All about Sunuwar

वल्लो किरात जिन्दावाद : मोटरसाइकल र्‍याली सम्पन्न

1011499_4555509904270_376308510_nसुनुवार डट ओआरजि समाचारदाता
२२ साउन, यालाखोम । विश्व आदिवासी दिवासको उपलक्ष्यमा मोटरसाइकल र्‍याली सम्पन्न भयो । उक्त र्‍यालीमा कोइँच -सुनुवार) हरु पनि सुनुवार सेवा समाजको नेतृत्वमा ३० वटा मोटरसाइकलमा ‘वल्लो किरात प्रदेश जिन्दावाद, सुनुवार सेवा समाज जिन्दावाद’ नारा लेखिएको प्लेकार्ड साथै सुनुवार सेवा समाज र वल्लो किरातको झण्डा सहित सहभागी भएका थिए । नेपालका सूचीकृत ५९ मध्ये ५६ आदिवासी जनजाति र सूचीकृत हुन वाँकी आदिवासी जनजातिको १००० भन्दा बढी सहभागी सो मोटरसाइकल र्‍यालीमा विश्वको आदिवासी जनजाति एक हौं, पहिचानसहितको संघियता, संघीयतासहितको संविधान सुनिस्चित गर लगायत विभिन्न संघिय प्रदेशको नाम उल्लेखित प्लेकार्ड र परर््चा प्रत्येक मोटरसाइकलमा टाँसिएको थियो ।
भृकुटीमण्डपबाट दिनको ठिक १ बजे शुरुभएको र्‍यालीले शुरुको तय गरिएको लजिम्पाट, महाराजगञ्ज, चाबेल, बानेश्वर रुट मौसमका कारण अचानक परिवर्तन गरी जमल, घण्टाघर, पुतलीसडक थापाथली, पुल्चोक, जाउलाखेल हुँदै लगनखेल पुगेर कोणसभामा परिणत भएको थियो । सो कोणसभामा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बोले, ‘नेपालमा मात्र होइन विश्वमै आदिवासी जनजातिको मुक्तिको लागि विश्वका आदिवासीले हरेक वर्षअगस्ट नौ तारिक विश्व आदिवासी दिवस मनाउँदै आएका छन् । वर्षौंदेखि उत्पीडन र बहिस्करणमा पारिएका ५९ आदिवासी जनजातिको पहिचान सहितको संघीय प्रदेश र संघीयता सहितको संविधान नबनेसम्म आदिवासी जनजातिको आन्दोलन जारी रहने छ ।’ कोण सभामा नेवा प्रदेशका नरेश ताम्राकार, महिला महासंघका शान्ति जिरेलले पनि बोल्नु भएको थियो । १९ औं विश्व आदिवासी जनजाति दिवस यो साउन महिनाभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *