All about Sunuwar

आज कटुञ्जेमा भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्ययन समितिको टोली

चुप्लु दाम्लोच
३० वैशाख, सिम्पानी । भूमि, भूअधिनत्व तथा प्राकृतिक स्रोत अध्यययन समिति आज कटुञ्जेको कोइँच गाउँमा पुगेको छ । रापाचहरुको पुर्ख्यौली थलो कटुञ्जेमा अहिले गैर आदिवासीहरुको बाहुल्य रहेको छ । थोरै संख्यामा रहेका कोइँच भएको हुँदा भाषा तथा संस्कृति विस्तारै लोप हुँदै गएको देखिन्छ । वाच्पुबाट यसम माजुवा हुँदै विलन्दुबाट आज ककनी देयिको मन्दिर हुँदै ककनी खोला, दोभान, पहरेका कोइँचहरुसँग भेट गर्दै सिम्पानी पुगेको हो । यस क्रममा कोइँचले चर्ची भोगी आएको भूमि तथा प्राकृतिक स्रोतको सुचना संकलन कार्य भयो । साथै रापाचहरुको मुइलि मुइग्योको वारेमा पनि छलफल भयो । अध्ययन टोली भोलि हर्कपुर हुँदै प्राप्चा, श्रीचौर लाग्ने छ । लगभग कोइँचको पुर्ख्यौली थलोको अध्ययन अन्तिममा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *