All about Sunuwar

असहमतिको बाबजुद क्षेत्रीय सम्मेलन सम्पन्न

१८ मंसिर, २०६७ काठमाडौं ।

सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भएको समाचार नवनिर्वाचित सहसचिव प्रेम सुनुवारले सुनुवार डट ओआरजीलाई बताएका छन् ।
उहाँले निर्वतमान अध्यक्ष उदयबहादुर सुनुवारलाई पुनः अध्यक्ष, उपाध्यक्षमा नारायण सुनुवार, सचिव सोमबहादुर सुनुवार, सहसचिव प्रेमकुमार सुनुवार, कोषाध्यक्ष हीरामाया सुनुवार तथा सदस्यहरूमा नैनबहादुर सुनुवार, मनोजकुमार सुनुवार, मीनबहादुर सुनुवार, इन्दिरा शिकारी सुनुवार, लक्ष्मी सुनुवार र रमिला सुनुवार निर्वाचित भएको पुष्टि गरेका छन् ।
यो समिति काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला र भक्तपुर जिल्ला समितिभन्दा माथिल्लो तहको समिति हो । जिल्ला समितिको शिर्ष निकाय भए तापनि पनि मातहातका जिल्ला समितिहरुको असहमति हुँदाहुँदै पनि एक्लौटी रूपमा सम्मेलन सम्पन्न गरेको समाचार पनि जिल्ला समितिहरुबाट प्राप्त भएको छ ।
जिल्ला समितिहरुले विधानविपरीत सम्मेलन आयोजना गरेको भन्दै असहमति जनाउँदै सम्मेलनमा अनुपस्थित रहेको जिल्ला समितिका सभापतिहरुले पुष्टि गरेका छन् । यो सम्मेलन सुनुवार सेवा समाजको विधान दफा ४६ ‘क’ बमोजिमको वैधानिक नभएको पुष्टि ललितपुर जिल्ला समितिका पदाधिकारीहरुले पुष्टि गरेका छन् ।
“विधानको दफा ४७ ‘ख’ अन्तर्गत रहेर तीनवटा जिल्ला समितिहरुले पुनः क्षेत्रीय समिति गठन गर्न सक्ने कुरा समितिको थप भनाई थियो ।”
यसै सन्दर्भमा पूर्व केन्द्रीय सचिव खडोस सुनुवारले थप प्रष्ट पार्दै भने– “काठमाडौं उपत्यका क्षेत्रीय समितिको अघिल्लो सम्मेलन २०६३ सालमा सम्पन्न भएको हो । यो सम्मेलन सुनुवार सेवा समाजको विधानले निर्देश गरेअनुसार दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने थियो ।”
“विधानले सुनुवार सेवा समाजका केन्द्रदेखि जिल्लासम्मको पदाधिकारीहरुको पदावधि तीन वर्ष रहने उल्लेख गरेको छ । यो विधान क्षेत्रीय समितिले समेत पालना गर्दै आइरहेको छ” – उहाँले थप पुष्टि गरे ।
“यस विधानको निर्देशलाई पालन गर्ने हो भने काठमाडौं उपत्यका क्षेत्रीय समितिको पदावधि दुई वर्षअगावै समाप्त भएको हो । तसर्थ यो समिति समयावधिमा सम्मेलन सम्पन्न गर्न असमर्थ भएकाले विधान अनुसार यो समिति दुई वर्षअगावै विघटन भइसकेको मानिन्छ” उनले विश्लेषण गर्दै “विधानको व्याख्यालाई परिपालन गर्ने हो भने सम्मेलन नभई तदर्थ समिति खडा गरी सम्मेलनको आह्वान गर्नुपर्नेमा मनोमानी ढङ्गले सम्मेलनको नाम दिई सम्मेलन सम्पन्न गर्नु विधान विपरीत भएको मानिन्छ” उनले भने ।
केन्द्रीय समितिका प्रथम उपाध्यक्ष मनप्रसाद सुनुवारले यो सम्मेलन प्रक्रियागत रुपमा नभई अवैधानिक रुपबाट सम्पन्न भएको संकेत गर्दै सम्मेलनलाई सम्वोधन गर्नुभएको कुरा हाम्रो प्रतिनिधिले जनाएका छन् ।
सम्मेलनका प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष टंकराम सुनुवार तथा उक्त सभा निवर्तमान तथा नवनिर्वाचित अध्यक्ष उदयबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न भएको हाम्रो प्रतिनिधिले जनाएका छन् ।

16 Comments to असहमतिको बाबजुद क्षेत्रीय सम्मेलन सम्पन्न

  1. mp sunuwar says:

    kathmandu upyaka chhetriy samitiko tesro sammelan, lalitpu,bhaktapur jilla samiti ra kathmandu jilla tadartha samitile sangyukta rupama bahiskar gareko prati mero dhyan akrist bhayekole, mero bicharma karyakram basiskar garnu bhanda pani tyas karyakramma upastith bhayer bahiskar garnuko karan ya afno ashamati k k hun bhanne bisaye byakta garda ramro hunthyoki bhanne ho. Ra dhara 47 anusar pun 3 jillale chhetriy samiti gathan garna sakne bhannubhanda pani dhara 40 ko kura lai samyema dhyan din anurodh garda ramro hunthyohola ya afu upasthit sahabhagi hun nachahe patrachar gari karyakram hunpurba jankari garaunda upayukta hutyo jasto lagchha. Arko kura hijo karyakramma chhetriya samiti adhashya jiule jatisukai bidhan sambad kamgareko dabi gareta pani bidhanmako afulai upyukta bhayeko budalaimatra herera bidhan sambat kamgareko dabi garnu bhanda dhara 40 lai pani adhyan garne hoki? ra jilla samitiharuko asahamati pani tyahi buda ho bhanne mero byaktigat bichar annyatha nalinuhola.

  2. kormoch says:

    किन यस्तो विवादास्पद् कार्य गरियो । अब केन्द्रिय समितिले एउटा छानविन समिति गठन गरेर दोषिहरु पत्ता लगाइ कारवाहि गर्नु अति आवश्यक छ जस्तो लाग्यो ।

  3. chandra prk sunuwar says:

    This evil activity drew my attention and bit anxious too.Some of the sunuwars are ambitious but driven by evil intention they can destroy our society.We must indentify the evil virus of our holy sunuwar society which many sunuwar in past and present devoted and sacrificed for progress of all sunuwar.This sunuwar society came in this stage i mean such beautiful not happened in a day and night.It took almost two decade.No one has right to play with the sunuwar welfare society due to their mean and evil intention to fulfill.Every thing has to go trough central commitee.No one has right to open their own committee in name of sunuwar sewa samaj.I have message to all sensetive sunuwar please be aware and ignore this newly born committee who tried to rubbish sunuwar people and society.we have only one sunuwar organisation which is decide by our central commitee.I believe someone is there to destroy our society because BHAI PHUTE GABARA LUTE.They wanted to break our brothers and steal our identity.Sunuwar must have unity.one arrow can easily break but many arrow together you can’t break it.I am just trying to symbolise how important our unity is.central commitee must declear they are criminal and against our koich law and obligation.Not only the member of central committee but we all sunuwar of the world wherever we living must defy this evil activities and evil must die.

  4. shyaral says:

    maile dekheko ta yesma rajnik guseko dhekhe. yo samiti le party jhanda bokera hineko karan yo jatiye samaj ma yo abastha ayeko ho. hatma sws ko jhanda dimakh ra jhola ma party ko jhhnda he he he kya gajab sws ko halat. bahun ko jhola bokne sunuwar haru le bahun ko hatiyar banera sortha lut byekti ko nimti sws lai khattam parne niti ho yo. aru kehi hoina. yes ma jatiye kranti vassa kranti garnu pugeko chhaina koich kranti garnu abasek chha.

  5. salina says:

    तपाईहरुले कुरा राम्रो निकाल्नु भयो तर बिबादबाट……. यसलाई राम्रो तरिका ले पनि हेर्नु सकिन्छ नि अब गठन भने को त राम्रो कुरा हो ……अनि विधानको परिच्छेद ८ को दफा २३ को ५ को कुरा पढ्नु बिर्सिनु भय जस्तो लाग्यो मलाई रिपोर्टर जी ले ……अनि धन्यबाद तपाई को कारण मैले पनि बिधान खोजेर पढी …

  6. dipika says:

    तपाईहरुले कुरा राम्रो निकाल्नु भयो तर बिबादबाट……. यसलाई राम्रो तरिका ले पनि हेर्नु सकिन्छ नि अब गठन भने को त राम्रो कुरा हो ……अनि विधानको परिच्छेद ८ को दफा २३ को ५ को कुरा पढ्नु बिर्सिनु भय जस्तो लाग्यो मलाई रिपोर्टर जी ले ……अनि धन्यबाद तपाई को कारण मैले पनि बिधान खोजेर पढी …

  7. subash says:

    k ho sunuwar.org ko aru news nai chaina kay ho kina euta matra news khali chhtriya samiti ko news

  8. salina says:

    purba karya bahak maha sachiv jyuu tapai kati ko baidhyanika hunu hucha ??question for u??

  9. bhawani says:

    Je bhaye pani mo khados ji ko pachama chu kinaki afno man pari chyau umere jasto sunuwar sewa samaj ko nam ma sastha kolna pahindaina.kholne ho bhane kendriya samitiko ejajat ra sabai sunuwar ko ejajat linu abasyak cha.

  10. nabin says:

    salina pani khura pati nai raichhin teu upateyak ko sammelan ayojakpani salina nai ho jasto chha seto lai pani kalo nai ho vanne khal ko dhhit hola jasto chha. khados ko vanai thik chha.

  11. amitab says:

    saliana g ra dipika g bidhna herna badhyata hunu bhaye chha tara chhetiy samitile jun parichhed lai heri badhaniktako dhol thatai rahekochha tapaiharule pani tehi budamatra herera comment garnu bhayeko rahechha tara chhetriy samitiko gathan ya sammelan purba k k garnu parchha bhanne buda chahi hernu pardaina? ki kasota.ra malaita sunuwar sewa ko chhetriy samiti bhanda pani amaleko bhatri sangathanko chhetriy samiti gathan gareko ho jasto lagchha.antema subash g lai chaihi sunuwar haruko chintako bisay chai samchar hoina jasto lagchha k ho.

  12. B. Sunuwar says:

    नमसेवल्,

    काठमाडौ उपत्यका क्षेत्रिय समितिको हालै समपन्न साधारणसभाका विषयमा http://www.sunuwar.org मा अपलोड गरिएको समाचारका वारेमा आफूलाई पनि आश्चार्य लागेको र केही सुनुवार वन्धुहरुबाट समेत फोन एवं इमेल मार्फत समाचारका विषयमा मलाई पनि प्रश्नहरु सोधिएकाले वास्तविकता स्पष्टहोस भन्नका लागि सु.से.स.को एक शुभचिन्तकको हैसियतले मैले देखेजानेका निम्न वँुदाहरु राख्ने अुनमति चाहान्छु । साथै छलफलमा सहभागी सुनुवारवन्धहरुलाई पनि निम्नवुदाँहरुले थप स्पष्टहुन सहयोग पुर्यानेछ भन्ने विश्वास समेत लिएको छु ।
    – सर्वप्रथमत, वेवपेजमा रखिएका समाचारहरु रिपोर्टिङ गर्ने व्याक्तिले सम्वन्धीत कार्यक्रममा उपस्थित भएर रिपोर्टिङ गरिएको भए क्षे.स.का वारेमा यति अतिरन्जित रुपमा समाचारहरु अगाडि आउने थिएनन ।
    – दोस्रोकुरा, क्षेत्रिय समिति कुनै नितान्त नयाँ समिति नभइ केन्द्रीय समितिको स्वीकृतिमा गठित समिति हो र हालै सम्मपन्न भएको साधारण सभा तेस्रो हो ।
    – क्षेत्रिय समितिको साधारणसभा (सम्मेलन) केन्द्रीय समितिका अध्यक्ष टंकराम सुनुवार, प्रथम उपाध्यक्ष मनप्रसाद सुनुवार, महासचिव विमला सुनुवार, पदेन सदस्य असीम सुनुवार (सु.वि.स.अध्यक्ष) र केन्द्रीय सल्लाहकारहरु गुन्ज सुनुवार, महेश कोर्मोचा, इश्वरकिरण सुनुवार, रामप्यारी सुनुवार र भगतकुमार सुनुवारको समुपस्थिति रहेको व्यहोरा अवगत गराउन चाहान्छु ।
    – जहाँसम्म क्षेत्रिय समितिको तेस्रो साधारण सभाको वैधानिक्ताको प्रश्न छ, तेस्रो साधारणसभापूर्व केन्द्रीय समितिमा छलफलभै क्षेत्रिय समितिको तेस्रो साधारणसभा वेलैमा समपन्न हुननसकिरहेको अवस्थामा छिटोभन्दाछिटो तेस्रो साधारणसभा आयोजना गर्नलगाउने केन्द्रको निर्णय अनुसार क्षे.स.को तेस्रो साधारणसभा आयोजना भएको हो ।
    – क्षे.स.को साधारणसभा आयोजना गर्नमा ढिला अवस्यभएको थियो । मैले पनि क्षे.स.को साधारण सभा ढिला भएको जिज्ञासा केही वर्ष पहिला र पुःन केही महिना अगाडि क्षेत्रिय समितिका अध्यक्षज्यूलाई स्मरण गराउदा उहाँबाट ढिलाहुनका कारण र कार्यअवधी थपका लागि क्षे.स.ले केन्द्रीय समितिमा लिखित जानकारी गराएको उत्तर दिनु भएको थियो । यसर्थ, क्षे.स.को तेस्रो साधारणसभा केन्द्रको निर्देशन वमोजिमनै भएको देखिन्छ ।
    – जहाँसम्म जिल्लासमितिहरुको असहमतिका कुराहरुछन् मलाई जानकारी भएसम्म क्षे.स.द्वारा साधारणसभा गरिनपूवर्, जिल्ला समितिहरुलाई प्रतिनीधि चयनका लागि सदस्यताको रेकर्ड माग गरिएको र पुःन दोस्रो पटक जिल्ला समितिहरुबाट प्रतिनीधिहरुको नामावली पठाउन र साधारण सभाका वारेमा आफ्ना जिल्ला मातहतका सदस्यहरुलाई सूचित गराउन पत्राचार भएको व्यहोरा मैले पनि जानकारी पाएको थिए ।
    – साथै http://www.sunuwar.org मा पनि क्षे.स.को तेस्रो साधारणसभा हुने र समवन्धीतसवैलाई साधारण सभामा उपस्थितिका लागि २७ नोभेम्वर २०१० मा सूचना अपलोड गरिएको स्मरण यहाँहरुलाई पनि गराउन चाहान्छु, जुन सूचना अझै http://www.sunuwar.org मा राखिएको छ । तर अचम्म र उदेगलाग्दो कुरा यसरी पत्राचार र सार्वजनिक रुपमा सूचना गरिएको क्षे.स.को वारेमा साधारण सभापूर्व नकसैको असहमतिनै सुन्नमा आयो न साधारणसभा यसरी गरिनु पर्छ भन्ने सुझाव नै । यसर्थ साधारण सभा समपन्न भई सकेपछि देखिएका असहमतिले मेरो विचारमा खासै अर्थ राख्दैन जस्तोलाग्छ ।
    – अर्कोकुरा यसरी http://www.sunuwar.org मा भनाई राख्ने वुज्रुक सुनुवार वन्धुहरुले क्षे.स.लाई वेलैमा सजगता गराउने र सहयोग पुर्याने कार्य गरिएकोभए साधारणसभा वेलैमा समपन्न हुने थियो कि? त्यो अवसर पनि अहिले रहेन ।
    – जहाँसम्म सुनुवार सेवा समाज, राजनीतिकरण भइरहेको भन्ने सवाल छ, मेरा विचारमा यी हावादारी तर्कमात्र हुन । सु.से.स.मा कुनैनकुनै पार्टीप्रति आस्थावान मानिसहरु पक्कै रहेकाहोलान तर त्यसको अर्थ यो होइन कि संस्था कसैको पार्टीझण्डा वोकेर हिडेकोछ भन्नु दिनलाई रात सम्झिनु मात्र हो । सु.से.स.को आफ्नै विधान एवं निर्दिष्ट उद्देश्यहरु रहेकाछन् र सोही अनुरुप संचालित संस्था हो ।

    सुझावहरु ः
    – उपलव्धीहिन टिकाटिपणी गर्नुभन्दा संस्थाको विकासमा रचनात्मक सहयोग पुर्याउनु अहिलेको आवश्यक्ता हो । यसैमा सुनुवार जातिको भलोहुने र आगामी दिनहरुमा पनि संस्थालाई एकताकासाथ अगाडि वढाउन सकिन्छ ।
    – असहमतीका विषयहरु छरपष्टरुपमा राख्नुभन्दा आफू संगठित भएको संस्थामार्फत आधिकारिक निर्णय सहित विधिवतरुपमा केन्द्रमा वुझाउनु भयो भने छलफलका विषय हुनसक्दछन् तर वेवमामात्र राखिएका भनाईहरु नितान्त व्याक्तिगत हुनेछन् ।
    – कमेन्टस गर्ने सुनुवार वन्धुहरुले व्याक्ति एवं संस्थाको मानमर्दन नहुने किसिमले आफना भनाइ राखिनु उत्तम हुनेछ ।
    – अन्यथा, नवगठित समितिलाई आ–आफ्नो क्षेत्रबाटसहयोग पुर्याउनु हामी सवैको कत्र्तव्य ठहरिने छ र यथार्थ पनि यहि हो ।

    अन्त्यमा, सुनुवार सेवा समाजमा रहेर अरुले भन्दा राम्राकाम गर्न तयार एवं संस्थालाई वैधानिक किसिमले संचालन गर्न तत्पर सुनुवार वन्धुहरुलाई आगामी केन्द्रीय सम्मेलनमा विधान सम्मत सहभागी भई केन्द्रीय समितिको वागडोर लिनका लागि समेत अग्रीम शुभकामना दिन चाहान्छु ।

    चेरेदुम् ।
    sunuwar_bk@yahoo.com

  13. Kormoch says:

    कृया-प्रतिकृया हुनु राम्रो हो । सुनुवार कोँइचको भाषा, संस्कृतिको उत्थान र सम्वर्द्वनमा योगदान दिंदै आउनु भएका हाम्रा कोँइच मुर्धन्यहरुले कृपया आफ्नै किरांति कोँइच भाषामा प्रतिकृया प्रस्तुत गरे राम्रो हुनेथियो ।

    विधान पढेर मात्र भएन, व्यवहारमा लागु भैरहेको छ कि छैन? कार्यप्रणाली सहि छ वा गलत, जान्नेले जानेर, नजान्नेले बुझ्नको लागि प्रतिकृया राख्न पाउनै पर्छ । जय कोँइच युनिटी ।

  14. bhawani says:

    B.sunuwar le ke bhanna khojeko kura bujhina.Ke rampyari ra kormocha upasthiti hundaima baidhanik huncha.Hami lai chahi sodhnu pardaina bhanna le hami sabai sunuwar ko raya linu pardaina.kendra le hami sabailai thaha dinun pardaina.molai yo chyau jasto sastha kholeko man nai pareko chaina.

  15. dpa says:

    http://www.sunuwar.org k ho tapai haru ta reporter nai napathae new dinay tasto ganru milcha ra??? jhuto news diyara k patrakarita garnu hucha??….abo tapai haru ko new sab sacho hucha bhanay ra kasro biswas garni

  16. shyaral says:

    deepa jee, biswas nalage nahere vayo hunchha nita kina tauko dhukheko hola pir lageu vane testai arko sunuwar.org kholera dekhaunus hami pani tetai herna amchham

Leave a Reply

Your email address will not be published. Required fields are marked *