All about Sunuwar

पूर्व सभासद “दालकुमारी सुनुवार” सम्मानित साथै “अर्को जन्म” विमोचित ।

सुनुवार डट ओआरजी समचारदाता ।
काठमाडौं, फाल्गुन २६ । गीतकार भानु सुनुवारको गीति एल्वम “अर्को जन्म” दरवारमार्ग स्थित मालिङ्गो गजल हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइला) ज्यूद्वुरा विमोचन गरिएको छ । एल्वममा मनोज साङसोनले सङ्गीत दिएका छन् भने उत्पादन तथा बजार व्यवस्थापक रिचुअल रिदम प्रा.लि. ले गरेको छ । यसमा जम्मा ७ वटा गीतहरु समाबेश गरिएका छन् जसलाई उदय, मनिला सोताङ, राजेशपायल राई, रीमा गुरुङ होडा, आभा मुकारुङ, दिपक लिम्बु र धन खालिङले स्वर दिएका छन् ।
१०३ आंै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा “बढ्दो महिला हिंसा र समाधानका उपायहरु” विषयक अन्तरक्रियात्मक कार्यक्रम, राष्ट्रिय नारी सम्मान “हातेमालो अभियान नेपाल”ले पर्यटन बोर्ड, प्रर्दशनी मार्गमा आयोजना गरि २५ जना राष्ट्रिय नारी महिलालाई सम्मान गरेको छ । जसमा पुर्व सभासद श्रीमति दालकुमारी सुनुवार पनि सम्मानित हुनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *