All about Sunuwar

Archives

now browsing by author

 

धनुषा जिल्लाको दोस्रो सम्मेलन तथा सचेतना कार्यक्रम सम्मन्न ।

धनुषा, २९ चैत्र शनिबार । सुनुवार सेवा समाज जिल्ला समिति धनुषाको दोस्रो सम्मेलन यज्ञभूमी गाविसमा गम बहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न भएको थियो जसका प्रमुख अतिथि केन्द्रिय सुनुवार सेवा समाजका अध्यक्ष श्री मान प्रसाद सुनुवार हुनुहुन्थ्यो । समेलनमा श्री शिव सुनुवारको अध्यक्षतामा १३ सदस्य निर्वाचित हुनुभएको थियो साथै कोइँच (सुनुवार) जातिको परम्परा संस्कार जन्म, मृत्यू, विवाह तथा भाषा सम्वन्धी एक दिने.सचेतना कार्यक्रम पनि संचालन गरेको थियो । कार्यक्रम आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा र सुनुवार सेवा समाज केन्द्रिय समितिको आयोजनमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रक्षिक्षण भाष तथा संस्कृती विभाग प्रमुख श्री अमृत सुनुवारले दिनु भएको थियो ।

२५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा फूटबल खेल आयोजना ।

कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा यही २०७१ बैशाख दोश्रो हप्ताबाट फूटबल खेल आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितमा निम्न टिमहरुको सहभागिता रहने छ ।
१. सुनुवार सेवा समाज /किरात कोइँच स्पोर्टस क्लब
२. आदिवासी जनजाति महासंघ
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
४. आदिवासी बुद्घिजीवि टिम
५. आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार
६. आदिवासी जनजाति युवा महासं
७. आदिवासी जनजाति विद्यार्थी महासंघ
८. स्काइ सोसाइटी

सुनुवार समाज हङकङद्वारा सहयोग प्रदान

hongkongसुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौ, चैत्र ९- सुनुवार समाज हङकङद्वारा स्व. गोपाल सुनुवारका छोरी रुबी सुनुवारलाई समाजको सहयोग कोषबाट सहयोग दिने प्रावधान अनुसार रु ५३,००० प्रदान गरिएको छ । उक्त अवसरमा सुनुवार समाज हङकङका निवर्तमान अध्यक्ष नरेश सुनुवारले हङकङका सुनुवारहरुको बारेमा प्रस्टाउदै समाजको उपलब्धीबारे जानकारी गराउनुका साथै उक्त रकम सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार मार्फत हस्तान्तरण गरियो ।

अन्तर्राष्ट्रिय नारी दिवस – मार्च आठ

–भावना परिष्कृत सुनुवार
सचिव
आदिबासी जनजाति महिला महासंघ, बेलायत

कति अरूलाई उठाइरहन्छौँ
पहिले साँचो रूपमा आफै उठ्न सिक
आखिर कहिलेसम्म पछि र तल परिरहन्छौ
अब अगाडि हिँड्दै बढ्दै माथि माथि पुग्न सक, माथि माथि पुग्न सक

विगतको वर्षझैँ यो वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मार्च आठको दिन आयो । प्रायजसो सबै नारीहरूको जीवन अति पिछडिएको एसिया, अफ्रिका लगायतका कैयौँ मुलुकमा फेरि एक पटक आठ मार्चको विशेष चर्चा छायो । यसै क्रममा आजको दिन हामी नेपाली सम्पूर्ण नारीहरू पनि १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०१४ लाई घरदेशदेखि परदेशसम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरेर धुमधामले मान्ने क्रममा छौँ ।
प्रत्येक वर्ष मार्च ८ तारीखका दिन मनाइने नारी दिवस कुनै खुशीयालीको उत्सव नभएर आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक एवम् समाज र राष्ट्रको हर तह तप्कामा नारीहरूलाई पुरुष सरह समान हक अधिकार पाउनुपर्ने लैंगिक विभेदको अन्त्य गर्दै हर पक्षबाट राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार सुनिश्चित गरिनुको साथै महिला सशक्तिकरणको अभियानलाई विश्वव्यापीरूपमा बुलन्द पारिँदै मनाइने महान सङ्कल्प र अठोट बोकेर निरन्तर जारी राखिने अनन्तकालीन महायात्रा हो । अन्तर्राष्ट्रिय नारी दिवस आठ मार्च विशेष गरी नारी अधिकारसम्बन्धी चर्चा हुने मुख्य दिवस हो ।
प्रत्येक नारी दिवसमा एउटा एउटा मुख्य विषय (थिम) मा रहेर नाराहरू बनाइन्छ । प्रत्येक देशले आ–आफ्नै समसामयिक विषयहरूलाई समावेश गरी नाराहरू बनाएका हुन्छन् । यस १०४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको लागि नेपालको राष्ट्रिय नारा “महिला नेतृत्वका लागि हौँ जम्मा, घरदेखि संविधान सभासम्म” रहेको छ भने अन्तर्राष्ट्रिय नारा “समानता महिलाका लागि, प्रगति सबैका लागि” रहेको छ । यी नाराहरूलाई नारामा मात्र सिमित नराखेर कार्यात्मक रूपमा अगाडि बढाउनु सदैव महत्वपूर्ण रहन्छ । यसरी नारी चेतनासँग सम्बन्धित नाराहरू निर्माण भई विकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने १०४ वर्ष अगाडिको पुरानो काल खण्डलाई हामीले स्मरण गर्नुपर्ने हुन्छ । २९ फेबु्रअरी सन् १९०९ ताका जसको प्रारम्भिक अध्याय लेखिने काम संयुक्त राष्ट्र संघमा सामाजिक, जागरुक र चेतनशील महिलाहरूबाट शुभारम्भ भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्तर्राष्ट्रिय महिलाहरूको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जनाभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए । श्रमिक महिलाहरूले पुरुषसरह समान ज्याला र बिदा पाउनुपर्ने, नारीमाथि सदियौँदेखि हरेक क्षेत्रमा हुँदै आइरहेको विभिन्न खाले अन्याय, अत्याचार, शोषण, दमन, हिंसा, विभेद जस्ता अनगिनत अमानवीय व्यवहारहरू प्रति खुलेर सङ्घर्षको श्रृङ्खलालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ती साहसी नारीहरूबाट । जसको फलस्वरूप लैङ्गिक विभेद, राजनैतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, आर्थिक जस्ता क्षेत्रमा असमान हक अधिकारका विरुद्धमा आवाज उठाउँदै अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन सफल भए नारीहरू । त्यसपछि यस प्रकारको महिला जागृतिले सन् १९११ मा विभिन्न राष्ट्रमा पहिलो पटक अन्तर्राष्ट्रिय नारी दिवस मनाउने क्रमको थालनी गराई छाड्यो । यही क्रमलाई निरन्तरता दिँदै रसियाले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनायो । त्यस पश्चात ८ मार्चकै दिन प्रत्येक वर्ष सबै युरोपेली राष्ट्रहरूले नारी दिवस मनाउन थाले ।
सन् १९१७ ताका आइपुग्दा मार्च आठकै दिन रसियाका नारीहरूले विश्व युद्धको विरुद्ध, शान्तिको निम्ति, रोटीको निम्ति, प्रेमको निम्ति, महिलाहरूको मत अधिकारको निम्ति, पुरुषसरह समान हक अधिकारको निम्ति आवाज बुलन्द पारेका थिए । जसको फलस्वरूप रसियाका राजा (जार) ले नारीहरू (रसियाका) लाई पहिलो पटक मतदान दिन पाउने अधिकार सुनिश्चित गराएका थिए । यसरी नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको रूपमा निरन्तरता पाइरह्यो । सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारी दिवस मान्ने सबै देशका नारी प्रतिनिधिहरूलाई बोलाएर ८ मार्चकै दिन प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै आधिकारिक रूपमा घोषणा गरेको थियो । त्यसपछिको समयमा बिस्तारै मार्च ८ को दिन नारी दिवस मनाउने क्रमले विश्वव्यापी रूप लिँदै गयो । Read More

कोँइच ल्वो–रेमुब्लेमुकलि श्यामदार

गोरखापत्र श्योल्वो ———————————

तस्कुलः दिलिप बास्के  पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस

तस्कुलः दिलिप बास्के
पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस

‘इन्टरनेसनल मदर टङ्ग दे’ २०१४ फेब्रुअरी २१ पितिमि आदिवासी जनजाति उत्थान रास्ट्रिय (आजउरा) प्रतिष्ठानमि गेरापेन्मा पाप्तु । हाश्नाःत दुम्शो मेको गेरापेन्मामि ‘थुँगा’ शारिरेशो एन्थोलोजीके रिलिस प्रा. दा. नोवल किशोर राई नु दा. तारालाल सेरेस्ठ निम्फामि पचा दुम्त ।

तस्कुलः दिलिप बास्के पेरालाः दा. तारालाल सेरेस्ठ, प्रा. दा. नोवल किशोर राई थुँगा रिलिस पनपन काथन दा दोरते बोरचरस ‘थुँगा—४’ शारिरेशोके रिलिस काथन सइसाप्थोचेला आम ममाल्वोमि ब्लेब लिटराटी आनकलि यो ‘रास्ट्र मातृभासा सेवा पुरस्कार’ (१५ दक) गेशा श्यामदार पतिक ताँःगे गोशो बा । साप्थोचे तामाङ मातृभासामि अमृत ह्योन्जन, उराँवमि बेचन उराँव, किराँती–वाम्बुलेमि गनेस द्वारोङचा नु थारु भासामि किस्नराज सरबहारीकलि श्यामदार पशोमि एँको थोचे किराँती–याक्थुङ पाःनला अमर तुम्याहाङ, किराँती–कोँइचला अतीत क्युँइतिचा, मगरला जीत सिन्जाली, किराँती–रोदुङ (चाम्लिङ) ला बयानसिं यालुङछा, किराँती–किरावा (बान्तावा) ला पदम वालाहाङ नु दिमाल भासाला सोम चातेलाकलि मेको पुरस्कारला श्यामदार पाइँसाव । गेरापेन्मामि बुअÞसु जक थापा मगरमि रेल्फु रेल्शा मुनु चिफ गेस्टमि प्लाक नु केटोस गेशा मेको श्यामदार पाम्तेमे ।  एँको श्यामदार

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला

तस्कुलः दिलिप बास्के पेरालाः अमर तुम्याहाङ, अतीत क्युँइतिचा, जीत सिन्जाली, बयानसिं यालुङछा, पदम वालाहाङ नु सोम चातेला

मुरु काःकलिला मदुम्थु नेल्लेन लो नु रेमुब्लेमुकेन मे । मोपतिकेम नेल्लेन ल्वो अÞवातिकपिकिम आम ममाल्वोकलि ब्लेशा नमपचा देँःशो आम रिमाचेमाकलि गेत्थी बारपाइच्चा मे । किराँती–कोँइच ल्वो नु रेमुब्लेमुकलि गेत्थी बारपाइत्तिक लिटराटीपिकमि अतीत क्युँइतिचा काः नमी । सेस्सेब्लेसे पतिक गेमि नु शारिरेशोमि लिटराटी क्युँइतिचाके ने कोँइच मुर बासलिःशोसम लिःब दुम्शोपतिकेम नेल्लेन किराँतीकोँइच लो नु रेमुब्लेमुकलि श्याम्दार पशो तुइँसिब ।

वाटर नु कोँइचपिक

दा. लाल–श्याँकारेलु रापचा
kiranti.muru@hotmail.com

वाटरकलि किराँती–कोँइच (हरे मुरपिकमि देँःतेक दुरदा ‘सुनुवार’) ल्वोमि ब्वाकु देँःसिब । एँको ब्लेसमि कोँइचआनकलि ब्वाकुनु कम्पेअर पतिके आँके ल्वो काः बा । वाटर (ब्वाक) के ल्वो पशोनु तुरकि ल्वोमि “ब्लद इज थिकर दयान वाटर” (पानी भन्दा रगत बाक्लो हुन्छ) देँःनिम । कोँइचआनके केसमचन मार दुम्बा दे देँःशा एँको ब्लेसमि कोःतेक गेपाइँसिब ।
सिनाःतरे मुलातसम प्राक्टिसमि कोःशोनु कोँइचआनके केसमचन “ब्लद इज थिकर दयान वाटर” मदुम्थु “वाटर इज थिकर दयान ब्लद” (रगत भन्दा पानी बाक्लो हुन्छ) ताइँसिशो बा । मेको दोपा मोदेब ताइँसे दे देँःशो हिल्लोपशोनु एच्चिसम कोःशोनु हेराहेराला नेल्ले कोँइचपिकमि आम किराँती–कोँइच हुइश (ब्लद) प्लोँइशा ब्वाकके नोलेन दोरस्शो बाःनिम ।
ब्वाककलि एँके मेटाफरके रोलमि वाइस्शा कोयानु ब्वाक देँःशोमेरे जतेक–तुतेक यो रुप्सिब । गोम मुलातसम कोःशोनु नेल्लन कोँइचपिक जतेक–तुतेकके नोले ला दोरस्शो ताइँसाव । तेइतेइ लने सुइसुइकलि कोङिने—मोदेब ला ताइँसिब । मेकोमि यो तेकेइ ला मारइयो तशोनु “गोम ताताङ ङन रिम्शो ममेङन मरिम्शो” देँःब कोँइच मुरुपिक आइँ एरओँत्थ साप्पान थिँःसिनिम ।
सिदा किकि खोँदेशो देब्रान आइँ मुरआनके रिमाचिमान ताइँसिशो बा । ओँदेब मारदे ताइँसाव ङन “वाटर इज थिकर दयान ब्लद” दुम्शो पतिकेमी । ‘ब्वाक’ के मेटाफर जतेकतुतेक दुम्शो बुदिन ‘ब्लद’ (हुइश) के मेटाफर आम कोँइच मुरु, मुल्केम, ल्वो मुनु रिमाचेमा नु नेल्लेन कोँइचपिक काः दुम्तेक नु गेत्थी बारत्तेक ल्वो दुम्ब । मो पतिकेम ‘ब्लद थिक’ दुम्तेक मेटाफर कोँइचआनके ब्लोँइच मे ।
मुलसम मो दुम्शो तचा द तेमेतेमे काः निअÞशी आम बुतामिन गेत्थी बारत्तेम ङनाइयो खोइली किथ पुइँतेमे । जेलसीके विक्टिम दुम्तेमे । मो मारदे दुम्बहना कोँइचआनकलि ‘ब्लद’ ममे ‘ब्वाक’ दुम्त ङना नेल्लेन ताइनिमम, प्लेँनिम मुनु जाम्निम । जथ ताम्तेम ङना ‘ब्लद’ देँःशो दोलेब दुम्बा मेकोन प्लेँनिम । एजुकेसन, पोलिटिक्स नु व्युरोक्रसी तेइतेइ लशोनु यो कोँइचआनके सिनारिओ ‘ब्लद’ (हुइश) प्लेँःशा नु प्लोँइशा ‘ब्वाकु’ केला ल्वो दुम्ब ।
मोपतिकेम आम मुल्केम यो प्लोँइन प्लोँइन लाम्तेमे । लगापरगी यो ताइत्तेमे । सुरुपकलि पुलपाल्मेतेमे । मसीकलि पुलपाम्तेमे । आम खिँकेन मुरकलि यो प्लोँइतेमे । जतेकतुतेक ला कोःतेमे । ल्वो यो प्लोँइतेमे । कोँइच ल्वो जोःशा तुइस्शा मार दुम्बाङा देँःतेमे । मेको मुर जतेक ल्वो मपने देँःतेमे । एँको नेल्ले मारकलि देँःशा हिल्लोपशोनु ‘ब्वाक’ तुचाकलि ला मे । मेको लाअÞशा हुइशके द ल्वोन मपिब ।
‘ब्वाक’ केन पितिम आम ल्वो प्लोँइशा जाम्शो कोँइचपिक नमी—सुरेल । ‘ब्वाक’ माल्नामाल सुरी–खारी ओःशोमेरे सुरेल मइसिशो कोँइच मुरपिक मुलात आम ममाल्वो प्लोँइशो प्राइस साप्पा थाप्नाथाप बाःनिम । दिःसा अमेरिका, युके, क्यानादा, अस्ट्रेलिया, हङकङ ओब कोँइचपिकके चसीमसीमि आमकलि ‘गो यो कोँइच नङ’ देँःशा कोँइतेक मार लिःबा मेको देँःचा मचाब्सिब ।
दिसेन्त लाइफ पितिम ब्लोँइचाकलि ला आम रिमाचेमा ताइत्तेक कोँइचपिक ‘ब्वाक’ केला लवर नमी । हुइशके हेइटर नमी । दुम्नादुम एँको कोँइच ने दुरदा यो मुल जामजाम लशो तुइँसिशो बा । स्टेट व्युरोक्रसीमि नागरिकताम गेशो ने नु आमके थमा रिमाचेमा काःन मनमी । मारदेङना कोलोनिएल स्टेटमि कोँइचआनके आम कोँइच ल्वोमि मब्लेशो नागरिकता साठिपिकेट खोँदेबन मे एँको प्लोँइसिशो कोँइच । मब्लेसिशो कोँइच । एँको नेल्लेन ‘ब्वाक’ के पितिम दुम्शो मे ।
मोदे कोँइचआनकलि गेत्थी बारपाइत्तेक गेमि “ब्लद इज थिकर दयान वाटर” दुम्चान माल्ब । मुलसम तेकेइ तेकेइ ‘ब्लद’ (हुइश) ‘वाटर (ब्वाक) थिकर’ दुम्शो पतिकेमिन कोँइचपिक जाम्नाजाम लशो नमी । ब्वाक (वाटर) प्लोँइशा हुइश नु कोँइच दाःतेमि साप्पा गारत्तेक ल्वो दुम्तङना ला कोँइच रिमाचेमा ब्लोँइब ।

………………
क्याःब्राच २०७०

किरातीहरुले कतारमा किराती नयाँ साल मनाउँने तयारीमा ।

भानु सुनुवार
०५ जनवरी २०१४ दोहा, कतार
तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज कतारद्धारा यहि १० जनवरी शुक्रवारका दिन कतारको सनैया–१० न्यू माउटेन रेष्टुरेन्टमा किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे–५०७४ तथा कोक्फेवा तङ्नाम शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ मनाउँने तयारीमा छन् ।
एकिकरण पछिको नेपालमा राज्यले एकल भाषा, धर्म, संस्कृति लाद्ने क्रममा ओझेल पारिएका किरात समुदायको भाषा, मौलिक पहिचान र संस्कृतीलाई लोप हुन नदिन देश बिदेशमा रहेका सबै किरातीहरुका कर्तव्य र आवश्यकता रहेकाले कतारमा पनि तीन भाई किराती संस्थाहरु मिलेर यो बर्षबाट किरातीहरुका नयाँ साल येले तङबे÷दोङ्ग र नक थोचे पर्व मनाउँने भएका छन् ।
पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वकारुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा आजपनि किरातीहरु काँचो बनतरुलको टिका लगाएर पहिला काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल (तरुल, पीडालु, फर्सी, सखर खण्ड) भोजनका रुपमा खाने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् ।
यहि आउँदो बिदाका दिन शुक्रबार पारेर कतारमा पनि किरातीहरु मिलेर किराती नयाँ साल येले तङबे/दोङ्ग र नक थोच मनाउने परम्पराको थालनी गर्ने भएकाछन् । यस कार्यक्रमा कतारमा आप्रवास जीवन बिताई रहेका सम्पूर्ण किरात तथा गैरकिरात बिच शुभकामना आदानप्रदान गर्दै सो पर्वमा किरातीहरुले ग्रहण गर्ने गरेको किराती परिकार बितरण गरिका साथै यो पर्वको महत्वका बारे प्रकाश पारिने कुराको