All about Sunuwar

News

now browsing by category

 

कोइँच (सुनुवार) गीत तथा नृत्य परतियोगिता

सुनुवार डट ओआरजि समाचार दाता
माघ ११, यालाखोम । सुनुवार सेवा समाज प्रिती (प्लेतति) गाउँ समितिको स्थापना दिवसको उपलक्ष्यमा आउँदो १४ गते माग भव्यरुप अन्तर गाउँ कोइँच गीत तथा नृत्य पारतियोगिता गरिँदै छ । दुइ दिने सो कार्यक्रममा १३ गते स्थापना दिवसको उपलक्षमा विभिन्न जनचेतनात्मक पारशिच्छेन गरिने र १४ गते रामेछाप जिल्लाको उत्तर गाउँमा बसेको कोइँच -सुनुवार) हरु वीच परम्परागत गीत तथा नृत्य प्रतियोगिता गरिने जानकारी सुनुवार सेवा समाज प्रिति गाउँ समितिका अध्यच्छे सञ्जीव सुनुवारले जानकारी दिनुभयो ।
उहिले उहिले कोइँच भाषामा पनि गीत गाउने नाच्ने हुन्छ र भन्ने जस्तो लाग्थ्यो । अहिले नयाँ युवाहरु आफ्नो भाषामा गीत गाउन, नाच्न र जातीय पहिचानको पोसाक लगाउन गर्व गर्छन् यो पुनःजागरणले Read More

कोइँच (सुनुवार) पुरख्यौली थलोको नाक्साङ्कन कार्य

सुनुवार डट ओआरजि समाचार दाता माघ ९, यालाखोम । कोइँच (सुनुवार) को पुरख्यौली थलाको सम्पूरणा सूचना पाइने किसिमले कोइँच भूमिको नाक्साङकन तथा मुरता अमुरता सम्पदा अध्ययन गर्न बनेको छ महिना पछि नाक्साङकन कार्य शुरु गर्ने भएको छ । सुनुवार सेवा समाजले प्रथम उपाध्यक्ष रणवीर सुनुवारको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा कोइँच संस्कृतिका अनुसन्धाता तथा सुनुवार सेवा समाजका चौथो अध्यक्ष इश्वरकिरण सुनुवार, नेपालको पहिलो प्रतिलिपि अधिकार कानुन विज्ञ डा. बलबहादुर मुखिया, कोइँच भाषामा पहिलो पटक विद्यावारिधि गर्नु भएका आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको अनुसन्धान प्रमुख डा. लाल रापचा तथा सदस्य सचिवमा कोइँचबु काःतिच (उत्तम) रहेको सो समितिले जिपिएस तथा जिआइएस प्रविधि प्रयोग गरी ऐतिहासिक खोज अनुसन्धान, भाषाशास्त्रीय, सामाजशास्त्रीय, नृतत्वशास्त्रीय दृष्टिकोणबाट वैज्ञानिक अध्ययन शुरु गर्ने भएको छ । यस प्रकारको अध्ययन नेपालको आदिवासी जनजातिको इतिहासमा पहिलो हुने दावी डा. लाल रापचाको रहेको छ । Read More

ऐतिहासिक पुस्तक शाँदार पिदार र्सार्वजानिक साथमा दालमान पुरस्कार वितरण

सुनुवार डट ओआरजि समाचारदाता ।

माघ ७, यालाखोमा । ‘घर त हामी डाँडाभरि सेतै बनाउँछौ । बाटो पनि बनाउँछौ गाडी हिड्ने । स्कूलहरु पनि बनाउँला । पुल पनि बनाउँला लुरुलुरु सहजै नै नलडीकन, नखसीकन हिड्न सक्ने । तर हिड्ने मान्छेको मन चोखो भएन भने । चोखो पार्न सकिएन भने । स्वस्थ बनाउन सकिएन भने हाम्रो समाज अगाडि जाँदैन । मन र मस्तिष्कलाई चोखो, स्वस्थ र सबैको लागि राम्रो हुना, बनाउनको लागि उनीहरुको मानसिकतामा फेरबदल ल्याउनका लागि साहित्य र साँस्कृतिक रुपान्तरण अत्यान्त महत्वपर्ूण्ा कुरा हो ।’ कोइँचको महान चाड शाँदार पिदार : एक अदेखा मुक्दुमी सत्य विमोचन गर्दै प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलापति प्राज्ञ वैरागी काइँलाले अगाडि थप्नु भयो, ‘आज अर्को एउटा पुस्तक विमोचन गर्ने अवसर दिनु भयो । कोइँचको महान चाड शाँदार पिदार । Read More

पुख्र्यौली भूमि सम्बन्धि सुनुवार सेवा समाजको कार्यपत्र

सुनुवार डट ओआरजी समाचारदाता,
माघ ५, धरान । अहिले धरान आदिवासी जनजातिमय भएको छ । पूरवि नेपालका सबै आदिवासीहरु आफ्नो हकअधिकारको लागि छलफल गर्न धरानमा जम्म भएका छन् । आजदेखि पर्सि ७ गतेसम्म सञ्चालन हुने नेपाली आदिवासी जनजातिको आत्मानिरणयको अधिकार स्वायत्ततालाई व्यवहारत अभ्यासको लागी अन्तराष्ट्रिय स्तरको सम्मेलन आज भव्यरुपमा धरानमा समुद्घाटन भयो । देशी तथा विदेशी विद्वानहरुको कार्यपत्र प्रस्तुत गर्ने क्रममा सुनुवार सेवा समाजको तर्फबाट डा. लाल रापचाले पुख्र्यौली भूमिसँगै जोडिएको आत्मनिरणयको अधिकार र स्वायत्तता विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको छ ।
किरात याक्थुङ चुम्लुङ तथा लाहुरनिपले यस सम्मेलनको संयोजन गर्नु भएको हो ।

सुनुवार विद्यार्थी समाजको अपिल

सुनुवार डट ओआरजि समाचारदाता-
माघ ५, यालाखोम । “शैक्षिक जागरणका लागि विद्यार्थी नेतृत्व; भाषा, संस्कृति संरक्षण हाम्रो दायित्व” मुल नारा सहित सुनुवार विद्यार्थी समाजले यही माघ १४ गते विहान ९ बजे हुन गइरहेको चौथो महाधिवेशनको लागि हार्दिक अपिल गरेको छ । कोइँच चिनरीको लागि गठित यो विद्यार्थी समाजले विगतमा राम्रा काम गर्दै आए पनि केही समय सुस्ताएको थियो । अहिले पुनः जुरमुराएको छ । बाँकी अपिलको पूरना पाठ पढौं :
आदरणीय सुनुवार विद्यार्थी साथीहरु,
नमसेवल् ।
र्सवप्रथमत सुनुवार विद्यार्थी समाजको चौथो केन्द्रीय महाधिवेशन आगामी २०६८ माघ १४ गतेका दिन काठमाडौंमा भव्यतापर्ूवक सम्पन्न हुन गइरहेको व्यहोरा यहाँहरुलाई जानकारी गराउन पाँउदा हामी ज्यादै हषिर्त र उत्साहित भएका छौ । सुनुवार विद्यार्थी समाजले आफ्नो ऐतिहासिक प्रथम केन्द्रीय महाधिवेशन २०५४ माघ २४-२५ गते काठमाडौमा आयोजना गरी अहिले सम्म तेस्रो केन्द्रीय महाधिवेशन सम्पन्न गरिसकेको छ । स्थापना देखिनै यस समाजले नियमित रुपमा सुनुवार विद्यार्थीहरुको हकहित, सुनुवार जातिको शैक्षिक, सामाजिक, आर्थिक विकास एवं जातिय पहिचानका सवालमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको व्यहोरा अनुरोध गर्न चाहान्छौ । सुनुवार विद्यार्थी समाजले अहिले सम्म विभिन्न आरोह अवरोहहरु पारगर्दै आज आफ्नो गौरवमय चौथो केन्द्रीय महाधिवेशनको संघारमा आईपुगेको छ । Read More

किराती कोइँचको नयाँ वर्षयेले थोचे र सामि पिदार

-कोइँचबु काःतिच
आज किरातीहरुको नयाँ वर्षहो । आदिवासी कोइँचहरुले जंगलीयुगबाट कृषि युगमा प्रवेश गरेको सम्झनामा काँचो बन तरुलको टिका लगाएर यो चाड मान्दछन् । धाराको सिरानमा धुस्रुवा अन्य स्याउली गाडेर ब्लाम शोपले, खिँरेअÞबि, बÞाकिरेअÞकि चढाउँछन् र छोरी चेलीलाई एक दोनुमा चामाल र अर्को दोनुमा मास राखेर टिका लगाई दक्षिणा दिने गरिन्छ । झण्डैले चार दशक अगाडिदेखि किराती राजा यलम्वरको संस्मरणसहित आजकै दिनलाई किरातीहरुको नयाँ वर्षो रुपमा मान्दै आएकामा सुनुवार सेवा समाजले पनि २०५८ सालदेखि यस वर्षाई स्वीकार गरेको छ ।
सुनुवार सेवा समाजले संस्मरनात्मक येले सम्बत स्वीकार गर्नु पर्ूव जेँतिच कर्ण्र्ााादुर सुनुवारले २०४२ सालमा आफ्नै लिपिमा बनाएको पनि जितति -सिक्किम सुनुवार -मुखिया) कोइँचबु १९९९, किरातवंशी सुनुवार -मुखिया) कोइँच् पृ.३५१-५२) माघ एक गतेलाई कोइँचको नयाँ वर्षमानेको छन् । तर सिपी -चन्द्रप्रकाश) सुनुवारले सुनुवार जातिको निम्ती माघे श्री पञ्चमीको औचित्य -२०५२ चैत्र, कोँइच बु, वर्ष५, अंक १ पृ ५९-६७) कोइँच सुनुवारको नयाँ वर्षभएको एक लेख कोइँचबुमा छापिए पस्चात कतिपय सुनुवारले लाई पनि कोइँचको नयाँ वर्षमान्दै आएका छन् । Read More

सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने ।

काठमाडौं, पुस, २५, २०६८
संविधानसभाको संवैधानिक समितिका अध्यक्ष निलम्वर आचार्यले संविधानसभाको राज्यपुर्नसंरचन समितिले प्रस्ताव गरेको सुनकोशी राज्यलाई वल्लो किरात राज्यमा परिणत गर्नेमागलाई विचार गर्न सकिने वताएका छन् ।
वल्लो किरात संघिय राज्य परिषदले संविधान सभाको राज्यपुर्नसंरचना समितिले प्रस्ताव गरेको १४ वटा संघिय राज्यहरुमध्येको सुनकोशी राज्यलाई वल्लो किरात राज्य घोषणा गर्न माग गर्दै आज सोमवार संवैधानिक समितिमा वुझाएको ज्ञापनपत्र बुझ्दै सभापति आचार्यले सो कुरा बताएका हुन । Read More