News
now browsing by category
सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई
सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो । Read More
जलवायु परिवर्तन सम्बन्धि सचेतना कार्यक्रम तथा वेबसाइड सार्वजानिक
५ फागुन, यालाखोम । आदिवासी जनजाति चलचित्र महासंघले नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको सहयोगमा जलवायु परिवर्तन तथा रेड कार्यक्रम सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा चलचित्र महासंघले आफ्नो वेबसाइड धधध। ाष्लाष्।यचन।लउ पनि सार्वजानिक गरेको छ ।
विहान ८ बजेदेखि शुरु भएको सचेतना कार्यक्रम साँझ ५ बजे सकिएको थियो । कार्यक्रमलाई विहानको खाजा र रजिष्ट्रेशन ८ देखि ९ बजेसम्म, उद्घाटन कार्यक्रम ९ देखि १० बजे सम्म, परिचय तथा लालिम व्यवस्था १० देखि १०.३० सम्म, वृत्तचित्र प्रदर्शनी तथा प्रवचन १०.४० देखि १२ बजेसम्म, खाना १२ देखि १ बजेसम्म, समुह प्रस्तुतीकरण १ बजे देखि ३ बजेसम्म, Read More
जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सुनुवार डट ओआरजि समाचारदाता
२८ माघ, यालाखोम । जलवायु परिवर्तन तथा रेड सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासँघ जलवायु परिवर्तन तथा रेड साझेदारी कार्यक्रमको साझेदारीमा सुनुवार सेवा समाज केन्द्रीय समितिले आज सुनुवार सेवा समाजको भवन कोटेश्वरमा भव्यता साथ सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । पत्रकार खिम घले तथा आदिवासी जनजाति कार्यकर्ता बुद्धे । लामाले उक्त जलवायु परिवर्तन तथा रेड सम्बन्धि सचेतना गराएका थिए । Read More
स्वेच्छ वचत समुह र सुनुवार विद्यार्थी समाजलाई सम्मान तथा शुभकामना वधाई
सुनुवार डट ओआरजि समाचार दाता
२७ माघ, ललितपुर । सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिले एम्बुलेन्सका लागि सहयोग उपलब्ध गराउने स्वेच्छ वचत समूह हङकङ र नव निर्वाचित सुनुवार विद्यार्थी समाजका पदाधिकारी तथा सदस्यहरुलाई सम्मन तथा शुभकामना वघाई ज्ञापन गरेको छ । रु. ४५,००० पैतालिस हजार नगद प्रदान गरेको स्वेच्छ वचत समूहका अध्यक्ष भिषण सुनुवारलाई ताम्रपत्र सहितको पुष्पगुच्छाले सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार र ललितपुर अध्यक्ष यामबहादुर सुनुवारले सम्मान गर्नुभयो । सुनुवार सेवा समाजका अध्यक्ष लगयत ललितपुर सुनुवार सेवा समाजका सम्पूर्ण पदाधिकारीहरुले पुष्पागुच्छासहित खादा ओढाएर शुभकामनासहित वधाई ज्ञापन गर्नु भयो । Read More
बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु
-कोइँचबु काःतिच
२६ माघ, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानले क्रमशः आदिवासी कोइँच मौलिक साहित्य थेअनिको सैद्धान्तिक सौन्दर्य अध्ययनको लागि ईश्वरकिरण सुनुवार र कोइँच भाषाको निजात्मक निवन्ध लेखनको लागि डा. लाल श्याँकारेलु रापचालाई थोरै भए पनि अध्ययन तथा लेखन खर्च दिएको छ । कोइँच (सुनुवार) भाषाको साहित्य लेखनको चार दशक पछि बल्ला नेपाली साहित्यको इतिहासमा कोइँच भाषाको साहित्यमा सौन्दर्यशास्त्र छ भन्ने महसुश राज्यले गरेको छ । हुन त माओवादी सरकारका वेला विवादित प्राज्ञ चयन हुँदा टिकाराम सुनुवारको नाम पढ्न र देख्नमा आएको थियो । तर ती सुनुवार कोइँच सुनुवार हुन वा दलित सुनार हुन् अभैm अत्तो पत्तो छैन र हाम्रो सम्पर्क आएका पनि छैनन् र उनको नाम ठेगना अभैm पत्तो पाउन सकेका छैनौं । र, कोइँच सुनुवार नै हुन् भने पनि कोइँच भाषा साहित्यका प्रवद्र्धक अवश्य पनि होइनन् र थिएनन् । निजात्मक तीन वटा लामा बास्साइ बाजा, टुङना गीत लेखेर कोइँच साहित्य लेखनको वाश पिदार गर्ने दोलखा फाचे नेपानेका क्या. तिलकबहादुर सुनुवार अहिले धोवघिाट ललितपुरमा बुढौलीले गलेर बसेका छन् । कोइँच सवाई कथ्ने टि. पारगाच कहाँ छन् को हुन् अत्तो पत्तो छैन । (पारुहाङ सम्पादक टंकबहादुर राईका अनुसार उनी खिँचीका हुन् रे भन्नेसम्म सुनियो तर पतता लाग्न सकेको छैन ।) देवी बहादुर, डिकमान विरही, के.वि. जेँतिच यस संसारबाट विदा लिईसक्नु भयो । Read More
किराँत सुनुवार सेवा समाज युकेको नयाँ कार्य समिति गठन
–भावना परिष्कृत सुनुवार
४ फेब्रुअरी २०१२ शनिबारको दिन फार्नब्रो स्थित वकफम स्कुलको कम्यूनिटी हलमा किराँत सुनुवार सेवा समाज (कि.सु.से.स.) युकेको वार्षिक भेला सम्पन्न भएको छ । उक्त बैठकमा पुरानो कार्य समितिको कार्यकाल पूरा भएकोले नयाँ कार्य समितिको चयन समेत गरिएको छ ।
संस्थाको अध्यक्ष जङ्ग सुनुवारको अध्यक्षतामा उक्त बैठक सम्पन्न गरिएको थियो । कार्यक्रमको पहिलो चरणमा सचिव छत्रबहादुर सनुवारले उपस्थित सबै सहभागीलाई स्वागत गर्दै सम्पन्न हुन गइरहेको बैठक तथा नयाँ कार्य समिति गठन कार्यक्रमबारे प्रकाश पारेका थिए । यसको साथै सन् २००९ देखि आफ्नो २ वर्षे कार्यकालभरि भए गरेका संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए । यसैगरी कोषाध्यक्ष पूर्ण सुनुवारले कार्यकालभरिको आर्थिक प्रतिवेदनलाई पारदर्शीरूपमा प्रस्तुत गरेका थिए । जसलाई सर्वसम्मतिबाट अनुमोदन गरिएको थियो । Read More
भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम
सुनुवार डट ओआरजि समाचारदाता–
माघ २०, यालाखोम । सुनुवार सेवा समाजको भवनमा भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति, सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौंले भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम ऋगकतयmबचथ ब्लअभकतचब िज्यmभबिलम ःबउउष्लन या प्ष्चबलतष्(प्õष्तक इचष्लतबतष्यल उचयनचबmmभ आज शुरु भयो । स्थलगत अध्ययनकर्ताहरुलाई भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन गर्न सहज र सहयोगी बनाउन जिपिएस, जिआइएस, पुरख्यौली थलो र प्राकृतिक स्रोत अध्ययनको तौरतरिका बारे सामान्य जानकारी गराउने उद्देश्य रहेको सो कार्यक्रम दुई दिन सञ्चालन हुने छ । आज डा. बि.बि. मुखिया र डा. लाल रापचाले अनुशिक्षण दिनु भयो । कोइलँचबु काःतिच (उत्तमकुमार सुनुवार), रणवीर सुनुवारले सहजीकरण गर्नु भएको थियो भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्दै शुरु भएको सो कार्यक्रम भोलिसम्म चल्ने छ । भोलि प्रकाश झा, योगेन्द्र गुरुङ, खगेन्द्र जगेबुले अनुशिक्षण गर्नु हुने छ ।
