All about Sunuwar

News

now browsing by category

 

सूदुर पूर्वको संस्कृति पस्चिमी माटोमा मौलाउँदो : बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार

भावना ”परिस्कृत”
मे, फन्ब्रोरो, । ब्रिटिश सरकारलाई पहिलो विश्वयुद्धपूर्वदेखि हालसम्म नेपालका अन्य नेपालीहरुले जे जसरी सहयोग गरे त्यस्तै गरी कोइँच (सुनुवार)हरुले पनि मानव संशाधन उपलब्ध गराएर सहयोग गरिरहेको छ । हुन त अहिले ब्रिटिश गोर्खा आर्म फोर्समा मात्रै होइन ब्रिटेनमा अन्य पेशामा पनि कोइँच (सुनुवार) हरु पनि व्रिटेनमा बसोबास गरिरहेका छन् । यसरी ब्रिटेनमा ब्रिटिश गोर्खा आर्मीलाई आवसीय प्रवेशाज्ञ दिएपछि परिवारसहित बेलायतमा कोइँच (सुनुवार) हरु बसोबास गर्न थाले पछि भने कोइँच संस्कृतिको उपस्थितिले पनि मौलाउने मौका पायो । यसै क्रममा २१ मे शानिवार, फन्ब्रोरो स्थित वोकफम स्कूलको कम्युनिटी हलमा किरात कोइँच सुनुवारहरुको महान चाड शाँदार पिदार सम्पन्न भएको छ । किरात सुनुवार सेवा समाज (किसुसेस) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जंग सुनुवारले गर्नु भएको थियो । Read More

फोटो ग्यालरी हेर्नुहोला

रूपमा केहि भिन्नता देखिएता पनि सार एउटै हो । किराँत सुनुवारहरुले आ-आफ्नो किपट, थांत-थलो, गाउं-ठाउंमा आ-आफ्नै रिति-थिति अनुसार उभौली ष्याँदर हर्शोल्लाषका साथ मनाए । हामिले त ललितपुरको हातिवनमा यसरि मनायौं (फोटो ग्यालरी हेर्नुहोला), तपाइहरुले नि? ललितपुरमामा मनाइएको उभौली ष्यांदर २०६८ का केहि तस्विरहरु; जस्मा बुल्फे थुल्तेक् र सुरो चोतेक् पनि समावेश छन् । click her to see photos

किराँति सुनुवारहरुको महान चाड उभौली ष्याँदर सम्पन्न

सुनुवार डट् ओआरजी,
ललितपुर, यलाखोम्,
३ जेष्ठ, २०६८ ।

किराँतिहरुको महान चाड ष्यांदर, साकेला, चासोक (उभौली) आज प्राकृतिक देवी-देवता तथा कुलपितृहरुको पुजा-आजा गरेर भव्य रूपमा मनाइदै छ । यसै अवसरमा किराँत सुनुवारहरुले ललितपुरको हात्तिवन स्थित ष्यांदर थान गई सुनुवारी रिती-थिती र परम्परा ( कोइँच् मुल्केम ) अनुसार पुजा-आजा गरी हर्षोल्लासका साथ ष्यांदर मनाइरहेका छन् ।

किराँति कोइँचहरु विहान सवेरै सोलि, लिंगा, ढोल, झ्याम्टा र विभिन्न पुजा सामग्रीका साथ ष्यांदर थान पुगेका थिए । मध्यान्ह १२:३० पश्चात पुजा सकेर ललितपुरको नखिपोट स्थित खेलकुद मैदानमा आइ ढोल झ्याम्टाका साथ विभिन्न लय र तालमा नाचगान गरियो ।

सुनुवार महिलाहरुका अगुवा व्यक्तित्व मध्यका एक सभासद् दाल कुमारी सुनुवारका अनुसार, विभिन्न कारणले आफ्नो पुर्खौली किपट थात-थलोमा मनाउने ष्यांदर र ललितपुरमा मनाइने ष्यांदरमा केहि भिन्नता भएता पनि ष्यांदरको औचित्य र सारमा केहि भिन्नाता छैन ।

अपरान्ह ५:०० वाट ललितपुरको नखिपोट स्थित सुनुवार टोलमा “सुरो चोतेक्” कार्यको थालनि गरियो । गत सालको उभौली देखि ललितपुरमा आरम्भ गरिएको, “सुरो चोतेक्” कार्य भन्नाले ढोल झ्याम्टाका साथ घर-घरमा गई न्हा:सोले रितिअनुसार पिदार गरेर लक्षिण हुलि आशिर्वाद तथा कामना गर्ने कार्य हो भन्ने स्पष्ट पार्दै सु से स जिल्ला समितिका अधक्ष्य याम वहादुर सुनुवारले भन्नुभयो – “सुरो चोतेक् कार्यलाइ अझ हामि परिस्कृत र नियमित गर्दै लैजाने छौं ।” साथै, सुरो चोतेक् कार्य तीन दिन सम्म जारि रहने जानकारि पनि दिनुभयो ।

ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो

सुनुवार डट ओआरजि,
ललितपुर, २ जेष्ठ, २०६८ ।

किराँत सुनुवारको महान चाड उभौलीको पुर्व सन्ध्यामा, सु. से. स. ललितपुरमा “बुल्फे: थुल्तेक” कार्य सम्पन्न गरियो ।

कार्यविधी वारे स्पष्ट पार्दै सु. से .स. केन्द्रीय समितिका सल्लाहकार श्री अतित सुनुवारज्युले भन्नुभयो- “‘बुल्फे: थुल्तेक’ किराँत सुनुवार जातिले ष्याँदारको अघिल्लो साँझ आफ्ना सम्पुर्ण प्रकृतिक देवी देवता तथा कुलपितृ (मुली) लाई  सुचना दिने कार्य हो ।”

आफ्नो थाँत थलो र गाउं-ठाउँमा नियमित गरिने “बुल्फे: थुल्तेक्” कार्य यहाँ गत साल देखि शुरुवात गरेको जानकारि दिदै सु. से. स. गिल्ला समिति ललितपुरका अधक्ष्य श्री याम वहादुर सुनुवार ज्युले भन्नुभयो – ” गाउं-ठाउँमा पौराणिक र प्राकृतिक रुपमा गरिने यो कार्य महत्वपुर्ण भएकोले यहाँ पनि नियमित र परिष्कृत गर्दै लैजाने छौं ।”

सुनुवार डट ओआरजि,
lalitapura, 2 jeShTha, २०६8 । kiraa**ta sunuwaarako mahaana chaaDa ubhauleeko purwa sandhyaamaa, su se sa lalitapuramaa “bulfe: thulteka” kaarya sampanna gariyo. 

kaaryabidhee baare spaShTa paardai su se sa kindreeya samitikaa sallahakaara shree atita sunuwaarajyule bhannubhayo “bulfe: thulteka” kiraa**ta jaatile Shyaa**daarako aghillo saa**jha aafnaa sampurNa prakritika dewi dewataa tathaa kulapitri(mulee)laaii  suchanaa dine kaarya ho.
aafno thaa**ta thalo ra gaau*-Thaau**maa niyamita garine “bulfe: thultek” kaarya yahaa** gata saala dekhi shuruwaata gareko jaanakaari didai su se sa gillaa samiti lalitapurakaa adhakshya shree yaama wahaadura sunuwaara jyule bhannubhayo – ” gaau*-Thaau**maa pauraaNika ra praakritika rupamaa garine yo kaarya mahatwapurNa bhaekole yahaa** pani

Financial support to Bhakta bahadur sunwar

Members of KSWS UK have provided financial support to Bhakta bahadur sunwar with amount of £1007.10 pence. This is not final amount we are still receiving contribution from members. He has had his left hand paralysed due to a stroke and he is proceeding to Nepal shortly. KSWS UK has been providing financial support to all Koinch bu residing in the UK in terms of critical health condition and unforseen circumstances. On behalf of the KSWS UK i would like express thank you to all members for their generous support in this difficult situation towards Bhakta bahadur sunwar.

Janga Sunwar
Chairman
KSWS UK

सुनुवार सेवा समाजको राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी अभियान

सुनुवार सेवा समाज केन्द्रीय समितिको आह्वानमा देशव्यापि सञ्चालित अभियान “जाति, थर, भाषा, धर्म, संस्कृति आदिवासी कोइँच सुनुवारको पहिचान, राष्ट्रिय जनगणनामा सही सूचना दिई गरौं आफ्नो पहिचान” भन्ने नारासहित “राष्ट्रिय जनगणना– २०६८ सम्बन्धी सचेतना अभियान कार्यक्रम” सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिको आयोजनामा सम्पन्न भयो ।
उक्त सचेतना अभियान कार्यक्रम सुनुवार सेवा समाज सिन्धुली जिल्ला कार्य समितिका कार्यवहाक अध्यक्ष श्री तोरणबहादुर सुनुवारज्यूको सभापतित्व केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, महासचिव खडोस सुनुवार, केन्द्रीय सदस्य समीर मुखिया (सुनुवार)को उपस्थितिम सञ्चालन भएको हो । Read More

रामेछाप साँस्कृतिक महोत्सव : तस्वीर आँफै बोल्छ ।

सुनुवार डट ओआरजि । कोइँच (सुनुवार) को भू अधिनत्व लेङलेङ (रामेछाप) मा पहिलो पटक सम्पन्न रामेछाप साँस्कृतिक महोत्सवले रामेछापवासीहरुलाई आफ्नो जिल्लाप्रति आत्म गौरव गर्न लगाएको छ । विभिन्न जातजातिहरुको झाँकीहरु समावेश सो महोत्सवलाई शान्ति तथा पुनःनिर्माण मन्त्री वर्षमान पुनले उदघाटन गर्नु भएको थियो । उक्त महोत्सवमा विविध कृषि सामाग्री तथा अन्य व्यवसायिक उत्पादनहरु प्रदर्शनमा राखिएको थियो । to see photos click here