All about Sunuwar

सूदुर पूर्वको संस्कृति पस्चिमी माटोमा मौलाउँदो : बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार

भावना ”परिस्कृत”
मे, फन्ब्रोरो, । ब्रिटिश सरकारलाई पहिलो विश्वयुद्धपूर्वदेखि हालसम्म नेपालका अन्य नेपालीहरुले जे जसरी सहयोग गरे त्यस्तै गरी कोइँच (सुनुवार)हरुले पनि मानव संशाधन उपलब्ध गराएर सहयोग गरिरहेको छ । हुन त अहिले ब्रिटिश गोर्खा आर्म फोर्समा मात्रै होइन ब्रिटेनमा अन्य पेशामा पनि कोइँच (सुनुवार) हरु पनि व्रिटेनमा बसोबास गरिरहेका छन् । यसरी ब्रिटेनमा ब्रिटिश गोर्खा आर्मीलाई आवसीय प्रवेशाज्ञ दिएपछि परिवारसहित बेलायतमा कोइँच (सुनुवार) हरु बसोबास गर्न थाले पछि भने कोइँच संस्कृतिको उपस्थितिले पनि मौलाउने मौका पायो । यसै क्रममा २१ मे शानिवार, फन्ब्रोरो स्थित वोकफम स्कूलको कम्युनिटी हलमा किरात कोइँच सुनुवारहरुको महान चाड शाँदार पिदार सम्पन्न भएको छ । किरात सुनुवार सेवा समाज (किसुसेस) को आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभाध्यक्ष संस्थाका अध्यक्ष जंग सुनुवारले गर्नु भएको थियो ।
सचिव छत्रबहादुर सुनुवारले स्वस्थ्य अनि सुरक्षा विषयमा जानकारी गराउनु भएपछि अध्यक्ष जंग सुनुवारले विभिन्न बध्येता तथा व्यस्तताका वीच पनि समाजको अनुरोध तथा निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु भएकोमा स्वागत तथा शाँदार पिदारको उपलक्ष्यमा संस्थाको तर्पmबाट सम्पूर्ण कोइँच बन्धु तथा दिदीवहिनीहरुको सुख, शान्ति, सुस्वस्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य दिँदै अगाडि भन्नु भयो, “हामी डायरापोरा अवस्थामा रहेका नेपालीहरुले आप्mनो जातिय पहिचान, मातृभाषा र संस्कृतिलाई संरक्षण गर्न सकेमा खाँटी नेपाली समाजको पहिचान औ चिनारी दिन सकिन्छ । यदि हामीले आप्mनो भाषा, संस्कृति जस्ता अमूल्य निधि बचाउन सकेनौं भने हामी नेपालीको बहुलवादी समाजको पहिचान हराएर जान्छ । जब भाषा, संस्कृति हराउँछ त्यतिबेला हामी नेपाली रहन सक्दैनौ यसो भनौं कोइँच (सुनुवार) को पहिचान दिन सक्दैनौं । हामी नेपाली जहाँ पुगे पनि जे जसरी रहे पनि नेपाली भाषा, संस्कृति जोगाएर खाँटी नेपालीपन बाँच्न सक्छौं । त्यो नेपालीपन भनेको हामी नेपालमा जे जति जातजाति छौं तिनीहरुको भाषा, संस्कृतिको बाहुल्यता नै हुन् ।“
समाजका प्रमुख पुजारी पदमबहादुर सुनुवारले दिनको बाह्र बजेर तीस मिनेट जाँदा पराम्परागत रुपमा साङ पोलेर शाँदार पिदार शुभाराम्भ गर्नु भएको सो कार्यक्रममा एनआरएनका अध्यक्ष सूर्य गुरुङ, बिएफविएस का निर्देशक खेम गुरुङ, मोना एसोसियशनका अध्यक्ष उत्तम के.सी., थकाली सेवा समितिका अध्यक्ष ज्ञान शेरचन, तमु धिँका अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष सूर्जे गुरुङ, मगर सेवा समाजका अध्यक्ष कुल बहादुर थापा, नयाँ सन्देश साप्ताहिक निर्देशक चण्डीराज राई, विएफबिएसका बरिष्ठ प्रस्तोता योगराज राई र सिरिस सुनुवारको पनि उपस्थिति रहेको थियो ।
शाँदार पिदार सम्पन्न गर्न श्रीमती नन्दा सुनुवारले पुजन समूहको संयोजन गर्नु भएको थियो भने खबिन्द्र र बद्री सुनुवारले शाँदार सिल व्यवस्थापनको कुशल व्यवस्थापन गर्नु भएको थियो । बद्री सुनुवारले कोइँच भाषाको सालाक गाएर सबै आगन्तुक अतिथि तथा कोइँचबन्धुहरुलाई मन्त्रमुग्ध पार्नु भएको थियो ।
शाँदार पिदारको उपलक्ष्यमा विशेष योगदान पुराउने रामकृष्ण आँः काःला, भावना परिष्कृत, सोनिया, धर्ती, पुष्पा, प्रतिक्षा र विनीता सुनुवारलाई कदर पत्र प्रदान गर्दै विशेष अतिथि खेम गुरुङले भन्नुभयो, ”हामी नेपालीहरु विश्वको जुनसुकै भागमा पुगे त पनि हामीले कहिल्यै आप्mनो भाषा, धर्म, संस्कृतिलाई वेवस्ता गर्नु हुँदैन । सदैव आप्mनो भाषा संस्कृतिको पालना गर्दै आप्mनो राष्ट्रियता र मौलिक पहिचानलाई व्यापक बनाउदै लैजानु पर्छ ।”
विदेशको भूमिमा यसरी कोइँच संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्न सकेकोमा खुशीले भावविभोर हुँदै वरिष्ठ सल्लाहकार मेजर बिरबाहादुर सुनुवारले भन्नु भयो, “प्रकृति र पितृपूजक नेपाली किरातहरुको यो चाडले सम्पूर्ण मानव जातिको मनलाई छुन्छ । प्रकृतिको नियमलाई सम्मान गर्नु र आप्mनो श्रृंखलावद्धरुपमा रहेका पितृहरुलाई कृतज्ञता ज्ञापन गर्नु … आदि उद्देश्य बोकेको शाँदार पर्वले विस्तारै विश्वाव्यापी रुप लिँदै जाने छ ।“
अन्तमा सुरो चोअ्तेक कार्यक्रम सहित किरात कोइँचहरुको महान चाड शाँदार पिदार सबै उपस्थित किरात कोइँच दाजुभाई दिदीवहिनीहरुलाई धन्यवाद दिँदै साँझ ८.३० मा समापन गर्नु भयो ।

9 Comments to सूदुर पूर्वको संस्कृति पस्चिमी माटोमा मौलाउँदो : बेलायतमा किरात सुनुवारहरुको शाँदार पिदार

  1. खुशि लाग्यो ! साह्रै खुशी लाग्यो… प्रवासमा रहेर पनि आफ्नो संस्कृतिलाई सदैव ताजगी दिएको धन्यवाद युक किरात सुनुवार सेवा समाज अझ प्रगतिको पथमा लम्किरहोस् । सुनुवार साजालमा सदैव सहयोगी भावनाले अगाडि बढोस् कामना ! बस् यति ।

  2. kormoch says:

    युकेका कोइंचबुहरुले ष्यांदर पिदार खाँटी पाराले मनाएकोमा धेरै खुशि लाग्यो । आउँदा दिनहरुमा अधवैसे भन्दा माथिल्लो उमेरका अग्रजहरुले धानिराखेको हाम्रो मौलिक संस्कृतिलाइ जतिनै ठुलो पुस्तान्तरका वाबजुद पनि नयां पुस्तालाइ सिक्ने मौका मात्र होइन, सिकाउन अत्यन्त जरुरि छ, हस्तान्तरण गर्दै लानु अपरिहार्य छ । धन्यावाद! शुभकामना!!

  3. Bapuns Sunuwar Koinch says:

    Ukeli bashi le je jasto bhaye pani afno prakriti puja /ubhauli syandar puja gari dinu bhayeko ma dherai dherai dhannebad sathai happy shyandar 2068 cherdum/

  4. कोइच जाहा गएपनि जाहा भएपनि आफनै संस्कृतिमा रमाउने जातिहुन भन्न संन्देश दिएको छ युके शांदर पिदारले , समस्त युकेबासी कोइचबुहरुलाई यस प्रसंसनिय कार्यका लागि हार्दिक धन्यवाद ।

  5. नाईलू क्याबचा says:

    स्यादर पिदार ङा सप्पा शुभकामना नेल कोइच बु आन कलि ।।।
    जन मन थियो नि हजुर एस्पली को स्यादर सिल हेर्न, मौका कस्तो पर्‍यो भने जंगल तिम्रा पो धकेलेउ हजुर निधार ले ….
    जे भये पनि साह्रै रमाइलो भाको मैले महहुस गरे , जान अनी हेर्ने मौका नपाएनी पनि ,,
    अनी समीर सै यालाखोममा पनि रमाइलो नै भाको रइछ नि हैनर ?

  6. Arati Rachi says:

    Hamro Sanskriti, Ramro Sanskriti
    Hamro Bheshbhusha, Hamro Bhasha,
    Hamro Pan, Ramro Pan,
    Hamro Desh, Ramro Nepal
    Keep it up.

  7. Dipak says:

    koinch vasa sikne kunai saral tarika ya book kaha bat ra kasari prapta garna sakinchha ?

  8. pariskrit sunuwar says:

    namsewal hahur

    sarai khusi lageu tapaiko yo afno jatiye vashapratiko chahanh dekhera

    mitra yedi tapai u k ma hunuhun6 vane hami tapailai sunuwar dictionary upalabdha garauna sakchhau

    e add pariskrit2@hotmail.com

  9. Bhawana sunuwar says:

    Namsewal hajur

    sarai khusi lagyo tapai ko yo afno jatiya bhasa prati ko lagaav dhekhera mitra yadi tapai UK ma hunu huncha bhane hami tapai lai koinch bhasa ko dictionary upalavda garauna sakne chhau.. cheredum

    email add. pariskrit2@hotmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *