Archives
now browsing by author
सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
“समानता कायम गर्दै आदिवासी जनजातिको हधिकार कार्यान्वयन गर” आदिवासी जनजातिको अडान ! पहिचान सहितको संघीय संविधान !! भन्ने मुल नाराका साथ २० आँैं विश्व आदिवासी दिवस २०७१ साउन २४ गते शनिबार (सन् २०१४ अगष्ट ९) को मुल समाहोरह कार्यक्रममा साँस्कृतिक ¥यालिसहित सहभागीहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
सहभागीहरुको नामवली यस प्रकार रहेको जानकारी गराउदछांै ।
केन्द्रीय समिति बाट
१. अध्यक्ष मन प्रसाद सुनुवार
२. उपाध्यक्ष रणवीर सुनुवार
३. ,, देवीन्द्र कुमार मुखिया
४ माहासचिव समीर मुखिया सुनुवार
५. कोषध्याक्ष उत्तम कुमार सुनुवार
सदस्यहरु
१. अमृत बहादुर सुनुवार
२. प्रेम कुमार सुनुवार
३. नारायण सुनुवार
४. शान्त्ति माया सुनुवार
सुनुवार सेवा समाज केन्द्रीय कार्यालय बाट Read More
२०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ श्रावण, ललितपुर । आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीय संविधान ।। मुल नारा सहितको २०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा श्रावण २०–२१ गते सम्म मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपाल स्पोर्टस साइन्स एकेडेमी, सातदोबाटो, ललितपुरमा नेपाल आदिवासी जनजनति महासंघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले गर्नु भएको थियो । कार्यक्रममा १६ टिमले आफनो संस्थाको प्रितिनिधित्व गर्नु भएको थियो जसमा प्रथम छन्त्याल समाजका गणेश छन्त्याल र तिलक छन्त्याल, दोस्रो तोपकेगोला समाजका पासाङ्ग शेर्पा र मिङ्गमा कामी शेर्पा त्यसैगरि तेस्रोमा सुनुवार सेवा समाजका टक सुनुवार, किशोर सुनुवार, मन प्रसाद सुनुवार र पाम बहादुर सुनुवार हुनुभएको थियो ।
कथाकार भावना परिष्कृत सुनुवारको कथाकृति “उन्मुक्त यात्रा” लोकार्पण ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१५ श्रावण, काठमाडौं । भावना परिष्कृत सुनुवारको पहिलो कथाकृति “उन्मुक्त यात्रा”को लोकार्पण होटेल हार्दिक, बागबजार, काठमाडौंमा भएको थियो । लोकार्पण कृतिमाथि मन्तव्य साहित्यकार तथा समालोचक डा. सुधा त्रिपाठी र वरिष्ठ साहित्यकार अतीत मुखियाले दिनु भएको थियो भने शुभकामना तथा मन्तव्य उपाध्यक्ष तथा प्रकाशन विभागका प्रमुख, नेप्रप्र बेलायतका गणेश राईले दिनु भएको थियो । कार्यक्रमको सभापति श्रावण मुकारुङ र प्रमुख अतिथिमा निवर्तमान कुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका बैरागी काइँलाले गर्नुभएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१२ श्रावण, काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न भएको थियो । प्रमुख अथितीमा सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल र सभाअध्यक्षमा प्रती माया पुन हुनुहुन्थ्यो । कार्यक्रममा निम्न पदादिकारीहरु चयन भएको थियो ।
अध्यक्ष : अमृत बहादुर सुनुवार
उपाध्यक्ष : टोमा लामा
उपाध्यक्ष : परशुराम चौधरी
उपाध्यक्ष : सुकुमाया मोक्तान
महासचिव : पुर्खाजित राई
सचिव : सृजना सुब्बा
सचिव : बिविश कुमार मगर
कोषाध्यक्ष : युग बहादरु गुरुङ
सहकोषाध्यक्ष :
कतारमा किरातीहरुले उभौली चाड भव्यताका साथ मनाएँ
किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷साकेला उभौली÷यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए । Read More
सुनुवार सेवा समाजको २५ औं बर्षको उपलक्ष्यमा आयोजना गरेको फूटबल प्रतीयोगीताको आज समापन ।
सुनुवार डट ओआरजी सम्वाददाता ।
काठमाडौं, बैशाख १८ । किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं बर्ष (रजत वर्ष ) उपलक्ष्यमा आयोजना गरेको फूटबल प्रतीयोगीता आज जावलाखेलको खेल मैदानमा समापन भएको छ । जसमा जनजाति चलचित्रकर्मी तथा पत्रकार टिमले ल.पू सुनुवार सेवा समाज टिमलाई ३ – २ ले पराजित गरेको छ । उक्त प्रतियोगीतामा तेस्रो आदिवासी जनजाति बुद्घिजीवि तथा राजनितिज्ञ भएको छ । फेएर टिमको उपाधी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्राप्त गरेको छ त्यस्तै बेस्ट गोल किपर बल बहादुर सुनुवार, बेस्ट डिफेन्स शोम राज लिम्बू, बेस्ट मिड फिल्डर प्रशान्त सुनुवार, बेस्ट फरवार्ड संगम पुलामी मगर, बेस्ट पिल्यर बिकाश थापा र हाई स्कोर छोटु मगरले प्राप्त गरेको छ । कर्यक्रमको अध्यक्षता कोइँच स्पोर्टस क्लबका अध्यक्ष श्री समीर मुखीया सुनुवार र प्रमुख अथिति नेपाल आदिवासी जनजाति माहासंघका अध्यक्ष श्री नगेन्द्र कुमार कुमाल ज्यूले गर्नु भएको थियो ।
सुनुवार सेवा समाजको २५ औं बर्षको उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु
सुनुवार डट ओआरजी सम्वाददाता ।
काठमाडौं, बैशाख ११ । कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं बर्ष (रजत वर्ष ) उपलक्ष्यमा आजबाट फूटबल खेल शुरु गरेको थियो । प्री क्वाटरको ए साइडमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खेलेका थिए जसमा आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले पेनाल्टीमा जित हसील गरेको थियो त्यसै गरी बी साइडमा आदिवासी जनजाति महासंघले लिखू भूजी यूथ कल्बलाई पेनाल्टीमा हराएको थियो । क्वाटर फाइनल खेलको ए साइडमा आदिवासी जनजाति बुद्घिजीवि र केन्द्रिय सुनुवार सेवा समाज बिच खेल भएको थियो जसमा आदिवासी जनजाति बुद्घिजीविले जित हात पारेको थियो त्यसै गरी साइड बी मा पेनाल्टीमा ल.पू सुनुवार सेवा समाजले आयोजक टिम कोइँच स्पिोर्टस क्लबलाई हराएको थियो । त्यसै गरी दोस्रो क्वाटर फाइनलको ए साइडमा फेरी पनि प्री क्वाटरको बिजेता आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकारले सैबू सुनुवार सेवा समाज भैसेपाटीलाई हराएको थियो अबको खेल दोस्रो क्वाटर फाइनलको बी साइडका प्री क्वाटर बिजेता आदिवासी जनजाति महासंघ र स्काई सोसाइटी बिच र सेमी फाइनल हुनेछ ।
खेलहरु एकदमै प्रतिस्पर्धात्मक हुनुको सथै रोमान्चक पनि थियो त्यसै गरी खेल खेल्ने क्रममा केन्द्रिय सुनुवार सेवा समाजका खेलाडी नारायण सुनुवारको घाटी निरको हड्डी भाचेको छ । उहाँको अल्का २ मा उपचार भैरहेको छ । डक्टरका अनुसार उहाको भोली अपरेसन गर्नुपर्ने हुनसक्ने छ ।

