All about Sunuwar

सही जातीय जनसंख्या प्रशोधनको लागि सुनुवार सेवा समाजको अनुरोध तथा सूझाव–पत्र उपयोगी

–कोइँचबु काःतिच÷१६ कार्तिक । सुनुवार सेवा समाजले कोइँच (सुनुवार) जातिको सही तथ्याङ्क निकाल्न नेपाल सरकार राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्ललाई बुधवार पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाएको छ । समाजका अध्यक्ष मनप्रसाद सुनुवारले उक्त पाँच बुँदे अनुरोध तथा सुझाव–पत्र बुझाउँदै विगतका राष्ट्रिय जनगणनाहरुमा पनि कोइँच (सुनुवार) को सही तथ्याङ्क आउन नसकेको हुँदा यस पटकको राष्ट्रिय जनगणनामा कम
त्रुटि होस् भनि विभागलाई सही तथ्या प्रशोधन गर्न अनुरोध सहित सुझाव दिँदै सहयोग गरेको जानकारी गराउनु भयो । जाति, थर, मातृभाषा, दोस्रो भाषा, धर्म
सोधिएका महलमा गणकहरुले टिपेको जवाफहरुमा एक रुपता आउन नसक्ने र ती प्रश्नहरुको जवाफलाई कोडिङ तथा प्रशोधन गर्दा तथ्याङ्क विभागमा कोइँच (सुनुवार) कर्मचारी वा विशेषज्ञ नहुने हुँदा सधैं कोइँच (सुनुवार) जातिको जनसंख्यामा उत्तरचढाव भएकोले अन्तिम प्रतिवेदन तयारी पूर्व सही तथ्य पुष्ट्याइँ गर्न सुनुवार सेवा समाजको
प्रतिनिधि पनि राखिनु पर्ने सुझाव पत्रमा उल्लेख गरिएको थियो । सो अनुरोध तथा सुझाव–पत्र बुझ्दै महानिर्देशक मल्लले भन्नु भयो – ‘प्रत्येक १० जनाले कोडिङ गरेको तथ्याङ्क वरावर एक सुपरिवेक्षक राखिएको र जाति, थर, भाषा, धर्मको सही तथ्याङ्क निकाल्न विशेषज्ञहरुको टोलीले पनि काम गर्ने भएको हुँदा सही तथ्याङ्क निश्किने विश्वास्त दिलाउन चाहन्छु । तपाई सुनुवार जातिहरुले दिनु भएको सुझाव सुनुवार जातिको सही जनसंख्या निकाल्न सहयोग गरेको छ । यसै सूझावलाई समेटेर तथ्य विश्लेषण निर्देशिका बनाउने छौं ।’ सो अनुरोध तथा सूझाव–पत्र बुझाउन सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा रणवीर, झनकुमारी, लक्ष्मी, अमिता, यामबहादुर, देवकुमार, ईश्वरकिराण, लोकप्रिय सुनुवार र डा.लाल रापाच जानुभएको थियो । भर्खरै सार्वजनिक गरिएको राष्ट्रिय जनगणना – २०६८ को प्रारम्भिक नतिजामा नेपालको कुल जनसंख्या २६६२०८०९ मा महिला १३६९३३७८ र पुरुष १२९२७४३१ छ । जुन जनसंख्या ५६,५९,९८४ परिवार संख्याका ४७,६७,१९६ घर÷भवन वा आवासीय संरचनामा बस्छन् । एक परिवार बराबर ४.५ जना सदस्य रहेको देखाइएको छ भने १९,१७,९०३ विदेसिएका देखाइएको छ । जसमा पुरुष १६६३२३७ र महिला २५४६६६ छन । विस्तृत शिर्षकको तथ्याङ्क सार्वजानिक गर्नको लागि भने अभैm एक वर्ष वढी पर्खिनु पर्ने भएको छ ।

2 Comments to सही जातीय जनसंख्या प्रशोधनको लागि सुनुवार सेवा समाजको अनुरोध तथा सूझाव–पत्र उपयोगी

  1. Namsewal says:

    एस मा कुन कुन देशमा कति कति सुनुवार छ नेपाल मा कुनकुन पेसामा कति सरकारी मा कति कलकारखाना मा कति बाहिरी मजदुर कति कुन जिल्ला मा कति ति सबै को तथे नछुटाई सार्बजनिक गर्नु अनुरोध !

  2. thari cayaba says:

    (केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा रणवीर, झनकुमारी, लक्ष्मी, अमिता, यामबहादुर, देवकुमार, ईश्वरकिराण, लोकप्रिय सुनुवार र डा.लाल रापाच जानुभएको थियो ।) सायद काःतिच जिलाइ समय नपुगेरै हेाला अपुरेा नाम थर लेखनु भाकेा । तर पनि बिषय अति राम्रेा छ मेरेा पनि जेाडदार यहि माग , सुनुवार जातिकेा जनसंख्या , जाति, थर, भाषा, धर्मको सही तथ्यांक अावस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *