Archives
now browsing by author
सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो ।
सुनुवार डट ओआरजी समाचारदाता ।
२१ भदौ, काठमाडौं । सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो । सभाको सभाअध्यक्ष सुनुवार सेवा समाज जिल्ला समितिका अध्यक्ष श्री चन्द्र प्रकाश सुनुवारले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मन प्रसाद सुनुवार हुनुहुन्थ्यो । कार्यक्रममा सुनुवार सेवा समाज जिल्ला समितिका सचिव देव कुमारी सुनुवारले संस्थाको प्रगती प्रतिबेदन तथा भावी योजनाबारे बताउनु भएको थियो भने सोही समितिका कोषाध्यक्ष श्याम सुनुवार “खिम”ले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य दिएका थिए भने प्रमुख अतिथी केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवारले सम्पुर्ण सुनुवार बन्धुहरु एक भएर पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि संघर्ष गर्न छोड्न नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला समितिको गतिविधिमा साथ सहयोग गनेुहुने महानुभावहरुलाई प्रमुख खतिथि श्री मन प्रसाद सुनुवारले कदर पत्र वितरण गर्नु भयो ।
भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री
भावना परिस्कृत सुनुवार, उन्मुक्त यात्राका यात्री, चुप्लु खिँचि (हाल्को ओखलढुङ्गा जिल्लाको खिँजी) मा मुलिच परिवारमा जन्मेकी बहुप्रतिभाशाली कोइँच चेली हुन् । चुप्लु खिँचि निभारेका जंगबहादुर सुनुवारसँग वैवाहिक सम्बन्ध कायम गरेकी उनी दुई सन्तानकी जिम्मेवार आमा पनि हुन् ।
विगतमा फुटकर कविता, कथा, नाटक लेख्दै आए पनि पुस्तकका रुपमा उन्मुक्त यात्रा कथा संग्रह लिएर नेपाली साहित्यिक फाँटमा टुप्लुक्क झुल्केकी छिन् मानौं नुम्बुर हिमालमा अरुणोदय भएको छ, कतिपय सिण्डीकेटवादी नेपाली साहित्यकारहरुका लागि । तर उनी नेपाली साहित्यिक फाँटमा संघर्षरत साहित्यकर्मी मात्र नभएर कलाकार तथा सञ्चारकर्मी पनि हुन् । उनका आफ्नै स्रोता, दर्शक र पाठक छन् आफ्नै बलबुताले रिझाएको ।
एउटै भावभङ्गी, एउटै शैली, एउटै दर्शन र एउटै परिवेशका नारीवादी साहित्य पढीरहेका नेपाली साहित्यप्रेमी पाठकहरुलाई उन्मुक्त यात्रा नयाँ खुराकको रुपमा अप्रत्याशित आएको छ । सुन्नुहोस्, उनै उन्मुक्त यात्री भावना परिष्कृत सुनुवारको कथा संग्रह उन्मुक्त यात्राको वरीपरी बसेर, रेडियो लिखुको लागि चुप्लु समाज तथा सुनुवार डट ओआरजिले तयार पारिएको उनको बहुप्रतिभा झल्कने साहित्यिक रेडियो वार्ता :
[audio:http://www.sunuwar.org/radio/bhavan_radiolikhu.mp3]
सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
“समानता कायम गर्दै आदिवासी जनजातिको हधिकार कार्यान्वयन गर” आदिवासी जनजातिको अडान ! पहिचान सहितको संघीय संविधान !! भन्ने मुल नाराका साथ २० आँैं विश्व आदिवासी दिवस २०७१ साउन २४ गते शनिबार (सन् २०१४ अगष्ट ९) को मुल समाहोरह कार्यक्रममा साँस्कृतिक ¥यालिसहित सहभागीहरुमा सुनुवार सेवा समाज केन्द्रीय समिति हार्दिक धन्यवाद ब्यक्त गर्द छ ।
सहभागीहरुको नामवली यस प्रकार रहेको जानकारी गराउदछांै ।
केन्द्रीय समिति बाट
१. अध्यक्ष मन प्रसाद सुनुवार
२. उपाध्यक्ष रणवीर सुनुवार
३. ,, देवीन्द्र कुमार मुखिया
४ माहासचिव समीर मुखिया सुनुवार
५. कोषध्याक्ष उत्तम कुमार सुनुवार
सदस्यहरु
१. अमृत बहादुर सुनुवार
२. प्रेम कुमार सुनुवार
३. नारायण सुनुवार
४. शान्त्ति माया सुनुवार
सुनुवार सेवा समाज केन्द्रीय कार्यालय बाट Read More
२०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ श्रावण, ललितपुर । आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीय संविधान ।। मुल नारा सहितको २०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा श्रावण २०–२१ गते सम्म मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपाल स्पोर्टस साइन्स एकेडेमी, सातदोबाटो, ललितपुरमा नेपाल आदिवासी जनजनति महासंघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले गर्नु भएको थियो । कार्यक्रममा १६ टिमले आफनो संस्थाको प्रितिनिधित्व गर्नु भएको थियो जसमा प्रथम छन्त्याल समाजका गणेश छन्त्याल र तिलक छन्त्याल, दोस्रो तोपकेगोला समाजका पासाङ्ग शेर्पा र मिङ्गमा कामी शेर्पा त्यसैगरि तेस्रोमा सुनुवार सेवा समाजका टक सुनुवार, किशोर सुनुवार, मन प्रसाद सुनुवार र पाम बहादुर सुनुवार हुनुभएको थियो ।
कथाकार भावना परिष्कृत सुनुवारको कथाकृति “उन्मुक्त यात्रा” लोकार्पण ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१५ श्रावण, काठमाडौं । भावना परिष्कृत सुनुवारको पहिलो कथाकृति “उन्मुक्त यात्रा”को लोकार्पण होटेल हार्दिक, बागबजार, काठमाडौंमा भएको थियो । लोकार्पण कृतिमाथि मन्तव्य साहित्यकार तथा समालोचक डा. सुधा त्रिपाठी र वरिष्ठ साहित्यकार अतीत मुखियाले दिनु भएको थियो भने शुभकामना तथा मन्तव्य उपाध्यक्ष तथा प्रकाशन विभागका प्रमुख, नेप्रप्र बेलायतका गणेश राईले दिनु भएको थियो । कार्यक्रमको सभापति श्रावण मुकारुङ र प्रमुख अतिथिमा निवर्तमान कुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका बैरागी काइँलाले गर्नुभएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१२ श्रावण, काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न भएको थियो । प्रमुख अथितीमा सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल र सभाअध्यक्षमा प्रती माया पुन हुनुहुन्थ्यो । कार्यक्रममा निम्न पदादिकारीहरु चयन भएको थियो ।
अध्यक्ष : अमृत बहादुर सुनुवार
उपाध्यक्ष : टोमा लामा
उपाध्यक्ष : परशुराम चौधरी
उपाध्यक्ष : सुकुमाया मोक्तान
महासचिव : पुर्खाजित राई
सचिव : सृजना सुब्बा
सचिव : बिविश कुमार मगर
कोषाध्यक्ष : युग बहादरु गुरुङ
सहकोषाध्यक्ष :
कतारमा किरातीहरुले उभौली चाड भव्यताका साथ मनाएँ
किरातीहरुको महान चाड “सालिवा शाँदार पिदार÷साकेला उभौली÷यक्वा तङनाम, येले सम्वत्–५०७४ लाई तीन किरातीहरुले कतारमा शुक्रवारका दिन सुख, समृद्धि तथा शान्तिको कामना गर्दै भव्यताका साथ मनाएँ ।
कार्यक्रम मूल आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज कतारका का.बा. अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष बिनेश तमाङ्गको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमा दोहामा स्थापित राजनीतिक, साजिक तथा जातिय संघ÷संस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाज सेवी र व्यवसायिकहरुको आतिथ्य रहेको थियो ।
ब्यानर उद्घाटन तथा दिप प्रज्वोलन पश्चात उपस्थित सबैले सामुहिक राष्ट्रियगान गाएपछि कार्यक्रमले गति लिएको थियो । मूल समितिका उप– संयोजक तथा किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष धिरज चाम्लिङ्ग राईले स्वागत मन्तव्य सहित यस चाडका बारेमा प्रकाश पारेका थिए । मूल समितिका उप– संयोजक तथा किरात याक्थुम चुम्लुङ कतारका अध्यक्ष लोकेन्द्र तुम्रुकले कार्यक्रममा सहभागी तथा कार्यक्रम सफल पार्न अहोरात्र खट्ने सबै किरातीहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथी वक्ताहरुले कार्यक्रम सफलताको कामना सहित किरातहरुको महान चाड उभौलीका वारेमा आ–आफ्ना भनाईहरु राख्दै शुभकामना व्यक्त गरेका थिए । Read More

