News
now browsing by category
के लेखे मुखिया स्रष्टाहरुले ? परिवर्तन ! परिवर्तन !! परिवर्तन !!!
सुनुवार डट ओआरजि समाचारदाता ।
१६ मङ्सीर, काठमाडौं । अतीत मुखियाको नारी आहत सम्बन्धि रेखाखण्डकाव्य ‘अचानो आहत’, भानु सुनुवारको गजल सङ्ग्रह ‘रहरको बिस्कुन’ र केदार सङ्केतद्वारा सम्पादित नियात्रा संस्मरण ‘यात्रा र्स्पर्श’ आज गुरुकुल, पुरानो बानेश्वारमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ वैरागी काइँलाले विमोचन गर्नुभायो । सोही क्रममा प्रमुख अतिथि प्राज्ञ काइँलाले साहित्य सँगालो डट कमद्वारा २०१० मा आयोजित अनलाइन साहित्य प्रतियोगितामा पुरस्कृत नेपाल च्याप्टर विभिन्न स्रष्टाहरुलाई पनि पुरस्कार सहित सम्मान प्रदान गर्नुभयो ।
प्राज्ञ बुँद रानाको सभाध्यक्षतामा चुप्लु समाज (कोइँच चुप्लु) द्वारा आयोजित लोकार्पण तथा पुरस्कार वितरण समारोहमा टंक साम्बाहाम्फेले रेखा दर्शन र यसका अभियान्ताहरुका बारे, प्राज्ञ ललिजन रावलले रहरको विस्कुन, नियात्रा निवन्धकार युवराज नयाँघरेले यात्रा र्स्पर्श र डा. सुधा त्रिपाठीले अचानो आहत लोकार्पित कृतिहरुका बारेमा छोटो समिक्षा गर्नु भयो भने रमेश पौडेलले स्रष्टा साहित्य चौतारी पुरस्कार र प्रतियोगितका बारेमा बोल्नु भएको थियो । Read More
नारायणीहिटीको रहस्यमय लाल बाकस कहाँ छ ?
सुनुवार डट ओआरजि समाचारदाता ।
मंसीर, यालाखोम । किरात येले सम्वत् अध्ययन समितिको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरु विषयक दर्ुइ दिने विचार गोष्ठी’ आज सम्पन्न भएको छ । सभामुख सुवाशचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको उक्त विचार गोष्ठी आज संस्कृति तथा राज्य पुनः संरचना मामिला मन्त्री गोपाल किराँतीले सम्मान एवम् मायाको चिनो स्वरुप यलम्बरको मिनियचर प्रदान प्रदान गर्नु भएको छ । सभामुख नेम्वाङले ‘किरात येले सम्वत् नामक अभिलेख’ पुस्तक विमोचन गर्नु भएका छ । इस्वी सम्वत्, ल्होसार सम्वत्, बुद्ध सम्वत्, विक्रम सम्वत्, लिच्छविकालमा चलेका संवत्, हिजरी सम्वत्, नेपाल सम्वत् र किरात येले सम्वत् सम्बन्धी विभिन्न विद्वनहरुले कार्यपत्र पस्तुत् गर्नु भएकेा थियो । Read More
शिशिर सुनुवारको गीति एलबम उर्त्र्सग

कसम पनि, कति हिंडे, पर्राई हातको, माया जालैमा, मायालाई कोसेली, भुइको धुलो, तिमीले मलाई जस्ता कर्ण प्रिय आधुनिक गतिहरुको संगालो “उर्त्र्सग ” र्सबत्र बजारमा उपलब्ध छ ।
प्रतिक्रियहरु फोन नं. ९८४१८२४१७९ या Email: ccr_suuwar@yahoo.com मा गर्न सक्नुहुने छ ।
सहयोगको अपिल : मुत्युसँग जुद्धै नवराज वीर अस्पतालमा
अर्को अर्थ नलगाइए वा अपवादलाई नलिने हो भने प्राणी जगत्को विश्वासिलो पात्र आमा नै हुन् । तर आमा नै नभएपछि जीवन जीउनुको संघर्ष महाखतरनाक हुन्छ । हो, त्यस्तै एक जना कोइँच (सुनुवार) युवा यस्तै जीवन जीउनुको महासंघर्षमा अनेकान खतरासँग जुद्धाजुद्धै मृत्युको सँघारमा पुग्नु परेको छ । अमले गा.वि.स, सिन्धुलीका नवराज क्याःब सुनुवार वीर अस्पतालको सघन उपचार कक्षा (आइसीयू) मा मृत्युसँग कुस्ती खेलीरहेका छन् । सानै उमेरमा बुबा वितेपछि आमाले पनि आत्महत्या गरिन । तत्पस्चात उनी टुहुरो जीवन वाँच्न बाध्ये भए । यताउता आफन्तहरुको आछापिछामा भर्खर युवा उमेरमा प्रवेश गरेका उनी काठमाडौंमा घर बनाउने डान्डीफर्मको काम गर्दै आएका थिए । पाटनकै एक भर्खर बनाउँदै गरेको घरमा बसेका उनी सोही घरको दुई तलामाथिबाट अचानक कार्तिक ८ गते खसेपछि अभैm अचेत अवस्थामा छन् । हालसम्म आफन्त र सिन्धुली अमलेबाटै उठाएर पठाएको सहयोगले केही भरथेग भए पनि औषधि किन्न नसकिएको हुँदा उनलाई बचाउन उनका दाई तथा नाताले दाई पर्ने अर्का भिमबहादुर सुनुवारले आम नेपाली दाजुभाई दिदीबहिनीहरुसँग सहयोगको अपिल गरेका छन् । हजुर, एक दिनको खाजा खर्च वा एक विहानको दुधचिया खर्च वा एक पटक साइवर पसेर इमेल, इन्टरनेट हेर्ने खर्च बचाएर मस्तिष्कमा गम्भीर चोट पुगेका वेसहरा नवराज सुनुवारलाई सहयोग जुटाइदिन आम नेपाली दाजुभाई दिदीवहिनीहरुमा हामी (चुप्लु समाज, सुनुवार डट ओआरजि, दुरदा डट कम) पनि सहयोग गर्न अनुरोध गर्छौं ।
विरामीको नाम ः नवराज सुनुवार, वेड नं. २७३, सघन उपचार कक्ष, वीर अस्पताल, काठमाडौं ।
सम्पर्क व्यक्ति ः इन्द्रबहादुर सुनुवार, ९८१३७२६५९२, भीमबहादुर सुनुवार, ९८४९२९२३४६ काठमाडौं ।
सही जातीय जनसंख्या प्रशोधनको लागि सुनुवार सेवा समाजको अनुरोध तथा सूझाव–पत्र उपयोगी
–कोइँचबु काःतिच÷१६ कार्तिक । सुनुवार सेवा समाजले कोइँच (सुनुवार) जातिको सही तथ्याङ्क निकाल्न नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्ललाई बुधवार पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाएको छ । समाजका अध्यक्ष मनप्रसाद सुनुवारले उक्त पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाउँदै विगतका राष्ट्रिय जनगणनाहरुमा पनि कोइँच (सुनुवार) को सही तथ्याङ्क आउन नसकेको हुँदा यस पटकको राष्ट्रिय जनगणनामा कम
त्रुटि होस् भनि विभागलाई सही तथ्या प्रशोधन गर्न अनुरोध सहित सुझाव दिँदै सहयोग गरेको जानकारी गराउनु भयो । जाति, थर, मातृभाषा, दोस्रो भाषा, धर्म
सोधिएका महलमा गणकहरुले टिपेको जवाफहरुमा एक रुपता आउन नसक्ने र ती प्रश्नहरुको जवाफलाई कोडिङ तथा प्रशोधन गर्दा तथ्याङ्क विभागमा कोइँच (सुनुवार) Read More
किरात कोइँच कि सुनुवार – क-कसको के भूमिका –
सुनुवार डट ओआरजि समाचार विश्लेषण ।
सुनुवार जातिको असली मौलिक नाम ‘कोइँच’ हो । केही वर्षअगाडिदेखि पत्रपत्रिकामा कोइँच कलमीहरुले कलम चलाउँदै आएको पाइन्छ । र, सुनुवार सेवा समाज -सुसेस) आर्पैm पनि कोइँचबु -सुनुवार वन्धुत्व) मुखपत्र २०४७ देखि प्रकाशन गर्दै आएको छ -हेर्नोस् सुसेस का पर्ूव प्रकाशित मुखपत्र कोइँचबुका अंकहरु) । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन – २०५८ अनुसूची १ अनुसार नेपाल सरकारबाट मान्यता प्राप्त आदिवासी जनजाति हो सुनुवार जाति । तर नेपाल सरकारद्वारा अनुमोदित अन्तराष्ट्रिय श्रम संगठन महसन्धी नंं. १६९ नेपालको बाध्येत्मक कानुन बनेपछि र आदिवासी जनजाति सम्बन्धि मानवाधिकार संयुक्त राष्ट्र संघको घोषणा-पत्रमा नेपालले हस्ताक्षर गरेपछि भने आम आदिवासी जनजातिको लागि आफ्नो मौलिक मातृभाषाबाट रहेको जातीय नाम लेख्न पाउने कानुनी अधिकार प्राप्त भयो । यसै महौलमा सुनुवार भनिएका र आफ्नो मातृभाषाबाट आफैलाई चिनाउने जातिय नाम कोइँचहरु मौलिक जातिय नामबाट चिनिन रुचाए । सुनुवारलाई कोइँच भन्नु हुँदैन यसले सुनुवारको पहिचान दिँदैन, फाइदा गर्दैन भन्ने सुनुवार पनि अझै छँदै छन् । यस सम्बन्धी कुमारी सन्सारमा चर्को वहस नै चलेको पनि छँदै छ र व्यक्तिगत लाण्क्षणा पनि लगाएको देखिन्छ । यस्तो अवस्था आम र्सवसाधारण सुनुवारलाई झन अन्यौल पारेको देखिन्छ । यस विषयमा सुनुवार सेवा समाजले के गरीरहेको छ त – सबै ध्यान सुसेसमा केन्द्रीत हुनसक्छ वा छ । सुनुवार सेवा समाजका महासचिव खडोस सुनुवारले सुनुवार सेवा समाज सातौं कार्य समितिका टंकराम सुनुवार अध्यक्ष हुँदा २०६६ जेठ २३ गते बसेको केन्द्रीय समितिको बैठकले जनजाति प्रतिष्ठानमा सुनुवार सेवा समाज नामको सट्टा किरात कोइँच रुमदेल सुचीकृत गराउन साधारण सभामा प्रस्ताव लाने निर्णयगरिएको र सोही निर्णयकै आधारमा सुनुवार जातिय नामको सट्टा ‘किरात कोइँच’ मौलिक माातृभाषी जातिय नाम सूचीकृत भएको प्रतिवेदन आएको जानकारी दिँदै अगाडि थप्नु भयो, ‘सो प्रतिवेदन बाहिर आएपछि सोही समितिको २०६७ साउन ३ गते बसेको सचिवालय बैठकलेे आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलले र्सार्वजनिक गरेको प्रतिवेदनमा भूलवस सुनुवारको सट्टा किरात कोइँच सूचीकृत गरिनु पर्ने पत्र लेखिन गएको जानकारी गराउँदै सुनुवार -किरात कोइँच) जातीय नाम संशोधन गर्न पत्रचार गर्ने निर्णयवमोजिम २०६७ साउन ४ गते मन्त्रीपरिषदको सचिवलाई सम्बोधन गरी सुनुवार -किरात कोइँच) सूचीकरण गरीदिन पत्रचार गरिएको र सो निर्णयलाई २०६७ भदौ १३ गते बसेको सुनुवार सेवा समाज केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हुनले हामीले पर्ूव केन्द्रीय समितिको निर्णयलाई कार्यन्वयनमा ल्याउने काम गरेका हौं । सोही अनुसार राष्ट्रिय जनगणना – २०६८ मा जातिमा सुनुवारको सट्टा ‘कोइँच -सुनुवार)’ लेखाऔं भनी प्रचारप्रसार गरेका हौं । यो ‘कोइँच’ जातीय नाम लेख्ने अवधारण हामी आठौं समितिको वा अन्य कुनै पनि व्यक्तिको एकल अवधारणा होइन ।’ साथै उहाँले बाहिर जे जसरी वादप्रतिवाद चले त पनि सुसेसमा सुनुवारको सट्टा ‘कोइँच’ लेख्नु हुँदैन भनेर कसैले लिखित गुनासो पेश नगरेको पनि अवगत गराउनु भयो । Read More

