All about Sunuwar

उधौली शाँदार पिदार भव्य रुपमा मनाइयो

shynader1सुनुवार डट ओआरजी
ललितपुर, मंसिर २० । किरातहरुको महान चाड उधौली आज ललितपुरको हात्तिवनमा विशेष पूजाआजा गरी मनाए । प्रत्येक वर्षको मंसिर पूर्णिमा तथा बैशाख पूर्णिमा मनाइने चाडमध्ये मंसिरे उधौली सुनुवारले भव्य रुपमा मनाए । विहान सबेरैदेखि ललितपुरको हात्तिवनस्थित माङखिम मन्दिरमा आआफनो मुक्दुम अनुसार पूजा आजा गरी मनाए ।
सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको आयोजनामा सुनुवारहरुको मुक्दुम पूजा गरी नखिपोटमा शाँदार सिल नाचियो । प्रकृति पूजक सुनुवारहरुले नयाँ अन्नबाली भित्र्याइ सकेको र लेकका चराचुरुङ्गीहरु बेसी झर्ने बेला भएको संकेत गर्दै उधौली शाँदार पिदारको आयोजना गरेका हुन् ।शाँदार सिल यही आउँदो मंसिर २७ गते टुँडिखेलमा आयोजना गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *