All about Sunuwar

वाच्पुमा शाँदार पिदार गर्दै तर परम्परागत होइन

चुप्लु दामलोच
२८ वैशाख, वाच्पु । भोलि ओखलढुंगा जिल्ला पोकलि गा.वि.स वाच्पुमा शाँदार पिदार वर्ष पछि गरिँदै छ । तर यो शाँदार पिदार परम्परागत रुपमा गरिने शाँदार पिदार भने होइन । यसपालीको शाँदार पिदार सबै गाउँले मिलेर सुनुवार सेवा समाजको आयोजना चाखो चण्दी नाम दिइएको छ । यहाँ कुनै पनि जीव जन्तुको बली दिइने छैन । र, यस शाँदार पिदारमा परम्परागतरुपमा शाःरालु राखिएको ढोल भने झिकीने छैन । विहान थेलेरु चण्दीथान ९ बजे नाचगान गरेर दुध चढाएर नाअसो छैन भने चोखो चण्डी भनेर वर मागेर तल रेडक्रस पोकली मैदानमा दिउँसो नाचगान गरेर रमाइलो गरिने छन् । अनेक धर्म एक भाषा, जातीय पहिचान वचाइ राख भन्ने नारा सहित सुनुवार सेवा समाज पोकलीले सार्वाजानिकरुपमा रेडियो मार्फात विज्ञापन गरेर प्रचारप्रसार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *