Archives
now browsing by author
कोइँच (सुनुवार)हरुले नयाँ बर्ष तथा समिबुँ पिदार मनाए ।
सुनुवार डट ओआरजी
काठमाण्डौं, माघ १ । किराँति कोइँच (सुनुवार)हरुको नयाँ बर्ष तथा समिबुँ पिदार अर्थात चेलीबेटिलाई पुजा गर्ने दिनको रुपमा मनाईन्छ । किराँती कोइँच (सुनुवार)को नक येले थोचे ५०७५ तथा समिबुँ पिदार सुनुवार सेवा समाज केन्द्रिय भवन कोटेश्वरमा आफ्नै संस्कृती अनुसार पिदार गर्नुका साथै , वन तरुल खाएर समि(चेली)हरुलाई टीका लगाउनुका साथै विभिन्न उपस्थित अतिथिहरुले संस्कार संस्कृतिको बिशेषता र संरक्षणको आवश्यकताको बारेमा बोल्नु हुँदै कार्यक्रम सु-सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सस्कृतीक प्रस्तुती साथै बछ्छे बाजामा रमाउदै नाचेका थिए ।
वल्लो किरात माग गर्दै वल्लो किराती
जीवन सुनुवार, काठमाडौ ।
नेपाल आदिबासी जनजाती महासंघ संघीय परिषद सचिबालयको आव्हानमा पहिचान सहितको संघिय संबिधान समयमै जारी गराउनको लागि आज मिति २०७१-०९-२५ गतेका दिन बृहत धर्ना कार्यक्रममा वल्लो किरात संघीय राज्य परिषदको तर्फबाट सहभागी सुनुवार महानुभाब ज्युहरुको नामावली-
१) श्री मन प्रसाद सुनुवार -अध्यक्ष-वल्लो किरात संघीय राज्य परिषद
२) श्री मानबीर सुनुवार
३) श्री लेख बहादुर सुनुवार
४) श्री सुनिता सुनुवार
५) श्री प्रमिशा सुनुवार
६) श्री सजा सुनुवार
७) श्री सिर्जना सुनुवार
८) श्री सुर्य प्रकाश सुनुवार
९) श्री तारादेवी सुनुवार
१०) श्री अरुण सुनुवार
११) श्री शोभा सुनुवार
१२) श्री राज सुनुवार
१३) श्री सुजन सुनुवार
१४) श्री नैना कुमारी सुनुवार Read More
गाम्रा स्मृति दन्त शिविर सम्पन्न
ओखलढुंगा, खिची काति २४, पुस । समाजसेवी स्व. हर्कबहादुर सुनुवार (गाम्रा)को सम्झनामा सञ्चालित दुई दिने दन्त शिविर आज सम्पन्न भएको छ । शिविरमा उपस्थित दाँतका बिरामीहरुका अनुसार स्थानीय रेडियोबाट प्राप्त सूचनाका आधारमा भुसिंगा, रावादोलु, खिजीचण्डेश्वरी, पि्रतीबाट आएको जानकारी आयोजक समितिले दिएका थिए । सो शिविरबाट २०० भन्दा बढी रोगीले दाँतसम्बन्धी उपचार तथा परामर्श पाएका थिए । शिविर समापन पश्चात बसेको समीक्षा बैठकमा गाम्रा मार्ग, गाम्रा स्मृति भवन र छात्रवृत्ति कोषको पनि प्रस्ताव प्रस्तुत गरिएको छ । स्थानीय समाजसेवी तथा समाजिक कार्यकर्ताको समुपस्थितिमा भएको समीक्षात्मक कार्यक्रमले २०२६ मा स्थापित श्री कुण्डली मा. वि.को पुरानो भवनलाई जस्ताको तस्तै पुरानो संरचनामा नयाँ प्रविधि अनुसार नै स्थापना गरिनुपर्ने विषयमा सबैले समर्थन जनाएका थिए । विभिन्न संघसंस्थाले आयोजना गरेको कार्यक्रममा मात्र आफू उपस्थित भएको एउटै परिवारले मात्र आयोजना गरिएको यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएको जानकारी स्वास्थ्य तथा विकास समाज, ललितपुरका संयोजक अजय बस्नेतले बताए । शिविर उद्घाटन क्रममा स्थानीय कलाकारहरुले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेर दिएका थिए । सोही अवसरमा खिजीकातीका ज्येष्ठ नागरिक १०३ वर्षका मंगले तामाङ लगायत स्व. हर्कबहादुर काःतिच सुनुवार (गाम्रा)का सहयोगीहरुलाई सम्मान गरिएको थियो । शिविरमा खिजीकातीका विभिन्न व्यक्तित्वहरुले गाम्रा काःतिचको सम्झनामा विभिन्न कार्यक्रम गर्नुपर्ने सल्लाह सुझाव दिएका थिए । शिविरले स्थानीय बासिन्दा लगायत आसपासका छिमेकी गाउँहरुका दाँतका रोगीहरुले उपचार तथा परामर्श लिने कुरामा विश्वस्त भएको र प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । उक्त उद्घाटन कार्यक्रम गाम्राका जेठी सुपुत्री विष्णुमाया सुनुवारको सभापतित्वमा भएको थियो । दन्त शिविरको प्रत्यक्ष प्रसारण सार्वजानिक हितका लागि रेडियो लिखु ९१.३ मेघाहर्जले सहकार्य गरेको थियो ।
सुचना । सुचना ।। सुचना ।।।
यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको चौथो कार्य समितिको पदावधि यही मिति २०७१ माघ १४ गते समापन हुने भएकोले समयमै पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गरि जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने भएको हुँदा¸ यस सुनुवार विद्यार्थी समाज केन्द्रिय समितिको बैठकले गरेको निर्णय अनुसार¸ सुनुवार विद्यार्थी समाजका का बा अध्यक्ष श्री मान ब सुनुवारको सयोजकत्व र सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवारको प्रमुख आतिथ्यतामा ’सम्पुर्ण सुनुवार विद्यार्थीहरुको शैक्षिक जागरणका लागि हाम्रो अभियान । सामाजिक भाषा-सस्कृति¸ आर्थिक र राजनीतिक विकासका लागि पाँचौ राष्ट्रिय महाधिवेशन ।।´ भन्ने मुल नाराको साथ तपशिलको मिति¸ स्थान र समयमा सब्य तथा भब्य रुपले पाँचौ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय सर्वसहमतिबाट पारित गरिएको व्यहोरा जानकारी गराउँदछौ¨ ।
साथै यस पाँचौ राष्ट्रिय महाधिवेशन कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण सुनुवार विद्यार्थी¸ मातृ सस्था¸ जिल्ला कार्य समिति¸ विभिन्न विद्यार्थी सङ्गठन¸ राजनैतिक दल¸ पत्रकार¸ व्यवसायी¸ व्यापारी¸ कर्मचारी¸ अधिकारकर्मी¸ कानुनव्यवसायी¸ समाजसेवी¸ मजदुर¸ बुद्धिजिवी लगायत सम्पूर्ण व्यक्तिहरुलाई आ-आफ्नो तहबाट सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपशिल
मिति: २०७१ माघ ३ गते शनिबार
स्थान: सु से स भवन कोटेश्वर¸ काठमाण्डौ¨ ।
समय: विहान ठिक ९:३० बजे ।
सयोजक
मान ब सुनुवार
आयोजक समिति
पाँचौ राष्ट्रिय महाधिवेशन
काठमाण्डौ¸ नेपाल ।
सम्पर्कका लागि
सयोजक: मान ब सुनुवार (९८४१०१०९८६)
सह-सयोजक: छविलाल सुनुवार (९८५१००८५२३)
सचिब: बीर ब सुनुवार (९८४४१४७३७१)
कोषाध्यक्ष: सागर सुनुवार (९८४९३८६१०७)
दन्त शिविर सम्पन्न
ओखलढुंगा २१, पुस । क्युाइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आज सम्पन्न भएको छ । ओखलढुंगा र रामेछाप जिल्लाका विभिन्न गाविसबाट आएका करिव ३०० जना रोगीले दाातसम्बन्धी उपचार तथा परामर्श लिएका छन् । स्थानीय रेडियोबाट सुनेको सूचनाको आधारमा निकै टाढाबाट आएको कुरा सैपू, दुरागाउा, गाम्नाङटार र बेतेनीबाट आउने दाातका रोगहरुले बताए । समापान कार्यक्रममा बोल्दै श्री चण्डेश्वरी उच्च माविका प्राचार्य बेदबहादुर रोकाले क्युाइतबु कल्याण कोष क्युाइतिचहरुको मात्र नभएर सम्पूर्ण जातजातिको भएको कुरा बताए । त्यसैगरी शिविरस्थल श्री चुली निमाविका प्रधानाध्यापक बेदबहादुर महतराले आफ्नो विद्यालयमा सञ्चालन भएको शिविरले दाातका रोगीहरुलाई निकै राहत पुगेकोमा हर्ष व्यक्त गरे । त्यस्तै क्युाइतबु कल्याण कोषका सल्लाहकार गंगाबहादुर सुनुवारले यस्तो कार्यक्रम धेरै अगाडिदेखि गर्ने योजना सुनाए पनि यसपटक मात्र रगनीमा आएको कुरा बताउादै अबका दिनमा सुनुवार सेवा समाजसागको सहकार्यमा अन्य यस किसिमका उपयोगी कार्यक्रम ल्याउनुपर्ने बताए । यसै क्रममा सो समापन कार्यक्रमका प्रमुख अतिथि सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले यस किसिमको कार्यक्रम रगनीमा ल्याउनु निकै सकारात्मक भएको र कोषको मुल उद्देश्य शिक्षा, स्वास्थ्य र संस्कृति भएकोले आउने दिनमा अझ जोड दिएर लाने कुरा बताए । समापन कार्यक्रमका सभाध्यक्ष तथा क्युाइतबु कल्याण कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले कोष स्थापनाको उद्देश्यलगायत यो शिविर ल्याउनुपर्नेबारे प्रकाश पार्दै धेरैपछि आफ्नो पुख्र्यौली थलोमा आएर यस्तो खालको सेवामूलक कार्य सञ्चालन गरेको बताए । यो दुईदिने दन्त शिविरका लागि ललितपुरस्थित स्वास्थ्य तथा विकास समाज नेपालले प्राविधिक रुपमा सहयोग गरेको हुनाले यो कार्यक्रम सफल भएको कुरा पनि बताए ।
दन्त शिविर सञ्चालन हुँदै
ओखलढुंगा २०, पुस । क्युँइतबु कल्याण कोषद्वारा सञ्चालन गरिएको दुई दिने दन्त शिविर आजबाट शुरु भएको छ । शिविरमा आज करिव दुईसयभन्दा बढी दाँतका रोगीहरुले उपचार गराए । सो कार्यक्रममा ओखलढुंगा जिल्लाको रगनी गाविसलगायत आसपासका छिमेकी गाविसहरुबाट उपचारका लागि आएको र उपचारमा आफूले भोगेको समस्याको समस्या हल भएको कुरा शिविरमा आउने कामी शेर्पाले बताए । उक्त शिविर सञ्चालन हुने कुरा विभिन्न सञ्चारमाध्यमबाट थाहा पाएपछि एक दिनको बाटो हिँडेर अघिल्लो आएको कुरा बताए । शिविरमा उपस्थित भएका दाँतका रोगीहरुको चाप देखेर आफूलाई अझ हौसला बढेको कोषका अध्यक्ष प्रकाशकुमार सुनुवारले बताए । यो शिविरले स्थानीय बासिन्दामा निकै राहत मिलेको कुराले आफूलाई अझ आउने दिनमा यस्तो स्वास्थ्य शिविर चलाउने उत्साह बढेको र अझ सकेसम्म आउने दन आसपासका गाउँहरुमा भविष्यमा यस्तो कार्यक्रम सञ्चालन गर्ने ऊर्जा मिलेको पनि बताउनुभयो । शिविरमा उपचार गराउन आएका रोगीहरुको समस्या हामीले सोचेभन्दा पनि अझ जटिल भएको र यसलाई सकेसम्म समाधान गर्ने कोसिस गरेको र सम्बन्धित अस्पतालहरुमा सिफारिस गरेको कुरा डा. विजय तामाङले बताए । कार्यक्रममा उपस्थित दाँतका बिरामीहरुले हाम्रो दुईदिने शिविरमा निकै सहयोग पुगेको स्वास्थ्य शिबिर संयोजक अजय बस्नेतले बताए । कोषद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम आजसम्म सञ्चालन हुनेछ ।
पुष्पा बनिन बेलायतमा पहिलो पुलिस कन्स्टेबल !
बेलायत जस्तो बिकास र प्रबिधिले सुसम्पन्न राष्ट्रको पुलिस फोर्समा मौका पाउनु आफैमा चुनौतिपूर्ण छ हाम्रो जस्तो पिछडिएको रास्ट्रको नागरिकले ! प्राय यसो भनि रहने कति पाया अभिभावकको बचनलाई झुथलाउदै ,नया पुस्ताहरुको लागि प्रेरणाको श्रोत र सफलताको नमुना बनेकी छिन कोइञ्च तमि पुष्पा सुनुवार ! बाबु होम ब सुनुवार दसुचा रआमा पबित्र सुनुवारको जेठी छोरी पुष्पा सुनुवारले ,बेलायत स्थित साउथहामटन पुलिस ट्रेनिंग सेन्टरबात पी सी (पुलिस कन्स्टेबल ) को कोर्स सफलता पुर्वक पुरा गरेकी छिन ! यसरि बेलायतको पोलिस फोर्सको अफिसरमा नेपालि महिला तर्फबाट उनि प्रथम महिला पी सी हुन् ! ठूलो साहस र क्षमतावान पुष्पा बहु आयामिक व्यक्तित्वकि धनि छिन !” यु के पी सी को लागि हजारौले आबेदन दिन्छन ! ति मंध्य सैयोको संख्यामा छनौट भए पनि बिभिन्न कठिन र चुनौती पूर्ण चरणहरु पार गर्दै निश्चित केहि संख्यामा मात्र तालिमको लागि योग्य ठहरिन्छन ! जो हर छेत्रमा अब्बल र सक्षम छन् ,अनुसाशनको हिमायती छन् उनीहरुले मात्र यु के पी सी जस्तो जिम्मेवार र चुनौतिलाइ सामना गर्दै सफलता हासिल गर्छन !” पुष्पाको तालिम प्रक्षिकले प् सी कोर्सको बिसयमा प्रकाश पार्ने क्रममा भने ! ११ डिसेम्बर २०१४ बिहीबारको साँझ ११ जना नया कन्स्टेबलहरुलाई परिवार र आफन्तहरु माझ एक भब्य समारोह बीच प्रमाण पत्र वितरण गरिएको थियो ! पुष्पाको अभिभाबक नेपाल उपचारको क्रममा हुनु भएकोले अभिभावकको तर्फबाट जंग सुनुवार किरात सुनुवार सेवा समाज बेलायतबात महा सचिब भक्तमान सुनुवार र किसूमस (किरात सुनुवार महिला समाज ) यु के बात भावना परिष्कृत र परिवारको अन्य सदस्यहरुको उक्त समरोहमा उपस्थिति रहेको थियो ! उनको यो सफलता सुरुवात मात्र रहेको र गर्न अघाडी धेरै बाकि रहेको प्रस्ताउदै अगाडिको उच्च पदहरुको निम्ति अभ्यास र अध्यन निरन्तर जारि राख्दै जाने ,आफ्नो राष्ट्र नेपालको नाम चिनाउने मार्गमा डटी रहने पुष्पाले बताईन !उनि किसुमस युकेको सचिब र रसमोर नेपाली युवा समाज यु के को अध्यक्ष पनि हुन् !
