All about Sunuwar

उपस्थितिको लागि हार्दिक निमन्त्रणा

सुनुवार डट ओआरजि समाचारदाता ।
७ फागुन । ब्लामिच कोइँचहरुको भेला यही २०६९ साल फागुन ९ (नौ) गते बुधवार, सुनुवार सेवा समाजको भवन कोटेश्वरमा हुँदै छ । सोलुखुम्बुको ग्लोःलि, सेबे, किर्सेपु, मेस-कि र ओखलढुङ्गाको रावादोलु मूल थलो भइ विश्वभरि छरिएर बसेका ब्ला-मिचहरु, विभिन्न सामाजिक तथा साँस्कृतिक क्रियाकलापहरुमा एकट्ठा भई आपसी साथसहयोग र विचार आदानप्रदान गर्न सङ्गठित हुन लागेका धर्मविक्रम ब्लामिचद्वारा प्रेसित सूचनामा उल्लेख छ ।
यसभन्दा अगाडि क्युइँतबु कल्याण कोष (सकपआनं. १९२६७), सात-वा ज्याँतिच कल्याण संघ (सकपआनं. २२३९७), श्री जेस-पुचा (सुनुवार) समाज कल्याण कोष (सकपआनं. २६९७०) गठन भइ दर्ता गरी कार्यक्रम सञ्चालन गरिरहेका छन् । हालसालै शुशुच समाज (शुशुच चुप-लु) गठन भएको छ भने रापाच समाज (रापाच चुप-लु) पनि गठन हुने क्रममा छ । क्युइँतबु कल्याण कोषले आफ्नो कोष बढाउन सातदोबाटो-लगनखेल-जावलाखेल-थापाथली-बानेश्वर-कोटेश्वर रुटमा गाडी पनि चलाएको छ ।
कोइँच एकताको कुरा गरीरहँदा कोइँचहरुको थरि थरिको संगठनमा आबद्ध हुँदा कतिपय कोइँचको गिदीमा औंशा सल्बलाउनु सल्बलाएको पनि पाइन्छ । तर युरोप, अमेरिकाका साम्राज्यवादी नीति र पृथ्वीनारायण साहको एक सुत्रमा उन्ने विस्तारवादी नीति अब कुनै हालतमा सफल नहुने कुरालाई कसैले विर्सनु हुन्न । विविधताभित्रको एकता मात्र अबका दिनमा सही समाधानको बाटो हो । बाबु छोरा र आमा छोरी वीच पनि फरकपन हुन्छ । विश्वका कुनै मानिस काटीकुटी एउटै अनुहारको हुन्न भन्ने कुरालाई मनमा लिनु राम्रो हुन्छ । कोइँच थरिगत रुपमा संगठित हुँदै जाँदा कोइँचको उत्थान हुने कुरामा कुनै दर्ुइ मत छैन ।
यर्सथ सबै ब्लामिच कोइँचलाई ब्लामिच कोइँच भेटघाट कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।

धर्मविक्रम ब्लामिच
हाल बस्दै आएको बेलायतमा
हाल : कुमारीगल, कामनपा ७ काठमाडौं
मूलघर : भूसिङ्गा, काचेप, चुप्लु (ओखलढुङ्गा)
सम्पर्क : ९८४१६५३१७८

2 Comments to उपस्थितिको लागि हार्दिक निमन्त्रणा

  1. prakash sunuwar says:

    हाम्रो प्रत्येक सुक्ष्म इकाईहरु क्रियाशील हुनु जरुरी छ, जबसम्म यसप्रकारको गतिविधीको बिकास हुन सकिरहेको हुँदैन तबसम्म आम सुनुवारहरुको समस्यालाई केवल एउटा संस्थाले मात्र सम्बोधन गर्न सक्तैन त्यहि भएर हामी इकाइगत तवरमा पनि संगठित हुनु जरुरी छ रमात्र हाम्रो सुसेस ले लक्ष्य हासिल गर्न सक्तछ

  2. prakash sunuwar says:

    हाम्रो प्रत्येक सुक्ष्म इकाईहरु क्रियाशील हुनु जरुरी छ, जबसम्म यसप्रकारको गतिविधीको बिकास हुन सकिरहेको हुँदैन तबसम्म आम सुनुवारहरुको समस्यालाई केवल एउटा संस्थाले मात्र सम्बोधन गर्न सक्तैन त्यहि भएर हामी इकाइगत तवरमा पनि संगठित हुनु जरुरी छ रमात्र हाम्रो सुसेस ले लक्ष्य हासिल गर्न सक्तछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *