवेदनलाई पारदर्शितापूर्वक प्रस्तुत गरेका थिए । जसलाई सर्व सम्मतिबाट अनुमोदन गरिएको थियो ।
यही आउँदो २०१३ डिसेम्बरमा वर्तमान कार्य समितिको कार्यकाल पूरा हुने र नयाँ कार्य समिति चयन गरिने विषयमाथि वृहत छलफल गरिएको थियो । किसुसेस संस्थाका सल्लाहकार तथा जनजाति महासंघका कोषाध्यक्ष होम सुनुवारले आदिवासी जनजाति महासंघ युकेको उद्देश्यमाथि सविस्तार प्रकाश पारेका थिए ।
सदस्य नवीकरण र नयाँ सदस्यसम्बन्धी नीति निर्धारणको बारेमा पनि वृहत छलफल गरिएको थियो । कार्ययोजनालाई बढी प्रभावकारी र गतिशील रूप दिने उद्देश्यले छुट्टै उपसमिति बनाउनुपर्ने कुरा पारित भयो । उक्त उपसमितिको संयोजकमा प्रकाश सुनुवार छनौट भएका छन् । Read More

किरातहरुको महान चाड शाँदार पिदार टुडीखेलमा धुमधामसँग मनाउँदै

सुनुवार डट ओआरजी समाचारदाता
२१ पुस, काठमाण्डौं ।

लिकु थेरर पोकाली
व्लोशो रिमशो आँकाली
(हा…हा… हाँसल – हाँसल ) २

व्लुकुम साला सिल पाने
मेग्योम थिति मुल भाने
(हा…हा… हाँसल – हाँसल ) २

हाँसालताम्साल थोइँतका
कोइँचआ मुल्केम कोइँतका
(हा…हा… हाँसल – हाँसल ) २ …………………..

यस्तै यस्तै भन्दै हाँसालताम्साल गर्दै किराती कोइँच (सुनुवार)को महान चाड शाँदर पिदारको उपलक्ष्यमा आज मनाइयो । सुनुवार सेवा समाज काठमाण्डौं जिल्ला समितिको आयोजनामा मनाइएको आजको चाडमा कोइँचहरुको उपस्थिती निकै देखिएको थियो ।
आदरणीय वेवभिजिटर मित्रहरु भिडीयो अपलोड गर्दा केहि समस्या आएको हुनाले केहि दिनमा नै अपलोड हुने जानकारी गराउदाछौं ।

 

 

सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लिमिटेड

श्री ………………

…………………..
……………………
बिषय : साधारण सभामा उपस्थित हुनेबारे
महोदय,
प्रस्तुत बिषयमा यस सुनुवार समाज वचत तथा ऋण सहकारी संस्थाको प्रारम्भिक साधारण सभा तपशिल बमोजिमको मिति, स्थान र समयमा हुने निश्चित भएकोले तपाईको गरिमामय उपस्थितीको निम्ति हार्दिक अनुरोध गरिन्छ ।

तपशिल
मिति : २०६९÷९÷२१
स्थान : सुनुवार सेवा समाज, कोटेश्वर ३५
समय : बिहान ७:३० बजे
झनाकुमारी सुनुवार                                                  विश्वकिरण सुनुवार
सचिव                                                                           अध्यक्ष

सुनुवार सेवा समाजको विस्तृत छलफलसहितको वैठक

मङ्सिर ९ गते शनिवार । सुनुवार सेवा समाज आठौं केन्द्रीय समितिले सर्वोच्च अदालतको उत्प्रेषण परमादेश तथा जिल्ला प्रशासनको निर्देशन पालन गर्न विस्तारित छलफल वैठक बस्यो । जसमा सुनुवार सेवा समाजका संस्थापक गुञ्जबहादुर सुनुवार, टीकाराम मुलिचा, टेकबहादुर सुनुवार, प्रेम हाँबली सुनुवार, सातौं अध्यक्ष टंकराम सुनुवार, छैठौ अध्यक्ष ले. मान बाहदुर सुनुवार, पाँचौ अध्यक्ष लोक प्रिय सुनुवार, चौथो अध्यक्ष ईश्वर किरण सुनुवार साथै जिल्ला प्रतिनिधिहरुको उपस्थितिमा यही मंसीर मसान्त भित्र सुनुवार सेवा समाजको साधरण सभाबारे छलफल हुदै छ ।

सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन सम्पन्न ।

-भानु सुनुवार

दोहा, कतार नोभेम्वर १६ । “सम्पूर्ण सुनुवार कोईँचहरुको चाहना जाति, भाषा, धर्म र संस्कृतिको संरचना” मूल नाराका साथ स्थापित सुनुवार सेवा समाज दोहा, कतारको दोश्रो अधिवेशन दोहा स्थित होम ल्यान रेष्टुरेन्टको सभा हलमा आज सम्पन्न भएको छ । नेपाल प्रवासी आदिबासी जनजाति महासंघ दोहाका अध्यक्ष बिनेश तमाङ्ग ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष राम बहादुर सुनुवारले गर्नु भएको थियो । Read More

आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध ।

रामेछाप जिल्ला भूजि गा.वि.स वडा नं. ६ फास्तुनिवासी बर्ष२०की अन्जना सुनुवार घाँस काटने क्रममा साथीहरुले ढुंङगा लडाउदा भागने क्रममा भिरबाट लडी गम्भीर घाईते भएकोले हाल बीर आस्पतालमा उपचार गर्न वीर अस्पतालमा भर्ना भएकी छिन् । उक्त घटना कार्तिक १४ गते घटेको घाईतेकी आमा बुबाबाट जानकारी प्राप्त भएको छ  भने निज घाईतेलाई जिरीबाट रु १२००० तिरी एम्बुलेन्समा ल्याउनु परेकोले हाल उपचार खर्च पनि अभाव भनि सहयोगको निम्ति गुहार माग्नु भएकोले सुनुवार सेवा समाज केन्द्रीय समिति याँहहरुमा आर्थीक सहयोगको निम्ति हर्दिक अनुरोध गर्दछौं ।

साहसिक व्यक्तित्व सानुबाबु सुनुवार

–भावना परिष्कृत सुनुवार
यो जगत् र हामी मानिसको जीवन हाम्रो विचारको विस्तार हो । हामी जे सोच्छौँ त्यहीअनुरूप हाम्रो व्यक्तित्व बन्छ । हामी जुन दृष्टिभावले संसारलाई नियाल्छौँ त्यही दृष्टि र विचार मुताबिक नै संसारको रूप देख्दछौँ । सकारात्मक भाव र सोचले अनि सिर्जनशील अभ्यासले मानिसलाई जीवनमा सधैँ सफल र असल बन्ने अवसर मिलेर आउँछ जसले खुशी र सुखी हुन सघाउँछ । तर नकारात्मक भाव र सोचले पूरै जीवन असफलताको भुमरीमा फस्न पुग्दछ, साथै निरास र दुःखबाहेक हामीले केही पाउन सक्दैनौँ । तर फेरि असल सोच र सकारात्मक भाव राख्दैमा मात्र पनि लक्ष्य प्राप्ति भने सजिलै हात पर्दैन । यसको निम्ति त कडा अभ्यास र निरन्तर साधना चाहिन्छ । स्वयम् आफैमाथि पनि विश्वास गर्न सक्नुपर्छ, तबमात्र जस्तोसुकै महान लक्ष्यको मार्ग पनि सहज र सरल बन्दै जान्छ र अन्तमा व्यक्तिले आफ्नो सपनालाई शिखरमा विजयको झण्डा फहराएरै छाड्छ । यसरी आफ्नो महान लक्ष्यलाई साकार रूप दिँदै विश्वकै अग्लो हिमाल सगरमाथाको चुचोरोमा पुगी त्यसभन्दा ३० मिटरमाथि प्याराग्लाइडिङ गरी पुग्न सफल भए सानुबाबु सुनुवार । यसरी प्याराग्लाइडिङ गरी शिखरबाट सतहमा झर्ने उनी नै नेपालमा पहिलो व्यक्ति हुन् । Read More