All about Sunuwar

News

now browsing by category

 

ललितपुरमा उधौलीको रमझम

४ पौष, २०६७ ललितपुर ।
यही आउदो ६ पौषमा उधौली श्याँदरको लागि सुनुवार सेवा समाज, ललितपुरमा ढोललाई रङ्ग भर्दै। ढोलमा भर्दै गरेको यो चित्रलाई किराँत सुनुवारहरुले “पदम तुली” भन्दछन् ।

TARA AIR TWIN OTTER CRASH

There’s confusion over the identity of the passengers who were on board the missing plane. It is learnt that of the 19 passengers, 18 were Bhutanese, who were issued tickets by a Kathmandu-based travel agent on fake Nepali names and that Bhutanese prime minister called his Nepali counterpart Madhav Nepal to ascertain the veracity of the claim. Nepal assured him that the matter was being inquired into. (Source: HIMALAYAN NEWS SERVICE)

Passenger-list

• TR Tamang (male)
• K Sherpa (male)
• S Tamang (male)
• S Tamang (male)
• TR Tamang (male)
• Kelsang Choedak (male)
• K N Lama (male)
• P G Lama (male)
• KW Lama (male)
• Z D Sherpa (male)
• G Sherpa (female)
• P Tamang (female)
• LW Sherpa (female)
• S B Lama (female)
• T Sherpa (female)
• TY Sherpa (female)
• D B Tamang (female)
• T W Sherpa (female)
• P W Tamang (female)

किरात येले संवत्को काल निर्धारण सम्बन्धी

अन्तरक्रिया सम्पन्न

आयोजक
किरात समन्वय समिति, किरात येले संवत् अध्ययन समन्वय समिति
मिति : १४ दिसेम्बर, २०१०
स्थान : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान, जावलाखेल

समय :१२.३०

अध्यक्षता : दुर्गा राई, किरात राई यायोक्खा, केन्द्रिय समिति, काठमाडौं
अतिथि :मञ्जुल याक्थुम्बा, डा. चैतन्य सुब्बा
सञ्चालक : योगराज लिम्बु
स्वागत तथा जानकारी : प्राज्ञ अमर तुम्याङ, सदस्य, किरात येले संवत् अध्ययन समन्वय समिति
काल गणनामा एकरुपता नभएको हुँदा ठोस प्रमाणसहित निश्कर्षमा पुग्नु पर्ने भएको हुँदा यो अन्तरक्रिया भएको हो । यो अभियानलाई थेग्न सक्न नसकिने भएको छ । छलफलको श्रृंखलाले परिपक्वता पायो पाएन भन्ने कुरामा टुँगोमा पुगोस भनि यो कार्यक्रम समन्वय र निरन्तरताको लागि यो यात्रालाई टुँगोमा पुगोस भन्ने लागेको छ । यो चाहिँ चुलो सल्लाह जस्तो होस् । नजीकको भावना होस । चार किरात संस्थाहरु एक ठाउँमा आओस भन्ने अनुरोध गरि निर्णयात्मकमुलक होस यो अन्तरक्रिया । Read More

कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो

२६ मंसिर, २०६७ काठमाडौं ।
कुलदीप सुनुवारको वार्षिक पुण्य तिथिको अवसरमा खुल्ला रुपमा आज कुलदीप सुनुवार स्मृति राष्टिय कविता प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा प्रदीपराज भण्डारी प्रथम, ताराप्रसाद गिरी द्वितिय, राजेन्द्र प्रसाद पन्त तृतिय र श्यामकुमार भट्टराईले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो

२५ मंसिर, २०६७ काठमाडौं ।
ने.लो.कि.सु.सं. केन्द्रिय कमिटीले किराँत सुनुवारहरुको पर्व उधौलीको उपलक्ष्यमा आयोजित वनभोज कार्यक्रम आज भब्यताका साथ सम्पन भयो। कर्यक्रममा शुभकामना आदन प्रदानको क्रममा सभासद श्रीमती दाल कुमारी सुनुवार र वल्लो किराँत परिषदका अध्यक्ष श्री मन प्रशाद सुनुवार ज्यूले शुभकामनाका साथ साथै वोल्लो किरातलाई पनि सहयोग गर्नुहोस् भन्नु भयो। त्यसै गरि केन्द्रिय सुनुवार सेवा समाजका अध्यक्ष श्री टंकराम सुनुवार ज्यूले पनि शुभाकामना दिने क्रममा यो वनभोजले सुनुवारहरुलाई एकजुटमा ल्याउन सफल भएको जनकारी दिनुका साथै ८औ सम्मेलनलाई पनि भब्यताका साथ सफल बनाउन आग्रह गर्नु भएको जानकारी हाम्रा sunuwar.org का प्रतिनिधीले बताउनु भयो।

असहमतिको बाबजुद क्षेत्रीय सम्मेलन सम्पन्न

१८ मंसिर, २०६७ काठमाडौं ।

सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भएको समाचार नवनिर्वाचित सहसचिव प्रेम सुनुवारले सुनुवार डट ओआरजीलाई बताएका छन् ।
उहाँले निर्वतमान अध्यक्ष उदयबहादुर सुनुवारलाई पुनः अध्यक्ष, उपाध्यक्षमा नारायण सुनुवार, सचिव सोमबहादुर सुनुवार, सहसचिव प्रेमकुमार सुनुवार, कोषाध्यक्ष हीरामाया सुनुवार तथा सदस्यहरूमा नैनबहादुर सुनुवार, मनोजकुमार सुनुवार, मीनबहादुर सुनुवार, इन्दिरा शिकारी सुनुवार, लक्ष्मी सुनुवार र रमिला सुनुवार निर्वाचित भएको पुष्टि गरेका छन् ।
यो समिति काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला र भक्तपुर जिल्ला समितिभन्दा माथिल्लो तहको समिति हो । जिल्ला समितिको शिर्ष निकाय भए तापनि पनि मातहातका जिल्ला समितिहरुको असहमति हुँदाहुँदै पनि एक्लौटी रूपमा सम्मेलन सम्पन्न गरेको समाचार पनि जिल्ला समितिहरुबाट प्राप्त भएको छ । Read More

वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि टिप्पणीहरु

१. शंकर लिम्बु, सचिब लाहुर्निप
सभासदहरुसँग कुरा राख्दा राम्रो हुन्छ ।
आजको आत्मनिर्णयको अधिकार मौलिक अधिकार हो । यो संविधानमा राखिनु पर्छ । सिद्धान्तता सही छ । तर संविधानमा उठाउँदा सभासदहरुले बोल्नको लागि स्रोत खुलेको इतिहास राखिदिनु भए राम्रो हुन्छ । यो कार्यपत्र भावनात्मक रुपमा लेखिएको छ । त्यतिले मात्र पुग्दैन । शासन व्यवस्था कस्तो थियो । पहिला वल्लो किरातमा ? ती पहिला सञ्चालन भएको न्यायप्रणली उल्लेख गरे राम्रो हुन्छ ।
२. डा. चैतन्य सुब्बा
अपर्भmट टिप्पणी गर्नु भन्नु भयो । इतिहास खोज्ने कुरा धेरुै जटिल छ । आफनो पहिचान जनाउन ऐतिहासिक आधारहरुछप्रमाणित गर्न खोजेका छन्  । सिद्धान्तता ठिकै हो । इतिहासमा प्रशस्त उल्लेख छ । इतिहासलाई कहाँबाट टेक्ने हो । त्यो निश्चित हुनु पर्छ । ठाउँको नाम त परपरसम्म पुग्छ । भारटिय अर्थशास्त्रीहरुले त हिमालय रेञ्ज सबै नै किरातीको भन्ने छ । त्यो कन्सेप्ट हो भने भारतीय उपमहदीपमा सबै भनदा पुरानो त सन्थाल मात्र पनि भन्छन् ।
क्लेम के मा हुने ? ऐतिहासिक हेर्ने हो । दमन उत्पीडनकोइतिहास हेर्नु पर्छ । संरचनागत उत्पीडनमा को परेको हो ? त्यही अनुसार अन्तराष्टियरुपमा हेर्नु पर्छ । Read More