All about Sunuwar

नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवस मनाए ।

गत १३ अगस्ट २०२१ शुक्रबारको दिन नेपाल आदिवासी जनजाति महासंघ कतारले २७ औं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम २०२१ संस्थाका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको सभातित्वमा, नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष जगत बहादुर बराम ज्यूको प्रमुख आतिथ्यमा जूम भर्चुअलको माध्यमबाट भब्य रुपमा मनाए ।
केन्द्रीय उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छन्त्याल र नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ ज्यूको विशिष्ठ आतिथ्यमा, त्यसैगरि विशेष अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष जैबी राई ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेन तेडुप शेर्पा ज्यू, नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ ज्यू, नेफिन मलेसियाका अध्यक्ष बिपिन राई ज्यू लगायत नेफिन प्रवास संबन्धन संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु, त्यसैगरी नेफिन कतारका प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष शिव कुमार भुजेल ज्यू, विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देबराज राई ज्यू, सल्लाहकार तथा पुर्ब अध्यक्ष सियाराम चौधरी ज्यू, संस्थापक सदस्य तथा सल्लाहकारहरु बिल बहादुर गुरुङ, सुक बहादुर तमाङ, सल्लाहकार तथा पुर्ब उपमहासचिव धिरज चाम्लिङ ज्यू, सल्लाहकारहरुमा शंखलाल तामाङ ज्यू, रस गुरुङ ज्यू, नियम भुजेल ज्यू र सामुयल सुनुवार ज्यू, त्यसैगरी अतिथिहरुमा प्रवासी नेपाली मंचका महासचिव प्रभात त्रीपाठीज्यू, प्रवासी नेपाली मंच कतारका अध्यक्ष रामहरि गैरे ज्यू, नेपाली जनसम्पर्क समितिका कावा सभापति ठाकुर परियार ज्यू, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष रकमध्वोज राई ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान ज्यू, संघीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रेखा राई ज्यू, नेपाल पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, मिडिया पाट्नरहरु दिप संचार मिडिया, मुग्लानी खबर त्यसैगरी नेफिन कतारमा आवद्ध जातिय (मातृ) संस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरु लगायत महासंघमा आवद्ध १४ वटै मातृ संस्थाहरुवाट सकृय सदस्यहरु साथै देश तथा विदेशवाट जोडिनु भएका आदिवासी जनजातिहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई संस्थाका उपमहासचिव धिरेन तामाङ ज्यूले स्वागत मन्तव्य वाट स्वागत गर्दै दिप प्रज्वलन, नेपाली राष्ट्रिय गान र आदिवासी गितबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका विशेष सल्लाहकार तथा पुर्ब अध्यक्ष देवराज राई ज्यूबाट संस्थागत सम्क्षिप्त परिचय तथा गतिविधी र संस्थाका सल्लाहकार तथा पुर्व अध्यक्ष सियाराम चौधरी ज्यूबाट संस्थागत अवधारणा तथा कार्यक्रमको औचित्य बारे प्रकाश पार्नु भएको थियो।

२७ औं विश्व आदिवासी दिवसको शुभकामना आदान प्रदान गर्ने क्रममा नेफिन कतारको सम्पुर्ण मातृ संस्थाको तर्फबाट प्रवसी भिजेल समाज कतारका अध्यक्ष वीर बहादुर भुजेल ज्यू, पत्रकार महासंघ कतारका सचिब अर्जुन पौडेल ज्यू, नेपाली समाज कतारका कावा अध्यक्ष तेज मुक्तान ज्यू, नेपाली जनप्रगतिशिल मंचका अध्यक्ष रकम्ध्वोज राई ज्यू, नेपाली जनसम्पर्क समिती कतारका कार्यवाहक अध्यक्ष ठाकुर परिवार ज्यू, प्रवासी नेपाली मञ्च कतारका महासचिव प्रभात त्रिपाठी ज्यू, त्यसैगरी नेफिन इजरायलका बरिस्ठ उपाध्यक्ष नानिमाया योन्जन तामाङ ज्यू, नेफिन द कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा ज्यू, नेफिन कतारका प्रमुख सल्लाहकार शिव कुमार भुजेल ज्यू, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष जैबी राई ज्यूले शुभकामना मन्तब्य राख्नु भएको थियो।

त्यसैगरी विषिस्ठ अतिथी नेफिन कतारका संस्थापक अध्यक्ष अमृत गुरुङ ज्यूले शुभकामना मन्तब्य तथा आफ्ना भनाई राख्नु भयो। विशिष्ठ अतिथी नेफिन केन्द्रका उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख गोबिन्द छ्न्त्याल ज्यूले आदिवासी जनजातिहरुको हक अधिकारको निम्ति अझ जुझारु भएर आन्दोलित हुनु पर्ने कुरामा जोड दिदै शुभकामना मन्तव्य राख्नु भयो। त्यसै गरि उक्त कार्यक्रमका प्रमुख अतिथी तथा नेफिन केन्द्रिय अध्यक्ष जगत बराम ज्यूले सुभकामना मन्तव्य सङसगै महत्त्वपूर्ण भनाईहरु राख्नु भयो।

अन्त्यमा संस्थाका कार्यवाहक अध्यक्ष तथा सभापती भाइकाजी गुरुङले कार्यकमा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन भएको उक्त कार्यक्रम नेफिन कतारका महासचिव एकराज राई ज्यूले संचालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *