All about Sunuwar

किराँति सुनुवारहरुको महान चाड उभौली ष्याँदर सम्पन्न

सुनुवार डट् ओआरजी,
ललितपुर, यलाखोम्,
३ जेष्ठ, २०६८ ।

किराँतिहरुको महान चाड ष्यांदर, साकेला, चासोक (उभौली) आज प्राकृतिक देवी-देवता तथा कुलपितृहरुको पुजा-आजा गरेर भव्य रूपमा मनाइदै छ । यसै अवसरमा किराँत सुनुवारहरुले ललितपुरको हात्तिवन स्थित ष्यांदर थान गई सुनुवारी रिती-थिती र परम्परा ( कोइँच् मुल्केम ) अनुसार पुजा-आजा गरी हर्षोल्लासका साथ ष्यांदर मनाइरहेका छन् ।

किराँति कोइँचहरु विहान सवेरै सोलि, लिंगा, ढोल, झ्याम्टा र विभिन्न पुजा सामग्रीका साथ ष्यांदर थान पुगेका थिए । मध्यान्ह १२:३० पश्चात पुजा सकेर ललितपुरको नखिपोट स्थित खेलकुद मैदानमा आइ ढोल झ्याम्टाका साथ विभिन्न लय र तालमा नाचगान गरियो ।

सुनुवार महिलाहरुका अगुवा व्यक्तित्व मध्यका एक सभासद् दाल कुमारी सुनुवारका अनुसार, विभिन्न कारणले आफ्नो पुर्खौली किपट थात-थलोमा मनाउने ष्यांदर र ललितपुरमा मनाइने ष्यांदरमा केहि भिन्नता भएता पनि ष्यांदरको औचित्य र सारमा केहि भिन्नाता छैन ।

अपरान्ह ५:०० वाट ललितपुरको नखिपोट स्थित सुनुवार टोलमा “सुरो चोतेक्” कार्यको थालनि गरियो । गत सालको उभौली देखि ललितपुरमा आरम्भ गरिएको, “सुरो चोतेक्” कार्य भन्नाले ढोल झ्याम्टाका साथ घर-घरमा गई न्हा:सोले रितिअनुसार पिदार गरेर लक्षिण हुलि आशिर्वाद तथा कामना गर्ने कार्य हो भन्ने स्पष्ट पार्दै सु से स जिल्ला समितिका अधक्ष्य याम वहादुर सुनुवारले भन्नुभयो – “सुरो चोतेक् कार्यलाइ अझ हामि परिस्कृत र नियमित गर्दै लैजाने छौं ।” साथै, सुरो चोतेक् कार्य तीन दिन सम्म जारि रहने जानकारि पनि दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *