All about Sunuwar

नेपाल आदिबासी जनजाति राष्ट्रिय आन्दोलनलाई आदिबासी जनजाति महासङ्घ बेलायतबाट सहयोग !

nepal adibasiमानव अधिकारबादी बरिष्ठ नेता पद्म रत्न तुलाधरको नेत्तुत्वमा हुन् गइ रहेको आदिबासी जनजातिको राष्ट्रिय आन्दोलनलाइ ,आर्थिक नैतिक लगायत अन्य पक्षबाट सहयोग पुराउने उद्देश्यले ,२९ नोभेम्बर २०१४ शनिबारको दिन लन्डन ह्यारो स्थित एक सभा कक्षमा नेपाल आदिबासी जनजाति महा सङ्घ बेलायतले एक महत्व पूर्ण बैठक संचालन गरेको छ l
महा सङ्घका अध्यक्ष सिरी प्रसाद लिम्बुको अध्यक्षतामा बसेको उक्त बैठकमा,पहिचानाबादी पांच वटा संघिय मोर्चाका प्रतिनिधिहरु ,नेपाल आदिबासी महिला महासंघ बेलायतका पदाधिकारीहरु,बेलायतमा रहेका विभिन्न जातिय सङ्घ संस्थाका प्रतिनिधिहरु,नेपाल आदिबासी जनजाति पत्रकार महा सङ्घ बेलायतका अध्यक्ष लगायत मधेसी समाज बेलायतका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो l
बेलायतमा रोजगारी गरि रहेका आदिबासी नेपालीहरु ,पहिचान सहितको संबिधान संघिय राज्य मुलुकमा छिट्टै निर्माण होस् भन्ने चाहान्छन l आफ्नो पहिचानको खातिर आर्थिक ,नैतिक ,भौतिक ,प्राबिधिक ,बौदिक हर छेत्रबाट पदम रत्न तुलाधरले नेतृत्व गरेको जस्तो आन्दोलनलाई सम्पूर्ण पहिचान पक्षधरहरु एकजुट भई सहयोग गर्ने बिषयमाथि बैठकले गहन छलफल गरेको थियो l बेलायतमा रहेका जातीय संघ संस्थाहरु किरात सुनुवार ,किरात राइ यायोख्खा ,किरात याख्थुंग चुम्लुङ्ग लिम्बु ,किरात याख्खा छुम्मा ,मगर सङ्घ ,तमुधि गुरुङ ,शेर्पा समाज ,हेल्मो समाज ,दुरा समाज ,छन्त्याल समाज आदिले एक एक हजार पाउन्ड आ आफ्नो संस्थाबाट आर्थिक सहयोग गर्ने निर्णयलाई बैठकले पारित गरेको छ ! किरात राइ यायोख्खाले दूई हजार पाउन्ड आन्दोलनको निम्ति आर्थिक सहयोग गर्ने प्रतिबद्दता जाहेर गरेको छ l
यसै गरि आदिवासी आन्दोलन किन जरुरि छ ,प्रवासबाट कसरि प्रभावकारी बनाउन सकिन्छ सम्पूर्ण मुलबासिहरुको निम्ति आफ्नो पहिचानको लागि बहन गर्नु पर्ने दायित्वहरु के कस्ता हुन् सक्छन भन्ने बारेमा, ए : माओबादी प्रभाश बेलायतका श्री सुरेन्द्र श्रेस्ता,
नेपाल आदिबासी जनजातिका बरिष्ठ सल्लाहकार गणेश इजम, हिमालय एसुसियसनका अध्यक्ष थर्क राना,बेलायतका लागि पहिचानवादी संघिय मोर्चाका संयोजक पदम गाहा मगर, नेकपा माओबादी,एमाओबादीका प्रतिनिधिहरु, राष्ट्रिय जनमुक्ति प्रवास पार्टी बेलायतका महासचीव कर्म शेर्पा,संघिय लिम्बुवान परिषद बेलायतका अध्यक्ष लोकेन्द्र लिम्बु ,संघिय समाजबाद बेलायतका बरिष्ठ उपाध्क्ष जंग सुनुवार लगायतका बक्ताहरुले बोलेका थिए l यसै गरि सम्पूर्ण सहभागी र सङ्घ संस्थाका प्रतिनिधिहरुले आ आफ्नो धारणा राखेका थिए l
महा सङ्घका महा सचिव नरेश कम्बमांग राइले संचालन गरेको बैठकमा
अन्य बिभिन्न बिषय उपर अजेण्डामा समेत छलफलगरि सर्वसम्मतिले पारित गरेको थियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *