All about Sunuwar

News

now browsing by category

परियोजना प्रस्ताव लेखन तालिम सम्पन्न

ओआरजी सम्वाददाता
काठमाडौं । सुनुवार सेवा समाज, सामाजिक परोपकार तथा सशक्तिकरण विभागद्वारा सञ्चालित दुई दिने परियोजना प्रस्ताव लेखन तथा शीप विकास तालिम सम्पन्न भएको छ । तालिममा संस्थाका विभिन्न मातहातका ४७ सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रम उद्घाटन गर्दै सुनुवार सेवा समाज केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले परियोजना प्रस्तावपत्र लेखन तालिमले दक्ष जनशक्ति विकासका लागि सहयोग पु¥याउने कुरा बताउनुभयो । सो कार्यक्रमका संयोजक अमर दिप सुनुवारले प्रस्ताव लेखन तथा शीप विकास कार्यक्रम विभागको तर्फबाट पहिलो भएको बताउँदै अब दिनमा सामाजिक परोपकार कोषको व्यवस्था गर्ने कुरा पनि बताउनुभयो । उक्त कोषका लागि सम्पूर्ण सुनुवारहरुलाई आह्वानसमेत गर्नुभयो ।
तालिम सम्पन्नपश्चात् सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रमको समापन सुनुवार सेवा समाज अध्यक्ष मनप्रसाद सुनुवारले गर्नुभएको थियो ।

जलवायु परिवर्तनसम्बन्धी २ दिने सचेतना कार्यक्रम सम्पन्न

ओआरजी सम्वाददाता
गुप्तेश्वर, रामेछाप । सुनुवार सेवा समाज र जलवायु परिवर्तन रेड परियोजनाको संयुक्त रुपमा आयोजना गरिएको २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्ला गुप्तेश्वर गाविसस्थित श्री कैलेश्वर उच्च माध्यमिक विद्यालय परिसरमा गरिएको कार्यक्रममा सिन्धुली, ओखलढुङ्गा र रामेछापका ३५ जना प्रतिनिधिहरु सहभागी जनाएका थिए । Read More

पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।

सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।

मातृभाषी स्रष्टा पुरस्कृत

सुनुवार डट ओआरजी समाचारदाता । विश्व मातृ भाषा दिवस २०६९ को उपलक्ष्यमा चार मातृभाषी स्रष्टालाई राष्ट्र मातृभाषा सेवा पुरस्कार प्रदान गरिएको छ । जनही रु. १५ हजार नगदसहित डा. नोबलकिशोर राईले बाम्बुले भाषी गणेश राई, तामाङभाषी अमृत योञ्जन, उराँवभाषी बेचन उराँव र थारुभाषी कृष्ण सर्वहारीलाई फुलमाला लगाएर सम्मान गर्नुभएको छ ।
सम्मान गरेर दिएको पैसामा करकट्टा गर्ने भनेको कमाएको पैसामा हो । यहाँ मैले करकट्टी भन्ने मेरो सानो आँखाले देखेँ । अबदेखि प्रतिष्ठानले त्यसो नगरोस् प्रमुख अतिथिको सम्बोधनमा सन्दर्भमा बोल्नुभयो ।
मातृभाषा दिवसको उपलक्ष्यमा थुँगा नामक राष्ट्र मातृभाषाका कविता संगालो ३ पनि सार्वजनिक गरिएको थियो जसमा ३२ भाषाका कविता समेटिएको छ ।

उपस्थितिको लागि हार्दिक निमन्त्रणा

सुनुवार डट ओआरजि समाचारदाता ।
७ फागुन । ब्लामिच कोइँचहरुको भेला यही २०६९ साल फागुन ९ (नौ) गते बुधवार, सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सोलुखुम्बुको ग्लोःलि, सेबे, किर्सेपु, मेस-कि र ओखलढुङ्गाको रावादोलु मूल थलो भइ विश्वभरि छरिएर बसेका ब्ला-मिचहरु, विभिन्न सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरुमा एकट्ठा भई आपसी साथसहयोग र विचार आदानप्रदान गर्न सङ्गठित हुन लागेका धर्मविक्रम ब्लामिचद्वारा प्रेसित सूचनामा उल्लेख छ । Read More

कोइँच फिल्मका कुरा

काःतिच
दुइटा फिल्मको फिल्मी कथा लेख्नले टाउको दुःखीरहेको छ ( मापासे र मिम(सि । सामान्य दृष्टिमा फिल्मी कथा लेख्न सजिलै छ । हो, चलनचल्तीको मसलेदार फिल्मको कथा सजिलो नै छ । यता उता तानेर टुक्रा जोडजाड ग¥यो । केटा केटी वीच शुरुमा द्वन्द्व वीच लाभ, लाभमा अब्सटेकल, हिरोको प्रतिरोध अन्तमा विवाह । अलिकति गीत, अलिकति फाइट, अलिकति लाभको कुरा, अलिकति बोल्ड बेड सिन । Read More