Archives
now browsing by author
उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो
सुनुवार डट ओआरजी
ललितपुर, मंसिर २० । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवारले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।शाँदार सिल यही आउँदो मंसिर २७ गते टुँडिखेलमा आयोजना गरिनेछ ।
सुचना !सुचना!! सुचना!!!
आदिबसी जनजाती राष्ट्रिय आन्दोलन , नेपालको घोषित जनजागरन कार्यक्रम तथा किरात समुदयको उधौली चाड अर्थात रापवा श्यदर पिदारको उपलक्छेमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएकोले सम्पूर्ण सुनुवार समुदय,वल्लो किरात संघिय राज्य परिषदका घटक जातिय संस्थाका प्रतिनिधिज्युहरु,वल्लो किरात भुमी बासी आदिबसी जनजातिहरु,गैर जनजाती लगायत न्याय प्रेमी जनताहरुमा उक्त दिनको कार्यक्रममा सहभागीताको निम्ती सुनुवार सेवा समाज केन्द्रिय समिती तथा वल्लो किरात संघिय राज्य परिषद हार्दिक अनुरोध गर्दछ ।
पुनस्च :-
मिती : २०७१ मङ्सिर १९ गते ।
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ,काठमाण्डौ ।
समय : बिहान १०३० बजे ।
कार्यक्रम आयोजक
सुनुवार सेवा समाज केन्द्रिय समिती ।
सह-आयोजक
वल्लो किरात संघिय राज्य परिषद ।
नेपाल आदिबासी जनजाति राष्ट्रिय आन्दोलनलाई आदिबासी जनजाति महासङ्घ बेलायतबाट सहयोग !
मानव अधिकारबादी बरिष्ठ नेता पद्म रत्न तुलाधरको नेत्तुत्वमा हुन् गइ रहेको आदिबासी जनजातिको राष्ट्रिय आन्दोलनलाइ ,आर्थिक नैतिक लगायत अन्य पक्षबाट सहयोग पुराउने उद्देश्यले ,२९ नोभेम्बर २०१४ शनिबारको दिन लन्डन ह्यारो स्थित एक सभा कक्षमा नेपाल आदिबासी जनजाति महा सङ्घ बेलायतले एक महत्व पूर्ण बैठक संचालन गरेको छ l
महा सङ्घका अध्यक्ष सिरी प्रसाद लिम्बुको अध्यक्षतामा बसेको उक्त बैठकमा,पहिचानाबादी पांच वटा संघिय मोर्चाका प्रतिनिधिहरु ,नेपाल आदिबासी महिला महासंघ बेलायतका पदाधिकारीहरु,बेलायतमा रहेका विभिन्न जातिय सङ्घ संस्थाका प्रतिनिधिहरु,नेपाल आदिबासी जनजाति पत्रकार महा सङ्घ बेलायतका अध्यक्ष लगायत मधेसी समाज बेलायतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो l
बेलायतमा रोजगारी गरि रहेका आदिबासी नेपालीहरु ,पहिचान सहितको संबिधान संघिय राज्य मुलुकमा छिट्टै निर्माण होस् भन्ने चाहान्छन l आफ्नो पहिचानको खातिर आर्थिक ,नैतिक ,भौतिक ,प्राबिधिक ,बौदिक हर छेत्रबाट पदम रत्न तुलाधरले नेतृत्व गरेको जस्तो आन्दोलनलाई सम्पूर्ण पहिचान पक्षधरहरु एकजुट भई सहयोग गर्ने बिषयमाथि बैठकले गहन छलफल गरेको थियो l बेलायतमा रहेका जातीय संघ संस्थाहरु किरात सुनुवार ,किरात राइ यायोख्खा ,किरात याख्थुंग चुम्लुङ्ग लिम्बु ,किरात याख्खा छुम्मा ,मगर सङ्घ ,तमुधि गुरुङ ,शेर्पा समाज ,हेल्मो समाज ,दुरा समाज ,छन्त्याल समाज आदिले एक एक हजार पाउन्ड आ आफ्नो संस्थाबाट आर्थिक सहयोग गर्ने निर्णयलाई बैठकले पारित गरेको छ ! किरात राइ यायोख्खाले दूई हजार पाउन्ड आन्दोलनको निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ l
यसै गरि आदिवासी आन्दोलन किन जरुरि छ ,प्रवासबाट कसरि प्रभावकारी बनाउन सकिन्छ सम्पूर्ण मुलबासिहरुको निम्ति आफ्नो पहिचानको लागि बहन गर्नु पर्ने दायित्वहरु के कस्ता हुन् सक्छन भन्ने बारेमा, ए : माओबादी प्रभाश बेलायतका श्री सुरेन्द्र श्रेस्ता,
नेपाल आदिबासी जनजातिका बरिष्ठ सल्लाहकार गणेश इजम, हिमालय एसुसियसनका अध्यक्ष थर्क राना,बेलायतका लागि पहिचानवादी संघिय मोर्चाका संयोजक पदम गाहा मगर, नेकपा माओबादी,एमाओबादीका प्रतिनिधिहरु, राष्ट्रिय जनमुक्ति प्रवास पार्टी बेलायतका महासचीव कर्म शेर्पा,संघिय लिम्बुवान परिषद बेलायतका अध्यक्ष लोकेन्द्र लिम्बु ,संघिय समाजबाद बेलायतका बरिष्ठ उपाध्क्ष जंग सुनुवार लगायतका बक्ताहरुले बोलेका थिए l यसै गरि सम्पूर्ण सहभागी र सङ्घ संस्थाका प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए l
महा सङ्घका महा सचिव नरेश कम्बमांग राइले संचालन गरेको बैठकमा
अन्य बिभिन्न बिषय उपर अजेण्डामा समेत छलफलगरि सर्वसम्मतिले पारित गरेको थियो !
दिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा सम्पन्न
०८ नोभेम्बर २०१४ शनिबारको दिन लण्डनको साउथहल स्थित दार्जेलिङ्ग इन रेष्टुरेन्टमा नेपाल आदिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा अति भब्यताको साथ् सम्पन्न भएको छ l आदिबासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमुख आतिथ्य रहेको उक्त भब्य सभामा त्रिभुवन विश्व विद्यालयकी प्रोफेसर सुमाया राइ र हालै स्टोकहोल्म् ,२९ अक्टुवर २०१४ मा विश्व बाल बालिका क्षेत्रको नोवेल पुरस्कार अनरेरी अवार्डबाट सम्मानित समाजसेवीका इन्दिरा राना मगरको बिशेष अतिथि रहेको थियो l
बेलायतमा रहेका सम्पूर्ण जातिय सङ्घ संस्थाहरु ,महिला सङ्घ संस्थाहरु ,हेल्पिङ्ग युवा समूह, राजनीतिक सङ्घ संथाहरु ,धार्मिक सङ्घ संस्थाहरु ,सामाजिक सङ्घ संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्य रहनुको साथै ,विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिश्वासदिप दिगेला , नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष किरण थेबे लिम्बु ,नेपाली सङ्घीय समाज युकेका बरिष्ठ उपाध्यक्ष जंग सुनुवार ,सङ्घीय लिम्बुवान परिषदका प्रतिनिधि लोकेन्द्र ताबेहांग लिम्बु ,राइ यायोख्खा बेलायतका अध्यक्ष , किरात याख्खाछुम्माका अध्यक्ष ,युरोप शेर्पा महासंघका महासचिब कर्म पहाडी शेर्पा ,मगर संघ युकेका प्रतिनिधि ,हिमालयन अर्गनाइजेसनका प्रतिनिधि भरत थापा
मगर ,किरात याक्थुम चुम्लुङ्ग युकेकी महासचिब महेश्वरी नेम्बाङ्ग ,दुरा महिला समाज युकेकी अध्यक्ष गङ्गा माया दुरा ,छन्त्याल महिला सङ्घ युकेकी प्रतिनिधि चित्र छन्त्याल ,किरात याक्थुङ्ग चुम्लुङ्ग रशमोर शाखाका अध्यक्ष नगेन्द्र नेम्बाङ्ग ,मगर महिला शंघकी अध्यक्ष हिमाली राना ,किरात सुनुवार महिला समाज (कीसुम)युकेबाट प्रतिनिधि सेविका सुनुवार हिमाल अर्गनाइजेसन युकेका महा सचिब पदम गाहा ,गोर्खा सत्य ग्रहका संयोजक प्रेम राइ , मधेशी समाज युकेका प्रतिनिधि दिलिप महासेठ ,गैर आवासिय युकेकी उपाध्क्ष शान्ति थापा कुवर ,राज्य सतताका सम्पादक, नेपाली टि भी युरोपका संचारकर्मी राजेन्द्र भट्ट ,,राइनो एफएमका इस्टाफहरु,एभरेष्टटाइम्स साप्तहिकका प्रतिनिद्जी, रेडियो बि जी डब्लु यसबाट प्रस्तोता गोमा मगर लगायत अन्य संचारकर्मीहरु ,पत्रकारहरु ,साहित्यिक व्यक्तिवहरु, बुद्दिजिविहरु ,सल्लाहकारहरु एवंम मानव अधिकारबादी बेलायती नागरिक अतिथिहरुको समेत गरिमामय उपस्थिति रहेको थियो l
समाजसेवी इन्दिरा राना मगरलाई महासङ्घकी अध्यक्ष थापा र प्रमुख अतिथि लिम्बुदुवारा उनको महान कार्यको उच्च कदर गर्दै प्रसंसा पत्र , पुष्प गुच्छा र खादाले सम्मान गरिएको थियो l यसै गरि बिभिन्न सङ्घ संस्थाबाट उपस्थित व्यक्तित्वहरु,हेल्पिङ्ग यु नामक संस्थाका वेम्ली लन्डन युवा समूह र सम्पूर्ण सहभागीहरुले रानालाई भब्य स्वागत सम्मान दर्साएका थिए l बिगत २४ बर्षदेखी प्रिजन एसिस्टेन्ट (पिए)नामक संस्था मार्फत बन्दिगृह जेलमा रहेका अभिभावकहरुको बच्चाहरुलाई पालन पोषण र शिक्षा दिने जिम्मेवारी उठाउदै आइरहेकी रानाले बिगतमा पनि दुई वटा महत्वपूर्ण अन्तराष्टिय अवार्ड हात पारिसकेकी छिन l जेल भित्र रहेका आसय बाल बालिकाहरुको निम्ति तीन वटा आवास र दुइ वटा बिद्यालय उनले स्थापना गरेकी छिन भने युवाहरुको निम्ति समेत बिभिन्न रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने गरेकी छिन l
अध्यक्ष थापा र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जवालित गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो l
नेपालको राष्ट्रिय गान र नेपाल आदिबासी राष्ट्रिय गान लगत्तै संस्थाकी उपाध्यक्ष बिमला कुमारी राइले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेकी थिइन l सबै आमन्त्रित अतिथिहरुले साधारण सभालाई शुभकामना मन्तब्य व्यक्त गर्नुको साथै बिभिन्न पृष्ठभूमिबाट उपस्थित बक्ताहरुले सामाजिक ,राजनीतिक ,धार्मिक ,सांस्कृतिक ,संचार ,साहित्य, नारी आदि बिषयमा आ आफ्नो धारणा समेत व्यक्त गरेका थिए l “जति सुकै जीवन व्यस्त भए पनि दिनको एक घण्टा परोपकारिताको बारेमा सोच्ने समय छुट्टाउनु पर्छ असल समाज सेवक बन्नको निम्ति l कोहि मानिस जन्मदैमा खराब र अपराधी हुदैन l समाज र बाताबरनले नै मान्छेलाई असल र खराब बनाउछ l बच्चाहरुलाई राम्रो संस्कार दिन सकेको खण्डमा समाजमा अपराध घट्न गइ असल नागरिकहरु राष्ट्रको लागि जन्माउन सकिन्छ” l इन्दिरा रानाले आफ्नो मन्तब्य राखने क्रममा भनिन l
सोहि अवसरमा महासङ्घकी सचिब भावना परिष्कृत दुवारा लिखित, नारी ,समाज र संस्कृति माझ बिचरित कथा संग्रह “उन्मुक्त यात्रा “लाइ अध्यक्ष कमला थापा , इन्दिरा राना ,प्रोफेसर राइ र प्रमुख अतिथि दुवारा बधाई दिदै पुष्प गुच्छा ,खादा र कलम उपहार प्रदान गरिएको थियो l बेलायतमा बसेर आफ्नो पहिचान ,भाषा ,धर्म ,संस्कार र संस्कृति जगेर्ना गर्न लागि परेका जागरुक आदिबासी महिलाहरु ,राजनीतिक र साहित्य छेत्रमा पनि चासो राख्दै अघि बढ्नु बर्तमान परिपेक्षमा नितान्त जरुरी रहेको कुरालाइ जोड दिदै , प्रोफेसर राइले मन्तव्यको व्यक्त गरेकी थिइन् l बन्दि गृहबाट उद्दार गरिएका बालबालिकाहरुको सयोगार्थको निम्ति ,उन्मुक्त यात्रा कृतिबात् उठेको रकम र सहभागीहरुबाट थप रकम उठाएर अध्यक्ष थापाको हातबाट समाजसेवी रानालाई अर्पण गरिएको थियो l २२ डिसेम्बर २०१२ मा स्थापना भएको आदिबासी जनजाति महिला महासङ्घ बेलायतले छोटो समयमा निकै प्रसंसा योग्य कार्यहरु गरेको र अझ अघाडी सम्पूर्ण बेलायतबासी आदिबासी नारीहरुको चौतर्फी बिकासको निम्ति प्रमुख अतिथिबाट शुभकामना व्यक्त गरेपछि पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो l
कार्यक्रमको दोस्रो चरणमा महासङ्घकी महासचीब बिमला सेनले प्रगती प्रतिबेदन र भावी कार्ययोजनाहरु प्रस्तुत गरेकी थिइन जसलाई सर्ब सम्मतिबाट छलफल गरि ताली बजाएर पारित गरिएको थियो l
यसै गरि कोषाध्यक्ष बशुन्धारा राइले आर्थिक पर्तिबेदनलाइ पारदर्सिता पुर्बक प्रस्तुत गरेकी थिइन जसलाई सर्बसम्मतिबाट अनुमोदन गरिएको थियो l कार्यक्रमको अन्तमा सहभागीहरु र सल्लाहकारहरुसंग बिभिन्न बिषयमा महासङ्घले छलफल समेत गरेको थियो l
अन्तमा सभाकी सभापति कमला थापाबाट सम्पूर्ण अतिथिहरु र सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै सभा बिसर्जन गरिएको थियो l बिहान एघार बजेबाट सुरु भएको कार्यक्रमको पहिलो चरण महासचीब बिमला सेनेले र दोस्रो चरणको कार्यक्रम सचिब भावना परिष्कृत सुनुवारले संचालन गरेकी थिइन l Read More
हार्दिक श्रद्धाञ्जली
केर लाँ मालाचा, लाल लाँ लाचा
लाल लाँ मालाचा, बुइ–शि लाँ लाचा ।
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज ललितपुरका कोषाध्यक्ष खिम बहादुर सुनुवार (श्याम सुनुवार–रिल्मा) – रामेछाप जिल्ला प्रिती ८ का पुजनीय पिता श्रीमान सुनुवार (बाम–ना याअÞता) को ९१ वर्षको उमेरमा यही २०७१ साल कार्तिक १८ गते असमायिक निधन भएको हुँदा सम्पूर्ण परिवार जनमा पर्न गएको पीरमर्का तथा दुःखमा हार्दिक समावेदना प्रकट गर्दै स्व. श्रीमान सुनुवारको आत्मले बुइशि लाँ समाओस् भनी देयिलिकि इँगिहोपोसँग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।
–सुनुवार डट ओआरजि, दुर्दा डट कम, चुप्लु फाउण्डेशन, चुप्लु समाज, रेडियो लिखु, सुनुवार सेवा समाज केन्द्रीय समिति तथा सम्पूर्ण परिवार ।



