All about Sunuwar

नारायणीहिटीको रहस्यमय लाल बाकस कहाँ छ ?

सुनुवार डट ओआरजि समाचारदाता ।
मंसीर, यालाखोम । किरात येले सम्वत् अध्ययन समितिको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सह-आयोजनामा आयोजित ‘नेपालमा प्रयोग र प्रचलनमा रहेका संवत्हरु विषयक दर्ुइ दिने विचार गोष्ठी’ आज सम्पन्न भएको छ । सभामुख सुवाशचन्द्र नेम्वाङले उद्घाटन गर्नु भएको उक्त विचार गोष्ठी आज संस्कृति तथा राज्य पुनः संरचना मामिला मन्त्री गोपाल किराँतीले सम्मान एवम् मायाको चिनो स्वरुप यलम्बरको मिनियचर प्रदान प्रदान गर्नु भएको छ । सभामुख नेम्वाङले ‘किरात येले सम्वत् नामक अभिलेख’ पुस्तक विमोचन गर्नु भएका छ । इस्वी सम्वत्, ल्होसार सम्वत्, बुद्ध सम्वत्, विक्रम सम्वत्, लिच्छविकालमा चलेका संवत्, हिजरी सम्वत्, नेपाल सम्वत् र किरात येले सम्वत् सम्बन्धी विभिन्न विद्वनहरुले कार्यपत्र पस्तुत् गर्नु भएकेा थियो ।
सो कार्यक्रममा विभिन्न व्यक्तिहरुको प्रस्नको जवाफ दिने क्रममा नेपालको प्राचीन इतिहास सम्बन्धी ज्ञाता इतिहासकार डा. जग्दीशचन्द्र रेग्मीले भन्नु भयो- ‘नेपाल सरकारले इतिहासकारलाई शत्रु नै ठान्छ । इतिहासकारले के के कुरा खोजेर सरकारलाई कुन भड्खलोमा पार्ने हो भन्ने शंका गर्छ । यहाँ किरात येले सम्वत सम्बन्धी पुरातात्विक प्रमाण के छ – इतिहासमा नभएको सम्वत् भन्ने लेख पनि पत्र-पत्रिकामा आएको चर्चा गरियो । अब सबैभन्दा बलियो प्रमाण त हामी किरात हौं भन्ने र्राई, लिम्बु, याक्खा, सुनुवार समुदाय यहीँ हुनुहुन्छ । गोपाल राजवंशवालीले लेखेको कुराहरु सबै प्रमाणित हुँदै आएको छ । त्यस वंशवलीमा नेपालमा ३२ पुस्ता किरात राजाले राज्य गरेको प्रमाण मात्र छैन कि अहिले ती जातिहरु अरुण वारपार बासोवास गर्छन् समेत भनेको छ । यसैले किरातको वारेमा किरात राजा एलम्को सम्बन्धमा कुनै शंका नगरे हुन्छ । जहाँसम्म खोजअनुसन्धानको कुरा छ पुरातत्विक प्रमाणको लागि त्यो म एक्लैले गर्ने कुरा होइन । राज्यले लगानी गर्नुपथ्र्यो तर गर्दैन । ऐतिहासिक अभिलेख रहेको नारायणीहिटी दरवारको लाल बाकस अहिले कहाँ छ – थाहा छैन । त्यो वाकस सरकारले र्सार्वजानिक गर्न चाहँदैन वा पुरातत्व विभागमा ल्याउन सक्दैन । त्यस्तो सरकारको के आशा गर्ने -‘ डा. रेग्मीले रहस्यमयी लाल बाकसको कुरा गर्दै गर्दा कोइँच सुनुवारहरु भने खासखुस गरिरहेको थिए- ‘साइ साइ कोइँचके तामरापातरा बारकोत दारबारमि तालेजुआ गाः दिपशा वोइश-शो बा देअÞनिमि । ङा मेको लाल बाकासमिकाका वोइशशो बाम कोँ !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *