Archives
now browsing by author
किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन सु-सम्पन्न l
फारन्ब्रो १४,
“भाषा, धर्म, सस्कृति, हाम्रो गर्नुछ जगेर्ना
किसुसेस युकेको पहिचान, जातीय चेतना”
भन्ने मुल नाराको साथमा किराँत सुनुवार सेवा समाज बेलायतले तेस्रो अधिवेशन १४ डिसेम्बर २०१३ फारन्ब्रोमा भव्यताको साथ सु-सम्पन्न गर्यो l उक्त कार्यक्रम साहित्यकार तथा कवियत्री भावना परिस्कृत द्वारा सन्चालन गरिएको थियो l कार्यक्रममा स्वागत मन्तव्य सस्थाका माहासचिव छत्र सुनुवारले गर्नु भएको थियोभने मन्तव्यको क्रममा सल्लाहकारहरु क्रमश: भू. पु (ब्रिटिश गोर्खा) का मेजर वीरु सुनुवार, मोहन सुनुवार, कीशोर सुनुवार र भू.पू (किसुसेस बेलायत) का अध्यक्ष वीजय मुख़ियाले सस्थाको भावी कार्यक्रममा गर्नु गराउनु पर्ने कार्यनीतिहरु तथा विगतका दिनहरुमा गरेका राम्रा नराम्रा दुवै पक्षहरुलाई औल्याउदै आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए l
त्यस पश्चात अध्यक्ष जंग सुनुवार, महासचिव छत्र सुनुवार र कोषाध्यक्ष पूर्ण कुमार सुनुवारले आ-आफ्नो कार्य प्रतिवेदन प्रस्तुत गरेका थिए l
दोस्रो चरण
किसुसस बेलायतको चौथो कार्य समितिको अध्यक्षमा मोतिराज सुनुवार
दोस्रो चरणमा निर्वाचन समितिकास संयोजक केदार सङ्केतको तत्वधानमा किराँत सुनुवार सेवा समाज बेलाएतको विधान नियमावली इस्वी सम्वत् २००७, भाग २, धारा १९, दफा १३ को बमोजिम किसुसेस युकेको चौथो नयाँ कार्य समितीको गठनमा निम्न लिखित पदाधिकारीहरुको मनन-चयन गरियो l
१. अध्यक्ष- श्री मोति सुनुवार (केन्ट, फोक्स्टोन)
२. उपाअध्यक्ष- श्री यादव तुर्सुचा (फारंब्रो, ह्याम्पसाइर)
३. महासचिव- श्री भक्तमान सुनुवार (लण्डन)
४. सह-सचिव- श्री मोहन कुमार सुनुवार (फोक्स्टोन, केन्ट)
५. कोषाध्यक्ष- श्री प्रकाश सुनुवार जिजिच (फारंब्रो, ह्याम्पसाइर)
६. सह-कोषाध्यक्ष- श्रीमती सपना सुनुवार (केन्ट, फोक्स्टोन)
७. प्रवक्ता- श्रीमती भावना सुनुवार परिस्कृत (फारंब्रो, ह्याम्पसाइर)
८. केन्द्रीय सदस्य- श्री बुद्धि सुनुवार (केन्ट, फोक्स्टोन)
९. केन्द्रीय सदस्य –श्री जीतेन्द्र सुनुवार (केन्ट, फोक्स्टोन)
१०. केन्द्रीय सदस्य- श्रीमती शिरीस सुनुवार (केन्ट, फोक्स्टोन)
११. केन्द्रीय सदस्य- श्री चन्द्रकुमार सुनुवार (पिटर्सब्रो)
१२. केन्द्रीय सदस्य- श्री बज्रमान सुनुवार (केन्ट, फोक्स्टोन)
सवै नव-निर्वाचित पदाधिकारी सदस्यहरुलाई कार्यकालको उत्तर्रोतर सफलताको कामनाका साथै अधिवेशनमा उपस्थित हुनुभएका सम्पूर्ण किराँत सुनुवार समाज बेलायतलाई हार्दिक बधाई तथा धन्यवाद l
किसुसेस बेलायत
भावपूर्ण श्रद्घाञ्जली
भावपूर्ण श्रद्घाञ्जली
हाम्रा स्नेही छोरा स्व. गुन्दास सुनुवारको मिति २०७० साल कार्तिक २५ गते ३८ वर्षको अल्पायुमै असामयिक स्वर्गारोहण भइ अपुरनीय क्षति भएको दुःखद घडीमा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, साथीभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको आत्मको चीरशान्तिको कामना गर्दै जेस्पुच जिखीपुरगिसँग समहित भइ याब्ले लागामा बास होस् भनी इँगिसँग प्रार्थना गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
श्रीमती : बिमला सुनुवार
बाबाआमा : लालबहादुर/लालमाया सुनुवार
दाजु : आइमान/भाइ : रुकमान/बुहारी : सपना सुनुवार
दिदी : प्रेमकुमारी सुनुवार/दिदी : गंगामाया सुनुवार/भेना : टंकराज सुनुवार
दिदी : मिना सुनुवार/भेना : मनोज मुखिया/बहिनी : राधा सुनुवार
भतिज भतिजी : सुमन/जनातन/रुबी/अबिगिल सुनुवार
भान्जा भान्जी : राजु सुनुवार/सञ्जय मगर/युगेन/खगेन सुनुवार/पुष्पा मगर/रोजीना सुनुवार
खिम्तीको बाढीपीडित कोइँचलाई बेलायतबाट सहयोग
किरात सुनुवार महिला समाज, (यू.के.)ले रामेछाप खिम्तीका बाढी पीडित शेरबहादुर सुनुवारको परिवारलाई रु २४,००० हजार सहयोग उपलब्ध गरेको छ । समाजका सल्लाहकार भावना परिष्कृतले सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष तथा क्युइँतबु कल्याण कोषका अध्यक्ष रणवीर सुनुवार मार्पmत उक्त रहात सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. मा खोलिएको राहत कोषमा जम्मा गर्नु भएको छ ।
सो रकम सहयोगदाताको अनुरोधमा पीडित शेरबहादुर सुनुवारलाई सिधै उपलब्ध गराउन असोज २० गते सुनुवार सेवा समाज रामेछाप जिल्लाका अध्यक्ष रमेशकुमार सुनुवारले सुनुवार सेवा समाज काठमाडौं ल्याउने हुनु भएको छ । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले असोज २० गते राहत कोषमा जम्मा भएको सो रकम पीडित शेरबहादुर सुनुवारलाई सहयोगदातासँग भिडियो कल गराइ हस्तान्तरण गरिने जानकारी गराउनु भएको छ ।
कोइँचको पहिचानलाई जाकटी राखेर पार्टीलाई सहयोग गर्न नसकिने
सुनुवार डट ओआरजि समाचारदाता
२० असोज, यालाखोम । आदिवासी जनजाति कोइँचको राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, भाषिक विकाससम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम आज सुनुवार सेवा समाजको भवनमा सम्पन्न भएको छ । संविधानसभा निर्वाचनको समय घोषणा नजिकिँदै जाँदा आदिवासी जनजाति कोइँचहरुको घरगाउँमा फेरि पनि पहिचानविरोधी पार्टीनेता सल्बलाइरहेको अवस्थामा कोइँचहरुले आफ्नो पहिचानको बारेमा के कसरी राजनीतिक पार्टर्ीी नेताहरुसँग कुराकानी गर्ने सम्बन्धी विस्तृत छलफल गरिएको थियो ।
विहान ८ बजेदेखि नियमित रुपमा सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिले कोइँच लोः सिकौं पठनपाठन गर्दै आएकोमा थप अन्य अतिरिक्त क्रियाकलाप गर्दै आएकोमा यो साता कोइँचको विकाससम्बन्धी एजेण्ड निर्माण अन्तरक्रिया गरेको जानकारी समाजका सचिव आशिष सुनुवारले बताउनुभयो । Read More
रेडियो लिखु ९१.३ मेगाहर्ज स्थापनार्थको लागि सहयोग ।
| क्र.सं. | नाम | ठेगान | रु |
| १ | मन प्रसाद सुनुवार | गुप्तेश्वर, रामेछाप | 2,07,000.00 |
| २ | प्रेम कुमार हाबाली | हाबा, दोलखा | 15,000.00 |
| ३ | डा. लाल श्याँकारेलु रापचा | कटुन्जे, ओखल्ढुङ्गा | 10,000.00 |
| ४ | सुर्य प्रकाश सुनुवार | निभारे, ओखल्ढुङ्गा | 10,000.00 |
| ५ | देव कुमार सुनुवार | कुँबुँ कास्थेल, रामेछाप | 10,000.00 |
| ६ | पाम ब. सुनुवार (सुरज) | खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा | 10,000.00 |
| ७ | लेखबहादुर सुनुवार | हाबा, दोलखा | 10,000.00 |
| ८ | धनमाया सुनुवार | खिँची चण्डेश्वरी, ओखल्ढुङ्गा | 10,000.00 |
| ९ | स्वा. जनक बहादुर सुनुवारको स्मृतीमा | चरुवा, रगनी, ओखल्ढुङ्गा | 10,000.00 |
| १० | प्रेम रापचा | कटुन्जे, ओखल्ढुङ्गा | 5,000.00 |
बाँकी सहयोगिहरुको नामहरु Read More
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघको निमन्त्रण
राजनैतिक सशक्तिकरणका लागि हाम्रो अभियान,
सम्बृद्ध राष्ट्र निर्माणका लागि जनपक्षीय संविधान,
* निमन्त्रण*
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ केन्द्रीय कमिटिको आयोजनामा काठमाण्डौं उपत्यका भित्र बिभिन्न पेशा व्यवसायमा संलग्न रहनु भएका नेकपा (एमाले) समर्थक सुभेच्छुक सुनुवारहरुका बिच समसामयिक राजनैतिक सवाल र आगामी संबिधान सभा निर्बाचन बारे बृहद छलफल कार्यक्रम आयोजना निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले सो कार्यक्रममा यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
कार्यक्रम :
मिति : २०७० असोज १२ गते शनिवार
समयः दिनको १२:३० बजे
स्थान : श्री समाज सामुदायिक भवनको हल
बसुन्धारा, श्री टोल, काठमाडौं
फोनः ९८४१२८१३०२, ९८५१०६५५६३, ९८४९०८५९८५, ९८४१९१११३६
आयोजकः
नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ,
केन्द्रीय कमिटि,
बागबजार, काठमाडौं ।
तीन पुस्तक विमोचित
पाम बा. सुनुवार, सुनुवार डट ओआरजी ।
ल. पु. भदौ १५ । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सभा हलमा एकै साथ तीन किराती स्रष्टाहरुको कृतिहरु लोकार्पण गरियो । कवि÷साहित्कार अतित मुखियाको आदिवासी सौन्दर्यशास्त्र थेःनिको एक सैदान्तिक अध्ययन, लेखिका बिना प्रोन्ज्योस खालिङको वास् दर्पण तथा डा. लाल शाँःकारेलु रापचाको रिमाचमा हिरसि नाम कृतिहरु एकै साथ लोकार्पण गरियो । कृति इमानसिँ चेम्जोङ मेमोरियल फाउण्डेशनका अध्यक्ष एबं पुर्व डि. आइ. जी. हाङसिङ चेमजोङ, प्रा. डा. तारालाल श्रेष्ठ र तथा प्रा. डा. विष्णुसिङ राईले कृतिको एकै साथ विमाचन गर्नु भयो । कार्यक्रममा बोल्दै कवि विक्रम सुव्वाले हाल बजाइँदै गरेको आदिवासीगानमा कहींकतै पनि आदिवासीहरुको कुनै पनि बाजाहरुको प्रयोग नभएको उल्लेख गर्दै यो भारतीय शास्त्रीय व्याकरणबाट प्रभावित भएकोले यसले आदिवासी जनजातिहरुको मर्म बोक्न नसक्ने बताउनु भयो । आदिवासीहरुको सँगीतको व्याकरण पुर्वीय चिनियाँ व्याकरणसँग मेल खाने बताउँदै उहाँले सो सम्बन्धि विशेष अध्ययन अनुसन्धानको आवश्यक्ता रहेको बताउँदै त्यतातिर हालसम्म कसैको ध्यान नगएको औल्याउनु भयो । साथमा उहाँको एक कविता वाचनमा सबै सहभागीहरुले साथ दिएका थिए । डा. लाल शाँकारेलु रापचाले कार्यक्रम संचालन तथा विमोचित पुस्तकको समिक्षा गर्नु भएको थियो । त्यस्तै प्रा. डा. तारालाल श्रेष्ठले सवाल्टर्न साहित्यको चर्चा गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।
